Author: महेन्द्रनगर पोष्ट

धनगढी: कैलालीमा लागुऔषध खैरो हेरोईनसहित दुई जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१० को जुगेडाबाट सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको टोलीले खैरो हेरोईनसहित दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका–५ का ३५ वर्षीय काशिराम खड्का र धनगढी–१० बस्ने २५ वर्षीय कमल बन्जरा ठाकुर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। उनीहरुको साथबाट ६ ग्राम ४६० मिलीग्राम खैरो हेरोईन बरामद गरिएको छ। दुवै जनालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढीः कैलालीमा एउटै नम्बर प्लेटका दुई मोटरसाइकल फेला परेको प्रकरणमा नयाँ तथ्य फेला परेको छ। सो प्रकरणमा कैलालीस्थित धनगढीको त्रिनगर भन्सारका हाकिमका भान्सेको नाम खुलेको छ। एउटै नम्बर प्लेटका २ मोटरसाइकल फेला परेपछि प्रहरीले अनुसन्धान थालेको थियो। त्यसपछि सो प्रकरणमा कैलाली भन्सार कार्यालयका प्रमुख अनन्तप्रसाद तिमील्सेनाका भान्से जोडिएका हुन्। त्यसमा उनीसहित दुई जनालाई पक्राउ गरिएको छ। भन्सार प्रमुखका भान्से समेत रहेका धनगढी उपमहानगरपालिका–३ का ३४ वर्षीय रोहित महता र ग्यारेज सञ्चालन गर्दै आएका २५ वर्षीय प्रकाशप्रसाद उपाध्यायलाई समातिएको हो। प्रहरीका अनुसार उस्तै अल्फाबेट र नम्बर प्लेटका मोटरसाइकल चलाएको भन्दै निवेदन परेको थियो। त्यसपछि दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरुमाथि किर्ते…

Read More

काठमाडौँ: प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी संगठनको बृहत्तर हितका लागि नवीनतम् र रचनात्मक कार्य गर्न मातहतका निकायलाई निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित नेपाल प्रहरी कार्ययोजना, २०८० तथा चालु आर्थिक वर्ष २०८१/०८२ को कार्यसम्पादन सम्झौताको पहिलो त्रैमासिक कार्यप्रगति समीक्षा कार्यक्रममा उनले यस्तो निर्देशन दिएका हुन्। उनले शान्ति सुरक्षा, अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन र विपद् व्यवस्थापनलगायत कार्यमा क्रियाशील हुन निर्देशन दिए। थाँती रहेका मुद्दा फर्छ्यौट एवम् विभिन्न मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयनतर्फ थप सक्रियाता अपनाउन आग्रह गर्दै महानिरीक्षक कुँवरले तस्करी नियन्त्रणमा समेत विशेष ध्यान पुर्‍याउन निर्देशन दिए। नेपाल प्रहरीको आन्तरिक सुदृढीकरणलाई प्रमुख आधार विन्दु मान्दै तयार गरिएको…

Read More

धनगढी: नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश सभा सदस्य शिवसिंह ओलीले दोस्रो प्रदेश सभाले कामै गर्न नसकेको बताएका छन्। धनगढीमा आज भएको संसदीय खुलापन, अवधारणा र अभ्यास सम्बन्धी छलफलमा उनले प्रदेश सभाले काम गर्न नसक्दा आफूलाई तलब भत्ता खाएको पनि अफ्ठेरो लागिरहेको बताए। ‘प्रदेश सभाभित्र जति पनि काम भए पहिलेको प्रदेश सभाले गरेको छ। पहिलो प्रदेश सभाले संरचना पनि बनायो, कानुन पनि बनायो। हामी आइसकेपछि त तलब भत्ता खाएको पनि नमिठो लागेको छ’ ओलीले भने, ‘किनभने एउटा कानुन पनि बनाउन सकेको छैन।’ यस्तै अर्की एमालेकी सांसद सन्तोषकुमारी थापा शर्माले कानुन निर्माणलगायत संसदका कामकारबाहीमा नागरिकको सहभागिता कमजोर रहेको स्वीकार गरिन्। सूचना र…

Read More

बैतडीः बैतडीमा जबरजस्ती करणीको आरोपमा एक युवक पक्राउ परेका छन्। जिल्लाको मेलौली नगरपालिका–७ का २४ वर्षीय रोशनसिंह रावत बालिका करणी गर्न खोजेको आरोपमा पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार १३ वर्षीया बालिकालाई रावतले जबरजस्ती करणी गर्न खोजेको आरोप छ। बालिकाका आफन्तले दिएको किटानी जाहेरीको आधारमा रावतलाई आतवार नै पक्राउ गरिएको हो। उनीमाथि जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गरेर जिल्ला अदालतबाट ६ दिनको म्याद थपेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेयले बताए।

Read More

काठमाडौं: सुनकाण्डमा जोडिएका एक प्रहरी निलम्बनमा परेका छन्। ३ किलो सुन तस्करी प्रकरणमा जोडिएपछि नेपाल प्रहरीका असई निलम्बित भएका हुन्। नेपाल प्रहरीको विशेष ब्यूरोमा कार्यरत असई सविन तिवारी निलम्बनमा परेका हुन्। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी दानबहादुर कार्कीले छानबिनका लागि निलम्बन गरिएको बताए। रसुवाको केरुङ नाकाबाट तस्करी भएर आएको ३ किलो सुन बाटोबाटै हराएपछि तस्कर समूहले भरियालाई अपहरण गरेको थियो। सुन गायब भएपछि तस्कर समूहले भरिया एवं गाडीका चालक रामकृष्ण वाइबालाई अपहरण गरी बुढानीलकण्ठ नगरपालिकामा रहेको शैलजा रिसोर्टमा लगेर बन्धक बनाएको थियो। २४ साउनको यो घटनामा संलग्न भएको आरोपमा केही दिनअघि मात्रै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ४…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशको एक मन्त्रालयका सचिवको निवासमा आगलागी भएको छ। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव सुशिल वैद्यको सरकारी निवासमा सोमबार साँझ आगलागी भएको प्रहरीले जनाएको छ। विद्युत सर्ट भएर आगलागी भएकोमा सिलिङमा क्षति पुगेको छ। आगलागी भएको कुरा समयमै थाहा पाएका कारण धेरै क्षति हुन नपाएको प्रहरीको भनाई छ। अहिले भने वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगेश खत्री नेतृत्वको प्रहरीले आगो नियन्त्रणमा लिइसकेको छ।

Read More

बझाङ : बझाङको केदारस्युँ र थलारा गाउँपालिकामा प्रतिबद्ध तीन परियोजना सुरु भएको छ । सोमबार जिल्ला प्रशासन कार्यालयमा एक औपचारिक कार्यक्रमका बिच परियोजनाको शुभारम्भ गरिएको हो । प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टराईको अध्यक्षतामा सञ्चालन भएको परियोजनाको शुभारम्भ बैठ्कमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्लामा भइरहेका प्रमुख विपद् घटनाहरू, स्थानहरू, र जोखिम न्यूनिकरणका उपायबारे छलफल भएको थियो। प्रमुख जिल्ला अधिकारी भट्टराईले थलारा गाउँपालिका र केदारस्युँ गाउँपालिकामा सञ्चालित परियोजनाले जिल्लाका १२ वटै पालिकाका लागि उदाहरणीय कार्य गर्ने अपेक्षा व्यक्त गरे। साथै, पहिरो जोखिम नक्सांकनमा परियोजनाको सहयोगले जिल्लामा विपद् जोखिम न्यूनिकरणका प्रयासहरूलाई…

Read More

धनगढी कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्लाको जानकी गाउँपालिका–२ खैरेनीटोलस्थित सडकमा सु.प.प्र.०१–००८ प ६८९८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा भजनी नगरपालिका–८ बहादुरपुरका ३७ वर्षीय राजकुमार चौधरीको मृत्यु भएको हो।  दुर्घटनामा गम्भीर घाइते भएका उनको निसर्ग अस्पताल हुँदै नवजीवन अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ । मोटरसाइकल आफैँ अनियन्त्रित भएर आइतबार राति दुर्घटना भएको हो।

Read More

धनगढी: कैलालीमा युवकलाई अपहरण गरि शरीर बन्धक बनाएर कुटपिट गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा बझाङको मष्टा गाउँपालिका–६ का २० वर्षीय विवेक खड्का, डडेल्धुराको अमरगढी नगरपालिकाका विशाल भट्ट, बैतडीको डिलासैनी गाउँपालिकाका अमित नेगी रहेको कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर बिष्टले जानकारी दिए। उनकाअनुसार उनीहरुलाई अपहरण, शरीर बन्धक तथा कुटपिट गरेको आरोपमा वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक योगेश खत्री नेतृत्वको टोलीले सोमबार धनगढीबाट पक्राउ गरेको हो। पक्राउ परेका तीनै जनाले आइतबार धनगढीमा कोठा गरी बस्ने दुई जना विद्यार्थीलाई अपहरण गरेर बाझो घरमा बन्धक बनाएर कुटपिट गरेको प्रहरीले जनाएको छ। कुटपिटमा पर्नेमा बझाङको मष्टा गाउँपालिका–१ का १८…

Read More