धनगढी: धनगढी उपमहानगरपालिकाकाे फाेहाेर व्यवस्थापनकाे काम गर्दै आएका एक जना मृत भेटिएका छन्।
भजनी नगरपालिका-८ घर भएर धनगढी- १७ धुर्जन्नामा कोठा गरी बस्ने ४५ वर्षीय झलीराम चौधरी मृत भेटिएको प्रहरीले जनाएको छ।
प्रहरीकाअनुसार उनी धनगढी उपमहानगरपालिकाकाे फोहोर व्यवस्थापन गर्ने ठाउँ वडा नम्बर ७ काे पटेलामा काम गर्दै आएका थिए।
चाैधरी आफ्नो कोठाबाट फोहोर व्यवस्थापन गर्ने ठाउँ तर्फ आउने क्रममा बाटोमा एक्कासी ढलेका थिए।
उनकाे घटनास्थलमा नै मृत्यु भएको भनेर श्रीमती आशा चौधरीले जानकारी गराएकी थिइन्।
Facebook Comments Box