Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – नयाँ प्रधानमन्त्री चयनका लागि पाकिस्तानी संसद्‍मा सोमबार मतदान हुने भएको छ । पाकिस्तानी सञ्चारमाध्यमले जनाएअनुसार आइतबार नयाँ प्रधानमन्त्रीको मनोनयन हुने छ भने सोमबार मतदान हुने छ । राष्ट्रिय सभाका अध्यक्ष अयाज सादिकलाई उद्धृत गर्दै डन अखबारले नयाँ प्रधानमन्त्रीका लागि आज आइतबार दिउँसो २ बजेसम्म मनोनयनपत्र पेस गरिने र दिउँसो ३ बजेसम्म मनोनयन उपर छानबिन हुने जनाएको छ । उनले सोमबार बिहान ११ बजे संसद् अधिवेशन आह्वान गर्दै त्यसपछि नयाँ प्रधानमन्त्री चयन गरिने बताए । पाकिस्तान मुस्लिम लिग–नवाज (पीएमएल– एन) का अध्यक्ष तथा निवर्तमान विपक्षी नेता शहबाज शरिफ आगामी प्रधानमन्त्री बन्ने निश्चित प्रायः रहेको बताइएको छ । यसअघि शनिबार अबेर…

Read More

काठमाडौं – निर्वाचन आयोगले अघिल्लो निर्वाचनमा आफ्नो ६ करोड रुपैयाँ खर्च भएको भनी नेपाली काँग्रेसका महामन्त्री शशाङ्क कोइरालाले दिएको अभिव्यक्तिलाई ‘नोटिस’मा लिएको बताएको छ । निर्वाचनको मुखमा सत्तारुढ दलका नेताले संवेदनशील अभिव्यक्ति दिएको भन्दै आयोगले त्यसबारे छलफल गर्न पदाधिकारीहरुको बैठक डाकेको छ । ‘हिजो काँग्रेस नेता शशाङ्क कोइरालाले अघिल्लो (प्रतिनिधिसभा) निर्वाचनमा ६ करोड खर्च भयो भनेर दिनुभएको अभिव्यक्ति निकै संवेदनशील हो’ आयोग स्रोतले भन्यो, ‘एउटा खालको निर्वाचन खर्च पेस गर्ने, तर अहिले त्योभन्दा बढी खर्च भएको भनेर दलहरुकै शीर्ष नेताहरुबाट खुलासा हुन थालेपछि हामी पनि संवेदनशील हुनुपर्ने देखियो, त्यसैलाई केन्द्रमा राखेर छलफल गर्दैछौँ।’ निर्वाचन आचारसंहिता जारी भएको दुई दिन नबित्दै…

Read More

काठमाडौं – नेपाली सेनाले ५९० नाल हतियार तथा सोको एम्युनिशन र सम्बद्ध सामग्रीहरु सशस्त्र प्रहरी बल, नेपाललाई हस्तान्तरण गरेको छ । सैनिक मुख्यालय जंगी अड्डामा आइतबार एक कार्यक्रमको आयोजना गरी ती हतियार सशस्त्र प्रहरील बललाई हस्तान्तरण गरिएको थियो ।प्रधान सेनापति प्रभुराम शर्माले सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक शैलेन्द्र खनाललाई ती हतियार हस्तान्तरण गरेको नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । निर्देशनालयका अनुसार आज हस्तान्तरण गरिएका हतियारमा इन्सास राइफल ५ सय नाल र लाइट सपोर्ट विपन ९० नाल रहेको छ । ती हतियारलाई आवश्यक पर्ने उम्युनिशन लगायतका सामाग्री पनि हस्तान्तरण गरिएको सेनाले जनाएको छ ।सशस्त्र प्रहरीलाई तालिम, विशिष्ट र…

Read More

दार्चुला – दार्चुलाका नौ वटा स्थानीय तहमध्येको एक नौगाड गाउँपालिका विकास र समृद्धितर्फ उन्मुख हुँदै गएको छ । स्थानीय सरकार बनेपछि पालिकाले कृषी, शिक्षा, स्वास्थ्य र पुर्वाधार लगायतका क्षेत्रमा प्राथमिक्ताका साथ काम गरिरहेको छ।यो गाउँपालिकाको नेतृत्व नेकपा एमालेबाट निर्वाचीत प्रेम सिह धामीले गरिरहनुभएको छ। चुनावी प्रतिबद्वता र तीनको कार्यान्वयनको बिषयमा केन्द्रीत रहेर महेन्द्रनगर पोष्टले गरेको गरेको कुराकानीको सारसंक्षेप ः १– नौगाड गाउँपालिकामा कोरोना संक्रमणको अबस्था के छ?पछिल्लो समय संक्रमण दर घटेको छ । धेरैजसो बिरामी निको हुनुभएको छ। परीक्षणका क्रममा एकाध संक्रमित भएपनी त्यति बढी देखिएको छैन। यश मध्ये धेरैले आईसोलेशनको अबधी पूरा गरिसक्नुभएको छ। गाउँघरको अवस्था अब सामान्य बन्दै…

Read More

दार्चुला – दार्चुला  जिल्लाको सदरमुकाम खलंगा तथा महाकाली नगरपालिकाको नगरपालिका केन्द्र समेत रहेको बजार क्षेत्रभित्र सजावट गर्ने कार्यक्रम तय भयो ।  आर्थिक वर्ष २०७५/७६ मा महाकाली नगरपालिकाले तटबन्धमाथि अशोक जातको बिरुवा र खलंगा बजार क्षेत्रमा गमला राखेको थियो । नगरपालिकाले दुबै कार्यक्रमका लागि ५ लाख बजेट खर्च पनि गरेको थियो ।  सडक पेटी छेउछाउमा फूल रोप्ने भनेर गमलाको मूल्याकंन समेत गरियो । मूल्याकंनमा गमला तथा गमला स्टेन्ड ३० केजीसम्मको रहने भनेर निर्णय पनि गरियो ।तर उक्त कार्यक्रम लागु गर्न नगरपालिका सक्रिय रह्यो । जनप्रतिनिधि तथा कर्मचारीहरुले लापरवाहि गर्ने कामको समेत सुरुवात हुन थाल्यो । एक स्थानीयका अनुुसार नगर प्रमुख आफ्नो…

Read More

जुम्ला – कर्णाली स्पोर्ट्स क्लब जुम्लाले आयोजना गरेको तेस्रो जुम्ला-रारा अल्ट्रा म्याराथनको उपाधि दुर्गबहदुर बुढा र शारदा भण्डारीले जितेका छन् ।४९ किलोमिटर दौड प्रतियोगितामा महिलातर्फ भण्डारी र पुरुषतर्फको उपाधि बुढाले हात पारेका हुन् । बुढाले जुम्ला सदरमुकाम खलंगादेखि रारा तालसम्मको ४९ किलोमिटर दूरी पाँच घन्टा दुई मिनेट २० सेकेन्डमा पार गरेका छन् । उनले अहिलेसम्मका तीनवटै जुम्ला-रारा म्याराथनका स्वर्ण चुमिसकेका छन् । पुरुषतर्फ दलबहादुर कुँवरले द्वितीय भएका छन् । कुँवरले पाँच घन्टा पाँच मिनेट ४९ सेकेन्डमा दूरी पार गर्दै उक्त स्थान हासिल गरेका हुन् । वेदबहादुर सुनारले पाँच घन्टा आठ मिनेट ४७ सेकेन्डमा दूरी पार गरेर तृतीय भएको कर्णाली स्पोर्टस् क्लब जुम्लाका सहसचिव धनराज सुनारले जानकारी दिए ।उनले भने, ‘चन्द्र रावल, सुमन कुलुङ, प्रकाश…

Read More

काठमाडौं – प्रेस काउन्सिल नेपालले पत्रकार ऋषि धमलालाई बयानको लागि बोलाएको छ। काउन्सिलले धमलालाई चैत २० गते प्रधानमन्त्री शेरबहादुर देउवा भारतबाट फर्किने क्रममा जहाजको संवेदशील ठाउँमा किन पुगेको भन्दै स्पष्टीकरण सोधेपछि धमलाले बुझाएको लिखित स्पष्टीकरण चित्त बुझ्दो नभएको भन्दै बयानका लागि भोली बोलाएको जनाइएको छ । स्पष्टीकरणका लागि धमलालाई भोली (सोमबार) मध्यान्ह १२ बजे बोलाइएको छ । धमलाले स्पष्टीकरणमा आफूले गल्ती गरेको भए आत्मालोचना गर्न तयार रहेको बताएका छन्। प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले धमलाको जवाफ चित्तबुझ्दो नभएको प्रतिक्रिया दिएका छन्।

Read More

काठमाडौँ – तनँहुको व्यास नगरपालिका–१ मा मोटरसाइकल दुर्घटना हुँदा पछाडी सवार एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनँहुको ऋषिङ गाउँपालिका–४ भिरकोटकी ७५ बर्षीया पार्वती रानाभाट रहेकी छिन् । हाईस्कुलटारबाट दमौली तर्फ आउँदै गरेको ग १४ प ६५७ नम्बरको मोटरसाइकल आइतबार बिहान नियन्त्रण गुमाएर पल्टीदा पछाडी सवार उनी घाइते भएकी थिइन् । उपचारको लागि जिल्ला अस्पताल दममौलीमा पुर्‍याउनसाथ उनलाई चिकित्सकले मृत घोषणा गरेको थियो ।

Read More

काठमाडौं – साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य एक लाख नाघेको छ । गत शुक्रबार प्रतितोला ९९ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज आइबार प्रतितोला १ लाख ३०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । गत शुक्रबारको तुलनामा आज आइतबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको हो । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९९ हजार ८०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ । गत शुक्रबार प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३६५ मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।

Read More

ब्राटिस्लाभा – रुसले युक्रेनमा अतिक्रमण गरेको ६ साता बितेको छ । रुसी हमलाको प्रतिकार गर्न युक्रेनले छिमेकी देशहरूसँग हतियार सहयोग माग गर्दै आएको छ । युक्रेनी विदेशमन्त्री दिमित्रो कुलेबाले नेटोको मुख्यालयमा फेरि अर्को अनुरोध गरेका छन् । उनले विमानहरू, बख्तरबंद सवारी साधनहरू, वायु रक्षा प्रणाली र भूमिमा आधारित एन्टी–शिप मिसाइलहरू माग गर्दै आएका छन् । उनको मागपछि नेटोको सदस्य स्लोभाकियाले एस–३०० वायु रक्ष प्रणाली युक्रेनलाई सहयोग गर्ने प्रधानमन्त्री इडुवार्ड हेगरले बताएका छन् । किभलाई ३० देशहरूले सैन्य सहयोग गर्ने अमेरिकाले बताइरहेको भोलिपल्ट स्लोभाकियाले हतियार प्रदान गर्ने घोषणा गरेको हो । यसअघि अस्ट्रेलियाले पनि युक्रेनलाई हतियार उपलब्ध गराउने घोषणा गरेको थियो…

Read More