Author: महेन्द्रनगर पोष्ट

धनगढी: कैलालीको धनगढीस्थित कारागारमा एक कैदीको रहस्यमय मृत्यु भएको घटनामा छानबिन समिति बनेर अनुसन्धान जारी छ। यसबीच नेपाल प्रहरीले एक जना प्रहरी नायब निरीक्षक (सई) लाई पक्राउ पनि गरेको छ। डडेल्धुराको भागेश्वर गाउँपालिका–५ निवासी २८ वर्षीय हरि सिंह पालीको मृत्यु प्रकरणमा जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत सई हरजीत नाथलाई पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजकुमार सिंहले पीडित पक्षको किटानी जाहेरीका आधारमा सई नाथलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरिएको जानकारी दिए। मृतक पाली नाथद्वारा दायर बैंकिङ कसुरसम्बन्धी मुद्दाका प्रतिवादी थिए। उक्त मुद्दामा जिल्ला अदालतले २०८० साल फागुनमा पालीलाई १० दिन कैद र दुई लाख रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको…

Read More

काठमाडौं: सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा भएका गणेश बहादुर ठाडा मगरलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन्। उनलाई गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी नायब महानिरीक्षकबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नती गरेको थियो। दर्ज्यानी चिह्न लगाएपछि उनलाई रिक्त सीमा सुरक्षा विभागको जिम्मेवारी दिईएको छ। सशस्त्रमा यो महत्वपूर्ण विभाग मानिन्छ। आईजी अर्यालले दर्ज्यानी चिह्न प्रदान गर्दै दीर्घकालीन रुपमा संगठनको लक्ष्य हासिल गर्न पेशागत जीवनमा लामो समय हासिल गरेका सबै सशस्त्र प्रहरी कर्मचारीहरुको ज्ञान, सीप, क्षमता र अनुभवको उच्च मुल्यांकन हुने भएको हुँदा कार्यक्षेत्रमा खटिदा आम नागरिकको सेवा, सुरक्षा र सहयोगमा ईमान्दार र कर्तव्यनिष्ठ…

Read More

धनगढी: कैलालीको धनगढीस्थित कारागारमा रहेका कैदीको मृत्यु प्रकरणमा छानबिन समिति गठन भएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीले कैदी मृत्यु घटनाको अनुसन्धानका लागि छानबिन समिति बनाएको हो। सिडिओ गोगन बहादुर हमालले सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेका हुन्। २८ वर्षीय हरिसिंह पालीको कारागारमा शंकास्पद मृत्यु भएपछि घटनाको अनुसन्धानका लागि चर्को माग उठेपछि छानबिन समिति गठन गरिएको हो। सो समितिलाई एक साताभित्र प्रतिवेदन बुझाउन भनिएको छ। समितिमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत शिवराज जोशी, जिल्ला प्रहरी कार्यालयका डिएसपी राजकुमार सिंह, राष्ट्रिय अनुसन्धान कार्यालयका प्रतिनिधि, प्रहरी नायब निरीक्षक सुरेश बोहरा, प्रहरी सहायक हवलदार नरेश साउँद तथा…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीलाई पदबाट राजीनामा दिन मुख्यमन्त्री कमलबहादुर शाहले निर्देशन दिएका छन्। चौधरी नागरिक उन्मुक्ति पार्टी (नाउपा)बाट ४ जेठमा मन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्री शाह मन्त्री चौधरीको कार्यशैलीबाट असन्तुष्ट रहेको स्रोतको दाबी छ। बजेट निर्माणका क्रममा समेत मन्त्री चौधरीले एकलौटी निर्णय लिएको भन्दै मुख्यमन्त्री शाहले असन्तुष्टि व्यक्त गर्दै राजीनामा दिन निर्देशन दिएका हुन्। हाल मन्त्री चौधरी आन्तरिक छलफलमा छन्। उनी नाउपाका प्रदेश सभा सदस्यहरूसँग परामर्श गरिरहेका छन्। तर नाउपा निकट स्रोतका अनुसार चौधरी कृषि मन्त्री रहँदा ‘पावर टिलर’ वितरणको नाममा किसानबाट रकम उठाउने समूहसँग जोडिएको विषयमा मुख्यमन्त्रीले चासो देखाएका थिए। सो…

Read More

धनगढी: कैलालीको धनगढीस्थित जिल्ला कारागारमा कैद भुक्तान गरिरहेका कैदीबन्दीको मृत्युपछि डडेल्धुरामा आन्दोलन सुरु भएको छ। स्थानीयले त्यहाँ बजार र राजमार्ग अवरुद्व गर्दै आन्दोलन थालेका हुन्। डडेल्धुराको भागेश्वर गाउँपालिका–५ का २८ वर्षीय हरिशसिंह पालीको प्रहरीले नै हत्या गरेको आरोप लगाउँदै उनीहरू डडेल्धुरा सदरमुकाममा आन्दोलनमा उत्रिएको बताइएको छ। उनीहरूले घटनाको अनुसन्धान हुनुपर्ने माग गर्दै बजार र राजमार्ग बन्द गरिएको उद्योग वाणिज्य संघ डडेल्धुराका उपाध्यक्ष दीपक महताले जानकारी दिए।  कारगारभित्र प्रहरीले नै कुटपिट गरेर पालीको हत्या गरेको आरोप मृतकका आफन्तको छ। मृतकका दाई जगदीश रावलले भने, ‘कारागारभित्रै यातना दिइएको थियो। शरीरभर निलडाम छन्, घटनाको सत्यतथ्य अनुसन्धान हुनुपर्छ।’ मृतक पाली डडेल्धुराका व्यवसायी पनि हुन्। …

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशका डडेल्धुरा, डोटी र बैतडी जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)को गृह मन्त्रालयले सरुवा गरेको छ। डडेल्धुरामा कार्यरत प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेको सरुवा गरिएको छ। उनको स्थानमा जिल्ला प्रशासन कार्यालय गुल्मीमा कार्यरत जनार्दन गाैतम डडेल्धुरा आउँदै छन्।यस्तै सहायक प्रजिअकाे रूपमा सल्यानमा प्रजिअ रहेकी सावित्रा पुन पनि डडेल्धुरा आउने भएकी छन्। त्यस्तै, डोटीका सिडिओ मोहन जोशीको पनि सरुवा भएको छ। उनको ठाउँमा गृह मन्त्रालयबाट सहसचिव बुद्धबहादुर गुरुङ नयाँ सिडिओका रूपमा डोटी आउनेछन्। यसैगरी, बैतडीका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायको ठाउँमा गोरखामा कार्यरत पुण्य बिक्रम पौडेल बैतडीको नयाँ सिडिओ हुने भएका छन्। गृह मन्त्रालयले नियमित प्रशासनिक सरुवाअन्तर्गत उक्त निर्णयहरू गरेको हो।

Read More

धनगढी: कैलालीको खुटिया नदीमा डुबेर धनगढीका एक बालकको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका ३ स्थित खुटिया नदिमा पौडि खेल्ने क्रममा सोही ठाउँ बस्ने अन्दाजी १० वर्षीय बालक कृष्ण प्रसाद जोशी पानीमा डुबेर बेपत्ता भएका थिए। बेपत्ता भएका बालकको अस्थायी प्रहरी पोष्ट जुगेडा, कैलालीबाट प्रहरी टोली खटिगइ खोजतलास गर्दा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Read More

धनगढी: कैलालीको धनगढीस्थित कारागारका कैदीको मृत्यु भएको छ। हिजो (सोमबार) कैद भुक्तान गरिरहेका डडेल्धुराका हरिसिंह पालीको मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख, एसपी बाल नरसिंह राणाले कैद भुक्तान गरिरहेका पालीको उपचारका क्रममा मृत्यु भएको जानकारी दिए। उनका अनुसार अस्ति प्रहरीले नियन्त्रणमा लिएकोमा कैलाली अदालतले उनलाई पहिले नै सजाय गरेको थियो। त्यसपछि फरार प्रतिवादी समात्ने क्रममा उनी समातिएका थिए। उनलाई डडेल्धुराबाट समातेर कैलाली ल्याइएको थियो भने उनको कैद भुक्तान गरिरहेकै बेला मृत्यु भएको प्रहरीले जनाएको छ। डडेल्धुराको भागेश्वर गाउँपालिका–५ निवासी २८ वर्षीय पाली बैंकिङ्ग कसुरमा पक्राउ परेका थिए। प्रहरीका अनुसार पालीलाई २०७९ फागुन २९ गते कैलाली जिल्ला अदालतको फैसलाअनुसार…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले आज बजेट ल्याउने भएको छ। आज अपराह्न सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट आज सार्वजनिक गर्दै छ। संवैधानिक व्यवस्थाअनुसार प्रदेश सरकारले असार १ गते प्रदेशसभामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुपर्नेमा सोही तयारी सुदूरपश्चिम सरकारको पनि छ। प्रदेश सरकारको बजेट प्रस्तुतिका लागि आज बेलुका ५ बजे प्रदेशसभाको बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जनाएको छ। प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ३० अर्ब हाराहारीको बजेट ल्याउने जनाएको छ। चालु आर्थिक वर्षको लागि भने प्रदेश सरकारले ३१ अर्ब ५३ करोडकाे बजेट ल्याएकाे थियो।  आर्थिक सर्वेक्षणअनुसार हालसम्म आठ अर्ब ७९ करोड ५१ लाख बजेट मात्र खर्च भएको छ।…

Read More

धनगढी: भारतको उत्तराखण्डस्थित केदारनाथ धाममा आज बिहान भएको हेलिकोप्टर दुर्घटनामा सबै यात्रुको मृत्यु भएको छ। उक्त हेलिकोप्टरमा चालकसहित ७ यात्रु रहेका थिए। गौरीकुण्ड क्षेत्रको त्रिजुगीनारायण नजिकै हेलिकोप्टर दुर्घटना भएको थियो। दुर्घटनाग्रस्त हेलिकप्टर आर्यन कम्पनीको हाे। हेलिकप्टर देहरादूनबाट केदारनाथ जाँदै थियो। खराब मौसमका कारण हेलिकोप्टर दुर्घटनामा परेको बताइएको छ। जिल्ला विपद् व्यवस्थापन अधिकारी नन्दन सिंह राजवारले हेलिकप्टर दुर्घटनाको पुष्टि गरेका छन्। गौरीकुण्डमाथि घाँस काटिरहेका नेपाली मूलका महिलाहरूले हेलिकप्टर दुर्घटनाको सुरुमा रिपोर्ट गरेका थिए। यसअघि जुन ७ मा केदारघाटीको बडासु हेलिप्याडबाट केदारनाथका लागि उडान भर्ने क्रममा हेलिकप्टरमा प्राविधिक गडबडी भएको थियो। पाइलटले रुद्रप्रयाग–गौरीकुण्ड राजमार्गमा आपतकालीन अवतरण गराएका थिए । यस क्रममा पाइलटको…

Read More