काठमाडौँ– नेपालमा थप ११२ जनामा कोरोना संक्रमण देखिएको छ।
पछिल्लो २४ घण्टामा ९ हजार ३२८ नमुना परीक्षण गर्दा ११२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ६ हजार ८०१ पीसीआर गर्दा ७७ र २ हजार ५२७ एन्टिजेन विधिद्वारा परीक्षण गरिएकोमा ३५ जना संक्रमित भएका हुन्।
२४ घण्टामा ४२९ जना डिस्चार्ज भएका छन्। सोही अवधिमा १ लाख २९ हजार २८५ जनाले खोप लगाएका छन्।
Facebook Comments Box