Author: महेन्द्रनगर पोष्ट

काठमाडौं – तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा उत्तर प्रदेशको बनारस पुगेका छन् । एयर इण्डियाको विशेष जहाजमार्फत् बनारस पुगेका प्रधानमन्त्री देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले स्वागत गरेका थिए । बनारसमा मुख्यमन्त्री आदित्यनाथले प्रधानमन्त्रीसँग भेटवार्ता गर्ने कार्यक्रम छ । साथै प्रधानमन्त्री देउवाले त्यहाँका मन्दिरहरुमा दर्शन गर्ने र नेपाली धर्मशालामा जाने कार्यक्रम छ । शुक्रबार भारतको राजधानी नयाँदिल्ली गएका देउवा बनारसबाट नयाँदिल्ली फर्किने र आजै अपराह्न काठमाडौं प्रस्थान गर्ने कार्यक्रम छ । उनी भारतीय समयअनुसार अपराह्न सवा चार बजे नयाँदिल्लीबाट काठमाडौंका लागि प्रस्थान गर्नेछन् ।

Read More

काठमाडौं – आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । गत शुक्रबारको तुलनामा आज आइतबार सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको हो । गत शुक्रबार प्रतितोला ९९ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज आइतबार प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९८ हजार ८०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य भने स्थिर रहेकोछ । गत शुक्रबार प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।

Read More

काठमाडौं – अबिरल वर्षापछिको बाढी पहिरोमा ब्राजिलको रियो दि जेनेरियो राज्यमा आठ बालबालिकासहित कम्तीमा १४ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा ५ जना बेपत्ता भएका छन् । दुई दिनको भारी वर्षाले दक्षिणपूर्वी राज्यको एटलान्टिक तटको ठूलो भाग प्रभावित भएको छ । आगामी दिनमा अझै धेरै बर्षा हुने अनुमान गरिएको छ । बाढीबाट मृत्यु हुनेहरूमा एक महिला र उनका ६ वर्षका सन्तान पनि छन् । बाढीले उनीहरूको घर बगाएको थियो । उद्धार कार्यमा सघाउन संघीय सरकारले सैन्य विमान पठाएको राष्ट्रपति जैर बोल्सोनारोले बताएका छन् । ६ साताअघि पेट्रोपोलिस सहरमा अबिरल वर्षापछिको बाढी पहिरोमा २३३ जनाको मृत्यु भएको थियो ।

Read More

काठमाडौं – नेपालले त्रिकोणात्मक टी–२० शृङ्खला अन्तर्गत शनिवार भएको अन्तिम लिग खेलमा मलेसियालाई ८५ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दीपेन्द्रले एक साताभित्रै दोस्रो शतक प्रहार गर्ने क्रममा अविजित ११० रन बनाउँदा नेपालले मलेसियालाई २२३ रनको लक्ष्य दिएको थियो । तर मलेसिया एक बल अगावै १३८ रनमा अलआउट भयो । नेपाल, मलेसिया र पपुवा न्यूगिनी (पीएनजी) सम्मिलित शृङ्खलामा यसअघि नै लगातार तीन खेल जितेर फाइनलमा स्थान पक्का गरिसकेको नेपाल अपराजित रहँदै शीर्षस्थानमा रह्यो । मलेसिया पराजित हुँदा पीएनजी भाग्यमानी बन्दै दोस्रो स्थानमा रहेर फाइनल पुग्यो । अब नेपालले फाइनलमा पीएनजीसँग प्रतिस्पर्धा गर्नेछ ।

Read More

काठमाडौं – सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारणलाइनको उद्घाटन भएको छ । शनिबार भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिल्लीमा संयुक्त रुपमा स्वीच थिचेर प्रसारणलाइनको उद्घाटन गरेका हुन् । सोलुखोला जलाधार क्षेत्रका जलविद्युत आयोजनाहरुबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रवाह गर्न निर्माण भएको प्रसारणलाइन करिब ३ वर्ष ढिला गरी गत २ फागुनमा यो प्रसारणलाइन चार्ज गरिएको थियो । नेपाल सरकारको लगानी र भारतीय निर्यात-आयात (एक्जिम) बैंकको सहुलियतपूर्ण ऋणमा यसको निर्माण सकिएको हो । सिरहाको मिर्चैयादेखि उदयपुर, ओखलढुंगा हुँदै सोलुखुम्बूको दूधकुण्ड नगरपालिकाको तिङ्लासम्मको प्रसारणलाइनको लम्बाइ ९० किलोमिटर र टावरहरुको संख्या ३०२ वटा छ । सोलु करिडोर…

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवाले शनिवार नयाँदिल्लीस्थित हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भ्रमणको निम्तो दिएका हुन् । उनले भने, ‘हामी दुवै जना उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिन सहमत छौँ । प्रधानमन्त्री मोदीजीलाई नेपालमा स्वागत गर्नका लागि म प्रतीक्षारत छु ।’

Read More

काठमाडौं – भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतसँग थप तीन वटा नयाँ हवाई रुट मागेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटवार्ता र नेपाल–भारत उच्चस्तरीय द्विपक्षीय बैठकमा नयाँ तीन वटा हवाई रुट उपलब्ध गराउन अनुरोध गरिएको हो । ‘हामीले सडक, रेल र हवाई कनेक्टीभिटीका क्षेत्रमा छलफल गयौं,’ नेपाल–भारत उच्चस्तीय द्विपक्षीय बैठकपछि आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भने, ‘महेन्द्रनगर, नेपालगन्ज र जनकपुरबाट थप हवाई रुटको लागि अनुरोध गरेका छौं ।’ प्रधानमन्त्रीको रुपमा पाँचौं पटक भारत भ्रमणमा रहेका देउवाले कोरोना नियन्त्रणमा खोप उपलब्ध गरि सहयोग गरेकोमा भारत र भारतीय जनतालाई धन्यवाद दिएका थिए । भारतीय प्रधानमन्त्रीसँगको भेटमा राजनीतिक, आर्थिक र…

Read More

अत्तरीया – उपचारका क्रममा एक जना विरामीको मृत्यु भएपछि पदमा अस्पतालमा स्थानीयले तोडफोड गरेका छन् । गोदाबरी नगरपालीका स्थित अत्तरियामा रहेको पदमा अस्पतालमा गो. न. पा ._३ का ३८ वर्षिय बिनोद कुमार बोहराको उपचारका क्रममा निधन भएको हुँदा अस्पतालको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै स्थानीय र मृतकका आफन्तले तोड फोड गरेका हुन् । शनिबार अस्पतालमा भएको उक्त घटना पछी आफन्त आक्रोशित भएको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक नवराज पोखरेलले बताए । आक्रोशित आफन्तले अस्पतालमा ढुंगामुडा ढुंगामुडा प्रहार गर्दा अस्पताल बाहिरको सिसा फुटेको र येम्बुलेन्स पनि तोडफोड गरिएको उनले बताए । आक्रोशित भिड लाई काम गर्न प्रहरीले अश्रु…

Read More

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा पत्रकार सम्मेलनलाई सम्बोधन गरिरहेका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा भारतका पुरानो मित्र भएको बताएका छन् । उनले नेपाल र भारतजस्तो सम्बन्ध विश्वको अरु कुनैपनि देशबीच देख्न नपाईने भन्दै दुई देशबीचको सम्बन्ध प्राचिन कालदेखि नै रहेको सुनाए । हैदरावाद हाउसमा भएको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले नेपालको शान्ति, प्रगति र विकासको यात्रामा भारत राम्रो साथी रहेको सुनाए । उनले आफू र प्रधानमन्त्री देउवाबीच बहुआयामिक विषयमा छलफल भएको सुनाए । मोदीले सुरुमा सम्बोधन गर्दै नवरात्रिको धेरै धेरै शुभकामना दिएका थिए…

Read More

काठमाडौं- पाकिस्तानी प्रधानमन्त्री इमरान खानले आफ्नो ज्यान जोखिममा रहेको विश्वस्त स्रोतबाट सूचना पाएको दाबी गरेका छन् । आफूविरुद्ध संसद्‍मा अविश्वासको प्रस्ताव दर्ता गरिएपछि प्रधानमन्त्री खानले यस्तो दाबी गरेका हुन् । उनले आफू निडर भएर स्वतन्त्र र लोकतान्त्रिक पाकिस्तानका लागि लडाइँ जारी राख्ने बताए । आफूविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्तावमाथि आइतबार हुने मतदानभन्दा एक दिन अगाडि समाचार संस्था एआरवाईसँगको एक अन्तरवार्तामा प्रधानमन्त्री खानले देशको शक्तिशाली सेनाले आफूलाई तीनवटा विकल्पहरू– अविश्वासको मत, मध्यावधि निर्वाचन र प्रधानमन्त्री पदबाट राजीनामा दिएको बताएका छन् । आफ्नो ज्यान जोखिममा रहेको र विपक्षीहरूले चरित्र हत्या गरेको उनले दाबी गरे । ‘मेरो ज्यान पनि जोखिममा छ भन्ने मेरो देशलाई जानकारी गराउन चाहन्छु । विपक्षीले मेरो चरित्र हत्याको योजना…

Read More