Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ- शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । विहिबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको हो । हिजो विहिबार प्रतितोला एक लाख ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला एक लाख ९०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख हजार ४०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ । हिजो विहिबार प्रतितोला १ हजार ३७५ रुपैयाँमा कारोबार भएको चाँदी आज शुक्रबार २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४०० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

Read More

काठमाडौँ- भारतमा पेट्रोल र डिजेलको मूल्य लगातार बढिरहेको छ । भारतीय तेल मार्केटिङ कम्पनीहरुले शुक्रबार फेरि मूल्य बढाएका छन् । दिल्लीमा पेट्रोल र डिजेलको मूल्य प्रतिलिटर ८० पैसाले बढेको छ । छिल्लो चार दिनमा पेट्रोल र डिजेलको मूल्य भारु २.४० ले बढेको छ । यो बढेको मूल्यसँगै भारतको राजधानी दिल्लीमा पेट्रोलको भाउ प्रतिलिट भारु ९७.८१ र डिजेलको भारु ८९.०७ पुगेको छ । मुम्बईमा पेट्रोलको प्रतिलिटर ८४ पैसाले बढेको छ र योसँगै नयाँ मूल्य भारु ११२.५१ प्रतिलिटर भएको छ । चेन्नईमा पनि भाउ ७६ पैसाले बढेर भारु १०३.६७ प्रतिलिटर पुगेको छ । हरेक १५/१५ दिनमा भारतले पठाएको मूल्य अनुसार नेपालमा पनि…

Read More

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय समिति बैठकअघि नेता रामचन्द्र पौडेलले बोलाएको बैठक जारी छ । नेपाल विद्यार्थी संघ र तरुण दलको अध्यक्ष मनोनयनदेखि स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने कि नगर्ने भन्ने बारेमा छलफल भइरहेको बताइएको छ । सो बैठकमा नेताद्वय शेखर कोइराला र प्रकाशमान सिंह अनुपस्थित छन् भने पूर्व महामन्त्री शशांक कोइराला सहभागी भएका छन् ।

Read More

मुग्लिन – मनकमना केबलकार एक दिन बन्द हुने भएको छ । नियमित मर्मत–सम्भारका लागि यही चैत १४ गते सोमबार एक दिनका लागि बन्द गरिने भएको हो । मर्मत–सम्भारपछि चैत १५ गते मंगलबारदेखि पुनः नियमित सञ्चालनमा आउने नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए । उनका अनुसार सो अवधिभर चितवनको इच्छाकामना गाउँपालिका–४, चेरेशस्थित बटम स्टेसनमा रहेको रेस्टुरेन्ट सेवा भने यथावत् रहनेछ । गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरसम्म जान सहजताका लागि मनकामना दर्शन प्रालिद्वारा २४ वर्षअघिदेखि सञ्चालित मनकामना केबलकार स्तरोन्नतिको तयारीमा रहेको छ ।

Read More

काठमाडौं – सिटिजन लाइफ इन्सुरेन्सको ४ औं वार्षिक साधारण सभा आज चैत ११ गते बस्दैछ । सभामा कम्पनीले आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन माथि छलफल र पारित गर्ने र चालु आर्थिक वर्षको लेखापरिक्षण गर्नको लागि लेखापरिक्षक नियुक्ति गरि निजको पारिश्रमिक निर्धारण गर्ने पनि एजेण्डा राखेको छ । सभा दिउँसो ३ बजेबाट अलोफ्ट काठमाडौं ठमेल, छाँयादेवी कम्प्लेक्समा सुरु हुनेछ ।

Read More

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए) को दशौं  महाधिवेशनमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुने भएका छन् । शनिबारदेखि ललितपुरस्थित होटल हिमालयमा हुने सम्मेलनमा परराष्ट्रमन्त्री नारायण खड्का पनि महाधिवेशनको उद्घाटन सत्रमा विशेष अतिथि रहने छन् । सम्मेलनलाई संघका पूर्वअध्यक्ष डा उपेन्द्र महतो, जीवा लामिछाने, भवन भट्ट लगायतले सम्बोधन गर्ने छन् । कार्यक्रममा बोल्न पूर्वअध्यक्ष शेष घले र देवमान हिराचनको नाम समेत समावेश गरिएको तर उनीहरुको उपस्थिति भने निश्चित भैसकेको छैन । घलेले छुट्टै सम्मेलनको आयोजना गरेर एउटा समितिको समेत घोषणा गरेका कारण सम्मेलनमा भाग लिने सम्भावना न्यून रहेको बताइन्छ । दुई दिनसम्म चल्ने सो सम्मेलनमा संघका महासचिव…

Read More

काठमाडौं – पपुवान्युगिनी (पीएनजी)विरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले सतप्रतिशत नतिजा निकालेको छ । आजबाट त्यही पीएनजीविरुद्ध नेपालले घरेलु मैदानमा दुई खेलको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेल्दैछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेलमा नेपालले युवा टोलीलाई मौका दिने भएको छ । पछिल्लो पटक खेलेको एकदिवसीय टिममा रहेका निवर्तमान कप्तान ज्ञानेन्द्र मल्ल, आसिफ शेख, विनोद भण्डारी, विवेककुमार यादव टिममा छैनन् । उनीहरुको स्थानमा अनिल शाह, सुशन भारी, देव खनाल र गुल्सन झालाई टिममा राखिएको छ । देब पहिलो पटक राष्ट्रिय टोलीमा समेटिएका हुन् भने अनिलले २०१८ पछि टोलीमा पुनरागमन गरेका छन् । सुशन र गुल्सन झा ओमानमा पनि टोलीमा थिए । बिहीबार राति…

Read More

काठमाडौँ – लमजुङको बेसीशहर नगरपालिका-१० खासुरबेँसीमा खाना पकाउने एलपी ग्यास लिक भएर आगलागी हुँदा एक जना घाइते भएका छन् । घाइते हुनेमा २९ वर्षीय नवीन गुरुङ रहेका छन् । आगो निभाउन खोज्दा नवीनको दुवै हात र खुट्टाका साथै पेटमा आगोले पोलेको छ । आइतबहादुर गुरुङको घरमा बसेका चंखबहादुर गुरुङले पछाडि टिनले छाएको भान्सा कोठामा खाना बनाउने क्रममा ग्यास लिक भएर आगलागी हुँदा गुरुङ घाइते भएको लमजुङका प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए । घाइते गुरुङलाई जिल्ला अस्पताल लमजुङमा उपचार हुन नसकेपछि कीर्तिपुर अस्पताल काठमाडौँ रिफर गरिएको छ । आगलागीबाट २५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं – काठमाडौं उपत्यकामा घोषणा गरिएको नयाँ नगर निर्माण लागि रोक्का राखेको एक लाख रोपनी जग्गा मध्ये ४४ रोपनी जग्गा फुकुवा गर्न गर्न मन्त्रिपरिषद्‍मा सिफारिस गरिएको छ । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीको अध्यक्षतामा बिहीबार बसेको भौतिक विकास समितिको १७औँ बैठकले काठमाडौं र भक्तपुरका पाँच नगरपालिकाभित्र पर्ने ४४ हजार रोपनी जग्गा फुकुवा गर्न मन्त्रिपरिषद्लाई सिफारिस गर्ने निर्णय गरेको हो । समितिले १ लाख रोपनीमध्ये ५६ हजार रोपनीमा नयाँ नगर निर्माणको गर्न सकिने भएकाले जग्गा कित्ताकाट रोक्का यथावत नै राखेको छ । काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौं जिल्लाका कागेश्वरी मनोहरा नगरपालिका र शंखरापुर नगरपालिका, भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका, मध्यपुर थिमी नगरपालिका र…

Read More

काठमाडौं – नेपाल थाइल्याण्डसँग पराजित भएको छ । बिहीबार थाइल्याण्डको चोनबुरीमा भएको फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल थाइल्याण्डसँग २–० गोल अन्तरले पराजित भएको हो । नेपालले पहिलो हाफमा थाइल्याण्डलाई गोलरहित बराबरीमा रोकेको थियो भने दोस्रो हाफमा दुई गोल खायो । घरेलु टोलीका लागि फिलिप रोलेर र चाओवाट विरचर्टले एक–एक गोल गरे । ७८औं मिनेटमा रोलेरले गोल गर्दै थाइल्याण्डलाई अग्रता दिलाए । त्यस्तै खेलको इन्ज्युरी समयमा विरचर्टले गोल गर्दै टिमलाई २–० गोलको जित दिलाए ।

Read More