Author: महेन्द्रनगर पोष्ट

काठमाडौं- पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभावले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने देखिएको छ ।मंगलबार प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने जल तथा मौसम विभागले जनाएको छ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू–भागहरूका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ। यता बुधबार पनि प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेश लगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ। पहाडी भू–भागहरूका केही र तराई भेगका थोरै स्थानहरूमा…

Read More

सुर्खेत- जिल्ला प्रहरी कार्यालय सुर्खेतले सोमबार वीरेन्द्रनगर नगरपालिका सुर्खेत बाङ्गेसिमलबाट सालको काठ बरामद गरेको छ । पश्चिम सुर्खेतको पञ्चपुरी नगरपालिकाको सालकोट स्वास्थ्यचौकी भवनका पुरानो सालको काठ सल्यानको सल्लीबजार लैजाँदै गर्दा वीरेन्द्रनगरको बाङ्गेसिमल जाँच चौकीबाट प्रहरी टोलीले सो काठ बरामद गरेको हो । काठ बरामद गर्नुका साथै चार जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो । उहाँले पञ्चपुरी नगरपालिका–८ सुर्खेत निवासी २० वर्षीय चालक तोरण विक, २१ वर्षीय प्रेम विक, भेरीगङ्गा नगरपालिका–९ सुर्खेत निवासी ३९ वर्षीय रामजी गुप्ता र सोही नगरपालिाका–६ निवासी ३५ वर्षीय कुलवीर विक रहेको बताउनुभयो । उहाँका अनुसार…

Read More

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीका स्थानीय नेता–कार्यकर्तालाई तीव्र दबाबका बावजुद भरतपुर महानगरपालिका माओवादीलाई दिन तयार भएका छन् । माओवादी अध्यक्ष प्रचण्डले छोरी रेनुलाई पुनः मेयर बनाउने प्रस्ताव देउवासँग राखेपछि गठबन्धन जोगाउन भन्दै देउवा भरतपुर महानगरपालिका दोस्रो पटक माओवादीलाई दिन तयार भएका हुन् । पार्टीका स्थानीयस्तरका नेता–कार्यकर्ताले भने महानगरको नेतृत्व कांग्रेसले नलिए विद्रोह गर्ने चेतावनी दिएका छन् । यसअघि गठबन्धन दलमध्ये जसले जहाँ जितेको छ, त्यसलाई कायम राख्ने भनेपछि भरतपुर स्वतः माओवादीले पाउने निश्चित छ,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो, ‘६ महिानगरपालिकामध्ये यसअघि जितेका ललितपुर र विरातटनगर कांग्रेसले पाउँछ भने वीरगञ्ज जसपाले लिन्छ । एमालेले जितेका काठमाडौं र पोखरा महानगरपालिकामा भागबण्डा हुन बाँकी…

Read More

इस्लामावाद- पाकिस्तानको २३औँ प्रधानमन्त्रीका रुपमा शेहबाज शरिफ निर्वाचित हुनुभएको छ । पाकिस्तानको संसद्‌मा सोमबार भएको मतदानबाट पाकिस्तान मुस्लीम लिग – नवाजका नेता शरिफ प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको घोषणा गरिएको छ । विश्वासको मत प्राप्त गर्न नसकेपछि निवर्तमान प्रधानमन्त्री इमरान खान जिम्मेवारीमुक्त भएकाले नयाँ प्रधानमन्त्री चयनका लागि सोमबार मतदान भएको थियो । पाकिस्तानको राष्ट्रिय सभामा रहेका खानको पार्टीका सांसदहरू मतदानमा सहभागी नभएपछि शरिफलाई निर्वाचित हुन सजिलो भएको हो । संसद्का ३४२ सदस्य मध्ये १७४ जनाले शरिफको पक्षमा मतदान गरेको कार्यवाहक सभामुख सर्दार अयाज सादिकले जानकारी दिनुभयो ।विपक्षी दलको नेतृत्व गर्दै आउनु भएका ७० बर्षिय शरिफ तीन पटक पाकिस्तानको प्रधानमन्त्री बन्नु भएका नवाज…

Read More

इस्लामावाद- पाकिस्तानका १५५ सांसदले सोमबार पदबाट राजीनामा दिएको घोषणा गरेका छन् । निवर्तमान प्रधानमन्त्री इमरान खानको पार्टी–पाकिस्तान तेहरिक ए इन्साफ पार्टीका सांसदहरुले राजीनामा दिएका हुन । नयाँ प्रधानमन्त्री चयनका लागि संसद्मा मतदान हुनु अगाडि उनीहरूले राजीनामा घोषणा गरेर संसद् बैठक नै बहिष्कार गरेका छन् । जनताको भावना विपरित विदेशीहरूको इसारामा आफूलाई हटाइएको भन्दै खानले आफूहरू अव संसद्मा बस्न नसक्ने बताउनु भएको हो । विदेशीको इसारामा चल्ने राष्ट्रघाती संसद्हरू र राष्ट्रवादी आफ्नो पार्टीका संसद्हरू संसद्मा सँगै बस्न नसक्ने भएकाले राजीनामा दिनु परेको उहाँको भनाई छ । उहाँले अव जनताको बीचमा गएर निर्वाचनबाट फेरि निर्वाचित भएर आउने अठोट पनि गर्नु भएको छ…

Read More

काठमाडौं- मेलम्चीको पानी भोलिदेखि सुरुङमा पथान्तरन गरिने भएको छ । मेलम्ची खानेपानी विकास समितिले भोलिदेखि खानेपानी सुरुङमा पठाउने तयारी भएको जनाएको छ । समितिका सिनियर डिभिजन इन्जिनियर पद्मबहादुर कुँवरले सुरुङ र हेडबक्स सफा गर्ने काम सकिएकाले सुरुङमा पानी पठाउन तयार रहेको जानकारी दिनुभयो । केही काम बाँकी भए पनि सुरुङ र हेडबक्स सफा गर्ने काम सकिएकाले सुरुङमा पानी पठाउन तयार रहेको उहाँले बताउनुभयो । भोलि अम्बाथानमा खानेपानी मन्त्री उमाकान्त चौधरीले पानी सुरुङमा पथान्तरनको उद्घाटन गर्नुहुने मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक वासुदेव पौडेलले जानकारी दिनुभयो । गत असार १ मा आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा क्षति पु¥याएको थियो । सरकारले…

Read More

काभ्रेपलाञ्चोक- काभ्रेपलाञ्चोकको पनौतीमा १२ वर्षमा एक पटक लाग्ने हरसिद्धि जात्रा आजदेखि सुरु भएको छ । ललितपुरको हरसिद्धि गाउँबाट देवगणहरुसहितले ल्याएको देवतालाई पनौती बजारमा रहेको हरसिद्धि पाटीमा राखेर पूजाआजा गर्ने र बोका बलि चढाएर बजार परिक्रमा गरेर पहिलो दिनको जात्रा सम्पन्न गरेको छ । हरसिद्धि पाटीमा राखेर पूजा गरी त्यहाँबाट त्रिवेणीघाटमा रहेको वासुकी नागमा जल चढाएर थुमा ९भेडा०को बली चढाई पुनः बजार परिक्रमा गर्दै देवघरमा लगेर देवता बिसाउने र फेरि हरसिद्धि डबलीमा देवता पु¥याएर राख्ने चलन रहेको जात्राका आर्थिक संयोजक पुरुषोत्तम कर्माचार्यले बताउनुभयो । उहाँका अनुसार भोलि बिहानैदेखि नाचगान सुरु हुने र पर्सिको दिन जात्रा समापन गरी वैशाख १ गते हरसिद्धि…

Read More

काठमाडौं- सेवानिबृत्त भएका सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाई सशस्त्र प्रहरी बलले आफ्नो फौजी परम्परा अनुसार सोमबार सम्मानसहित बिदाई गरिएको छ । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भुमा विशेष समारोहका बीच उनलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय पुष्पराम केसी र रामशरण पौडेलले फुलमालाका साथ मायाको चिनो प्रदान गर्दै बिदाई गरे । यसैगरी सशस्त्र प्रहरी परिवार महिला संघकी अध्यक्ष सरिता कणेल खनाललाई पनि संघकी उपाध्यक्ष ज्योती केसीले फुलमालासहित बिदाई गरिन् । सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक खनालले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीलाई संगठनको सम्पूर्ण जिम्मेवारी सुम्पे । साथै उनले सांगठानिक विकासमा पु¥याएको योगदानको उच्च कदर गर्दै सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकद्वय…

Read More

काठमाडौं -सरकारले पछिल्लो दुई वर्षदेखिको कोरोना कहरका कारण प्रतिकूल प्रभावमा परेर शिथिल भएको अर्थतन्त्र सामान्यीकरण बन्दै गएको स्पष्ट पारेको छ । कोभिड १९ महामारीको कारण प्रभावित आर्थिक गतिविधि सामान्यीकरण हुँदै गएको तथ्य पेश गर्दै सरकारले २०७६ साल फागुनको तुलनामा २०७८ कार्तिक महिनासम्म करिव ९८ प्रतिशत उद्योग व्यवसाय सञ्चालनमा आएको, सेवा क्षेत्रमा क्रमशः सुधार हुँदै गएको विवरण सार्वजनिक गरेको छ । अर्थमन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री जनार्दन शर्माले उद्योगको दर्ता एवं प्रत्यक्ष वैदेशिक रोजगारीमा पनि क्रमशः सुधार हुँदै गएको जानकारी दिनुभयो । उहाँले यसबाट आर्थिक वृद्धिदरमा सकारात्मक प्रभाव पर्न जाने विश्वास व्यक्त गर्नुभयो । वित्त नीति तथा मौद्रिक नीति सम्बद्ध…

Read More

सप्तरी- सप्तरीको राजगढ गाउँपालिका–४ स्थित पोखरीमा डुबेर एक बालकको आज मृत्यु भएको छ । सप्तरीको विष्णुपुर गाउँपालिका–२ सिमराहा बस्ने इन्द्रदेव यादवको आठ वर्षका छोरा देवराज यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै मामाघर राजगढ आएको बेला मामाघरदेखि १५ मिटर उत्तरपट्टि रहेको सार्वजानिक पोखरीमा नुहाउने क्रममा उनको डुबेर मृत्यु भएको हो । यता घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रासस

Read More