Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – काठमाडौंको कलंकीमा कार अनियन्त्रित भएर दुर्घटना भएको छ ।  दुर्घटनामा परेर कार चालकसहित ६ जना घाइते भएका छन् । कालिमाटीबाट कलंकी चोकतिर जाँदै गरेको बा.५ च. ५४४० नम्बरको कारले अनियन्त्रित भएर रोकेर राखेको स्कुटर र मोटरसाइकललाई ठक्कर दिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा एसपी संजीव शर्माले बताए । कार चालकको बल्खुस्थित वयोधा अस्पतालमा र अन्य घाइतेको कलंकीस्थित शहीद मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

Read More

काठमाडौं – नेकपा एमालेले आगामी स्थानीय तहको निर्वाचनका लागि चैत मसान्तचित्र उम्मेदवारहरु सिफारिस गर्न निर्देशन दिएको छ । बिहीबार बसेको केन्द्रीय कमिटीको बैठकले मापदण्ड पास गर्दै एक महिलासहित ३ जना उम्मेदवार सिफारिस गर्न भनेको हो । प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार पार्टी नीति र कार्यक्रमप्रतिको प्रतिवद्धता, निर्वाचित जनप्रतिनिधिको कामको मूल्यांकन, लोकप्रियता र विजयको सुनिश्चितता, आन्दोलनमा योगदान र पार्टीप्रतिको निष्ठा, कार्यक्षमता एवं सुशासन र विकासप्रतिको दृष्टिकोण तथा सन्तुलन र समावेशितालाई उम्मेदवार चयनको आधार बनाइएको छ । साथै वडाध्यक्ष र सदस्यको उम्मेदवार वडा कमिटीले सिफारिस गर्ने र जिल्लाले निर्णय गर्ने तय गरिएको छ । नगर तथा गाउँपालिका प्रमुख र उपप्रमुखको उम्मेदवार पालिका…

Read More

काठमाडौं – एलआईसी नेपालले मृत्यु दाबी रकम भुक्तानी गरेको छ । स्व.प्रकाश बहादुर शाहका पत्नी ज्ञानु चन्द शाहलाई धनगढी शाखाका शाखा प्रबन्धक कृष्ण भट्टले एक कार्यक्रमबीच ५२ लाख ८० हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् । शाखा कार्यालयका स्व. शाह प्रति श्रद्धाञ्जली ब्यक्त गर्दै शुरु भएको कार्यक्रममा अभिकर्ता मन्जु शाहीले आफ्नो १८ बर्ष लामो एलआईसी आबद्धताको दौरानमा आफुले बीमा गरेको पहिलो बीमितको कोरोना महामारीका कारण मृत्यु भएकोमा आफु अत्यन्त मर्माहत भएको तर एलआईसी नेपालले कागजात पेश गरे पश्चात् समयमै बिना झन्झट मृत्यु दाबी भुक्तानी गरेकोमा धन्यवाद ब्यक्त गरिन् ।

Read More

काठमाडौं – नेपालमा उत्पादन भएका सिटामोलको तौल बढाउने तयारी भएको छ । नेपालमा ६५० एमजीको औषधि हालसम्म उत्पादन भएको छैन । स्वदेशी औषधि उत्पादकले सिटामोल ६५० एमजीमा दर्ता गर्न आवेदन दर्ता गरेका छन् । यस बिषयमा छलफलका लागि औषधि सल्लाहकार समितिको ५३ औँ बैठक बिहीबार स्वास्थ्य मन्त्रालयमा बस्दै छ । स्वास्थ्य सचिवको अध्यक्षतामा रहने समिति बैठकको विभिन्न ६ एजेण्डामध्ये पहिलोमा सिटामोल ६५० मिलिग्राम (एमजी) मा दर्ता गर्ने उल्लेख छ । नेपालमा प्रयोग भएको ५०० एमजीको सिटामोलले केही बिरामीमा काम नगरेको गुनासो आएको वरिष्ठ चिकित्सक डा. ऋषिकुमार काफ्ले बताउँछन् । ‘शरीरको वजन बढ्दै जाँदा वा रोगको आधारमा हाल प्रयोग भइरहेका सिटामोलको डोज…

Read More

एजेन्सी – रुसले आफ्नो देशमा अतिक्रमण गरेको एक महिना पुगेको दिनमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संसारभरिका मानिसहरूलाई अपिल गर्दै सडकमा उत्रिएर उनको देशप्रति समर्थन जनाउन भनेका छन्।रुसले स्वतन्त्रताविरुद्ध युद्ध छेडेको उनले बताएका छन्। निरन्तरको रुसी बमबारी झेलिरहेको युक्रेनका राष्ट्रपति जेलेन्स्कीले सम्बोधनमा संसारभरिका मानिसलाई बिहीवार सडकमा उत्रिएर युक्रेनप्रति समर्थन जनाउन अपिल गरेका हुन्।आफ्नो दैनिक सम्बोधनका क्रममा केही बेर अङ्ग्रेजीमा बोल्दै उनले मानिसहरूलाई युक्रेनी प्रतीक लिएर आउन भनेका छन्। उनले भने, “तपाइँहरू आफ्ना सहरका चोक तथा सडकमा आउनुस्। देखिनुस् र सुनिनुस्। मानिसको जीवनको महत्त्व छ, स्वतन्त्रताको महत्त्व छ, शान्तिको महत्त्व छ अनि युक्रेनको महत्त्व छ भनेर बोल्नुस्।” उनले युक्रेनमा रुसले स्वतन्त्रताविरुद्ध युद्ध…

Read More

काठमाडाैँ-  काठमाडौंमा आयोजना हुने सांगीतिक कार्यक्रमको लागि भारतका चर्चित अभिनेता सलमान खान आगामी जेठ १४ गते नेपाल आउँदैछन् । ‘दशंग टुर’ मार्फत उनी नेपाल आउन थालेका हुन् । त्यसको व्यवस्थापन ओडीसी इन्टरटेनमेन्टले गर्दै आएका छन् । दशरथ रंगशालामा कार्यक्रमको आयोजना गरिनेछ । त्यसका लागि पाँच हजारदेखि २५ हजारसम्मको टिकट शुल्क तोकिएको छ । सांस्कृतिक कार्यक्रममा चार प्रकारका टिकटको व्यवस्था गरिएको आयोजक ओडिसीले जनाएको छ । जसमा ५ हजार, १० हजार, १५ हजार र २५ हजार रुपैयाँ टिकट तोकिएको आयोजक ओडिसीले जनाएको छ । त्यसका लागि अनलाइन मार्फत टिकट काट्ने व्यवस्था मिलाइएको छ । कार्यक्रमको लागि अभिनेता सलमान खानले ४ करोड…

Read More

काठमाडौं – पूँजीबजार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) लगातार दोस्रो दिन दोहोरो अंकले घटेको छ । बुधबार २०.३४ अंकले घटेको नेप्सेमा आज बिहीबार पनि १६.६९ अङ्कको पहिलो चलेको हो । नेप्से सूचक २६१३.६९ बिन्दुमा झरेको छ । कूल ५२ लाख ९८ हजार ५४३ कित्ता शेयर ३ अर्ब २४ करोड ८९ लाख ४३ हजार ८२५ रुपैयाँमा कारोबार भएको छ । बुधबार २ अर्ब ४ करोड ६३ लाख ५२ हजार ५४७ रुपैयाँमात्रै कारोबार भएकोमा बिहीबार कारोबार रकम भने केही बढेको हो । जीवन र निर्जीवन बीमा बाहेक सबै उपसूचक घटेका छन् । राष्ट्रउत्थान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले प्रतिशतका हिसाबले सबैभन्दा धेरै कमाएका छन् ।…

Read More

दार्चुला – आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि दार्चुलामा १० दल दर्ता भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार ६ ठूला दलबाहेक १० साना दलले निर्वाचनका लागि चिन्ह लिन आयोगमा दल दर्ता गराएका हुन् ।निर्वाचन आयोगले दलहरूलाई आफ्नै निर्वाचन चिन्ह लिनका लागि यही चैत ४ गतेदेखि ६ गतेसम्म आवेदन दिन समय दिएको थियो । आयोगले तोकेको समयमा दार्चुलामा क्रियाशील रहेका १० दलले आफ्नै निर्वाचन चिन्हका लागि विवरण बुझाएका छन् । जिल्ला निर्वाचन कार्यालय दार्चुलाका निर्वाचन अधिकृत प्रदिप सिह धामीका अनुसार राष्ट्रिय मान्यता प्राप्त दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी जनता समाजवादी पार्टी…

Read More

काठमाडौं – मुगु सदरमुकाम गमगढी बजारका सरकारी जग्गामा निर्माण भएका टहरा बिहीवार हटाइएको छ । सरकारी जग्गामा रजाई गरेर बसोबास गरिरहेका २२ टहरा नेपाल प्रहरी, सशस्त्र प्रहरी, खाद्य र स्थानीयको सहभागितामा हटाइएको हो । प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतको अध्यक्षतामा बसेको सर्वदलीय बैठकले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुगुको जग्गामा बनेका सम्पूर्ण अस्थायी संरचना फागुन मसान्तभित्र खाली गर्नुपर्ने भन्दै १ पुसमा पत्र जारी गरेको थियो । पत्र पठाएको दुई महिना अर्थात चैत महिनामा मात्रै खाली गरेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कार्यालय मुगुका कार्यालय प्रमुख पुस्कर भामले जानकारी दिए । भामका अनुसार उनीहरुले करिब २८ महिना सम्म सम्झौताविना सरकारी…

Read More

काठमाडौं – बलिउड अभिनेता सोहेल खान आगामी महिना नेपाल आउने भएका छन्। उनी १३ अप्रिलमा नेपाल आउने भएका हुन्। १४ जेठमा सलमान खान कन्सर्टका लागि नेपाल आउने भएपछि त्यसको तयारी बुझ्न सोहेल पहिलै नेपाल आउन लागेका हुन्। उनले नेपाल आएर सलमानको सम्पूर्ण कार्यक्रम तय गर्नेछन्। सलमानको ‘द दबङ रिलोडेड टुर’ को स्क्रिप्ट र इभेन्टसमेत सोहेलको कम्पनीले हेर्दै आइरहेको छ। ‘सोहेलजी इभेन्टसँग जोडिनु भएकाले उहाँले आएर तयारी बुझ्नुहुनेछ। हामी उहाँ आएपछि १४ अप्रिलमा पत्रकार सम्मेलन गरेर तयारीबारे जानकारी दिनेछौँ,’ ओडीसी इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सिमान्त गुरुङले भने। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले र बलिउड अभिनेता सलमान खानसँग भएको भर्चुअल संवादपछि…

Read More