Author: महेन्द्रनगर पोष्ट

धनगढी: सुदूरपश्चिम प्रदेशको एक मन्त्रालयका सचिवको निवासमा आगलागी भएको छ। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव सुशिल वैद्यको सरकारी निवासमा सोमबार साँझ आगलागी भएको प्रहरीले जनाएको छ। विद्युत सर्ट भएर आगलागी भएकोमा सिलिङमा क्षति पुगेको छ। आगलागी भएको कुरा समयमै थाहा पाएका कारण धेरै क्षति हुन नपाएको प्रहरीको भनाई छ। अहिले भने वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगेश खत्री नेतृत्वको प्रहरीले आगो नियन्त्रणमा लिइसकेको छ।

Read More

बझाङ : बझाङको केदारस्युँ र थलारा गाउँपालिकामा प्रतिबद्ध तीन परियोजना सुरु भएको छ । सोमबार जिल्ला प्रशासन कार्यालयमा एक औपचारिक कार्यक्रमका बिच परियोजनाको शुभारम्भ गरिएको हो । प्रमुख जिल्ला अधिकारी ओमप्रसाद भट्टराईको अध्यक्षतामा सञ्चालन भएको परियोजनाको शुभारम्भ बैठ्कमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्लामा भइरहेका प्रमुख विपद् घटनाहरू, स्थानहरू, र जोखिम न्यूनिकरणका उपायबारे छलफल भएको थियो। प्रमुख जिल्ला अधिकारी भट्टराईले थलारा गाउँपालिका र केदारस्युँ गाउँपालिकामा सञ्चालित परियोजनाले जिल्लाका १२ वटै पालिकाका लागि उदाहरणीय कार्य गर्ने अपेक्षा व्यक्त गरे। साथै, पहिरो जोखिम नक्सांकनमा परियोजनाको सहयोगले जिल्लामा विपद् जोखिम न्यूनिकरणका प्रयासहरूलाई…

Read More

धनगढी कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्लाको जानकी गाउँपालिका–२ खैरेनीटोलस्थित सडकमा सु.प.प्र.०१–००८ प ६८९८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा भजनी नगरपालिका–८ बहादुरपुरका ३७ वर्षीय राजकुमार चौधरीको मृत्यु भएको हो।  दुर्घटनामा गम्भीर घाइते भएका उनको निसर्ग अस्पताल हुँदै नवजीवन अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ । मोटरसाइकल आफैँ अनियन्त्रित भएर आइतबार राति दुर्घटना भएको हो।

Read More

धनगढी: कैलालीमा युवकलाई अपहरण गरि शरीर बन्धक बनाएर कुटपिट गरेको आरोपमा तीन जनालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमा बझाङको मष्टा गाउँपालिका–६ का २० वर्षीय विवेक खड्का, डडेल्धुराको अमरगढी नगरपालिकाका विशाल भट्ट, बैतडीको डिलासैनी गाउँपालिकाका अमित नेगी रहेको कैलालीका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर बिष्टले जानकारी दिए। उनकाअनुसार उनीहरुलाई अपहरण, शरीर बन्धक तथा कुटपिट गरेको आरोपमा वडा प्रहरी कार्यालय धनगढीका प्रमुख प्रहरी निरीक्षक योगेश खत्री नेतृत्वको टोलीले सोमबार धनगढीबाट पक्राउ गरेको हो। पक्राउ परेका तीनै जनाले आइतबार धनगढीमा कोठा गरी बस्ने दुई जना विद्यार्थीलाई अपहरण गरेर बाझो घरमा बन्धक बनाएर कुटपिट गरेको प्रहरीले जनाएको छ। कुटपिटमा पर्नेमा बझाङको मष्टा गाउँपालिका–१ का १८…

Read More

काठमाडौं: गृह मन्त्रालयले काठमाडौंका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यलाई मन्त्रालयमा तानेको छ। नक्कली शैक्षिक प्रमाणपत्र रहेको प्रमाणीत भएपछि सिडिओ आचार्यलाई गृहले मन्त्रालयमा तानेको हो। शैक्षिक प्रमाणपत्रमा कैफियत भएको देखिएका आचार्यलाई गृह मन्त्रालयमा तानिएको गृह स्रोतले बतायो। आचार्यको ठाउँमा अहिलेसम्म भने कसैलाई पठाईएको छैन। अब उनीमाथि भ्रष्टाचार मुद्दा चल्ने छ।

Read More

काठमाडौं: लामो रस्साकस्सीपछि नेपाल प्रहरीको डीआईजी बढुवा हिजो मध्यराति गरियो। जसमा २६ जना प्रतिस्पर्धा भएपनि रिक्त रहेक आठ दरबन्दीमा बढुवा सिफारिस गरिएको छ। हिजो गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले उक्त निर्णय गरेको हो। तर चाखलाग्दो कुरा भने बढुवा समितिका सदस्य सचिव एआईजी भीमप्रसाद ढकाललाई चाईना पठाएर बढुवा सिफारिस गरिएको छ। जबकी ढकाल मानवस्रोत विकास विभागका एआइजी अर्थात बढुवा समितिको सदस्य सचिव हुन्। उनै ढकाल चाइना गएको मौका छोपेर अर्कै बिभागका एआइजी टेकप्रसाद राईलाई साक्षी किनारामा राख्दै बढुवा सिफारिस गरिएको हो। जसका लागि गृहमन्त्री रमेश लेखकलगायत सबै उच्च राजनीतिक नेतृत्वसँग सहमति भएबमोजिम बढुवा सिफारिस गरिएको हो। त्यसमा २६ जना प्रतिस्पर्धीमध्ये…

Read More

काठमाडौं: नेपाल प्रहरीमा कार्यरत एकजना सईसहित २८ कर्मचारी सम्पर्कविहीन बनेका छन्।  केही समयदेखि आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा सम्पर्कमा नआएको भन्दै प्रहरी प्रधान कार्यालयको कानुन शाखाले सोमबार  ७ दिने सूचना निकालेको छ। ७ दिनभित्र स्पष्टीकरणसहित सम्पर्कमा नआएमा प्रहरी नियमावलीअनुसार सेवाबाट हटाउने कार्यालयले जनाएकाे छ।

Read More

काठमाडौं: प्रहरी निरीक्षक (इन्स्पेक्टर) बिनुकुमारी शाही जोडिएको भैँसेपाटीको ‘हनी ट्रयाप’ घटनामा नेपाल प्रहरीका विवादित प्रहरी उपरीक्षक (एसपी) कमल थापामाथि थप अनुसन्धान गर्न जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले निर्देशन दिएको छ। बहालवाला एसपी थापाकै पूरा ठेगाना नखुलेको भन्दै प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले उनलाई जोगाएर अनुसन्धान प्रतिवेदन बुझाएको थियो। तर उनको संलग्नता देखिएको भन्दै थप अनुसन्धान गरेर पूरक प्रतिवेदन पेस गर्न जिल्ला सरकारी वकिल कार्यालयले सीआईबीलाई आइतबार निर्देशन दिएको छ। जिल्ला सरकारी वकिल कार्यालय ललितपुरका प्रवक्ता सहायक जिल्ला न्यायाधिवक्ता भरतकुमार मैनालीले चार जनामाथि थप अनुसन्धान गर्न निर्देशन दिएको बताए। ताज इस्लामले बयानका क्रममा प्रहरी उपरीक्षक कमल थापा, भगवती थापा, अनिसा…

Read More

कञ्चनपुरः जङगली हात्तीले घर भत्काएपछि लालझाडी गाउँपालिका–४ खल्लाजाँइका ठगी कडारा परिवारसहित एक हप्तादेखि छिमेकीको घरमा बस्न बाध्य छन्। घरभित्र राखेको अन्नपात केही हात्तीले खाइदिएको छ। बचेको अन्न, लत्ताकपडा बोकेर उनी छिमेकीको घरमा शरण लिन पुगेका हुन्। ‘दिउँसो घर बारी रेखदेखका लागि आउने गरेका छौँ’, उनले भने, ‘साँझ नपर्दै छिमेकीको घरमा शरण लिन पुग्छौँ।’ हात्तीको बथान अझैै आउने डरले कडाराले एक साताअघिदेखि घरमा बस्न छाडेका छन्।  ‘हात्तीले झण्डै ज्याननै लिएको थियो, धन्न बाँच्नु थियो र बाच्यौँ’, ठगीका श्रीमती पार्वतीले भनिन्, ‘मध्यरातमा घर पछाडिको भित्तो भत्काउन सुरु गरेपछि हात्ती आएको थाहा पायौँ, पूरै घर हल्लाउने गरी भत्काउन थाल्यो, आँगनमा हात्ती पुगेका थिएनन्, भर्खर…

Read More

काठमाडौं: नेपाल प्रहरीका ८ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस भएका छन्। हिजो आइतबार राति ८ जना एसएसपीलाई बढुवा सिफारिस गरिएको हो। आइतबार बेलुका बसेको बढुवा समितिको बैठकले जनपदतर्फ रिक्त ८ डीआईजीमा बढुवाका लागि सिफारिस गरेको बढुवा समितिका सदस्य सचिव एआईजी टेकप्रसाद राईले जानकारी दिए। प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको ब्याचका तीन जना र राष्ट्रिय अनुसन्धान विभागमा भर्ना भएर पछि नेपाल प्रहरीमा ल्याइएको टोलीबाट ५ जना डीआईजीमा बढुवा भएका हुन्। जसअनुसार पहिलो नम्बरमा ध्रुबराज राउत, दोस्रोमा भोलाबहादुर रावल, तेस्रोमा गणेश चन्द, चौथोमा सिद्धिविक्रम शाह, पाँचौमा सुशील सिंह राठौर, छैटौंमा उमाप्रसाद चतुरवेदी, सातौंमा हिमालय…

Read More