बैतडी– बैतडीको भटनामा आज (मंगलबार)देखि ‘दनौज जात’ सुरु हुँदैछ । जिल्लाको पुर्चौडी नगरपालिका वडा नंं।.४ मा दुई दिनसम्म लाग्ने दनौज जात आजदेखि सुरु हुन लागेको हो ।
परापूर्व कालदेखि दैवीय शक्ति रहेको मानिएको भटनामा दनौज जातमा विषेशगरि यहाँका देवी, देवता मालिका, महादेव र पहरौलको पूजाआजा गरिनुका साथै पञ्चेबाजा (दमाहालगायत) बजाउने र देउडा खेल्ने गरिन्छ । हेरक वर्ष शिवरात्रीको साँझबाट जागरण गरेर सुरु भई हरेक दिन साँझ पञ्चेबाजा, भोकरलगायतका स्थानीय बाजाको साथमा देउडा ठाडी भाका खेल, नाँच हुने गरेको छ ।
चैते दशै अन्तरगतको रामनवमीपछिको पहिलो एकादशीको दिन रतेडी (रात्री) र पछिल्लो दिन दिउसेडी (दिउँसो) जात हुने गरेको स्थानीय शिक्षक हरिचन्द्र भट्टले बताए । उनका अनुसार पहिलो दिन सल्लो काट्ने दमाहा लगायतका स्थानी बाजाको साथमा देवी देउताका नाम जप्दै विभिन्न मन्दीरमा पुर्याउने, देउडा, ठाडीभाका, धामी झाँक्रीको नाँच प्रदर्शनी पनि हुन्छ ।
जात हेर्न बझाङ, दार्चुला, डडेल्धुरा, नजिकका भारतीय शहरलगायतका ठाउँबाट मानिहरु आउने गरेका छन् ।