काठमाडौँ-नेपाल प्रहरीले म्यादी प्रहरीमा भर्ना नखुलेको जनाएको छ।म्यादी प्रहरीमा भर्ना खुलेको भन्दै बुधबारदेखि सामाजिक सञ्जालमा नक्कली सूचना भाइरल भइरहेको छ।
म्यादी प्रहरीमा भर्ना खुलेको भन्दै नक्कली सूचना भाइरल भएपछि बिहीबार प्रहरी प्रधान कार्यालयले म्यादी प्रहरीमा भर्ना नखुलेको स्पष्ट पारेको छ।
आवश्यक परेमा म्यादी प्रहरीमा भर्नाका लागि सार्वजनिक सूचना जारी गरिने प्रहरी प्रधान कार्यालयले जनाएको छ।
Facebook Comments Box