Author: महेन्द्रनगर पोष्ट

काठमाडौं– त्रिदेशीय अन्तर्राष्ट्रिय टी–२० क्रिकेटमा अपराजित रहँदै फाइनल प्रवेश गरेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले उपाधिको लागि आज पपुवा न्युगिनी पीएनजीसँग खेल्दैछ । खेल दिउँसो साढे १२ बजे त्रिवि मैदान कीर्तिपुरमा हुनेछ । समूह चरणमा नेपालले दुई वटै खेलमा पीएनजीलाई हराएको थियो । नेपालले ४ खेलमा ४ जित निकाल्दै शीर्ष स्थानमा रहेर फाइनल खेल्न लागेको हो । पीएनजीले भने उपविजेताको रुपमा फाइनल खेल्न लागेको हो । पीएनजीले ४ खेलमा ३ मा हार र एकमा जित बेहोरेको छ । मलेसियालाई नेट रनरेटमा पछि पार्दै पीएनजी फाइनलमा पुगेको हो ।

Read More

जनकपुर-सत्तारुढ गठबन्ध आबद्ध दलहरुले मधेश प्रदेशको सबै पालिकाको समीक्षा गरी प्रतिवेदन बुझाउन पत्राचार गर्ने निर्णय गरेको छ । आसन्न स्थानीय तह निर्वाचनमा तालमेल गर्ने तयारीस्वरुप बसेको सत्ता साझेदारी दलहरुको मधेस प्रदेशस्तरीय बैठकले प्रदेशको आठवटै जिल्लास्तरीय गठबन्धनलाई प्रत्येक पालिकाको समीक्षा गरेर यही चैत २२ गते मङ्गलबारसम्म प्रतिवेदन बुझाउन सबै जिल्लामा पत्राचार गर्ने निर्णय गरेको जनता समाजवादी पार्टी मधेस प्रदेशका अध्यक्ष रामबाबु यादवले जानकारी दिनुभयो । जनकपुरधामस्थित नेपाली कांग्रेसको प्रदेश कार्यालयमा बसेको बैठकमा तालमेल कसरी गर्ने, कुन स्थानीय तहमा कुन पार्टीले उम्मेदवारी दिनेलगायतका विषयमा छलफल भएको र जिल्लास्थित पालिकाको अवस्थाबारे प्रतिवेदन आएपछि थप छलफल गरिने निर्णय भएको उहाँको भनाइ छ । बैठकमा…

Read More

चितवन- चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–९ बाँदरझुलाका ३९ वर्षीय सुरेश विक रहेका चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो । भरतपुर महानगरपालिका–२३ स्थित सो निकुञ्जको दोभान मध्यवर्ती सामुदायिक वनमा आइतबार साँझ विकलाई बाघले आक्रमण गरेको थियो । आफन्तको घरमा बस्दै आउनुभएका उनलाई घाँस काट्न जाने क्रममा बाघले आक्रमण गरेको निकुञ्जका सूचना अधिकारी तिवारीले बताउनुभयो । बाघको आक्रमणबाट विकको घटनास्थलमा नै मृत्यु भएको जनाइएको छ । विकको शव नजिकैको हरियाली सामुदायिक वनमा भेटिएको निकुञ्जले जनाएको छ ।-रासस

Read More

कैलाली- कैलालीको जानकी गाउँपालिका वडा नं ४ का दलबहादुर दर्लामी मगर यतिबेला जानकी – ६ स्थित कैलाशेश्वर सामुदायिक वनमा मौरी चराउन व्यस्त हुनुहुन्छ । व्यावसायिक मौरीपालन गर्दै आएका उहाँ मौरीका घार बोकेर सो वनमा जानुभएको हो । छ वर्षदेखि व्यावसायिक मौरीपालन गर्दै आउनुभएका उहाँ मौरीको आहारा खोज्दै कहिले खेतमा त कहिले विभिन्न सामुदायिक वनमा पुग्ने गर्नुहुन्छ । मौरीपालन व्यवसायबाट राम्रो आम्दानी हुन थालेपछि मौरीका घार ठाउँठाउँ पु¥याउन पनि उहाँलाई कुनै समस्या छैन । “मसँग धेरै मौरी त छैन । व्यवसायलाई विस्तारै बढाउँदै गएको छु ।” उहाँले भन्नुभयो, “मिहेनतअनुसार आम्दानी राम्रो छ । सिजनमा राम्रो आम्दानी हुन्छ । त्यहीँबाट आएको पैसाले…

Read More

काठमाडौं- देशमा हाल भारतको बिहार आसपास रहेको न्यून चापीय रेखाको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रही देशको अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। मंगलबार प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा आंशिक बदली रहने छ। प्रदेश १ को पहाडी भू–भागका केही…

Read More

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकमा ग्यास सिलिन्डर पड्किएर आगलागी हुँदा जलेर तीन बालबालिकाको मृत्यु भएको छ। जिल्लाको बाह्रबिसे नगरपालिका–८ मानेश्वाँराको लामा टोलमा ग्यास सिलिन्डर पड्किएर आगलागी हुँदा जलेर तीन बालबालिकाको मृत्यु भएको हो। स्थानीयवासी मीनबहादुर तामाङको घरमा खाना पकाउने क्रममा आइतबार बेलुकी ७ बजेतिर ग्यास पड्किएको हो। त्यसपछि आगलागी हुँदा उनका छोरा १० वर्षका इशाक तामाङ, भाइ कुमार तामाङका ६ वर्षका छोरा सरगम तामाङ र छिमेकी पदम तामाङकी साढे २ वर्षकी छोरी दिव्या तामाङको जलेर मृत्यु भएको वडाध्यक्ष सुरज लामाले बताए। लामाका अनुसार आगोमा जलेर उनीहरूको घरभित्रै ज्यान गएको हो। मीनबहादुर घाइते छन्। उनलाई उपचारका लागि अस्पताल लगिएको छ। घटना आइतबार बेलुकी ७…

Read More

काठमाडौं- मुस्लिम धर्मावलम्बीको महान पर्व रमजान सुरु भएको छ । रमजान इस्लामिक क्यालेण्ड अन्तर्गतको एक महिना हो । यही महिनामा धार्मिक ग्रन्थ कुरआन अवतरण भएकाले यो महिनालाई सबैभन्दा पवित्र महिनाको रुपमा मानिन्छ । महिनाको सुरवातसँगै आइतबार पहिलो रोजा (ब्रत) अधिकांश मुस्लिमहरु बसे । इस्लामिक पात्रोका अनुसार हिजरी संवतको नवौं महिनालाई रमजानका रुपमा लिइन्छ । एक महिनासम्म चल्ने रमजानमा इस्लाम धर्मावलम्बीहरुले उपवास (व्रत) बस्नुपर्छ, जसलाई ‘रोजा’ भनिन्छ । रोजामा इस्लाम धर्मावलम्बीहरु बिहान सूर्य उदाएदेखि सुर्यास्त नहुँदासम्म प्रत्येक दिन एक महिनासम्म पानी समेत नखाइ ब्रत बस्ने गर्छन् । सूर्य उदाउनुभन्दा लगभग दुई घन्टा अगाडि केही खानेकुरा (सेहरि) खाई सुरु गरिएको (व्रत) रोजा…

Read More

डोटी-डोटीमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । पूर्वीचौकी साझघाटबाट गैरागाउँ जाँदै गरेको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा खेम बोहरा र पुरण बोहरा रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। दुर्घटनामा परि ५ जना घाइते भएका छन्। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ।

Read More

काठमाडौं-सशस्त्र प्रहरी परिचर (विभिन्न ट्रेड) पदको अन्तिम नतिजा प्रकाशन भएको छ। सशस्त्र प्रहरी बल नेपाल, भर्ना तथा छनोट शाखाले सशस्त्र प्रहरी परिचर (विभिन्न ट्रेड) पदको अन्तिम नतिजा प्रकाशन भएको जानकारी दिएको हो। NrkUYrZh3QfxAe0cEt94lADownload

Read More

कैलाली-धनगढीका मेयर नृप बहादुर वडको कार्यकालमा निर्माण भैरहेको धनगढी सिटी हलको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने भएका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर ८ स्थित निर्माण भैरहेको सिटी हलको उद्घाटन कार्यक्रम रहेको नेपाली काँग्रेस कैलाली सचिव नृपबहादुर सुनारले जानकारी दिए। प्रधानमन्त्री शेरबहादुर देउवा चैत २४ गते धनगढी आउँदैछन्। भूमिहीनलाई लालपूर्जा वितरणका लागि उनी यहाँ आउन लागेको नेपाली काङ्ग्रेस कैलालीले जानकारी दिएको छ।प्रधानमन्त्री देउवा विहान जहाजमार्फत धनगढी पुग्ने जनाइएको छ। संघीय सरकारको २५ करोड २६ लाख रुपैयाँ लगानीमा सिटी हल निर्माण कार्य पूरा भएको भएको छ ।ठूला सभा, सम्मेलन आयोजना गर्ने उद्देश्यका साथ धनगढी उपमहानगरपालिका–८ मा सिटी हल निर्माण गरिएको हो। सिटी…

Read More