Author: महेन्द्रनगर पोष्ट

इलाम – जिल्लामा अवैधरूपमा ओसारपसार भइरहेको दुई हजार किलो (४० बोरा) छुर्पी प्रहरीले बरामद गरेको छ । रोङ गाउँपालिका–४ जोरकलसस्थित मेची राजमार्गबाट रु १९ लाख बराबरको छुर्पी बरामद गरिएको हो । प्रदेश१–०१–००१च ९२१९ नम्बरको बोलेरो जिपबाट उक्त छुर्पी बरामद गरिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । मङ्गलबार प्रहरी चौकी किटेनीको टोलीले झापाबाट इलामतर्फ जाँदै गरेको उक्त जिपमा जाँच गर्ने क्रममा सो छुर्पी फेला परेको हो । जिप चालक इलामको सूर्योदय नगरपालिका–२ का निमा तामाङलाई आवश्यक कारबाहीका लागि सुनसरीको इटहरीस्थित राजस्व अनुसन्धान कार्यालयको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौँ – नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक आज (बुधबार) बस्दैछ । बैठक बिहान ११ बजे बबरमहलस्थित कार्की बैंक्वेटमा बस्ने एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जानकारी दिइन् । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक प्रतिवेदन पेस गर्ने छन् । त्यसपछि प्रतिवेदनमाथि छलफल हुने शाक्यले जानकारी दिइन् । बैठकमा पार्टीका विभागलाई पूर्णता, स्थानीय तहका उम्मेदवार सिफारिसको मापदण्ड प्रक्रिया, स्थानीय निर्वाचनको घोषणापत्र, निर्वाचनमा पार्टी नेतृत्वको भूमिका, पार्टी स्थापना दिवस, सचिवालय र पोलिटब्युरो कमिटी बैठकको निर्णय अनुमोदनलगायत प्रस्ताव पनि अध्यक्ष ओलीले प्रस्तावको रूपमा पेस गर्ने छन् ।बैठक भोलिसम्म जारी रहने छ ।

Read More

कैलाली-सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले स्थायी पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ । पहिलोपटक आयोगले स्थायी पदपूर्ति गर्न आयोगले बुधबार कर्मचारीको विज्ञापन खोलेको हो। आयोगले प्रदेश निजामती सेवाअन्तर्गत नेपाल वन सेवा, जनरल फरेष्ट्री समूह, तहविहीन, वन रक्षक पदको खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन गरेको हो। प्रदेशमा रिक्त स्थायी पदपूर्ति गर्ने गठित आयोगको आदेशानुसार स्थायी पदपूर्तिका लागि १६७ पदमा विज्ञापन खुलाएको हो। योग्यता पुगेका नेपाली नागरिकले २९ चैतसम्म नियमित र दोब्बर दस्तुरमा ६ वैशाखसम्म अनलाइनमार्फत् आवेदन दिन पाउनेछन्। सुदुरपश्चिम सरकारले चैत ०७७ मा लोकसेवा आयोगको गठन गरेको थियो ।

Read More

गौर-रौतहट जिल्ला पछिल्लो समय स्थानीय प्रशासनले विभिन्न षडयन्त्र गरि निर्दोषलाई फसाउने काम गरेको भन्दै नेकपा एमाले रौतहट जिल्ला कमिटीले विशाल प्रदर्शन गरेको छ। गठबन्धन सरकारको इशारामा रौतहटको एसपी र सिडियोको नेतृत्वमा झुठा मुद्दा, गाली बेइज्जती तथा बदनाम गर्ने कार्य भइरहेकोले एमालेले जिल्लाको मध्यभाग गरुडामा मङ्गलबार हजारौँको संख्यामा प्रदर्शन गरेको हो। सिडियो र एसपीको राजीनामा माग्दै अध्यक्ष त्रिभुवन साहको नेतृत्वमा निकालिएको शान्तिपूर्ण प्रदर्शनमा केन्द्रीय तथा प्रदेश कमिटीसहितका नेता कार्यकर्ता उपस्थित थिए। एमाले पार्टी कार्यालयबाट सुरु भएको प्रदर्शन गरुडाको परिक्रमा गरि इलाका प्रहरी कार्यालय गरुडा अगाडी नारा जुलुस तथा कोणसभा गरी अन्त्य भएको थियो। सो क्रममा प्रदर्शनकारीहरुले ूनिर्दोषलाई फसाउन पाईंदैन, पक्षपाती सरकाररप्रशासन…

Read More

 काठमाडौं-पाउल पोग्बाले आफूले विश्वकप जित्दा पाएको मेडल चोरी भएको बताएका छन्। फ्रान्सका यी खेलाडीको मेडल गत साता घरबाटै चोरी भएको हो। गत साता चोरहरू आफ्नै घरमा घुसेर मेडल चोरेर लगेको पोग्बाले बताएका छन्। २९ वर्षीय पोग्बाका अनुसार चोरहरु घरमा छिर्दा उनका बच्चाहरु र उनीहरुको स्याहारको लागि राखिएकी महिला पनि घरमै थिए। ‘मुख्य कुरा के हो भने मेरा बच्चाहरु ठीक छन्’, उनले भने। फ्रान्सले सन् २०१८ मा भएको विश्वकपमा क्रोएसियालाई ४–२ ले हराउँदै विश्वकपको उपाधि जितेको थियो। पोग्बाका अनुसार चोरहरुले उनकी आमाको गहना र उनको विश्वकपको मेडल चोरेर लगेका हुन्। उनले यो घटनापछि आफूले तत्काल सुरक्षाकर्मी र पत्नीलाई जानकारी गराएको र समग्र परिवार…

Read More

काठमाडौं – निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) नेपालको १५औँ राष्ट्रिय महाधिवेशन आज काठमाडौंमा हुँदै छ। आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन हुने यस महाधिवेशनमा वर्तमान सहअध्यक्ष डिके ढुङ्गाना भावी अध्यक्षमा निर्विरोध भइसकेका छन्। अन्य केही पदमा पनि निर्विरोध चयन भइसकेको बताइएको छ। प्याब्सनमा २७ पदाधिकारी र ३९ सदस्यसहित ६६ जनाको केन्द्रीय कार्यसमिति हुनेछ। महाधिवेशनमा देशभरबाट दुई हजार ३ सय प्रतिनिधि सहभागी हुनेछन्।

Read More

काठमाडौं- बुधवार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। न्यूनचापीय प्रणालीको प्रभावले पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली र प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भू–भागका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। अन्य भूभागमा सामान्यतया सफा रहने महाशाखाको भनाइ छ। त्यस्तै, बुधवार राति देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही प्रदेश नं १ को पहाडी भू–भागका एक वा दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको बताइएको छ। देशभर तापक्रम बढ्ने क्रममा रहेकाले गर्मीका कारण हुनसक्ने…

Read More

धनगढी – धनगढीमा जारी ‘मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’ अन्तर्गत आज भएको प्रतिस्पर्धामा नेपाल पुलिस क्लब, गण्डकी र बागमती प्रदेश विजयी भएका छन् । आजको पहिलो खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले प्रदेश नम्बर १ लाई ३–० को सोझो सेटले पराजित गर्‍यो । पुलिसले २५–१८, २५–१० र २५–१८ को सेटले प्रदेश नम्बर १ लाई पराजित गरेको हो । खेलका ‘म्यान अफ द म्याच’ नेपाल पुलिस क्लबका रवीन चन्द घोषित भए । दोस्रो खेलमा गण्डकी प्रदेशले विभागीय टोली एपिएफलाई ३-१ को सेटले पराजित गरेको छ । गण्डकीले २५-२० र २५-१८ ले पहिलो र दोस्रो सेट जितेकोमा तेस्रो सेट १९-२५ ले…

Read More

अछाम- अछाममा भालुको आक्रमणबाट एक जना पुरुष घाइते भएका छन । जिल्लाको रामारोशन गाउँपालिका ५ माडुका ५० वर्षिया नौले बटाला नजिकैको शालिमकोट सामुदायिक बनमा बाख्रा चराउने क्रममा भालुको आक्रमण बाट घाइते भएका हुन। उनको टाउको र खुट्टामा सामान्य चोट लागि स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

Read More

कैलाली-कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर ६ घर भएकी आशा कुमारी चौधरी मंगलवार विहानै ७ बजे नास्ता नखाएर जिल्ला प्रहरी कार्यालय कैलालीको गेटमा पुगिन्। उमेरले आशा कुमारी चौधरी १९ बर्षकी भईन्। उनी कुनै अन्य कामले भने हाईन् बसको २५० रुपैयाँ भाडा तिरेर स्थानीय तहको निर्वाचनका लागि सरकारले खुल्ला गरेको म्यादी प्रहरीको फाराम भर्न पुगेकी हुन्। उनी विहानै जिल्ला प्रहरी कार्यालय पुगे पनि आवेदन फाराम भने विहान १० बजे लाईनमा लागेर पाईन्। तर जिल्ला प्रहरी कार्यालय कैलालीको परिसर भित्र गईन्। फाराम बुझाउने पालो भने दिउसो साढे तीन बजे मात्र आयो। दिनभर खाना नखाएर भोक भोकै फाराम बुझाउनेहरु आशा मात्रै नभएर अन्य…

Read More