Author: महेन्द्रनगर पोष्ट

चितवन – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीनवटै निर्वाचनमा गठवन्धन हुने बताएका छन् । भरतपुर विमानस्थलमा आज पत्रकारसँग कुराकानी गर्दै उनले गठबन्धन हुने बताएका हुन् । दाहालले स्थानिय, प्रदेश र सङ्घीय निर्वाचनमा सरकारमा रहेका दलहरु बीचमा गठबन्धन हुने बताए । उनले भने, ‘गठबन्धन त भइरहेकै छ नी गठबन्धन टुट्दैन, अहिलेकै गठबन्धन स्थानीय मात्र होइन प्रादेशिक र सङ्घीय निर्वाचनसम्म पनि रहन्छ ।’ नेपाली कांग्रेस चितवनका केन्द्र र जिल्लास्तरका नेताहरुले भरतपुरमा प्रमुखको दाबी नछाड्ने बताउँदै आएका छन् । सोही सम्बन्धमा सोधिएको प्रश्नमा दाहालले भने, ‘चितवन कांग्रेसले भनेर केही हुँदैन, कांग्रेसले एक्लै लड्छौँ भनेको छैन, केही मान्छेले मात्रै भनेका…

Read More

पोखरा – स्कुल बसले स्कुटरलाई ठक्कर दिँदा आज बिहान करिब ६ बजे एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ घर भई हाल पोखरा महानगरपालिका १४ चाउथे बस्ने १९ वर्षीय किस्मत वाग्ले रहेको जिल्ला प्रहरी कास्कीले जनाएको छ । किस्मतले चलाइरहेको स्कुटर एक पैदलयात्री महिलालाई ठक्कर दिएर स्कुल बससँग ठोक्किएको जिल्ला प्रहरी कार्यालय कास्की प्रवक्ता डीएसपी सुन्दर तिवारीले जनाए । चाउथेबाट विजयपुरतर्फ आउँदै गरेको ग२२प ००७ नम्बरको स्कुटरले सुरुम ३२ वर्षीय टेकमाया घर्तीलाई ठक्कर दिएको थियो । लगत्तै विपरीत दिशाबाट आइरहेको पोखरा १५, रामबजातस्थित गोल्डेन फ्युचर बोर्डिङ स्कुलको ग१क ९९६ नम्बरको बसमा ठोक्किन पुगेको थियो । स्कुटर चालक घाइते…

Read More

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले तीन क्यासिनोलाई पाँच दिनभित्र साढे ९० करोड बक्यौता बुझाउन अल्टिमेटम दिएका छन्। पटक-पटकको सार्वजनिक सूचना, सचिवस्तरीय निर्णयबाट दिइएको अल्टिमेटममा पनि ती क्यासिनो सञ्चालकले रोयल्टी र नवीकरण बापतको बक्यौता नतिरेपछि आलेले मन्त्रीस्तरीय निर्णयबाट अल्टिमेटम दिएका हुन्। आर्थिक वर्ष २०७६/७७ सम्मको नियमित रोयल्टी र नवीकरण ९० करोड ५५ लाख ७६ हजार उठाउन बाँकी रहेको पर्यटन विभागले जनाएको छ। विभागले आज सार्वजनिक सूचना जारी गरी रक इन्टरनेशनल प्रालि काठमाडौंको ३० करोड ३८ लाख, ह्याप्पी आवर काठमाडौंको ३० करोड १७ लाख र ओरियन्टल होटल्स (र्याडिसन होटल) लाजिम्पाटको नाममा ३० करोड बक्यौता रहेको जनाएको छ। रोयल्टी र नवीकरणबापतको…

Read More

काठमाडाैँ- चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट रासायनिक मल नेपाल आउन थालेको छ। तातोपानी नाका भएर बुधबार २३२ मेट्रिक टन युरिया मल भित्रिएको तातोपानी भन्सार कार्यालयका अधिकृत नारद गौतमले बताए। शिल्क मार्केटलाई चीनबाट १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने जिम्मेवारी दिइएको थियो। भन्सार विभागबाट आज रिपोर्ट आउनासाथ मल राजधानी पठाइने गौतमले बताए। बोलपत्र पाएपछि ६ महिनाअघि शिल्कले पहिलो खेपमा १ हजार ५०० मेट्रिक टन मल चीनबाट ल्याइसकेको छ।रासायनिक मलको चर्को अभाव झेल्दै आएका नेपाली किसानलाई यसले राहत दिने बताइएको छ। बाँकी ८ हजार ५०० मेट्रिक टन मल ल्याउन थालिएको शिल्क मार्केटले जनाएको छ।

Read More

काठमाडौं – आज नेपाली राष्ट्रिय फुटबल टोलीले थाइल्याण्डसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दैछ। नेपालले उसकै मैदानमा थाइल्याण्डको सामना गर्न लागेको हो। खेल नेपाली समय अनुसार साँझ ५:४५ बजे सुरु हुनेछ। यस अघिका दुई भेटमा पराजित भएको नेपाल आज बदला लिने सोचमा छ। एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणको खेल अघि नेपालले थाइल्याण्डसँग खेल्न लागेको हो। एसियन कप छनोटमा नेपाल समूह ‘ए’ मा रहेको छ। नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन छन्। एसियन कपका छनोट खेल जुन ८ देखि १४ सम्म हुनेछ। त्यसअघि नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो। नेपाली टिमःगोलरक्षकः किरण कुमार लिम्बू (कप्तान) टिकेन्द्र सिंह, दीप कार्कीरक्षकः रोहित चन्द, अनन्त…

Read More

बझाङ- आफ्नै सहोदर बहिनीलाई बलात्कार गरेको आरोपमा प्रहरीले बझाङबाट एक युवकलाई पक्राउ गरेको छ। १२ वर्षीया बहिनीलाई बलात्कार गरेको आरोपमा १९ वर्षीय किशोरलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी ज्ञानबहादुर विष्टले जानकारी दिए। प्रहरीले पीडित र आरोपी दुबैको नाम ठेगाना गोप्य राखेको छ। किशोरविरुद्ध सोमबार मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ती किशोरले पाँच सय रूपैयाँको प्रलोभन देखाएर मोवाइलमा अस्लिल फिल्म देखाउँदै बहिनीलाई बलात्कार गरेका हुन्। बालिकाले घटनाको विषयमा आमालाई जानकारी गराएपछि आमाले चैत ७ गते जिल्ला प्रहरी कार्यालय बझाङमा उजुरी दिएकी थिइन्। सोही उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालयले किशोरलाई पक्राउ गरेको हो। बालिकाको स्वास्थ परीक्षण गरी महिला सुरक्षित आवास…

Read More

काठमाडौँ – सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसको संस्थापन इतरपक्षले सभापतिले चाहँदैमा मात्रै स्थानीय चुनावमा गठबन्धन हुन नसक्ने निष्कर्ष निकालेको छ । बुधबार काठमाडौँमा बसेको शेखर कोइराला समूहको बैठकले सभापति शेरबहादुर देउवाले चाहेरमात्रै स्थानीय चुनावमा अन्य दलसँग गठबन्धन नहुने निष्कर्ष निकालेको छ । पार्टीको विधान अनुसार चार तहको समिति रहकेो भन्दै सम्बन्धित समितिलाई नै यसबारे निर्णय गर्न दिनइनु पर्ने निष्कर्ष निकालेको हो । सभापति देउवाले चाहेर र केन्द्रीय समितिले चाहेर मात्रै पनि यसबारे निर्णयमा पुग्न नसकिने निष्कर्ष रहेको बैठकमा सहभागी एक नेताले बताए । पार्टीको विधान अनुसार महानगरको मेयर र उपमेयरबाहेक अन्य स्थानीय तहबारे निर्णय गर्ने क्षेत्राधिकार प्रदेश, जिल्ला र प्रतिनिधि सभा…

Read More

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले पर्वतीय क्षेत्र स्वच्छ पानी तथा प्राकृतिक स्रोतका रुपमा रहेको र पर्वतबाटै विश्वको झन्डै आधा जनसङ्ख्याले पानीका स्रोतहरु प्राप्त गरिरहेकाले पर्वतीय क्षेत्रको संरक्षण र सम्बर्द्भन गर्नुपर्नेमा जोड दिएका छन् । अन्तर्राष्ट्रिय दिगो पर्वतीय विकास वर्ष, २०२२ का सन्दर्भमा आजदेखि यहाँ सुरु भएको दिगो पर्वतीय समाधानसम्बन्धी क्षेत्रीय नीतिगत बहससम्बन्धी सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले भने, “पर्वतहरु भनेका संसारको झन्डै आधा जनसङ्ख्याका लागि स्वच्छ पानीको स्रोत मात्र नभएर विश्वका समग्र जैविक विविधताको घर पनि हुन् भन्ने कुरा हामी मानवले मनन् गर्नुपर्छ ।” प्रधानमन्त्री देउवाले अहिले पर्वतीय क्षेत्रका मुलुकहरुले ठुला समस्याहरुको सामना गर्नु परिरहेको छ र यस्ता समस्याहरु प्राकृतिक प्रकोप…

Read More

कैलाली- आजदेखि धनगढीमा १५ औँ सुदूरपश्चिम महोत्सव सुरु हुने भएको छ। महोत्सवको एक समारोहकाबीच प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले दिउँसो २ बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ आयोजक कैलाली उद्योग वणिज्य संघमा हुन लागेको सुदूरपश्चिम महोत्सवमा झण्डै तीन सय स्टलहरु रहेका छन्। यसबर्ष भने उद्योग वाणिज्य संघ कैलालीले सुदूरपश्चिम सरकारलाई एक मात्र माग राख्ने बताएको छ। महोत्सव धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपति टोलमा हुनेछ। चैत महिनामा महोत्सवको आयोजना गर्न लागिएकाले प्रकोपको जोखिम रहेको भन्दै सचेत रहेको उनले बताए। महोत्सव राति ८ बजेसम्म सञ्चालन हुनेछ। महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ। महोत्सव चैत २० गतेसम्म सञ्चालन हुने छ। महोत्सवमा…

Read More

कैलाली-धनगढी उपमहानगरपालिका वडा नम्बर १ पशुपतिटोलमा आजदेखि सुरु हुने सुदूरपश्चिम महोत्सव स्थलमा कोभिड १९ विरुद्धको खोप लगाइने भएको छ। खोपका लागि एउटा स्थल नै तयार गरेर कोभिड विरुद्धको खोप लगाईने भएको हो। महोत्सव स्थलमै धनगढी उपमहानगरपालिका मेयर नृप बहादुर वडले कोरोना खोप लगाउन छुटेका नागरिकहरुको लागि खोप केन्द्र स्थापना गरिएको बताए। उनले भने–‘पहिलो डोज लगाएर दोस्रो लगाउन छुटेका छन्, कोही दोस्रो लगाएर बुस्टर डोज लगाउन पाएका छैनन् उनिहरुको लागि खोप केन्द्र स्थापना गरिएको हो। धनगढी उपमहानगरपालिकालाई पुर्ण कोरोना खोपयुक्त नगरपालिका बनाउने अभियानका साथ महोत्सवमा खोप केन्द्र स्थापना गरिएको हो।’ मेयर वडले खोप केन्द्र स्थापनाको लागि सहयोग गर्ने विभिन्न संघसंस्थालाई धन्यवाद…

Read More