Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ- लोक सेवा आयोगले राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) को अन्तिम नतिजा सार्वजनिक गरेको छ। आयोगले चैत १ गतेदेखि ८ गतेसम्म सञ्चालन भएको खुल्ला प्रतिस्पर्धातर्फ अन्तर्वार्ता, मामिला प्रस्तुतीकरण र लिखित परीक्षा समेतको आधारमा उत्तीर्ण नेपाल प्रशासन सेवा सहसचिव तर्फको नतिजा प्रकाशित गरेको हो। सहसचिवमा उत्तीर्ण हुनेहरूमा खुल्ला तर्फ सुरेश पन्थी र प्रदीप परियार रहेका छन् भने अपाङ्गतर्फ श्यामकृष्ण थापा, महिला तर्फ कल्पना श्रेष्ठ र मधेसीतर्फ सुरेश राउत रहेका छन्। २०७८ पुस ४ देखि ७ गतेसम्म सञ्चालन भएको लिखित परीक्षामा खुल्ला प्रतिस्पर्धातर्फ दुई, महिला एक, मधेसी १ र अपाङ्ग गरी ५ पद माग गरिएकोमा अन्तर्वार्ताका लागि खुल्लातर्फ ४, महिलातर्फ ७, मधेसी ३…

Read More

काठमाडौं- प्रधानसेनापति प्रभुराम शर्माले राजधानी बाहिरका विभिन्न बाहिनी र गुल्महरुको निरीक्षण गरेका छन्। मंगलबार प्रधानसेनापति प्रभुराम शर्माले दाङ्ग, घोराहीस्थित श्री नं.१९ बाहिनी अड्‍डा, बझाङ्गस्थित श्री बीरभद्रजङ्ग गुल्म र डोटी दिपायलस्थित श्री नं. ५ बाहिनी अड्‍डाको निरीक्षण भ्रमण गरेका हुन् । भ्रमणको दौरान उनले बाहिनी अड्‍डाहरु तथा गुल्मको तैनाथीको वर्तमान अवस्था, वस्तुस्थिती लगायत विविध पक्षबारे जानकारी हासिल गरी सकलदर्जाहरुलाई सम्बोधन गरेका थिए । निरीक्षणकै क्रममा प्रधान सेनापति महारथी शर्माले नेपाली सेनाले बझाङ्ग जिल्लामा संचालन गरिरहेको अपरेशन “हिमाल दर्शन” को स्थलगत निरीक्षण गरि अपरेशनमा सहभागी फौजसँग भेटघाट तथा सम्बोधन समेत गरेका थिए।

Read More

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले रेल्वे अध्यादेश गरेकी छन्। मंगलबार साँझ संविधानको धारा ११४ को उपधारा १ बमोजिम राष्ट्रपति भण्डारी रेल्वे अध्यादेश, २०७८ जारी गरेको शितल निवासले विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

Read More

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्का ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड-२०७७’को दशक खेलाडी अवार्डबाट सम्मानित भएका छन् । नेपाल खेलकुद पत्रकार मञ्चले मंगलबार प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना गरेको भब्य कार्यक्रमबीच पारसलाई पुरुषतर्फ दशक खेलाडी अवार्ड प्रदान गरेको हो । अवार्डसँगै पारसले पल्सर मोटरसाइकल प्राप्त गरे । त्यस्तै नेपाली महिला फुटबल खेलाडी सावित्रा भण्डारी दशक खेलाडी अवार्डबाट सम्मानित भएकी छन् । त्यस्तै नेपाली पुरुष फुटबल टिमले एनएसजेएफ पल्सर स्पोर्टस अवार्ड अन्तर्गत टिम अफ द इयरको अवार्ड जितेको छ ।

Read More

काठमाडौं-प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक अवस्थालाई सन्तुलनमा राख्ने गरी तथा व्यापार घाटा घटाउने गरी नीति र कार्यक्रम बनाउन सम्बद्ध सबैलाई निर्देशन दिए। प्रधानमन्त्री निवास बालुवाटामार आयोजित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा प्रधानमन्त्री देउवाले सो निर्देशन दिएका हुन्। प्रधानमन्त्री देउवाले सो बैठकमा निर्देशन दिँदै भने, ‘‘हाम्रो व्यापार घाटा चिन्ताजनक अवस्थामा देखिएको छ, अब तपाईहरुले व्यापार घाटा घटाउने गरी नीति तथा कार्यक्रम तय गरेर अघि बढ्नुहोस्।’’ प्रधानमन्त्री देउवाले अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन र सम्भावना भएका क्षेत्रमा लगानी बढाउने गरी अघि बढ्न पनि निर्देशन गरेका थिए। उनले मन्त्रालय एवं मातहतका सबै सरकारी कार्यालयहरुलाई स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने गरी नीति…

Read More

बैतडी- बैतडीका ९ वटा विद्यालयलाई तीन तारे विद्यालय घोषणा गरिएको छ। ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको सहयोगमा सम्बन्धित पालिकाले विद्यालयलाई तीनतारे विद्यालय घोषणा गरेका हुन्। जिल्लाको शिवनाथ गापाका ४ र पञ्चेश्वर गापाका ५ वटा विद्यालयलाई तीनतारे घोषणा गरिएको हो। विद्यालयमा खानेपानी, सरसफाइ तथा स्वच्छताको अवस्था सुधार गरी विद्यालयलाई तीनतारे घोषणा गरिएको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका सामाजिक तथा संस्थागत विज्ञ राजु तिरुवाले बताए। खानेपानी, सरसफाइ तथा स्वच्छतासम्बन्धी १० वटा सूचक पूरा गरेका विद्यालयलाई तीनतारे विद्यालय घोषणा गरिएको हो। उनले भने, ‘खानेपानी, शौचालय, सफा र स्वच्छ हरियाली वातावरण, खानाको स्वच्छता, महिनावारी स्वच्छता व्यवस्थापन, संस्थागत व्यवस्था र दिगोपना, विपद् जोखिम व्यवस्थापन लगायतका सूचक पूरा…

Read More

काठमाडौं-सर्वोच्च अदालतले आगामी बैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुने जनप्रतिनिधिले मनोनयनअघि राजीनामा दिनुपर्ने निर्वाचन आयोगको आचारसंहिता तत्काल कार्यान्वयन नगर्न अन्तरिम अन्तरकालीन आदेश जारी गरेको छ। मंगलबार न्यायाधीश बमकुमार श्रेष्ठको एकल इजलासले कारण देखाउसहित अन्तरिम आदेश जारी गरेको हो। सिन्धुपाल्चोक हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले निर्वाचन आयोगद्वारा जारी आचारसंहिता तत्काल कार्यान्वयन नगर्न भनेको छ।

Read More

कैलाली-कैलालीबाट लागु औषध मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन। अदालतबाट एक बर्ष कैद सजाय सुनाइएका धनगढी उप–महानगरपालिका – ६ बस्ने ३४ बर्षीय नबिन देउवा (आसिश) पक्राउ परेका हुन। उनलाई जिल्ला अदालत कैलालीले २०६९ चैत्र १३ गते १ बर्ष ३ महिना २८ दिन कैद र ७ हजार ५ सय जरिवाना तोकेको थियो। देउवालाई मंगलबार धनगढी उपमहानगरपालिका – ४ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Read More

कैलाली-धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपतिटोलमा लाग्ने लागेको सुदूरपश्चिम प्रादेशिक महोत्सवको तयारी तिब्र पारिएको छ। यहि चैत १० गते देखि सञ्चालन हुने महोत्सवको तयारी ७५ प्रतिशत सकीएको आयोजक कैलाली उद्योग वाणिज्य संघले जनाएको छ। धनगढी उपमहानरगपालिका–१ पशुपति टोलको खाली जमिन लाग्ने महोत्सवका लागि स्टल, चर्खाहरुको निर्माण कार्य तिब्र पारिएको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले जानकारी दिए।महोत्सव चैत १० गतेदेखि २० गतेसम्म सञ्चालन हुनेछ। महोत्सवले सुदूरपश्चिमको पर्यटन, कृषि, उद्योग र व्यापारको विकास तथा विस्तारका साथै संस्कृति र कलाको प्रवद्र्धनमा सघाउने आयोजकले जनाएको छ। यस क्षेत्रको समग्र विकासका सम्भावनाहरूलाई महोत्सवले उजागर गर्ने अपेक्षा गरिएको छ। कोरोना महामारीका कारण सिर्जित आर्थिक,…

Read More

जनकपुरधाम – नेकपा मओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले अब बस्ने संसद बैठकबाट नागरिकता विधेयक पारित हुने बताएका छन् । नेकपा माओवादी केन्द्र मधेश प्रदेश कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रम सम्बोधन गर्न जनकपुरधाम आइपुगेका प्रचण्डले विमानस्थलमा सञ्चारकर्मीसंग कुराकानी गर्दै नागरिकता विधेयक पारित हुने बताएका हुन् । लामोसमयदेखि नागरिकता विधेयक संसदमा अड्किएको छ । जसको कारण लाखौ जन्मसिद्ध नेपाली नागरिकका सन्तान नागरिकताबाट बञ्चित छन् । अर्को प्रसंगमा प्रचण्डले मन्त्रिपरिषदमा हेरफेर हुन सक्ने बताएका छन् ।

Read More