Author: महेन्द्रनगर पोष्ट

काठमाडौ – सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मुलुकको विकासका लागि सबै गम्भीर भएर लाग्नुपर्ने बताएका छन् । नेपाल व्यवस्थापन संघको आयोजनामा शुक्रबारबाट सुरु सीइओ सम्मेलन २०२२ लाई सम्बोधन गर्दै मन्त्री कार्कीले मुलुकलाई आत्मनिर्भर बनाउँदै मुलुकको विकासका लागि सबै गम्भीर भएर लाग्नुपर्ने बताएका हुन्। उनले आयातभन्दा पनि उत्पादन वृद्धि गरेर उचित वितरणमा लाग्नुपर्ने धारणा राखे। मन्त्री कार्कीले एसियामा नै मुलुकलाई समृद्ध मुलुकको सूचीमा पुराउने जनताको चाहनलाई पुरा गर्न सबै पक्षको सहकार्य आवश्यक रहेको उल्लेख गरे। बैंक तथा वित्तिय संस्था, स्वास्थ्य, शिक्षा, पर्यटन, पूर्वाधार, उद्यमशीलता र प्रविधि क्षेत्रलाई समेटेर सम्मेलनको आयोजना गरिएको संघले जनाएको छ ।

Read More

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीले राजधानी काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । राप्रपाले विभिन्न जिल्लाहरूमा सभा गरेपश्चात् काठमाडौंमा आमसभा आयोजना गरेको हो । पार्टीबाट हालै पूर्व अध्यक्ष कमल थापा बाहिरिएपछि पार्टीमा नयाँ रक्तसञ्चार गराउन अध्यक्ष लिङदेन प्रयासरत छन् । विचार मिल्ने अन्य दल र समूहहरूसँग एकता प्रयास गरिरहेको छ । राजतन्त्रको वकालत गर्ने पहिलो पार्टी राप्रपाले आजको आमसभामा पनि राजतन्त्र र हिन्दू राष्ट्रको पुनर्स्थापनालाई एजेन्डा बनाएको छ । सभामा पार्टी अध्यक्ष राजेन्द्र लिङदेन लगायतका वरिष्ठ नेताहरूले सम्बोधन गर्दै छन् ।

Read More

काठमाडौं – नेपाल बार एसोसिएसनको अध्यक्षमा बरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे विजयी भएका छन् । गत शनिबार सम्पन्न निर्वाचनमा घिमिरे नेतृत्वको बृहत् लोकतान्त्रिक प्रगतिशील पेशागत समाबेशी कानुन व्यवसायी समूहको प्यानलले नै जित हात पारेको हो । भर्खरै सम्पन्न मतगणनामा घिमिरेले प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहका विष्णुमणि अधिकारीको प्यानललाई पराजित गर्दै घिमिरेको प्यानल नै विजयी भएको हो । बुधबारदेिख सुरू भएको मतगणना भर्खरै सम्पन्न भएकोले औपचारिक घोषणाको तयारी गरिँदैरहेको मतगणनामा सरिक एक सहभागीले बताए । महासचिवमा अन्जिता खनाल विजयी भएकी छिन् ।चैत १९ गते काठमाडौं केन्द्रसहित देशभर ३५ स्थानमा बारको मतदान सम्पन्न भएको थियो । बारमा अध्यक्षसहित ११ पदाधिकारी र सदस्य…

Read More

काठमाडौं – सरकारले बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले गरेका निर्णय सार्वजनिक गरेको छ । आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बैठकले गरेका विभिन्न २३ वटा निर्णय सार्वजनिक गरेका छन ।उनले नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशकमा सुनिल पौडेललाई नियुक्त गरेकोदेखि २० देशमा राजदूत सिफारिस भएको, हेटौंडा सिमेन्ट उद्योग लिमिटेडको महाप्रबन्धक नियुक्त गरिएको जानकारी दिएका छन। श्रम अदालतको अध्यक्ष पदमा उच्च अदालत विराटनगर ओखलढुङ्गा इजलासका न्यायाधीश वासुदेव आचार्यलाई तोकेको पनि कार्कीले जानकारी दिए ।

Read More

काठमाडौं – मानव बेचबिखनविरुद्ध क्रियाशील माइती नेपालले जोखिमपूर्ण यात्रामा रहेका करिब पाँच सय महिला तथा बालबालिकालाई नेपालगञ्ज नाकाबाट उद्धार गरेको छ । पछिल्लो एक वर्षको अवधिमा नेपालगञ्जस्थित जमुनाहनाका भएर जोखिमपूर्ण अवस्थामा भारततर्फ प्रवेश गर्ने क्रममा रहेका ४९९ महिला तथा बालबालिकालाई उद्धार गरिएको माइती नेपाल नेपालगञ्जका संयोजक केशवराज कोइरालाले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल–भारत सिमाना जमुनाहनाकाबाट नेपाल प्रहरीसमेतको सहयोगमा उनीहरूलाई उद्धार गरिएको हो । यो अवधिमा भारत तथा खाडी मुलुकबाट १० जनाको उद्धार गरिएको छ । एक वर्षको अवधिमा ५२६ जनाको खोजतलास तथा उद्धारको निवेदन परेकामा २१३ जना फेला परेका छन् । घरेलु हिंसाका १८ घटनामा परामर्श प्रदान गरिएको माइती…

Read More

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ, नेपाल (हिसान) को आठौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गरेकी छन् । ‘शिक्षा विकासमा सार्थक साझेदारी : हिसानको योगदान र जिम्मेवारी’ मूल नाराका साथ मुलुकभर सञ्चालित निजी शिक्षालयकोे राष्ट्रव्यापी सञ्जाल मानिने सो सङ्घको दुई दिवसीय महाधिवेशनको उद्घाटन राष्ट्रपति भण्डारीबाट भएको हो । समारोहमा राष्ट्रपति भण्डारीले हिसान स्मारिकाको विमोचन गरीन् । कार्यक्रममा सम्बोधन गर्दै उनले गुणस्तरीय, सर्वसुलभ र अनुसन्धानमुखी उच्चशिक्षाका लागि योगदान गर्न विद्यालय सञ्चालकलाई आग्रह गर्दै अधिवेशन सफलताको कामना व्यक्त गरिन् । प्रधानमन्त्रीको कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठले हिसानले समयसापेक्ष शिक्षाका लागि थप योगदान दिनुपर्नेमा जोड दिइन् । अधिवेशनका अवसरमा नेपालमा…

Read More

म्याग्दी – गृहमन्त्री बालकृष्ण खाँणले अहिलेसम्म मोटरबाटो नपुगेका वडा र गाँउलाई अति दुर्गम स्थानका रूपमा परिभाषित् गरेर त्यही अनुसारको बजेट छुट्टयाई विकास गर्ने वातावरण निर्माण गर्न पहल गर्ने बताएका छन् । म्याग्दीको धौलागिरी गाँउपालिका वडा नं १ को विकट गाँउ बुर्जामा शुक्रबार पुगेका गृहमन्त्री खाणले विकट स्थानलाई सुगम स्थानमा परिणत गर्न पहल गर्ने बताएका हुन् । ‘दुर्गम स्थानको बारेमा परिभाषा बदल्न जरुरी छ । मोटरबाटो नपुगेका स्थानमा मोटरबाट नपुग्दासम्म अति दुर्गम स्थानका रूपमा परिभाषित् गरेर त्यही अनुसारको बजेट व्यवस्थापन गर्न पहल गर्नुपर्छ,’ गृहमन्त्री खाणले भने, ‘बुर्जा जस्ता विकट वडा र गाउँबारे थप योजना ल्याउन मन्त्रिपरिषद्, योजना आयोगसँग कुरा गर्छु ।’…

Read More

काठमाडौं – उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले आजदेखि प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु दुई करोड ३६ लाख २५ हजार मूल्य बराबरको दुई लाख ३६ हजार २५० कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ)को बिक्री खुला गरेको हो । कम्पनीले निष्काशन गरेको साधारण शेयरमा जारी पूँजीको ०.५ प्रतिशत अर्थात् तीन हजार २८१ कित्ता शेयर कर्मचारीलाई र निष्काशित शेयरको पाँच प्रतिशत अर्थात् ११ हजार ८१३ कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरि बाँकी दुई लाख २१ हजार १५६ कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वान पत्रमा उल्लेख छ । सर्वसाधारणले…

Read More

कंगो – कंगोको एक रेष्टुरेन्टमा भएको विस्फोटमा परी ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । कंगोको उत्तरी किभु प्रान्तको एक रेष्टुरेन्टको बारमा सो विस्फोट भएको थियो । बिहीबार साँझ भएको सो विस्फोटमा परेर अरु १५ जना घाइते भएका छन् । घाइतेहरुमध्ये अधिकांशको अवस्था गम्भीर रहेको पनि बताइएको छ । सो विस्फोटका कारण रेष्टुरेन्टमा पनि ठूलो क्षति पुगेको छ ।कंगोका सञ्चार तथा मिडिया मन्त्री प्याट्रिक मुइयाले सो जानकारी दिएका छन्। उनले भनेका छन्– घाइतेहरुको अवस्था गम्भीर छ, विस्फोटका बारेमा हामीले अनुसन्धान गरिरहेका छौँ । सो विस्फोट कसले र किन गराएको हो भन्ने बारेमा अहिले नै केही पत्ता नलागेको जानकारी पनि उनले…

Read More

काठमाडौं – बेलायतको युनिभर्सिटी अफ सेन्ट्रल लकांशायरले बिज एजुकेशनको आयोजनामा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक एवं नेपाली वैज्ञानिक डा महावीर पुन मगरलाई सम्मान गरेको छ । डा पुनले नेपालको खोज, अनुसन्धान तथा प्रविधिको क्षेत्रमा पु¥याएको योगदान र उहाँको कर्मको प्रतिफलस्वरुप सम्मान गरिएको हो । सो अवसरमा डा पुनसँग अन्तक्र्रियासमेत गरिएको थियो । कार्यक्रममा डा पुनले आफ्नो काम भिडियोमार्फत प्रस्तुत गर्नुभएको थियो । पुनले जनस्तर र विदेशीको सहयोगबाट स्थापित केन्द्रले ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा, स्वास्थ्यलगायतका २० भन्दा बढी क्षेत्रमा नयाँ–नयाँ अनुसन्धानको काम गरिरहेको जानकारी गराए । कार्यक्रममा नेपाल एजुकेशन काउन्सिल युकेका पदाधिकारी वसन्त नेपाल, लेखनाथ गैरे, गणेश खड्का, कृष्ण खनाललगायतको उपस्थिति थियो…

Read More