Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – विश्वेश्वरप्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय रौतहटका प्रधानाध्यापक राकेशकुमार ठाकुर ३ लाख घुस रकमसहित पक्राउ परेका छन् । करार अवधि थप गर्नको लागि सेवाग्राहीसँग घुस मागेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिई गएको टोलीले प्रधानाध्यापक ठाकुरसहित दीपेन्द्र सर्जिकल पसलका सञ्चालक दीपेन्द्रकुमार झालाई नियन्त्रणमा लिएको हो । प्रधानाध्यापक ठाकुरलाई तीन लाख रकम घुस लिइसकेको अवस्थामा आज (बुधबार) बिहान पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ। यमुनामाई गाउँपालिका-४ सरूअठ्ठास्थित चन्द्रनिगाहपुर गौरबाट उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

Read More

काठमाडौं – ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर पुग्ने सडक कालोपत्र गर्न थालिएको छ । बर्खा याममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने पाथीभरा सडक कालोपत्र गन गत सातादेखि सुरु भएको हो । पाथीभरा सडक खण्डको सुकेटारदेखि काफ्लेपाटीसम्म ११ किलोमिटर सडक कालोपत्र सुरु गरिएको हो । सडक कालोपत्र गर्ने कार्यका लागि कन्टेक निर्माण प्रालिसँग गत माघ पहिलो साता ठेक्का सम्झौता भएको थियो । उत्तर दक्षिण (मूलघाट, दोभान ओलाङ्चुङगोला) सडक योजना कार्यालयका अनुसार सम्झौता भएसँगै कालोपत्रका लागि अहिले ग्राभेल गर्ने काम भइरहेको छ । निर्माण प्रालिका प्रबन्ध निर्देशक गणेश मैनालीका अनुसार केही दिनमै कालोपत्र गर्न आवश्यक पर्ने मिशिन तथा आश्यक सामग्री आइपुग्ने छ…

Read More

काठमाडौँ- नेपाली बजारमा आज बुधबार सुनको मूल्य बढेको छ । मङ्गलबारको तुलनामा आज बुधबार सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेको हो । मंगलबार प्रतितोला एक लाख ९०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज बुधबार प्रतितोला १ लाख एक हजार ५०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि बढेको छ । हिजो आइतबार प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार भएको चाँदी आज २० रुपैयाँले बढेर प्रतितोला १ हजार ४०० रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

Read More

काठमाडौं – नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवाले निर्वाचन आयोगलाई स्थानीय तहको निर्वाचनमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा महिलालाई उम्मेदवारको व्यवस्था गर्न आग्रह गरेकी छन् । नेपालको संविधानको धारा, ३८ (४)लाई कुल्चने अधिकार निर्वाचन आयोगलाई नरहेको अवगत गराउँदै निर्वाचन आयोगले उम्मेदवारीका विषयमा हालै गरेको निर्णय सच्याउन डा देउवाले आग्रह गरेकी हुन् । निर्वाचन आयोगले यही चैत २२ गते राजनीतिक दलहरुलाई निर्वाचन लैङ्गिक समावेशी बनाउने सन्दर्भमा दिएको निर्देशनमा स्थानीय तहको प्रमुख र उपप्रमुख वा अध्यक्ष र उपाध्यक्षको पदमध्ये कुनै एक पदमा मात्र उम्मेदवारी दिन राजनीतिक दलले उम्मेदवार मनोनयनमा महिलालाई प्राथमिकता दिने व्यवस्था गरेको थियो । तर यो निर्देशनको व्यवस्था नेपालको संविधानको…

Read More

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ। बैठक ललितपुरस्थित पार्टी कार्यालय सानेपामा दिउँसो २ बजे बस्ने कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्। आजको बैठकमा कांग्रेस महामन्त्री गगन थापा संयोजक रहेको ‘स्थानीय तह निर्वाचन घोषणापत्र तयारी समिति’ले तय गरेको ‘चुनावी घोषणापत्र’बारे छलफल हुनेछ। २८ सदस्यीय समितीले बनाएको घोषणापत्रको मस्यौदालाई कार्यसम्पादन समितिको बैठकमा छलफल गरी अन्तिम रुप दिने तयारी छ। यस्तै सत्तारुढ गठबन्धनमा चुनावी तालमेलबारे भएको सहमतिका विषयमा पनि छलफल हुने मुख्यसचिव पौडेलले बताए। कांग्रेसले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठक पर्सि वैशाख २ गते शुक्रबार बोलाएको छ। स्थानीय तहको चुनाव आउन अब ३० दिन मात्रै बाँकी…

Read More

काठमाडौं – साल्ट ट्रेडिंङ कर्पोरेसन लिमिटेडको ५५ औं साधारण सभा आज चैत ३० गते बस्दैछ | सभामा २०७७/७८ को नाफाबाट १०% बोनस सेयर र कर तिर्न ०.५% नगद लाभांश वितरणको प्रस्ताव पेश हुनेछ | आर्थिक वर्ष २०७७/७८ को नाफा नोक्सान, २०७८/७९ को लागि लेखापरीक्षक नियुक्ति, पारिश्रमिक निर्धारण गर्ने जस्ता प्रस्ताव पेश हुनेछ | सभा प्रयोजनका लागि कम्पनीले चैत १५ गते बुक क्लोज गरिसकेको छ। तसर्थ, चैत १४ गतेसम्म कायम सेयरधनीले मात्र प्रस्तावित लाभांश हात पार्ने छन् | साधारण सभा बिहान ११ बजेबाट सोल्टी होटल, ताहाचल, काठमाडौंमा सम्पन्न हुनेछ |

Read More

भक्तपुर – आठ दिन नौ रातसम्म चल्ने भक्तपुरको बिस्का जात्राको चौथो दिन आज बुधबार लिङ्गो उभ्याईंदैछ । आज मध्यान्ह तालाक्वस्थित कुमाले टोलमा करिब ४० हात लामो हात नभएको लिङ्गो र साँझ भेलुखेलस्थित योसिंखेलमा करिब ५५ हात लामो लिङ्गो उभ्याईने परम्परा छ । स्थानीय प्रजापति समुदायले विधिवत पुजा गरेर मध्यान्ह हात नभएको लिङगो उभ्याउने र तान्त्रिक विधिपूर्वक दशकर्म विधान गरी योसिंखेलमा आज साँझ लिङ्गो उभ्याइने छ । प्रजापति समुदायले आज उभ्याएको लिङ्गोलाई जात्राका अन्तिम दिन अर्थात बैशाख ५ गते बिहान ढालिन्छ भने जात्राको पाँचौं दिन अर्थात नयाँ वर्ष वैशाख १ गतेका दिन ५५ हाते लामो लिङ्गो ढालिन्छ । यसैबीच मध्यपुरको बोडेस्थित…

Read More

बझाङ – छविसपाथिभेरा गाउँपालिका-१ भाँडेबजारस्थित किन्द्राल भीरमा जिप दुर्घटना हुँदा चालक ५० वर्षीय जयबहादुर सार्कीको मृत्यु भएको छ। बुधबार बिहान छविसपाथिभेराको बाहुन डाँडाबाट मोरीबगरतर्फ आउँदै गरेको से १ ज ६७६ नम्बरको जिप ४०० मिटर तल सेतीनदीमा खसेको प्रहरीले जनाएको छ। जिपमा चालक मात्र रहेको बताइएको छ। भीरबाट खसेको ढुंगाले जिपलाई लाग्दा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी ज्ञानबहादुर विष्टले बताए। जिप चालक सार्की छविसपाथिभेरा-३ बामनडाँडाका रहो विष्टले जानकारी दिए। उनको घटनास्थलमै मृत्यु भएको हो। शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेत ल्याउने तयारी भैरहेको डिएसपी विष्टले बताए।

Read More

काठमाडौं – सत्तारुढ नेकपा माओवादी केन्द्रले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्वीर राखेर चुनावी सामग्री बनाएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आधिकारिक फेसबुक पेजबाट सार्वजनिक भएको चुनावी पोस्टरमा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको पनि तस्बिर राखिएको हो। अध्यक्ष प्रचण्ड र अर्थमन्त्री जनार्दन शर्मासँगै माओवादीले घिसिङको तस्बिर राखेर ‘अँध्यारोबाट उज्यालोतर्फ’ उल्लेख गर्दै चुनावी पोस्टर सार्वजनिक गरेको हो।

Read More

कैलाली- भारतमा आगलागीमा परि एक नेपाली किशोरको ज्यान गएको छ ।  अर्घाखाँचीका छत्रदेव गाउँपालिका– ३ का १४ वर्षीय भीमबहादुर कुमालको ज्यान गएको छ । भारतको हरियाणा हिसारमा हिजो राति भएको आगलागीमा परि ती किशोरको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार हिसारमा रहेको राम चाट भण्डारमा आगो लागेको थियो । मृतक बालक ३ महिना अघि मात्रै अर्घाखाँचीबाट बुबालाई भेट्न हरियाणी पुगेको जनाइएको छ । मृतकका आफन्तका अनुसार भीमबहादुरका गाउँका पाँचजना त्यही काम गर्दै आएकाले बुबा भेट्न गएका उनी पनि त्यही काम गर्न थालेका थिए । राम चाट भण्डारमै काम गर्ने अरुले भागेर ज्यान जोगाएको तर भीमबहादुर…

Read More