Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र भारतका लागि नेपालका आवासीय राजदूत डा. शङ्करप्रसाद शर्मालाई आज पद तथा गोपनीयताको शपथ गराएकी छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीले राजदूत डा. शर्मालाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । समारोहमा परराष्ट्रमन्त्री डा। नारायण खड्का उपस्थित थियो । नेपाल सरकारको सिफारिसमा यही चैत ६ गते राष्ट्रपति भण्डारीले डा. शर्मालाई गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी थिइन् ।

Read More

काठमाडाैं – नेपालमा पछिल्लो २४ घण्टामा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको विवरणअनुसार पीसीआर परीक्षणबाट १२ जना र एन्टिजेन परीक्षणबाट ६ जना संक्रमित थपिएका छन् । २४ घण्टामा पीसीआर २ हजार ८२२ र १ हजार ५२० एन्टिजेन गरी ४ हजार ३४२ कोराना परीक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यस विवरणमा एसएमएस तथा इमेलबाट आएका एन्टिजेन परीक्षणका रिपोर्ट पनि समावेश गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। २७१ जना कोरोनामुक्त भएका छन्। कोरोनाबाट २४ घण्टामा कसैको मृत्यु भएको छैन । अहिले देशभर सक्रिय संक्रमितको संख्या १ हजार ९६० रहेको छ।

Read More

काठमाडौं – नेपाल बिद्यार्थी संघ र तरुण दलको अध्यक्ष नियुक्ती प्रति असन्तुष्ट पक्षधरले सानेपामा प्रदर्शन गरेका छन । केन्द्रीय समितिको बैठक सुरु हुनु अघि देखी सानेपास्थित केन्द्रिय कार्यालयमा नारावाजीसहित प्रदर्शन भएको हो । गत बुधवार सभापति शेरबहादुर देउवाले नेविसंघ अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई नियुक्त गरेपछि असन्तुष्ट शेखर कोइराला समूहका विद्यार्थी नेताहरूले विरोध प्रदर्शन गरेका हुन् ।

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो समय शक्ति राष्ट्रबीच विभिन्न क्षेत्रमा आफ्नो प्रभुत्व जमाउने उद्देश्यले देखा परेको तनाव र होडबाजीले अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षाको वातावरण गम्भीररुपमा प्रभावित भएको बताएका छन् । शिवपुरीस्थित सैनिक कमाण्ड एण्ड स्टाफ कलेजमा आयोजित सातौँ समूहको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम समापनका अवसरमा उनले आजको अन्तर्राष्ट्रिय परिवेशमा आर्थिक, राजनीतिक र रणनीतिक क्षेत्रमा आफ्नो पकड स्थापित गर्न शक्ति राष्ट्रबीच कडा प्रतिस्पर्धा चलिरहेको उल्लेख गरे । प्रधानमन्त्री देउवाले भने, ‘देशको संवेदनशील भू–राजनीतिक अवस्थितिको कारण अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षा वातावरणमा आएको सानो परिवर्तनले पनि हाम्रो राजनीतिक, आर्थिक, सामाजिक तथा समग्र सुरक्षा क्षेत्रमा असर पर्ने हुन्छ, त्यसतर्फ सचेत रहँदै मुलुकको हित…

Read More

काठमाडौं – एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पपुवा न्युगिनीले नेपालसामु जितका लागि २९३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पपुवा न्युगिनीले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै २९२ रनको योगफल बनायो । पपुवा न्युगिनीका लागि चाल्र्स अमिनीले सर्वाधिक ७७ रनको योगदान दिए । उनले १०३ बलमा ६ चौका र एक छक्का प्रहार गरे । यस्तै कप्तान असाद भालाले ५५ बलमा ११ चौकासहित ६०, नोरमान भानुले २८ बलमा चार चौका र तीन छक्काको मद्दतमा ४७, टोनी उराले ३८, राइली हेकुरेले ३१ तथा जासन किलले १३ रन बनाए । बलिङतर्फ नेपालका कमलसिंह ऐरी, सोमपाल…

Read More

काठमाडौँ – चिनियाँ विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणको सिलसिलामा आज काठमाडौं आउँदै छन् । उनी परराष्ट्रमन्त्री डा. नारायण खड्काको निमन्त्रणामा काठमाडौं आउन लागेका हुन् । उनी पाकिस्तान, अफगानिस्तान, भारत हुँदै नेपाल आउन लागेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार चिनियाँ विदेशमन्त्री वाङ दिउँसो चार बजेको वरपर काठमाडौं आइपुग्ने कार्यक्रम छ । त्यसपछि उनी आफू बस्ने बत्तिसपुतलीस्थित होटल द्वारिकामा जानेछन् । शुक्रबार उनको कुनै औपचारिक कार्यक्रम राखिएको छैन । शनिबार दिउँसो दुई बजेतिर उनी नेपाल–चीन विदेश मन्त्रीस्तरीय वार्तामा सहभागी हुनेछन् । वार्ता सकिएपछि नेपाल–चीनका सम्बन्धित पदाधिकारीबीच केही सम्झौता तथा समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । द्विपक्षीय वार्ता सकिएपछि चिनियाँ…

Read More

वीरेन्द्रनगर – राष्ट्रिय भूमि आयोग सुर्खेत शाखाले पहिलो चरणमा सुर्खेतको भेरीगङ्गा नगरपालिकास्थित कोटमाझखर्कका ४१७ घर परिवारलाई जग्गाधनी पुर्जा वितरण गर्ने भएको छ । विसं २०४२ देखि पुर्जाविहिन यो बस्तीलाई राष्ट्रिय भूमि आयोगको कार्यविधि २०७८ ले तोकेबमोजिमका सबै प्रक्रिया पूरा गरी पुर्जा वितरण गर्न लागिएको हो । आयोगले नापी र मालपोत कार्यालयबाट सबै प्रक्रिया पूरा गरेपछि तयार भएका पुर्जा भेरीगङ्गा नगरपालिकालाई हस्तान्तरण गर्ने र नगरपालिकाले नै पुर्जा वितरण गर्ने बताइएको छ । आयोगका जिल्ला अध्यक्ष श्रीधर पौड्यालले कोटमाझखर्कका ६७७ परिवारको आवेदन परेकामा पहिलो चरणमा ४१७ जनालाई पहिलो प्राथमिकतामा राखेर पुर्जा वितरण गरिने जानकारी दिए । आयोगले यसअघि सात दिने सूचना जारी…

Read More

सिन्धुली – जील्लाको घ्याङ्लेख गाउँपालिका-३ तामाजोर भन्ने स्थानबाट १ थान भरुवा बन्दुक सहित ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा कमलामाई नगरपालिका-१२ खोक्सिङ बस्ने ३८ वर्षीय नेत्र बहादुर मोक्तान, सोही नगरपालिका-५ रानीखोला बस्ने ५३ वर्षीय तिर्थ बहादुर मगर र नुवाकोट सूर्यगडी गाउँपालिका-१ मनिडाडा बस्ने ३६ वर्षीय कुमार तामाङ रहेका छन् । सोही ठाउँस्थित निर्माणाधीन स्वास्थ्य चौकीको भबनमा काम गर्दै आएका उनीहरुलाई उक्त बन्दुक सहित फेला पारी ईलाका प्रहरी कार्यालय बस्तिपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । मकवानपुर, मकवानपुरगढी गाउँपालिका-५ देउराली डाँडा बस्ने ५१ वर्षीय दिल बहादुर गोङ्बालाई १ थान एकनाले भरुबा बन्दुक र १ किलो अवैध…

Read More

काठमाडौं – काठमाडौंको बुढानिलकण्ठमा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरिएको छ। घरासयी विवादमा बुढानिलकण्ठ नगरपालिका–१३ चुनिखेल बस्ने २१ वर्षीय भक्तबहादुर थापाले २४ वर्षीया श्रीमती लक्ष्मी तामाङको हत्या गरेका हुन्। घरासयी विवाद हुँदा बिहीबार राति १०ः४० बजेतिर मासु काट्न प्रयोग हुने दाउले घाँटीको अगाडिको भागमा प्रहार गरेका थिए । दाउ प्रहारबाट गम्भीर घाइते लक्ष्मीलाई चुनिलेखस्थित करुणा अस्पताल लगिएको थियो। उपचारको क्रममा शुक्रबार राति ११ः४० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। घटनापछि भक्तबहादुर फरार भएका थिए। फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ परेका थापालाई मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद–१२ को ज्यानसम्बन्धी कसुर अपराधमा थप अनुसन्धान भइरहेको प्रहरीले…

Read More

काठमाडौं – चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यी तीन दिने नेपाल भ्रमणको सिलसिलामा आज काठमाडौं आउँदै छन् । परराष्ट्रमन्त्री डा नारायण खड्काको निमन्त्रणामा उनी नेपाल आउन लागेका हुन् । तय भएको कार्यक्रम अनुसार चिनियाँ विदेशमन्त्री वाङ आज बेलुकी काठमाडौं आइपुग्ने छन् । नेपाल भ्रमणको बेला उनले रास्ट्रपति बिद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ ।

Read More