काठमाडौं – नेपाल थाइल्याण्डसँग पराजित भएको छ । बिहीबार थाइल्याण्डको चोनबुरीमा भएको फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल थाइल्याण्डसँग २–० गोल अन्तरले पराजित भएको हो ।
नेपालले पहिलो हाफमा थाइल्याण्डलाई गोलरहित बराबरीमा रोकेको थियो भने दोस्रो हाफमा दुई गोल खायो । घरेलु टोलीका लागि फिलिप रोलेर र चाओवाट विरचर्टले एक–एक गोल गरे ।
७८औं मिनेटमा रोलेरले गोल गर्दै थाइल्याण्डलाई अग्रता दिलाए । त्यस्तै खेलको इन्ज्युरी समयमा विरचर्टले गोल गर्दै टिमलाई २–० गोलको जित दिलाए ।
Facebook Comments Box