Author: महेन्द्रनगर पोष्ट

धनगढी: कञ्चनपुरको पुनर्वास नगरपालिका–५ सिमरीका ३३ वर्षीय गणेश गिरी धनगढीमा मृत अवस्थामा फेला परेका छन्। भारतको मुम्बईबाट तीन वर्षपछि घर फर्किएका गिरी बिहीबार दिउँसो करिब ३ बजे डोके बजार पुगेका थिए। उनीसँगै आएका अन्य तीनजना साथीसहित डोके बजारस्थित कार्की होटलमा खाजा र मदिरा सेवन गरेको पारिवारिक स्रोतले जनाएको छ। खाजा खाइसकेपछि गिरी बेपत्ता भएका थिए। शुक्रवार बिहानसम्म पनि घर नफर्किएपछि उनका आफन्तले खोजतलास थालेका थिए। इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा फोटोसहित निवेदन दिइएको थियो। गिरी शुक्रबार बिहान धनगढी उपमहानगरपालिका–३ विशालनगरस्थित नाला नजिकैको हिलोमा अचेत अवस्थामा फेला परेका थिए। उनलाई तत्काल उद्धार गरी अस्पताल लैजाने प्रयास गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको…

Read More

कञ्चनपुरः कञ्चनपुरमा १३ वर्षीय बालक मृत फेला परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–३ बिजपुरीस्थित संहारी टोल बस्ने बर्ष १३ को शुदर्शन डगौरा आफ्नै भुँईतले कच्ची टिनले छाएको घरको आँगनमा मृत अबस्थाबमा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। प्रहरीका अनुसार शुदर्शनलाइ सर्पले टोकेको हुन सक्ने अनुुमान गरिएको छ।

Read More

धनगढी: नेकपा (एमाले) का केन्द्रीय सचिव तथा सुदूरपश्चिम इञ्चार्ज लेखराज भट्टले सुदूरपश्चिम प्रदेशलाई संमृद्ध र विकसित बनाउने अभियानमा सबैले संयुक्त रूपमा लाग्नुपर्ने बताएका छन्। एमाले सुदूरपश्चिम प्रदेश प्रचार तथा प्रकाशन विभागले प्रकाशित गरेको ‘सूर्य युग’ मुखपत्रको विमोचन कार्यक्रममा बोल्दै भट्टले प्रदेशको स्रोत साधनको पहिचानमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउने लक्ष्य रहेको बताए। ‘सुदूरपश्चिमलाई सबैभन्दा विकसित प्रदेश बनाउने हाम्रो लक्ष्य हो, सबै मिलेर यो लक्ष्य हासिल गर्नुपर्छ’, भट्टले भने। उनले पार्टीभित्र देखिएको देखावटी एकताको आलोचना गर्दै आन्तरिक गुटबन्दी अन्त्य गरी संगठनात्मक एकता र रुपान्तरणको बाटो अँगाल्नुपर्ने आवश्यकता औंल्याए। आगामी निर्वाचनमा पार्टीलाई बलियो बनाउन सबै कार्यकर्तालाई एकजुट भएर लाग्न पनि उनले आग्रह गरे। कार्यक्रममा…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सभामा प्रमुुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका सांसद ओमबिक्रम भाट सरलले प्रदेशमा २ पक्षमात्र देखिएको जनाएका छन्। पूर्वमन्त्रीसमेत रहेका उनले सभामा प्रतिपक्षीको भूमिकामाथि पनि गम्भीर प्रश्न उठाएर प्रदेशमा बजेट र सत्ता पक्षमात्र देखा परेको जनाएका हुन्। प्रतिपक्षले आफ्नो भूमिका निर्वाह गर्न नसकेको भन्दै उनले सामाजिक सञ्जालमा आक्रोश पोखेका छन्। ‘सुदूरपश्चिम प्रदेशमा सत्ता पक्ष र बजेट पक्षमात्र देखियो। प्रतिपक्षी कोमामा रहेको अनुभुतभो’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘तर यत्तिमात्र कामना छ, लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको मलामी जान विवश हुने दिन नआओस्।’ बजेट निर्माणका सन्दर्भमा प्रतिपक्षको भूमिकामाथि उनले प्रश्न उठाएका हुन्। सदनमा आफ्नै पार्टीको भूमिकाप्रति उनको असन्तुष्टि छ।  यसअघि…

Read More

धनगढी: कैलालीमा हिजो (बिहीबार) प्रहरीले गरेको इन्काउन्टर अपरेसन ‘फेक’ भएको बुझिएको छ। नेपाल तथा भारतस्तरीय उच्च प्रहरी स्रोतका अनुसार कैलालीमा गरिएको हाफ इन्काउन्टर ‘फेक’ भएको खुलेको हो। उसो त, कैलाली प्रहरीले ज्यान मार्ने उद्योग मुद्दा (युवकमाथि) धारिलो हतियार प्रहार गर्ने घटनामा संलग्न दुई अभियुक्तलाई पक्राउ गर्ने क्रममा गोली प्रहार गरेको जानकारी दिएको थियो। तर, प्रहरीले दिएको सो जानकारी पनि झुटो भएको खुलेको छ। १५ जेठमा टीकापुर नगरपालिका–१ का ३१ वर्षीय टेकेन्द्र सिंह विष्टमाथि क्याफेमा कफी पिइरहेको बेला खुकुरी र चक्कु प्रहार भएको थियो। घटनामा संलग्न रिदम ढुंगाना र मिलन चन्द त्यस दिनदेखि फरार थिए। स्रोतका अनुसार उनीहरू फरार भएर भारतको…

Read More

धनगढी: कैलालीमा सर्पले टोक्दा एक शिक्षिकाको मृत्यु भएको छ। गोदावरी नगरपालिकाको शारदा माध्यमिक विद्यालयमा कार्यरत शिक्षिका पार्वती अवस्थीको सर्पको टोकाइबाट मृत्यु भएको प्रहरीले जनाएको छ। गोदावरी नगरपालिका–८ को श्रीपुरमा प्रावि तहमा कार्यरत शिक्षिका अवस्थीलाई बिहिवार सर्पले टोकेको थियो। उनलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो। अवस्थीको उपचारका क्रममा मृत्यु भएको हो। अवस्थी धनगढी उपमहानगरपालिका–३ बोराडाँडीकी स्थायी बासिन्दा भएको प्रहरीले जनाएको छ।

Read More

काठमाडौं: नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा डा. सुजन कडरिया निर्वाचित भएका छन्। प्रतिद्वन्द्वी प्रकाश पौडेललाई ७ मतले पछि पार्दै कडरिया निर्वाचित भएका हुन्। कडरियाले ७३२ मत ल्याएर अध्यक्ष जित्दा पौडेलले ७२५ मत ल्याए।

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश खेलकुद परिषदको सदस्य सचिवमा लोकबहादुर खड्का (रवि) नियुक्त भएका छन्। सामाजिक विकास मन्त्रालयको सिफारिसमा प्रदेश मन्त्रिपरिषद्को बैठकले खड्कालाई सदस्य सचिवमा नियुक्त गरेको प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले बताए। आजै सपथ ग्रहण गर्ने कार्यक्रम रहेको बताइएको छ।  नेपाली काँग्रेस निकट खड्का फुटबल र हक्कीका पूर्वखेलाडी हुन्। कैलाली जिल्ला कुस्ती संघका अध्यक्ष भइसकेका खड्का क्रिकेट विकास समिती क्षेत्र नम्वर ९ का कोषाध्यक्ष पनि थिए। तत्कालीन क्षेत्रीय खेलकुद विकास समितिको सदस्य भएर पनि खड्काले काम गरिसकेको अनुभव छ।  झण्डै तीन महिनादेखि सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को सदस्य सचिव पद रिक्त थियो। ०७७ चैतमा चार वर्षका लागि खेलकुद परिषद्को सदस्य सचिवमा…

Read More

धनगढी: कैलाली प्रहरीले गोली हानेर दुई जनालाई नियन्त्रणमा लिएको छ। जिल्लाको भजनी नगरपालिका ७ मा प्रहरीले गोली चलाएको हो। गोली हानेर नियन्त्रणमा लिइएकामा रिदम ढुंगाना र मिलन चन्द रहेका छन्। दुवैलाई गोली लागेको छ। कैलालीका डीएसपी राजकुमार सिंहका अनुसार टीकापुरमा गत जेठ १५ गते स्थानीय टेकेन्द्र सिंह विष्टमाथि खुकुरी प्रहार भएको घटनामा कैलारी गाउँपालिका–२ को शिवरत्नपुरबाट दुई जनालाई पक्राउ गरिएको थियो। भजनी क्षेत्रमा पुग्दा उनीहरु भाग्न खोजेपछि प्रहरीले गोली चलाउनुपरेको डीएसपी सिंहले बताए। गोली प्रहार गरेर दुवै जनालाई नियन्त्रणमा लिइएको छ। ‘कैलारी गाउँपालिका–२ शिवरन्तपुरबाट पक्राउ परेका रिदम ढुंगाना र मिलन चन्दलाई प्रहरी टोलीले टीकापुर लगिरहेको थियो,’ डीएसपी सिंहले भने, ‘बाटोमा…

Read More

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सुदूरपश्चिम सभापति प्रकाश विष्टलाई स्पष्टीकरण सोधेको छ। केन्द्रीय समिति सदस्य समेत रहेका विष्टलाई अनुशासन आयोगले स्पष्टीकरण सोधेको हो। बिष्टले स्पष्टीकरण पनि पठाइसकेको बताइएको छ। विष्ट असार २ मा भारतको मुम्बईमा हुने रास्वपाको कार्यक्रममा उपसभापति डा. स्वर्णिम वाग्लेसँगै जाने तय भएको छ। रास्वपा निकट प्रवासी नेपाली सम्पर्क मञ्च भारतको महाराष्ट्र राज्य समितिका प्रथम राज्य भेला आह्वान गरिएको छ। भेलाको प्रमुख अतिथिमा उपसभापति डा. वाग्लेलाई निमन्त्रणा गरिएको छ। विष्ट मुम्बइ आउने गरी त्यहाँको समितिले प्रचार गरेपनि उनी त्यहाँको कार्यक्रममा सहभागी नहुने भएका छन्। स्पष्टीकरण सोधिएका प्रदेश सभापति विष्ट पेशाले इञ्जिनियर हुन्।

Read More