Author: महेन्द्रनगर पोष्ट

विराटनगर – एक महिला प्रहरीको ज्यान जाने गरी मोरङको लेटाङमा भएको घटनाको छानविन गर्न प्रदेश १ प्रहरी कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेन्द्र प्रसाद चौधरीको नेतृत्वमा ५ सदस्यीय समिति गठन गरेको छ । प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी अरुण बिसीका अनुसार घटनाको छानविन गर्न चौधरीको नेतृत्वमा ५ सदस्यीय समिति निर्माण गरिएको हो । उक्त समितिले समग्र अनुसन्धान गरेर दोषी पत्ता लगाउने बिसीको भनाइ छ । चौधरी १ नम्बर प्रदेश प्रहरी कार्यालय, अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखाका प्रमुख हुन् । ‘यत्रो ठूलो घटना भएको छ, प्रहरी जवानको नै मृत्यु भएको छ, हामी केही न केही छानविन गर्छौं,’ बिसीले भने । आइतबार दिउँसो भएको…

Read More

काठमाडौं – नेपाल खेलकुद पत्रकार मञ्चले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई दशक खेलाडी अवार्डबाट सम्मानित गरेका छन् । मंगलबार प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना गरेको भब्य कार्यक्रमबीच पारसलाई पुरुषतर्फ ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड-२०७७’को दशक खेलाडी अवार्ड प्रदान गरेको हो । अवार्डसँगै पारसले पल्सर मोटरसाइकल प्राप्त गरे । त्यस्तै नेपाली महिला फुटबल खेलाडी सावित्रा भण्डारी दशक खेलाडी अवार्डबाट सम्मानित भएकी छन् ।

Read More

हेटौंडा –  हेटौंडामा श्रीमतीको कुटाइबाट श्रीमानको ज्यान गएको छ । हेटौंडा-३ जम्बोमा श्रीमतीको कुटाइबाट श्रीमान्‌को ज्यान गएको प्रहरीले जनाएको छ । मंगलबार साँझ घरायसी विवादका क्रममा ४१ वर्षीय अनिता विकको कुटाइबाट उनका श्रीमान् ४३ वर्षीय मित्रलाल सुनारको मृत्यु भएको हो । श्रीमतीको कुटाइबाट घाइते सुनारको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए । श्रीमतीलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ ।

Read More

काठमाडौं – नेपाली बजारमा बुधबार पहेलो धातु सुनको मुल्य घटेको छ । आज सुनको मुल्य एकैदिन ११०० रुपैयाँले घटेको हो । जसअनुसार मंगलबार प्रतितोला १ लाख ३०० रुपैंयामा कारोबार भएको सुनको मूल्य आज ९९ हजार २०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि तोलामा २५ रुपैंयाले घटेको छ । हिजो प्रतितोला १ हजार ३९५ रुपैंयामा कारोबार भएको चाँदीको मूल्य आज १ हजार ३७० रुपैंया पुगेको महासंघले जनाएको छ

Read More

काठमाडौं – नेपाली बजारमा मंगलबार पहेलो धातु सुनको मुल्य घटेको छ । आज सुनको मुल्य एकैदिन ११०० रुपैयाँले घटेको हो । जसअनुसार मंगलबार प्रतितोला १ लाख ३०० रुपैंयामा कारोबार भएको सुनको मूल्य आज ९९ हजार २०० रुपैंयामा कारोबार हुने सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य पनि तोलामा २५ रुपैंयाले घटेको छ । हिजो प्रतितोला १ हजार ३९५ रुपैंयामा कारोबार भएको चाँदीको मूल्य आज १ हजार ३७० रुपैंया पुगेको महासंघले जनाएको छ

Read More

काठमाडौं – निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको १५औँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा सुरु भएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आज महाधिवेशनको उद्घाटन गर्नुभएको हो । आगामी तीनवर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन हुने यस महाधिवेशनमा वर्तमान सहअध्यक्ष डिके ढुङ्गाना भावी अध्यक्षमा निर्विरोध भइसक्नुभएको छ भने अन्य केही पदमा पनि निर्विरोध चयन भएका छन् । प्याब्सनमा २७ पदाधिकारी र ३९ सदस्यसहित ६६ जनाको केन्द्रीय कार्यसमिति हुनेछ । महाधिवेशनमा दुई हजार ३०० प्रतिनिधि सहभागि छन् ।

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले दिगो पर्वतीय अन्तर्राष्ट्रिय सम्मेलनको आज उद्घाटन गरेका छन्। वन तथा वातावरण मन्त्रालयद्वारा काठमाडौँको चन्द्रागिरिमा आयोजित सो दुई दिने सम्मेलनमा विश्वका १३ मुलुकका २०० जनाको सहभागिता छ। तीमध्ये सय जना भौतिक रुपमा र बाँकी सय जना भर्चुअल माध्यमबाट सहभागिता जनाउने बताइएको छ । सम्मेलनमा पर्वतीय वातावरणसँग सम्बन्धित पाँच वटा विधामा कार्यपत्र प्रस्तुति र छलफल हुनेछ । दिगो विकास, पर्वतीय अर्थतन्त्र, पर्वतीय जैविक विविधता तथा पारिस्थितिकीय प्रणाली, पर्वतीय संस्कृति, पर्वतीय महिला र पर्वत–समथर भूभागबीचको अन्तरसम्बन्धलगायतका विधामा विज्ञहरुले कार्यपत्र प्रस्तुत गरी क्षेत्रीय नीतिनिर्माणका लागि सुझाव प्रस्तुत गर्नेछन् । सम्मेलनको उद्घाटनका लागि प्रधानमन्त्री देउवा आज बिहान हेलिकप्टरबाट चन्द्रागिरिस्थित चन्द्रागिरि…

Read More

काठमाडौं– सर्वोच्च अदालतले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमार्फत गरेका बिभिन्न संवैधानिक नियुक्ति खारेजीको माग गर्दै परेका रिटमाथि सुनुवाइ गर्दैछ। सर्वोच्च अदालतको बरिष्ठताका आधारमा गठन गरिएको संवैधानिक इजलासमा कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरू मिरा खड़्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको इजलासले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश र त्यसका आधारमा भएका नियुक्तिविरुद्धको मुद्दामा सुनुवाइ गर्न लागेको हो। तत्कालीन ओली नेतृत्वको सरकारले अध्यादेश ल्याएर संवैधानिक परिषद्को ऐन संशोधन गर्दै अख्तियार, मानवअधिकार आयोग लगायत विभिन्न ११ वटा संवैधानिक अङ्गहरूमा ५२ जना पदाधिकारी नियुक्ति गरेको थियो । गत शुक्रबारको संवैधानिक इजलासले उक्त मुद्दाको पेशी आजका लागि तोकेको थियो। गत…

Read More

कपिलवस्तु – गृहमन्त्री बालकृष्ण खाँणले निर्वाचनमा भाग नलिएका राजनीतिक दलहरूलाई ३० बैशाखमामा निर्धारित स्थानीय तहको निर्वाचनमा भाग लिन आग्रह गरेका छन् । कपिलवस्तुको चन्द्रौटामा बुधबार सशस्त्र प्रहरी बल नम्बर ५ बिन्ध्यवासिनी बाहिनी मुख्यालयको समुदघाटन गर्दै मुलुकको विकासमा हातेमालो गर्दै अगाडि बढ्न सबै राजनीतिक दलहरूलाई स्थानीय निर्वाचन सहभागी हुन आवश्यक रहेको बताए । उनले स्थानीय निर्वाचन शान्तिपूर्ण रूपमा स्वतन्त्र र निष्पक्ष तरिकाले सम्पन्न गर्न सरकार लागिपरेको बताए । नागरिकले आफूले उपयुक्त ठानेका प्रतिनिधि छान्न आवधिक निर्वाचन बेलैमा गर्न सरकार प्रतिबद्ध रहेको बताए । गृहमन्त्री खाणले सशस्त्र प्रहरीका अधिकृतर जवानहरूको लामो समयदेखि रोकिएको बृत्तिविकास सुचारु गर्ने तयारीमा सरकार रहेको बताए । लामो…

Read More

काठमाडौं – प्रमुख प्रतिपक्षी दल एमाले केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । बबरमहलस्थित कार्की ब्यांक्वेटमा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठक सुरु भएको हो । स्थानीय तहको निर्वाचनलगायतका विषयमा छलफल गर्न बुधबार र बिहीबार गरी दुई दिन केन्द्रीय कमिटीको बैठक बोलाइएको हो । बैठकमा एमाले अध्यक्ष केपी ओलीले सम्बोधन गरिरहेका छन् । उनले आगामी निर्वाचनमा पार्टीलाई कसरी देशभर विजयी गराउने भन्ने विषयमा नेताहरूलाई निर्देशन दिएका छन् ।

Read More