Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ-सरकारले रात्रिकालीन व्यवसायमा लगाएको समय सीमा हटाएको छ ।गृह मन्त्रालयले होटल, रेस्टुरेन्ट, डान्स,दोहोरी क्लब, लाउन्ज बार लगायत सबै किसिमका रात्रिकालीन व्यवसायलाई रातभर सञ्चालन गर्न दिने निर्णय गरेको हो। रात्रिकालीन व्यवसाय सञ्चालनबारे अध्ययन गरेर मापदण्ड बनाउन गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रालयका शान्ति सुरक्षा महाशाखाका प्रमुख फणिन्द्रमणि पोखरेलको नेतृत्वमा १४ सदस्यीय कार्यदल बनाएका थिए। कार्यदलको सिफारिस अनुसार रात्रिकालीन व्यवसायलाई रातभर सञ्चालन गर्न दिने निर्णय गरेको हो। 1646838593265244Download

Read More

कैलाली- सर्वाधिक धनराशीको पाँचौ मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगितामा आज बिहीबार दोस्रो सेमिफाइनल खेल हुँदैछ। धनगढी रंगशालामा हुने दोस्रो सेमिफाइनल खेलमा बागमती युथ क्लब र फ्रेन्ड्स क्लब भिड्ने छन् । बागमती र फ्रेन्ड्सबीचको खेल ३ बजेपछि सुरु हुनेछ।आज दुबै टोली जित निकाल्दै फाइनल पुग्न चाहन्छ। यस खेलको विजेताले उपाधिका लागि मनाङ मर्स्याङ्दी क्लबको सामना गर्नेछ।पहिलो सेमिफाइनलमा हिमालयन शेर्पालाई पेनाल्टीमा ४-२ गोल अन्तरले हराउँदै मनाङ फाइनल प्रवेश गरिसकेको छ। सर्लाहीको बागमतीले ए डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४(२ ले हराएर अन्तिम चारमा स्थान बनाएको हो। फ्रेन्ड्सले क्यामरुनको एभेनिर फुटबल क्लबलाई २-० गोल अन्तरले हराउँदै अन्तिम चारको यात्रा…

Read More