Author: महेन्द्रनगर पोष्ट

धनगढी : गृहमन्त्री रमेश लेखकले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङको विवादास्पद अभिव्यक्तिको विषय मिलिसकेको बताएका छन् । धनगढी विमानस्थलमा पत्रकारसंग कुरा गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन्। सञ्चारमन्त्री गुरुङको अभिव्यक्तिका विषयमा आफूले मन्त्रीसँग कुरा गरेको र त्यो विषय सक्कीसकेको बताए । सञ्चारमन्त्री गुरूङले शनिबार पोखरामा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै आईजीपी बसन्तबहादुर कुँवरको जिब्रो थुत्नुपर्ने भन्दै असंवेदनशील अभिव्यक्ति दिएका थिए। प्रहरी समायोजनमा असहयोग गरेको भन्दै उनले आईजीपी कुँवरको जिब्रो थुत्नुपर्ने अभिव्यक्ति दिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सचेत गराएका थिए ।

Read More

धनगढी : गृहमन्त्री रमेश लेखकले संविधान निर्माण र संशोधनको विषय दुई वटा पार्टीको इच्छा वा चाहनाले मात्र नहुने बताएका छन्। आज धनगढी पुगेका गृहमन्त्री लेखकले विमानस्थलमा बोल्दै यस्तो बताएका हुन् । उनले संविधान निर्माण र संशोधनको विषय एउटा वा दुइवटा पार्टीको इच्छा वा चाहनाले मात्र हुने कुरा नभएको बताए। संविधान निर्माण र संशोधन एउटा वा दुइवटा पार्टीको इच्छा वा चाहनाले हुने कुरा नभएको उनले बताए । सबै दलहरूका बीच सहमति गरेर मात्रै संविधान संशोधन हुने गृहमन्त्री लेखकले दाबी गरे । उनले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशीलाई थप मजबुत गर्ने गरी संविधान संशोधन हुने बताए। कांग्रेस र एमालेको गठबन्धनलाई…

Read More

धनगढी : कञ्चनपुरमा रुखमा अड्कीएको अवस्थामा शव फेला परेको छ। जिल्लाको भीमदत्त नगरपालिका–९ ब्रह्मदेब स्थित खल्ला जाने बाटो नजिक महाकाली नदिमा रहेको रुखमा शव फेला परेको हो । रुखमा अड्की रहेको अवस्थामा नाम थर नखुलेको अन्दाजी ४० वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। यस्तै कञ्चनपुरमा एक युवकको माछा मार्ने क्रममा डुबेर मृत्यु भएको छ। पुनर्वास नगरपालिका–७ परासन स्थित दोदा नदीमा माछा मार्ने क्रममा डुबेर सोही ठाउँ बस्ने २२ वर्षीय जन्तरी रानाको सोमवार मृत्यु भएको हो । सो सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

Read More

काठमाडौं : मलेसियामा एक नेपालीको हत्या भएको छ । सिराहाका घर भएका रुपेश यादवको गएराति चक्कु प्रहारबाट हत्या भएको हो । उनकै साथी मिलन गुरुङले चक्कु प्रहार गरी हत्या गरेका आरोप लागेको छ । रुपेश सुपरमार्केटमा काम गर्दै आएका थिए । साथीको हत्या गरेपछि भागेका मिलनलाई मलेसियन प्रहरीले पक्राउ गरेको छ । उनीमाथि थप अनुसन्धान भइरहेको बताइएको छ ।

Read More

काठमाडौं: नेपाल प्रहरीका ५ सय ८७ प्रहरी निरीक्षक (इन्सपेक्टर) हरुको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले सोमबार मध्यराति इन्सपेक्टरहरुको सरुवा निकालेको हो। सरुवामा केहीको थमौती भएको छ भने केही इन्सपेक्टरहरुको काज भएको छ। यस अगाडि प्रधान कार्यालयका कर्मचारी प्रशासन शाखाका एसपीका कारण सरुवामा ढिलाई भएको थियो। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको निर्णयअनुसार निरीक्षकहरुको सरुवा गरिएको बताइएको छ। सरुवा भएकाहरूले तलबभत्ता हाल सरुवा भएको दरबन्दीबाटै पाउने प्रधान कार्यालयले जनाएको छ। आजमात्रै केही समय अगाडि ३ जना डिआईजीहरुको सरुवा तथा काज पनि गरिएको थियो। सूची https://www.facebook.com/share/p/Qm5Y75duFMYuhCVs र, यो पनि: प्रहरीका ३ डिआईजीको काज तथा सरुवा, को कहाँ ? हेडक्वाटरका अटेरी एसपी तिमिल्सिना:…

Read More

धनगढी: कैलालीमा बेवारिसे अवस्थामा एक नाले पेस्तोल फेला परेको छ। जिल्लाको धनगढी उपमहानगरपालिका-७ मनेहरास्थित जुगेडा जाने बाटोको छेउमा पेस्तोल फेला परेको हो। विशेष सूचनाको आधारमा प्रहरी नायव निरीक्षक गजेन्द्र बहादुर चन्दको कमाण्डमा खटिएको प्रहरी टोली बेवारिसे अवस्थामा पेस्तोल फेला पारेको कैलाली प्रहरीले जनाएको छ। लागूऔषध सेवन गरिरहेका केही व्यक्तिहरूको बारेमा सूचना प्राप्त भएपछि अनुसन्धानका लागि प्रहरी टोली खटाइएको थियो। तर, प्रहरी पुग्दा ती व्यक्तिहरू भाग्न सफल भए। उक्त स्थानको खोजतलास गर्ने क्रममा घाँसमा बिना म्याग्जिनको एक नाले पेस्तोल वेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी कबिन्द्रसिंह बोहराले जानकारी दिए। बरामद गरिएको पेस्तोललाई थप अनुसन्धानको लागि प्रहरी कार्यालयमा…

Read More

धनगढी: धनगढी उपमहानगरपालिकाकाे फाेहाेर व्यवस्थापनकाे काम गर्दै आएका एक जना मृत भेटिएका छन्। भजनी नगरपालिका-८  घर भएर धनगढी- १७ धुर्जन्नामा कोठा गरी बस्ने ४५ वर्षीय झलीराम चौधरी मृत  भेटिएको प्रहरीले जनाएको छ। प्रहरीकाअनुसार उनी धनगढी उपमहानगरपालिकाकाे फोहोर व्यवस्थापन गर्ने ठाउँ वडा नम्बर ७ काे पटेलामा काम गर्दै आएका थिए। चाैधरी आफ्नो कोठाबाट फोहोर व्यवस्थापन गर्ने ठाउँ तर्फ आउने क्रममा बाटोमा एक्कासी ढलेका थिए। उनकाे घटनास्थलमा नै मृत्यु भएको भनेर श्रीमती आशा चौधरीले जानकारी गराएकी थिइन्।

Read More

धनगढी: बैतडीको पाटन नगरपालिका–६ डुङरामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ। घरमा लुगा सुकाउन प्रयोग गरिएको ग्याबिन तारमाथि लुगा सुकाउने क्रममा करेन्ट लागेर ५७ वर्षीया जानकी लुहारको आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए। करेन्ट लागेर गम्भीर घाइते लुहारलाई उपचारका लागि पाटन लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ। करेन्ट लागेको बेला छुट्टाउन गएका अन्य चार जना घाइते भएका छन्। स्थानीय ३८ वर्षीया कलावती ओड, १२ वर्षीया पवित्रा ओड, १० वर्षीया भुवनेश्वरी ओड र २२ वर्षीया सीता लुहार घाइते भएका हुन्। घरको भान्सा कोठामा मिटरबक्स राखिएको र सोही मिटरबक्स नजिकैबाट लुगा सुकाउन प्रयोग गरिने…

Read More

काठमाडौं: नेपाली सेना, रक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालयका अधिकारीहरु रहेको जम्बो टोली अमेरिका गएको छ। अमेरिकाको हवाईमा सञ्चालन हुन लागेको पाँचौ स्थल सेना सम्बन्धी सम्मेलनमा भाग लिन १२ जनाको टोली आज बेलुकी त्यसतर्फ उडेको छ। उपरथी कृष्णदेव भट्ट नेतृत्वको टोली कोरियन एयलाइन्सको उडान नम्बर केई ६९६ मा साँझ कोरियाको सिओल हुँदै होनेलुलु गएको छ। भ्रमणदलमा सहायक रथीहरु मानबहादुर महरा, रविन्द्र खत्री, प्रेमबहादुर पुन, पवनकुमार खड्का छन्। त्यसैगरी महासेनानी सुवाष थापा तथा प्रमुख सेनानीहरु खगेन्द्रराज थापा, शैलेन्द्र बस्नेत, सुदिपकुमार तामाङ पनि आजै त्यसतर्फ उडेका हुन्। टोलीमा सेनानी डोलराज श्रेष्ठ, रक्षा मन्त्रालयका उपसचिव भुवन पाण्डे र परराष्ट्र मन्त्रालयका उपसचिव जिमसन रुम्दाली राई…

Read More

काठमाडौं : अमेरिकाको मेरील्यान्डमा नेपाली युवक मृत भेटिएका छन् । पर्वत घर भई अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आएका ४७ वर्षी शान्तलाल प्रधान मृत भेटिएका हुन् । गत अगस्त २७ (मंगलबार) उनी मृत फेला परेका हुन् । गणित शिक्षक रहेका प्रधान सन् २०१५ मा अमेरिका पुगेका थिए । उनि सन् २०२२ मा मेरिल्याण्ड ब्यापार गर्न पुगेका थिए । प्रधानका पत्नीका साथै एक छोरी र एक छोरा रहेका छन् । उनको शव नेपाल फर्काउने तयारी गरिएको बताइएको छ । मृत्युको कारण पत्ता नलागेको मेरिल्याण्डवासी प्रविन भण्डारीले बताएका छन् । उनको शव नेपाल पठाउन कागजी प्रक्रिया भैरहेको उनले बताए । यसअघि अमेरिकाको ह्युष्टनमा…

Read More