Author: महेन्द्रनगर पोष्ट

बैतडी- आसन्न स्थानीय तहको निर्वाचनमा सत्ता गठबन्धन दलले बैतडीका तीन पालिकामा मात्रै चुनावी तालमेल गर्ने भएका छन् । गठबन्धन दलहरुले जिल्लाको डिलाशैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा चुनावी तालमेल गर्ने निर्णय गरेका हुन् । यी तीन पालिकामा २०७४ को निर्वाचनामा एमालेले जितेको थियो । पञ्चेश्वरमा कांग्रेसलाई अध्यक्ष र समाजवादीलाई उपाध्यक्ष, दोगडाकेदारमा कांग्रेसलाई अध्यक्ष र माओवादीलाई उपाध्यक्ष र डिलासैनीमा माओवादीलाई अध्यक्ष र कांग्रेसलाई उपाध्यक्ष दिने निर्णय भएको छ । दलहरुले जिल्लाका अन्य सात पालिकामा तालमेल गर्ने वा नगर्ने भन्ने विषयमा अझै टुंगो लगाउन सकेका छैनन् । कांग्रेसका जिल्ला सचिव देवराज जोशीले अहिलेसम्म अन्य पालिकामा मित्रवतरुपमा प्रतिस्पर्धा गर्ने कुरा भएको बताए…

Read More

बझाङ- नेकपा माओवादी केन्द्रले बझाङका दुई पालिकामा उम्मेवार छनोट गरेको छ । माओबादीले छविसपाथिभेरा गाउँपालिका अध्यक्षका लागि बसन्तबहादुर चलाउनेलाई उम्मेदवार बनाएको छ । पालिका बाँडफाडको क्रममा माओवादी केन्द्रले अध्यक्ष पाएको छविसपाथिभेरा गाउँपालिका अध्यक्षमा चलाउने सिफारिस गरिएको नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सचिव तथा संविधानसभा सदस्य जनक बुढाले बताए। बझाङमा सत्तारुढ दलहरुबीच चुनावी गठबन्धन हुँदा माओवादी केन्द्रले छविसपाथिभेरा गाउँपालिका र दुर्गाथली गाउँपालिकामा प्रमुख र ४ वटा गाउँपालिकामा उपप्रमुख पाएको छ। चलाउने छविसपाथिभेराका वडा नम्बर ६का स्थायी बासिन्दा हुन्। यस्तै बझाङकै दुर्गाथली गाउँपालिकामा तीनदलिय गठबन्धनको साझा उम्मेदवारमा नेकपा माओवादी केन्द्रका नेता दिलबहादुर थापा ‘तुफान’ घोषणा भएका छन्। नेता थापा दुर्गाथली गाउँपालिका…

Read More

दार्चुला- दार्चुलामा एमालेले स्थानीय तह निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। पोलिटब्युरो सदस्य एवं सुदूरपिश्चम प्रदेश सह–ईञ्चार्ज पूर्व संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश सिंह ठगुन्नाले घोषणापत्र सार्वजनिक गरेका हुन् । नेपाल कम्युनिस्ट पार्टीको ७४औँ स्थापना दिवसको अवसर पारेर सार्वजनिक गरिएको घोषणापत्रमा शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षामा जोड दिइएको छ । जिल्लाका ९ वटै स्थानीय तहले लागू गर्ने गरी शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षामा जोड दिँदै एमालेले घोषणा पत्र सार्वजनिक गरेको नेकपा एमाले जिल्ला कमिटी उपसचिव खडक बडालले जानकारी दिए । घोषणापत्र सबै स्थानीय तहमा निर्वाचन भएको दुई महिनाभित्र कार्यान्वयनमा लगिने एमाले पोलिटव्यूरो सदस्य, सुदूरपश्चिम सहइन्चार्ज गणेशसिह ठगुन्नाले…

Read More

डडेल्धुरा- यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा वडाध्यक्षको चुनाव लड्न डडेल्धुराका दुई शिक्षकले राजीनामा दिएका छन्। जिल्लाको नवदुर्गा गाउँपालिका–५ विजयाशैनी मावि चामाचौडका शिक्षक प्रेमबहादुर ऐर र असिग्राम मावि रुवाखोला गन्यापधुरामा कार्यरत चन्द्रबहादुर देउवाले राजीनामा दिएका हुन् । ऐर र देउवाले शिक्षा विकास तथा समन्वय इकाई डडेल्धुरामा राजीनामा पत्रमा बुझाएका हुन् । इकाई प्रमुख नारदप्रसाद जोशीका अनुसार २०४१ देखि स्थायी निमावि द्वितीय शिक्षक ऐरको राजीनामा शुक्रबार स्वीकृत भएको छ । देउवा २०४६ देखि स्थायी प्रावि द्वितीय श्रेणी शिक्षकका रूपमा रहेका थिए । देउवा नेपाली कांग्रेसबाट गन्यापधुरा–१ को वडाध्यक्षमा चुनाव लड्ने तयारीमा छन् । गन्यापधुरा–१ रुवाखोला प्रधानमन्त्री तथा नेपाली कांग्रेसका…

Read More

काठमाडौं– सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको आज बस्ने भनिएको बैठक स्थगित भएको छ । नेताहरुको व्यस्तताका कारण बैठक भोलि बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । यही वैशाख ३० गते हुने पालिका चुनावको लागि उम्मेदवारीबारे छलफल गर्न बैठक भाेलिका बिहानका लागि आह्वान गरिएकाे उनले बताए । भोलिको बैठकमा उपस्थितिका लागि केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवम् सदस्यलाई कांग्रेसले अनुरोध गरेको छ ।

Read More

दाङ – दाङको एक मस्जिदमा अज्ञात समूहले आक्रमण गरेका छन् । आक्रमण हुँदा नवाज पढिरहेका ८ जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइते मध्ये एकजना गम्भीर छन् भने अन्य सात जनाको अवस्था सामान्य रहेको छ । लमहीका स्थानीय मुस्लिम समुदायले सुनन्त फैजाने रजा मस्जिदमा नवाज पढिरहेको बेला बाहिरबाट आएका केही अपरिचित व्यक्तिको समूहले धारिलो हतियार र ईंटा प्रहार गरेका थिए । उक्त घटनामा ८ जना घाइते भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख पुष्पराज थापाले बताए । प्रहरीका अनुसार लमही नगरपालिका–५ का ६४ वर्षीय गुठे कुरेसी गम्भीर घाइते भएका छन् । उनको टाउकोमा गहिरोचोट लागेको छ । त्यस्तै सोही…

Read More

काठमाडौं – स्थानीय तह निर्वाचनमा उम्मेदवार बनेकाहरूमध्ये कसैको नाम प्रदेशसभा तथा प्रतिनिधिसभातर्फको समानुपातिक सूचीमा भए १० वैशाखभित्र हटाउनुपर्ने भएको छ । निर्वाचन आयोगले एक विज्ञप्ति जारी गर्दै प्रदेशसभा तथा प्रतिनिधिसभातर्फको समानुपातिक सूचीमा नाम भए १० वैशाखभित्र हटाउन भनेको हो । त्यसका लागि व्यक्तिले नभई दलको तर्फबाट त्यस्तो नाम लेखी निर्वाचन आयोगमा पठाउनुपर्नेछ । १० वैशाखभित्र प्रक्रिया पुर्‍याई आयोगमा लेखी पठाएमा उम्मेदवारको बन्द सूचीबाट त्यस्ता व्यक्तिको नाम हटाइने आयोगले प्रष्ट पारेको छ । त्यसका लागि कुनै अन्य दल वा सम्बन्धित उम्मेदवारको निवेदनको आधारमा त्यस्तो बन्द सूचीबाट नाम हटाउन नसकिने आयोगले जनाएको छ । यसअघि उम्मेदवारी दिने व्यक्ति आफैंले नाम हटाउन अनुरोध…

Read More

काठमाडौं– पत्रकार आचार संहिता उल्लंघन गरेका पत्रकार ऋषि धमलाले नेपाल प्रेस काउन्सिलको कारवाहीस्वरुप एकदिने ‘आचार संहिता अभिमुखीकरण कक्षा’ लिएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवासमेत उच्चपदस्थ व्यक्तिहरु सवार जहाजभित्र ऋषि धमलाले विमानभित्रै ‘रिपोर्टिङ’ गरेका कारण काउन्सिलको कारबाहीमा परेका थिए । तीन दिनअघि काउन्सिलले पत्रकार धमलालाई ‘आइन्दा यस्तो कार्य नगर्न’ सचेत गराउँदै आचार संहितासम्बन्धी एक दिने कक्षा लिनुपर्ने निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयन गर्न धमलाले कक्षा लिन आएका हुन् । उनलाई काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, महासंघका पूर्व अध्यक्ष तारानाथ दाहाल र काउन्सिलका सदस्य गोपाल बुढाथोकीले पढाएका छन् । आचार संहिता उल्लंघनमा कक्षा लिने धमला पहिलो…

Read More

चितवन –  निर्वाचन आयोगले पुनः उम्मेदवार बन्न राजीनामा दिनुपर्ने प्रावधान राखेपछिचितवन भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले पदबाट राजीनामा दिएकी छन् । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्ता गठवन्धनकातर्फबाट मेयरको उम्मेदवार बन्न दाहालले शुक्रबार राजीनामा दिएकी हुन् । सत्ता गठवन्धनबाट भरतपुरको मेयरमा दोस्रोपटक उम्मेदवार बन्न लागेकी दाहालले राजीनामा दिने तयारी गरेको उनका प्रेस संयोजक सुरेशचन्द्र अधिकारीले बताए । सत्तारुढ गठवन्धनकातर्फबाट भरतपुरको मेयर माओवादीले र उपमेयर कांग्रेसले पाउने सहमति भएको छ ।

Read More

दार्चुला – हिजो विहिबारदेखि दार्चुला जिल्लाका ९ वटै पालिकामा निर्वाचन आचारसंहिता कडाइका साथ कार्यान्वयनमा ल्याइएको छ । यहि वैशाख ३० गते शुक्रबार हुने स्थानीय निर्वाचनका लागि जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालयसहित सबै पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै आचारसंहिता कडाइका साथ कार्यान्वयन गरिएको मुख्य निर्वाचन अधिकृत कोमल प्रसाद आर्चायले जानकारी दिए । सदरमुकाम पुरानो जिल्ला अदालतको कार्यालयमा बिहीबार मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गर्दै दार्चुला जिल्ला अदालतका न्यायाधीश समेत रहेका मुख्य निर्वाचन अधिकृत आर्चायले पार्टीका झन्डा र चुनाव चिह्न सार्वजनिक सवारीसाधन र गाउँटोलमा देखिन थालिसकेको बताए।‘निर्वाचन अधिकृतको कार्यालय स्थापना भइसकेको छ।राजनीतिक दल, उम्मेदवार तथा दलको भ्रातृ सङ्गठनले जुलुस, आमसभा, कोणसभा,…

Read More