Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आलेले ऊर्जामन्त्री शक्ति बस्नेतलाई पटक पटक भन्दा पनि डोटीमा बजेट नहालेकोप्रति आक्रोश व्यक्त गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्री प्रचण्ड र ऊर्जामन्त्रीलाई भन्दा पनि आफ्नो जिल्लामा बजेट नहालेको बताए । उनले डोटीमा सेती नदी र गण्डिगाड खोलाले कटान गरेको जोखिममा रहेको बस्ती र विद्यालयमा बजेट नहालेको भन्दै आक्रो व्यक्त गरेका हुन । उनले भने-डोटी जिल्लाको नाम किताबमै छैन । कतिपय सत्तापक्षका माननीयहरुकोमा बजेट परेको होला । म अनुरोध गर्न चाहन्छु, यो जाजरकोटमा बजेट कमै भएको रहेछ माननीय शक्ति बस्नेतकोमा । तपाईंहरुको कटौती गरेर पनि दिइदिनुस् । मन्त्री एउटा जिल्ला, पालिकामा मात्रै…

Read More

काठमाडौं : प्रमुख प्रतिपक्ष दल कांग्रेसका सांसद एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले प्रहरीमा जथाभावी सरुवा आतंक फैल्याएको भन्दै आपत्ति जनाएका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै उनले सो कुरा बताएका हुन् । सांसद केसीले प्रहरी ऐन विपरीत प्रहरीहरुको जथाभावी सरुवा किन गर्नुप¥यो ? भनी गृहमन्त्री लामिछानेलाई प्रश्न पनि गरे । गृह मन्त्रालयको सय दिनमा गृहमन्त्री लामिछानेले सुरक्षा अंगहरुको चेन अफ कमाण्ड नै ब्रेक गर्ने खालको…

Read More

काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सुदूरपश्चिम प्रदेश सभामा संसदीय दलको नेता पुनः खगराज भट्टलाई नै बनाउन निर्देशन दिएका छन्। माओवादीका सबै प्रदेशका माननीयहरुलाई काठमाडौं बोलाएर गरिएको बैठकमा पार्टी स्थायी कमिटी सदस्यसमेत रहेका भट्टलाई दल नेतामा पुर्नस्थापित गर्न निर्देशन दिएका हुन्। बैठकमा सहभागी प्रदेश सभा सदस्य शिवसिंह ओलीले प्रचण्डले दल नेता भट्टलाई बनाउनु भनेर निर्देशन दिएको महेन्द्रनगरपोष्टलाई जानकारी दिए। यस्तै हालै पार्टीको तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरुलाई भने फिर्ता नबोलाएर यथावत राख्न प्रचण्डबाट निर्देशन आएको उनले बताए। आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुदूरपश्चिमका सबै सासंदहरुलाई बोलाएर उनले यस्तो निर्देशन दिएका हुन्। यस अगाडि सुरुमा दल नेता रहेका…

Read More

काठमाडौं : सरकारमा मन्त्री सहभागिताको विषयमा दुई समुहमा विभाजित सुदूरपश्चिमका नेकपा माओवादी केन्द्रका सांसद काठमाडौंमा छलफलमा जुटेका छ्न । सुदूरपश्चिम प्रदेशमा नेकपा माओवादी केन्द्र संसदीय दलको विवाद चर्किदै गएपछि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफलमा जुटेका हुन । सुदूरपश्चिममा नेकपा माओवादीबाट सुदूरपश्चिम सरकारमा मन्त्री सिफारिस गरेपछि पार्टीभित्र विवाद बढदै गएपछि प्रचण्डले उनीहरुलाई काठमाडौं बोलाएका थिए । सुदूरपश्चिममा सभामुख बाहेक माओवादीका १० जना सांसद छन् । संसदीय दलभित्र कुनै सल्लाह नगरेर मन्त्री सिफारिस गरेको भन्दै तत्काल मन्त्री नियुक्त नगर्न पाँच सांसदले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।सांसद खगराज भट्ट, झपट साउद, शिव ओली, रमेश धामी र जानकी…

Read More

बैतडीः बैतडीमा भिरबाट लडेर एक युवतीको मृत्यु भएको छ। जिल्लाको सिगास गाउँपालिका-९ चौखामकी १९ वर्षीया महेश्वरी विकको घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो। सोमवार साँझ घर नजिकै घाँस काट्न गएकी विकको भिरबाट लडेर घटनास्थलमै मृत्यु भएको ९ नम्बर वडाका वडा अध्यक्ष कृष्ण धामीले बताए। महेश्वरी उदय मावि गन्सुरमा कक्षा ९ मा अध्ययनरत थिइन्। 

Read More

धनगढी: बैतडीको पाटन नगरपालिका–६ का ४५ वर्षीय वीरभानसिंह विष्टको हत्याको आरोपमा तीनजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पाटन–६ की २६ वर्षीया भागरथी विष्ट, पाटन–१ का २२ वर्षीय राजेन्द्र भट्टराई र २३ वर्षीय किशोर भट्टराई रहेको प्रहरीले जनाएको छ। भागरथीलाई घरबाटै, राजेन्द्र र किशोरलाई भागिरहेका अवस्थामा डडेल्धुराको भत्काडाबाट पक्राउ गरिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ नायब निरीक्षक भूपाल थापाले जानकारी दिए। तीन दिनदेखि बेपत्ता रहेका वीरभानको शव प्लास्टिकले बेरेको अवस्थामा सोमबार दिउँसो पाटन–पञ्चेश्वर सडकखण्ड अन्तर्गत घाङल खोलामा भेटिएको थियो। मृतक विष्ट असार १ गतेदेखि सम्पर्कविहीन थिए। विष्टलाई बेपत्ता पारेको भन्दै आफन्तले सोमबार इलाका प्रहरी कार्यालय पाटनमा भागरथीको नाममा उजुरी दिएका थिए।…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशको ‘स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र’ कैलालीले मिलेमतोमा अनियमितता हुनेगरी खरिद प्रक्रिया अगाडि बढाएको बोलपत्र नै रद्द गरिएको छ। हिजो (सोमबार) उक्त विवादित बोलपत्र नै रद्द गरिएको जानकारी दिइएको छ। तत्कालीन समयमा झपट साउद सुदूरपश्चिमका  सामाजिक विकास मन्त्री रहेका बेला आपूर्तिका तत्कालीन हाकिम डा. निरज अर्यालले सो खरिद प्रक्रिया अगाडि बढाएका थिए। करिब १० करोडमा ६१ वटा अल्ट्रासाउन्ड मेसिन (ह्याण्ड क्यारी पोर्टेबल युएसजी मेसिन) र १० करोडमा निमोनियाको भ्याक्सिन खरिद गर्नेगरी टेन्डर आह्वान गरिएको उक्त विषयमा हालका सामाजिक विकासमन्त्री एवं तत्कालीन सामाजिक विकास समिति सदस्य ओम विक्रम भाट सरलले त्यतिबेलै विरोध जनाएका थिए। भाटले सो खरिद प्रक्रिया अन्तर्राष्ट्रिय मापदण्डअनुसार…

Read More

बैतडीः बैतडीको वीरभान हत्या प्रकरणका थप २ जना पक्राउ परेका छन्। बैतडीको पाटन नगरपालिका–६ का ५१ वर्षीय वीरभान सिंह विष्टको हत्याको आरोपमा प्रहरीले थप २ जनालाई डडेल्धुराबाट पक्राउ गरेको हो। प्रहरीले घटनापछि भागिरहेका पाटन नगरपालिका–१ का २२ वर्षीय राजेन्द्र भट्टराई र २३ वर्षीय किशोर भट्टराईलाई डडेल्धुराको भत्काडाबाट पक्राउ गरेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ नायब निरीक्षक भूपाल थापाले जानकारी दिए। यसअघि प्रहरीेले हत्या आरोपमा पाटन नगरपालिका–६ की २६ वर्षीया भागरथी विष्टलाई पक्राउ गरिसकेको छ। २६ वर्षीया भागरथी विष्टले पुरुषको हत्या गरेको स्वीकार गरेकी हुन्। भागरथीले ती पुरुषको हत्या गरेर शव व्यवस्थापन गर्न एक अटो चालकलाई जिम्मा दिएको बयान समेत दिएकी थिइन्। भागरथी सहस्त्रलिङ्ग…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डीआईजी) रविन्द्र केसीले जिल्ला प्रहरी कार्यालय बाजुराको अनुगमन तथा निरीक्षण गरेका छन्। अनुगमनको क्रममा डीआईजी केसीले दैनिक रुपमा सम्पादित हुने काम कारवाही र सेवा प्रवाहको बारेमा गहन जानकारी लिए। डीआईजी केसीले अपराध अनुसन्धान शाखा, महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र, कार्य शाखा, सामुदायिक शाखा, प्रशासन शाखा, प्रवन्ध शाखा, हिरासत कक्ष, प्रहरी परिचालन कक्ष, तथा ब्यारेकको पनि निरीक्षण गरे। निरीक्षणको क्रममा उनले प्रहरी कार्यालयहरूको भौतिक संरचना, जनशक्ति व्यवस्थापन तथा प्रहरी गतिविधिहरूको अवलोकन गरे। निरीक्षणको क्रममा डीआईजी केसीले प्रहरी कानुन कार्यान्वयनमा सदैव प्रतिबद्ध रहन र सर्वसाधारण नागरिकहरूसँग नरम र सहयोगी व्यवहार…

Read More

बैतडी:   तीन दिनदेखि बेपत्ता बैतडीको पाटन नगरपालिका –६ का वीरभान सिंह बिष्टको शव फेला परेको छ । ५१ वर्षीय बिष्टको सोही वडाको पाटन पञ्चेश्वर सडकखण्डअन्तर्गत पर्ने घानल खोलामा सोमबार दिउँसो सवा दुई बजे शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी दीपक गिरीले जानकारी दिए । हत्या गरी काँचले बेरेर फालेको अवस्थामा शव फेला परेको उनले बताए । असार १ गते शनिबार उनी सम्पर्कविहीन थिए । उनलाई बेपत्ता पारेको भन्दै बिष्टका आफन्तले सोमबार इलाका प्रहरी कार्यालय पाटनमा सोही वडाकै २६ वर्षीय महिला भागरथी बिष्टको नाममा उजुरी दिएका थिए । त्यसपछि लगत्तै उनलाई प्रहरीले घरबाटै नियन्त्रणमा लिएको थियो ।…

Read More