बझाङ : बझाङको केदारस्युँ गाउँपालिकामा प्रतिबद्ध तीन परियोजनाको सुभारम्भ भएको छ । आइतबार गाउँपालिका अध्यक्ष गणेशबहादुर बोहराको अध्यक्षतामा प्रतिबद्ध तीन परियोजनाको सुभारम्भ गरिएको हो । युरोपियन युनियनको आर्थिक सहयोगमा पिपुल इन निड, सामुदायिक आत्म निर्भर केन्द्र र सेभ द चिल्ड्रेनको साझेदारीमा सञ्चालित परियोजनाले पालिकाको विपद जोखीम न्युनिकरण तथा प्रतिकार्यमा काम गर्ने लक्ष्य लिएको छ । परियोजनाको सुभारम्भ बैठ्कमा पालिाकामा भइरहेका प्रमुख विपद् घटनाहरू, स्थानहरू र जोखिम न्यूनिकरणका बारे छलफल भएको थियो। छलफलमा पालिकाका प्रमुख जोखीमहरु पहिरो, बाढी तथा चट्याङलाई न्युनिकरण गर्न सबैले हातेमालो गरेर अगाडी बढ्नु पर्ने सरोकारवालाहरुको धारणा रहेको थियो । साथै, पालिको पहिरो जोखिम नक्सांकनमा परियोजनाको सहयोगले गर्ने…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं: गृहमन्त्री रमेश लेखकले महोत्तरी र पर्साका प्रमुख जिल्ला अधिकारीहरूलाई काठमाडौं बोलाएर स्पष्टीकरण सोधेका छन्। मन्त्री लेखकले महोत्तरीका प्रमुख जिल्ला अधिकारी लालबाबु कवारी र पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई मंगलबार काठमाडौं बोलाएर स्पष्टीकरण सोधेका हुन्। कवारीलाई महोत्तरीकै सीडीओ कार्यालयको प्रशासन शाखाका नायब सुब्बा अशोककुमार यादव घुससहित पक्राउ परेको विषयमा र अर्याललाई उनको विवादित अभिव्यक्तिको विषयमा स्पष्टीकरण सोधिएको थियो। अर्यालमाथि केही दिन अगाडि अस्पताल तोडफोड सम्बन्धी विषयमा विवादित अभिव्यक्ति दिएको आरोप छ। गृह मन्त्रालयको सचिवालय स्रोतले भन्यो, ‘दुवै जिल्लाका सीडीओहरूलाई आइन्दा प्रश्न उठ्ने किसिमको गतिविधि नगर्न चेतावनी दिँदै जिल्ला पठाइएको छ।’
कञ्चनपुर: जिल्लाको दक्षिणी क्षेत्र जोड्ने कलुवापुर–बेलौरी सडक तत्काल कालोपत्रको काम अगाडि बढाउन माग गरेका छन्। यसको लागि स्थानीयले दुई दिनदेखि सडकमा सवारी साधन गुडाउन अवरोध समेत गरेका छन्। निर्माण व्यवसायीले सडक कालोपत्रको काम लामो समयदेखि अगाडि नबढाएपछि सवारीका कारण उड्ने धुलो स्थानीय बासिन्दा समस्यामा परेका छन्। “सडक कालोपत्र अगाडि बढाउनुपर्यो, त्यो तत्काल हुन नसके सडकमा उड्ने धुलो रोक्नुपर्यो। स्थानीय दिनेश कुँवरले भने, “सडकमा उड्ने धुलो घरभित्र पस्छ, बस्नै नसकिने अवस्था आएको छ।” धुलो माटोका कारण बालबालिका र वृद्धवृद्धा बिरामी परेको उनले बताए। उनीहरूलाई बिरामी हुनबाट जोगाइदिन आग्रह पनि गरेका छन् । विद्यालय जान बस कुर्दा सडकमा उड्ने धुलोले बालबालिका पूरै…
दार्चुलाः दार्चुलाको तुसारपानी–टिंकर सडक नेपाली सेनाले निर्माण गरिरहेको छ। सेनाले २०७७ माघ २८ गतेबाट दार्चुला–टिंकर सडक निर्माण थालनी गरेको हो। दार्चुला–टिंकर सडकको तुसारपानी–टिंकरको ट्रयाक खोल्नुपर्ने ७९ किलोमिटर छ। अहिलेसम्म सेनाले १३ दशमलव ५९ किलोमिटर मात्र ट्रयाक खुलाएको छ। सो आयोजना अघि बढाउन चालू आर्थिक वर्षका लागि सरकारले ९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। उक्त बजेटबाट १ दशमलव ८ किमी नयाँ ट्रयाक खोल्ने र १ दशमलव २ किमी सडक स्तरोन्नति गर्ने लक्ष्य रहेको सैनिक प्रवक्ता एवं सहायक रथी गौरवकुमार केसीले बताए। बजेट थोरै भएको उनले बताए। कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको टिंकरसम्म कुल ४२५ किलोमिटर छ। कठिन खण्डको काम सेनालाई दिइएको छ। सेनाले…
काठमाडौ: क्षमताभन्दा बढी यात्रु र सामान बोक्ने सवारीसाधन दुर्घटना भए अब त्यस्तो सवारीले पार गरेको अन्तिमको प्रहरी इकाई प्रमुख जिम्मेवार हुने भएको छ। गृह मन्त्रालयले २ मंसिरमा सरोकारवालासँगको बैठकको निर्णय कार्यान्वयन गर्न मातहत निकायलाई परिपत्र गरेको छ। गृहले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी महासंघलाई समेत परिपत्र गरेको हो। गृहको परिपत्र अनुसार अब स्थानीय स्तरमा सवारीसाधनले क्षमताभन्दा बढी यात्रु बोकेको पाइए स्थानीय प्रहरीले कडाइसाथ कारबाही गर्नुपर्ने भएको छ। प्रहरीको लापरबाहीका कारण सवारीसाधन दुर्घटनाग्रस्त भए त्यसको विभागीय जिम्मेवारी स्थानीय प्रहरी इकाई प्रमुखले लिनुपर्ने भएको छ। पछिल्लो समय स्थानीय स्तरमा घातक दुर्घटना बढेका छन्। नियमन कमजोर हुँदाको फाइदा उठाउने…
धनगढी: पूर्वराजा ज्ञानेन्द्र शाह आगामी हप्ता सुदूरपश्चिम क्षेत्रको भ्रमणमा आउने भएका छन्। पूर्वराजाको सम्वाद सचिवालयका अनुसार कोमल शाहको साथ ज्ञानेन्द्र सुदूरपश्चिम क्षेत्रको केही जिल्लाहरूको भ्रमणको सिलसिलामा आगामी हप्ता नेपालगन्ज पुग्ने कार्यतालिका छ। भ्रमणको क्रममा विभिन्न शक्तिपीठको दर्शन गर्नुका साथै स्थानीयसँग छलफलको कार्यक्रम पनि तय भएको सचिवालयले जानकारी दिएको छ।
दार्चुला: सबैभन्दा उचाइमा रहेको तिंकरस्थित सीमा प्रहरी चौकी छियालेकबाट छाङरु झरेको छ। तिंकरमा चिसो बढेपछि सीमा प्रहरी चौकी छाङरु झरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ब्यास गाउँपालिका–१ टिंकरस्थित छियालेकमा रहेको सीमा प्रहरी चौकी चिसो बढेपछि छाङरु झरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कान्तिराज जोशीले बताए। छियालेकबाट प्रहरी टोली मंसिर ८ गते छाङरु झरेको हो। चिसो बढेपछि तिंकरका स्थानीय भने चिसो छल्न सदरमुकाम झर्ने गरेका छन्। सर्वसाधारण सदरमुकाम गएपछि प्रहरी भने छाङरु झरेका हुन्। प्रहरी नायब निरीक्षक चक्रबहादुर सिंह नेतृत्वको टोली मंसिर ८ गते छाङरु झरेको हो।
काठमाडौँ: फरार प्रतिवादी रहेका नेपाल प्रहरीका इन्सपेक्टर कार्यरत नै रहेको खुलेपछि समातिएका छन्। हिजो बहालवाल रहेकै अवस्थामा इन्स्पेक्टर फेला परेका हुन्। स्वयम्भू वृतमा कार्यरत प्रहरी निरीक्षक धर्मेन्द्र अकौलिया फरार सूचीमा रहेको भेटिएपछि उनलाई प्रहरीले पक्राउ गरेर अदालतमा बुझाएको छ। सहकारीसम्बन्धी मुद्दामा फरार रहेको भेटिएपछि अकौलियालाई निलम्बन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए। प्रहरीले उनलाई अदालतमा उपस्थित गराएको छ। धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर–५ घर भएका इन्स्पेक्टर अकौलियाविरुद्ध मारुती बचत तथा ऋण सहकारीलाई विश्वासघात गरेको कसुरमा प्रहरी वृत्त स्वयम्भूमा २०८० भदौमा जाहेरी दर्ता भएको थियो। अनुसन्धान सकेर प्रहरीले २०८१ साउनमा अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो। मुद्दा…
धनगढी: बझाङमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको अधिवेशन सम्पन्न भएको छ। बझाङको १३ औं जिल्ला अधिवेशनबाट आज सम्पन्न भएको हो। अधिवेशनबाट रुपक धामीको नेतृत्वमा ३७ सदस्यीय कमिटी निर्वाचित भएको अनेरास्ववियु सुदूरपश्चिमका अध्यक्ष मनोजराज राईले जानकारी दिए। उनका अनुसार उपाध्यक्षमा लक्ष्मण गिरि र अन्जना बोहरा सचिवमा दिलिप अधिकारी, सहसचिवमा महेश जेठारा, आशिष खड्का, सानू थापा र राजेश कार्की चयन भएका छन् भने कोषाध्यक्षमा सुरेश जोशी चयन भएका छन्।
काठमाडौं: नेपाल प्रहरीको विशेष कल्याणकारी कोषबाट प्रवाह हुँदै आएको नगद ऋणका लागि अनलाइन आवेदन खुला गरिएको छ। आजबाट अनलाइन आवेदन दिने व्यवस्था गरिएको प्रधान कार्यालय नक्सालका प्रवक्ता डीआईजी दानबहादुर कार्की जानकारी दिए। उनका अनुसार देशभर अनलाइन आवेदन खुला गरिएको हो। प्रहरी कर्मचारीले कोषबाट चार लाख रुपैयाँ ऋण पाउने गरेका छन्। ऋण लिन इच्छुक प्रहरी कर्मचारीले अनलाइन दरखास्त दिन सक्नेछन्।