काठमाडौँ – भक्तपुरको साँगाबाट जगातीतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना भएको छ । दुर्घटना हुँदा एक शिशुको मृत्यु भएको हो ।
मृत्यु हुनेमा चार महिनाकी लोसाङ डोल्मा तामाङ रहेकी छिन् । मृतक शिशुका बुबा बुद्ध तामाङले चलाएको बाग्मती प्रदेश ०२–०२१ प ६७६२ नम्बरको मोटरसाइकल मंगलबार बिहान अन्दाजी साढे ३ बजे दुर्घटना हुँदा लोसाङ गम्भीर घाइते भएकी हुन् ।
उपचारको क्रममा न्युरो अस्पताल काठमाडौंमा मृत्यु भएको छ । बुबा बुद्ध र आमा सुस्मिता तामाङको भक्तपुरको सल्लाघारीमा रहेको डा इवामुरा अस्पतालमा उपचार भइरहेको छ ।
Facebook Comments Box