Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ-नेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना नखुलेको जनाएको छ।म्यादी प्रहरीमा भर्ना खुलेको भन्दै बुधबारदेखि सामाजिक सञ्जालमा नक्कली सूचना भाइरल भइरहेको छ। म्यादी प्रहरीमा भर्ना खुलेको भन्दै नक्कली सूचना भाइरल भएपछि बिहीबार प्रहरी प्रधान कार्यालयले म्यादी प्रहरीमा भर्ना नखुलेको स्पष्ट पारेको छ। आवश्यक परेमा म्यादी प्रहरीमा भर्नाका लागि सार्वजनिक सूचना जारी गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

Read More

काठमाडौँ- नेपालमा थप ११२ जनामा कोरोना संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा ९ हजार ३२८ नमुना परीक्षण गर्दा ११२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार ६ हजार ८०१ पीसीआर गर्दा ७७ र २ हजार ५२७ एन्टिजेन विधिद्वारा परीक्षण गरिएकोमा ३५ जना संक्रमित भएका हुन्। २४ घण्टामा ४२९ जना डिस्चार्ज भएका छन्। सोही अवधिमा १ लाख २९ हजार २८५ जनाले खोप लगाएका छन्।

Read More

ललित सामन्त,दार्चुला-जिल्लाको मालिकार्जुन लेकम तथा शैल्यशिखर नगरपालिका क्षेत्र लगायतका स्थानहरुमा अहिले उखु खेती तर्फ किसानहरुको आकर्षण बढ्दो देखिएको छ। पहिले-पहिले उखु खेतीमा किसानको आकर्षण नदेखीए पनि अहिले आएर गुडको माग बढेसँगै उखु खेती तर्फ किसानको आकर्षण बढि देखिएको हो। तराई र छिमेकी राष्ट भारतबाट ठूलो परिमाणमा जिल्लामा भारतीय गुड भित्रिने गरेपछि आजभोली स्थानिय स्तरमै व्यवसायिक कृषकहरुले सामुहिक रुपमा व्यसायिक उखु खेती गर्दै आएका छन्। गुडबाट राम्रो आम्दानी हुने भएपछि यस क्षेत्रका किसान उखु खेती तर्फ आकर्षीत भएका हुन्। माग अनुसार बाहिर बाट गुड आयात भएकै कारण उखुखेतिको प्रयोगको लागि पछिल्लो समय कृषकहरुमा व्यवसायिक उखु खेतीको सुरुवात भएको हो। बाहिरबाट आयात…

Read More

कैलाली- मनाङ मस्र्याङ्दी क्लब सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ। धनगढी रंगशालामा बुधबार भएको पहिलो सेमिफाइनलमा हिमालयन शेर्पा क्लबलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हराउँदै मनाङ फाइनल पुगेको हो।खेलको निर्धारित समय १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। पेनाल्टीमा मनाङले बाजी मार्यो। पेनाल्टीमा मनाङका अन्जन विष्ट, रुपेश केसी, मौसा अबागाना र पुजन उपरकोटीले गोल गरे। हिमालयनका उल्रिच सिवे र पिस्टन मुटाम्बाले गोल गरे। विशाल श्रेष्ठ र विवेक पण्डित पेनाल्टीमा गोल गर्न चुके।पेनाल्टी अघि खेलको २८ औं मिनेटमा शिशिर लेखिले हेडर मार्फत गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाएका थिए। तर, खेलको ८०…

Read More

बैतडी- नेकपा एमालेबाट निर्वाचित शिवनाथ गाउँपालिकाकी उपाध्यक्ष कुस्मा चन्द नेपाली कांग्रेसमा प्रवेश गरेकी छन्।गएको स्थानीय तहको निर्वाचनमा एमालेबाट निर्वाचित उपाध्यक्ष चन्द बिहीबार शिवनाथको सुल्लेखानमा आयोजना गरेको आमसभामा कांग्रेसमा प्रवेश गरेकी हुन्। चन्दलाई कांग्रेसका केन्द्रिय सह–महामन्त्री बद्री पाण्डेयले सदस्यता दिएर पार्टीमा स्वागत गरे। यस्तै, एमालेबाटै कार्यपालिका सदस्य भएका राजेन्द्र दयाल पनि एमाले परित्याग गरेर कांग्रेसमा प्रवेश गरेका छन्।

Read More

काठमाडौं – नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री गणेश सिंह ठगुन्नाले स्थानीय तह निर्वाचनको तयारीमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ । विहिबार दार्चुला विकास संगठनको सभाहलमा बोल्दै नेता ठगुन्नाले आवश्यक तयारीमा लाग्न निर्देशन दिनु भएको हो । पार्टीको दवाव, निर्वाचन आयोगको ताकेता, जनस्तरबाट व्यक्त खबरदारी समेतका कारण सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेकाले निर्वाचनलाई पार्टीका पक्षमा पार्न मातहत कमिटी, नेता तथा कार्यकर्तालाई तयारी लाग्न पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री ठगुन्नाले निर्देशन दिएको दिएका हुन् । निर्देशनसँगै जिल्लामा पार्टीले नौवटै स्थानीय तहमा एकै पटक भर्चुअल माध्यमबाट घरघरमा एमाले मनमनमा एमाले नारालिएर पालिकासदरमुकाम क्षेत्रमा अगुवा कार्यकर्ता…

Read More

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ११२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ८०१ पीसीआर परीक्षणमा ७७ र दुई हजार ५२७ एन्टिजेन परीक्षणमा ३५ जना गरी ११२ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार कोरोना संक्रमणका कारण बिहीबार पनि कसैको मृत्यु भएको छैन । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ४२९ रहेको मन्त्रालयले जनाएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ३४० रहेको छ ।

Read More

काठमाडौं – जापान सरकारले नेपाललाई २ अर्ब ३१ करोड रुपैयाँ बराबरको अनुदान सहायता उपलब्ध गराएको छ । अर्थ मन्त्रालयका अनुसार अनुदान आदान–प्रदान पत्रमा बिहीबार हस्ताक्षर भएको छ । पत्रमा अर्थसचिव मधुकुमार मरासिनी र नेपालका लागि जापानका राजदूत किकुता युटाकाले हस्ताक्षर गरेका छन् । जापानले उपलब्ध गराउने यो अनुदान रकम विराटनगर खानेपानी सुधार आयोजना कार्यान्वयनमा खर्च हुने मन्त्रालयले जनाएको छ ।

Read More

काठमाडौं – पछिल्लो समय निरन्तर घटिरहेको बजारमा आज विहीबार भने दोहोरो अंकको उत्साहजनक वृद्धि आएको हो । कारोबारको सुरुवाती समयमा आज साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा ५२ अंकको उछाल आएको छ । कारोबार सुरू भएको ३० मिनेटको समयमा बजार १५ अंकले ओरालो लाग्दै २५ सयको अंकबाट तल झरेको थियो । तर, त्यसपछि निरन्तर सुधार हुँदै परिसूचक ५२ अंकले उकालो लागेको हो । आज ५२ अंक अर्थात २.०८ प्रतिशतको सुधार आएसँगै परिसूचक २५ सय ६६ अंकमा पुगेको छ । नेप्से परिसूचक दोहोरो अंकले बढेको दिन आज कारोबार रकम भने न्यून छ । २ अर्ब ७९ करोड रुपैयाँ बराबरको…

Read More

काठमाडौं – अभिनेत्री करिश्मा मानन्धरले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेकी छन् । ओलीलाई भेट्न करिश्मा एमाले सांसद नवराज सिलवाल र गंगा चौधरीसँग बिहीबार बालकोट पुगेकी हुन् । भेटमा पार्टी प्रवेशको विषयमा छलफल भएको अभिनेत्री मानन्धरले बताएकी छन् । यसअघि डा. बाबुराम भट्टराई नेतृत्वको तत्कालीन नयाँ शक्ति पार्टीमा आवद्ध भएकी करिश्मा केही वर्षयतादेखि भने राजनीतिबाट टाढाजस्तै थिइन् ।

Read More