कैलाली-भारतको उत्तरप्रदेशको शाहजापुराका ४२ वर्षीय कुलदीप गुप्ता २१ फागुनमा धनगढी पुगे। श्रीमतीसँग झगडा भएर भारतबाट नेपाल आएका गुप्ता त्यो रात धनगढी उपमहानगरपालिका–८ स्थित आफ्नो कान्छो भाइ सुनिल गुप्ताको घरमा बसे। केही बर्षदेखी शिवपुरीधामनजिकै डेरा गरी आफ्नो जोहो गर्न सामान्य काम गर्दै आएका थिए। कोरोना महामारीको समयमा परिवारसहित भारत गएका उनी पछि पुनः रोजगारीका लाागि फेरी धनगढी फर्किए। गुप्ता २२ फागुनमा काम खोज्दै निस्किए। धनगढीकै एक आइसक्रिम उद्योगमा काम गर्न थाले।दिनभरि आइसक्रिम बेचेर बेलुका ज्याला लिएर आफन्तको घरमा फर्किएका गुप्ता धनगढीको अदालत रोडनजिक आफन्तको घरमा गए। त्यहाँबाट राति नै निस्किएका उनको अर्को बिहान शव फेला पर्यो। एक सातादेखि उक्त विषयमा अनुसन्धान…
Author: महेन्द्रनगर पोष्ट
काठमाडाैं -शनिवार देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यता सफा रहने जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। देशको पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाकाे भनाइ छ । गण्डकी प्रदेश, वागमती प्रदेश र प्रदेश १ को एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जारी गरेकाे विज्ञप्तिमा जनाइएकाे छ । महाशाखाका अनुसार हाल देशमा पश्चिमी न्यून चापीय वायूकाे सामान्य प्रभाव रहेकाे छ ।
कैलाली- नेपाली कांग्रेसले स्थानीय निर्वाचन लक्षित एक महिने अभियान आइतबारदेखि सुरु गर्ने भएको छ। ७७ वटै जिल्ला, ७ सय ५३ स्थानीय तह र ६ हजार ७ सय ४३ वटै वडामा हुने ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ अभियानका लागि कांग्रेसका केन्द्रीय नेताहरु जिल्ला पुगेका छन्। केन्द्रीय प्रतिनिधिहरुलाई अभियानको उद्घाटन भन्दा २ दिनअघि नै सम्बन्धित जिल्लामा पुग्न कांग्रेसले निर्देशन दिएको थियो। सोही अनुसार प्रतिनिधिहरु खटाइएको जिल्लामा पुगेका छन्। कांग्रेसको १ महिने अभियान अन्तर्गत मुख्यतः वडा र टोल केन्द्रीत कार्यक्रमहरु हुँदैछन्। अभियान अन्तर्गत टोल समितिहरुको गठन, प्रशिक्षण, नयाँ मतदातालाई तालिम, पार्टीको नेतृत्वमा भएका कामहरुको प्रचार तथा नेकपा नेतृत्वको अघिल्लो सरकारका कामहरुको भण्डाफोर गरिने कांग्रेसले…
दार्चुला-मौलिक जरोकिलो पार्टी सुदूरपश्चिम प्रदेशले भारतले महाकाली नदीको बहाव नेपालतिर फर्काउने गरी तटबन्ध गरिरहेको प्रति गम्भीर आपत्ति जनाएको छ। शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो देशको सीमाना विस्तार गर्ने र नेपालको सीमामा बनाइएको तटबन्धमा क्षति पुर्याई सदरमुकाम लगायत नेपाली भूमि नै डुबाउने उद्देश्यले यस्तो कार्य गरिन लागिएको जनाउँदै सो कार्य तत्काल रोक्नका लागि दबाव दिन नेपाल सरकारसँग माग गरेको छ। दार्चुलाका स्थानीय जनताले बरु भारतको बलमिच्याईविरुद्ध ढुङ्गामुडा प्रहार गरेर प्रतिवाद गर्ने गरेका छन् तर नेपाल सरकार कानमा तेल हालेर बसेको छ। तुइन काटेर जयसिंह धामी बेपत्ता पारियो र भारतको सीमा सुरक्षा बलबाट पटक पटक नेपाली नागरिकले ज्यादति भोग्नुपरेको छ। तर…
दार्चुला-जिल्लाको मार्मा गाउँपालिकामा अगामी चैत्र २७ गते देखि गाउँपालिका स्तरीय आधारभुत तह कक्षा ८ को वार्षिक परीक्षा संञ्चालन हुने भएको छ। शुक्रबार गाउँपालिका स्तरीय उतिर्ण परीक्षा समितिको बैठकले चैत्र २७ गते आइतबार देखि २०७९ साल बैशाख ७ गते सम्म गाउँपालिका स्तरीय आधारभुत तह कक्षा ८ को वार्षिक परीक्षा संञ्चालन गर्ने निर्णय गरेको मार्मा गाउँपालिका शिक्षा शाखा प्रमुख राजेन्द्र प्रसाद जोशीले जानकारी दिए।शिक्षा शाखा प्रमुख जोशीको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो। गाउँपालिकाका सामुदायिक विद्यालयमा परिक्षा संञ्चालन गर्ने गरी तयारी गर्ने पनि भनिएको छ। गाउँपालिकाको शिक्षा समितिले मार्फत नै प्रश्न पत्र तयार गरेर पालिका भित्र रहेका १२ वटा सामुदायीक विद्यालयमा…
दार्चुला-सुदूरपश्चिम कानून समाज काठमाडौंले यही चैत्र १९ गत्ते हुने नेपाल बार एशोसिएशनको केन्द्रीय कार्य समितिको निर्वाचनमा उमेद्धवार दिएका समाजका सदस्यहरुलाई सहयोग गर्ने निर्णय गरेको छ। संस्थाका अध्यक्ष अधिवक्ता प्रताप ठकुराठीको अध्यक्षतमा केन्द्रीय कार्यालय अनामनगर काठमाडौंमा बसेको वैठकले सो निर्णय गरेको हो।समाज सुदूरपश्चिमेली कानून व्यवसायीहरुको हकहितमा काम गर्ने संस्था भएकोले निर्वाचनमा संस्थाका सदस्यहरुलाई विवाद रहित ढंगले आवश्यक सहयोग गर्ने निर्णय गरिएको’ संस्थाका महासचिव अधिवक्ता दीपक राज जोशीले बताए। ‘सहयोग भन्नाले अन्य सहयोग होइन भोट दिएर सहयोग गर्ने भन्ने हो, संस्थाका सदस्यहरुले मागेको बेला सहयोग गर्नु संस्थाको दायित्व पनि हो’, महासचिव जोशीले भने। बारको निर्वाचनमा २५ पदका लागि ७५ जनाले उमेद्धारी दिएका…
काठमाडौँ- बालिकामाथि जबर्जस्ती करणी गरेको आरोप लागेका अभिनेता पल शाहका म्यानेजर कृष्ण जोशी पक्राउ परेका छन्। नाबालिग बलात्कारको विषयलाई तोडमोड गरेको र प्रमाण नष्ट गर्ने प्रयास गरेको आरोपमा उनलाई तनहुँ प्रहरीले पक्राउ गरेको छ। पक्राउ परेका जोशीमाथि घटनाको प्रमाण नष्ट गर्ने प्रयास गरेको आरोप लागेको छ। पीडित पक्षले दिएको उजुरीका आधारमा उनलाई प्रहरीले पक्राउ गरेको हो। जोशीले पीडित बालिकालाई डर–धम्की देखाएको, दुर्व्यवहार गर्न खोजेको र सामाजिक सञ्जालमा जथाभावी अभिव्यक्ति दिएको प्रहरीले जनाएको छ। तनहुँ प्रहरीका अनुसार पल शाह पक्राउ परेपछि जोशीले विभिन्न युट्युब च्यानलमार्फत अभिव्यक्ति दिँदै आएका थिए।
काठमाडौ- सरकारले नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशक पदमा उमेशप्रसाद थानीलाई नियुक्त गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निगमको रिक्त कार्यकारी निर्देशक पदमा उमेशप्रसाद थानीलाई नियुक्त गरेको हो। त्यस्तै, बैठकले वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका, २०७८ स्वीकृत गर्ने, निजामती कर्मचारीका सन्ततिलाई शैक्षिक प्रोत्साहन वृत्ति उपलब्ध गराउने निर्देशिका, २०७८ स्वीकृत गर्ने, औद्योगिक व्यवसाय नियमावली, २०७८ स्वीकृत गर्ने र सार्वजनिक खरिद (एघारौं संशोधन) नियमावली २०७८ स्वीकृत गर्ने निर्णय गरेको छ।
कैलाली-नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीर बहादुर बलायरले प्रदेशमा काँग्रेसको मुख्यमन्त्री बनाउन आफू सभापतिको पदमा आएको बताएका छन्। नेपाली काँग्रेस कैलालीको नव निर्मित बिपी स्मृति भवनको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन्। आम जनताले आफू अब मुख्यमन्त्री बन्न आएको होला भन्ने बुझाइ भए पनि आफू नभई काँग्रेसको मुख्यमन्त्री बनाउन आएको बताए। ‘प्रदेशको सभापति हुने इच्छा थिएन मेरो’, उनले भने, ‘तर कहानी लाग्दो प्रदेशको जुन काँग्रेसको अवस्था भयो। यहाँ मान्छेलाई के लाग्ला मुख्यमन्त्री। म मुख्यमन्त्री नभई यहाँ काँग्रेसको मुख्यमन्त्री बनाउन आएको हुँ। म आफू मुख्यमन्त्री बन्न आएको होइन।’
काठमाडौं – साउदी अरबका विदेश मन्त्री राजकुमार फैसलविन फरान अल साउद नेपाल भ्रमणमा आउने भएका छन्। दुईदिने भ्रमणका लागि ३० फागुनमा आएर १ चैतमा उनी फर्कने भएका छन् । शुक्रबार सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले पत्रकार सम्मेलनमार्फत यो जानकारी दिएका हुन् । नेपाल भ्रमणको अवसरमा दुईपक्षीय वार्ताका लागि परराष्ट्रमन्त्री डा.नारायण खड्काको नेतृत्वमा प्रतिनिधिमण्डल गठन गर्ने, नेपाल र साउदी अरब सरकारको बीच हुने जनरलको अप्रेशन एग्रिमेण्ट बिट्वीन द गभर्मेन्ट अफ नेपाल एण्ड गभर्मेन्ट अफ द किङ्डम अफ द साउदी अरेबियाको मस्यौदा स्वीकृत गरी नेपालको तर्फबाट हस्ताक्षर गर्न परराष्ट्र मन्त्रालयलाई अख्तियारी दिने निर्णय पनि सरकारले गरेको छ ।…