Author: महेन्द्रनगर पोष्ट

काठमाडौं- स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिन सार्वजनिक पद धारण गरेका व्यक्तिहरूले धमाधम राजीनामा दिन थालेका छन् । स्थानीय तहका वर्तमान जनप्रतिनिधिका साथै प्रदेश सांसद, निजामती कर्मचारी तथा शिक्षकले राजीनामा दिएका हुन् । स्थानीय तहको निर्वाचनमा बहालवाला जनप्रतिनिधिले पुनः उम्मेदवार बन्न मनोनयन दर्ता गर्दा राजीनामा दिनुपर्ने व्यवस्था निर्वाचन ऐनमा छ । आयोगले उक्त व्यवस्थाअनुसार आचार संहिता जारी गरेकामा त्यसविरुद्ध सर्वोच्च अदालतमा परेको रिट खारेज भएपछि राजीनामा अनिवार्य भएको हो । त्यस्तै निर्वाचन आचारसंहितामा सार्वजनिक पद धारण गरेका व्यक्तिले निर्वाचनमा उम्मेदवारी दिन पदबाट राजीनामा दिनुपर्ने स्पष्ट व्यवस्था भएकाले जनप्रतिनिधिबाहेकका व्यक्तिले पनि राजीनामा दिएका हुन् । सार्वजनिक पद धारण गरेका व्यक्तिको राजीनामा स्वीकृत…

Read More

काठमाडौं- सरकारले स्थानीय तह निर्वाचन आचारसंहिता जारी भइसकेको अवस्थामा ‘व्यक्ति’लाई लक्षित गर्दै सशस्त्र प्रहरी नियमावली संशोधन गरी ३० वर्षे सेवा अवधिको प्रावधान हटाई ३२ वर्ष बनाउन गृहकार्य थालेको छ । सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीको ३० वर्षे सेवा अवधि यही १८ वैशाखमा सकिनै लाग्दा उनलाई प्रत्यक्ष लाभ पुग्नेगरी त्यसअगावै नियमावली संशोधन गर्नेगरी गृहकार्य अघि बढाइएको स्रोतको दाबी छ । सेवा अवधि ३२ वर्ष पुर्याउँदा उनी थप दुई वर्ष महानिरीक्षक हुनेछन् । सरकारले ३० चैतमा उनलाई सशस्त्र प्रहरी महानिरीक्षक नियुक्त गरेको थियो । उनी १९ वैशाख २०४९ मा प्रहरी सेवामा आएका थिए । दुई वर्ष थप भएको अवस्थामा उनी १८ वैशाख…

Read More

काठमाडौं- हाल देशमा पश्चिमी वायुको न्यून चापीय प्रणालीको सामान्य प्रभावका साथै स्थानीय वायुको प्रभाव रहेको छ। जसले गर्दा मौसममा बदली भइरहेको छ । हाल गण्डकी प्रदेश र प्रदेश नं २ का पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार शनिबार देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङसहित क्षणिक÷हल्का वर्षाको सम्भावना रहेको छ।

Read More

जुम्ला- जुम्लाको तिला गाउँपालिकाका–३ कुडारी सार्की वाडामा गए राति आगलागी हुँदा चार बालबालिकाको मृत्यु भएको छ । आगलागीबाट मानसिंह सार्कीका दुई छोरी, एक छोरा र एक भान्जीको मृत्यु भएको छ । मृत्यु हुनेमा सार्कीका छोरीहरू ११ वर्षीया अनु र तीन वर्षीया दर्शना तथा एक वर्षीय छोरा दीपेश र भान्जी १४ वर्षीया तिर्सना सार्की रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी प्रमुख नायब उपरीक्षक नरेन्द्र चन्दले राससलाई जानकारी दिए । “आगलागीबारे राति ११ः४५ बजे हामीलाई जानकारी भयो”, प्रहरी नायब उपरीक्षक चन्दले भने, “सूचना पाउने बित्तिकै जिल्लाबाट प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईसहितको टोलीले त्यहाँ पुगेर आगो नियन्त्रणमा लियो ।” आगलागीबाट घरको दोस्रो र…

Read More

सर्लाही- सर्लाहीमा राजीनामा दिएका एक वडाध्यक्षले वडा सचिवलाई कुटपिट गरेको छन् । जिल्लाको बलरा नगरपालिका ७ का वडाध्यक्ष अवधेश मण्डलले शुत्रबार आफ्नै वडाका सचिव रामेश्वर पण्डितलाई कुटेका हुन् । वडाध्यक्ष पदबाट राजीनामा दिएर वडाका समान बुझाउने क्रममा विवाद भएपछि वडाध्यक्ष मण्डलले सचिवलाई कुटेको नगर प्रमुख अभयकुमार सिंहले जानकारी दिए । उनका अनुसार उनीहरूबीच बरबुझारथका विषयमा विवाद भएको थियो । वडाध्यक्ष मण्डलले बिहीबार बझबुझारथ गरेको कागजातमा हस्ताक्षर गर्न आग्रह गरेको सचिव पण्डितले सही नमान्दा विवाद भएको हो । त्यसक्रममा वडाध्यक्षले सचिवको टाउकोमा कुर्सी प्रहार गर्दा उनको टाउकोमा गम्भीर चोट लागेको बताइएको छ । उनको टाउकोमा १२ वटा टाँका लगाइएको छ ।…

Read More

काठमाडौं- सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिशन इन साउथ सुडानमा जान लागेको एपीएफ टोलीको विदाई गरेका छन् । महानिरीक्षक केसीले नेपाल फर्म्ड पुलिस युनिट (एफपीयू) वान जुवामा कार्यरत सातौं डफ्फालाई बदली गर्न त्यसतर्फ खटिई जान लागेको टोलीलाई शुक्रबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा बिदाई गरेका हुन् । त्यसअवसरमा उनले सुडातर्फ खटिने टोलीलाई शुभकामना तथा बधाई दिए । उनले सशस्त्र प्रहरी कर्मचारीहरुले चेन अफ कमाण्ड, अनुशासन र सामुहिक भावनाकासाथ राष्ट्र र संगठनको नाम उच्च रहने गरी सो राष्ट्रको नियम कानुनको पालन गर्दै जिम्मेवारी निर्वाहमा जुट्ने विश्वास समेत व्यक्त गरे । महानिरीक्षक केसीले सो…

Read More

काठमाडौँ- नेपाल प्रहरीले चार प्रदेशका प्रहरी प्रमुख (डीआइजी)को सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले शुत्रबार चार प्रदेशका प्रहरी प्रमुख (डीआईजी) हरूलाई सरुवा गर्दै ती प्रदेशहरूमा हालै डीआईजीमा बढुवा भएका चार जनालाई पदस्थापन गरेको हो । बढुवा भएका डीआईजी नलप्रसाद उपाध्यायलाई लुम्बिनी, मोहनकुमार आचार्यलाई सुदूपश्चिम, मसाउद आलम खाँलाई मधेश प्रदेश र राजेन्द्रप्रसाद चौधरीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पदस्थापन गरिएको छ । साथै अन्य पाँच डीआईजीको सरुवासमेत गरिएको छ । जसअनुसार बाग्मती प्रदेशमा डीआईजी पूजा सिंहको सरुवा भएको छ । बाग्मती प्रदेशका डीआईजी प्रकाशजंग कार्की सेवा निवृत हुने भएपछि उनलाई प्रहरी प्रधान कार्यालयमा ल्याइएको छ । त्यस्तै पुरुषोत्तम कडेललाई सीआईबी, मुकुन्दराज…

Read More

काठमाडौँ- मुक्त कमैया, कमलरी, हलिया र हरवा–चरवाहरुको बस्तुस्थिति अध्ययन समितिले कानुन, नियमावली र कार्यविधिबमोजिम मुक्त कमैयालाई घरबासको लागि जमिन नदिइएको प्रतिवेदन पेस गरेको छ । समितिले शुक्रबार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठलाई अध्ययन प्रतिवेदन बुझाएको हो । विगतमा तथ्यांक संकलन र जग्गा वितरणमा समेत कार्यविधिविपरीत भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ । समितिले २२ जिल्लाका मुक्त कमैया, कमलरी, हलिया र हरवा–चरवाको अवस्था र उनीहरुको व्यवस्थापनका लागि गर्नुपर्ने कामहरुबारे स्थलगत अध्ययन गरी प्रतिवेदन तयार गरेको थियो । जमिनको अभाव देखाउँदै दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका अधिकांश स्थानमा नियमविपरीत १६ धुर, १२ धुर र १० धुरमात्र जमिन प्रदान गरिएको…

Read More

कैलाली- कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री विवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि विभागीय टोलीहरु एपिएफ क्लब र नेपाल पुलिस क्लब शनिबार भिड्दै छन् । धनगढी रंगशालामा शनिबार साँझ हुने फाईनलमा दुबै टोली उपाधिका लागि भिड्न लागेका हुन् । वनदेवी युवा क्लबको आयोजना वैशाख ३ गतेदेखि सुरु भएको प्रतियोगिताको उपाधि जित्ने दुबै टीमले दाबी गरेका छन् । शुक्रबार धनगढी रंगशालामा भएको प्रि म्याच कन्फ्रेन्समा फाईनलिष्ट दुबै टोलीका कप्तान र प्रशिक्षकले उपाधि जित्ने दावी गरेका हुन् । उत्कृष्ट लयमा रहेको एपिएफकी कप्तान अनिता बस्नेतले फाईनल जित्नका लागि खेल्ने बताईन् । उनले रातीको समयमा खेल्दा केही कठिनाई भएको भएपनि उपाधि आफ्नो…

Read More

काठमाडौं- भर्खरै पदोन्नति भएका प्रहरी नायब महानिरीक्षक (डीआइजी)लाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका नलप्रसाद उपाध्याय, मोहनकुमार आचार्य, राजेन्द्रप्रसाद चौधरी र मसाउद आलम खाँलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिन्हद्वारा सुशोभन गरिएको हो । समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति भएका प्रहरी नायव महानिरीक्षकलाई बधाइ दिँदै पदोन्नतिपछि प्राप्त नयाँ जिम्मेवारी र उत्तरदायित्व संगठनको श्रीवृद्धिको लागि निर्वाह गर्नुपर्ने बताए। आगामी निर्वाचन भयरहित, निष्पक्ष र विधिवत तवरले सम्पन्न गर्न आफू मातहत प्रहरी कर्मचारीको नेतृत्व गर्न पदोन्नति भएका प्रहरी नायव महानिरीक्षकलाई उनले निर्देशन दिए। समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षकलगायत वरिष्ठ प्रहरी…

Read More