Author: महेन्द्रनगर पोष्ट

दार्चुलाः बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जना पुरुषलाई पक्राउ गरेको छ। प्रहरीले शुक्रबार मालिकार्जुन गाउँपालिका–२ का ५२ वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालयका अनुसार १६ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा पुरुषलाई नियन्त्रणमा लिएको हो। बालिकालाई जबरजस्ती करणी गरेको भन्दै बालिकाको घर, परिवारले प्रहरीमा उजुरी दिएपछि उनलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ। बालिकाको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण भइरहेको छ। पक्राउ परेका पुरुषलाई आइतबार जिल्ला अदालतबाट म्याद थप गरी प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

Read More

धनगढीः कैलालीको धनगढीमा खैरो हेरोइनसहित २ जना युवक पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका-७ मनेहरा सिविरबाट सोही ठाउँ बस्ने २२ वर्षीय नरेश राना र देवरिया बस्ने २८ वर्षीय सेवाराम राना पक्राउ परेका हुन्। उनीहरुलाई २ ग्राम २७० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले फेला पारि पक्राउ गरेको जनाएको छ।

Read More

धनगढीः कैलालीबाट ६ जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको घोडाघोडी नगरपालिका(४ माघी गाउँ स्थित कृष्णबहादुर साउदले सञ्चालन गरेको पसलमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका हुन्। पसल संञ्चालक सोही ठाउँ बस्ने ४८ वर्षीय साउदसहित ६ जनालाई पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ।इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद ३१ हजार ५ सय र १ गड्डी ताससहित पक्राउ गरेको जनाएको छ।

Read More

अछाम: नेकपा एमालेले नेता भीम रावललाई स्पष्टीकरण सोध्ने निर्णय गरेपछि अछाममा नेताकार्यकर्ता आन्दोलित भएका छन्। आइतबार बसेको एमाले सचिवालय बैठकले नेता रावललाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो।सोही निर्णय फिर्ता लिन माग गर्दै साँफेबगरमा नेता रावल पक्षका नेताकार्यकता आन्दोलनमा उत्रिएका हुन्। उनीहरुले नेता रावलको पक्षमा नाराबाजी गरेका थिए। उनीहरुले ‘भगौडा नेता मुर्दाबाद, भीम रावलको स्पष्टिकरण फिर्ताले, प्रदेशको विज्ञप्ति खारेज गर, भीम रावल जिन्दाबाद’, भन्दै नाराबाजी गरेका थिए। लामो समय पार्टी नीतिसँग असहमत राखेर पार्टीको निर्णय र आचरण विपरित विचार राखेको भन्दै पार्टीका पूर्वउपाध्यक्ष रावललाई आइतबारको सचिवालय बैठकले स्पष्टीकरण सोधेको थियो। साथै साँफेबगर नगर कमिटी तथा जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेश कमिटी सदस्यहरु…

Read More

दोधारा चाँदनी: तत्कालीन शुक्लाफाँटा वन्यजन्तु आरक्ष (हालको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज) बाट विस्थापित नागरिकको २३ वर्ष वित्दासमेत पुनःस्थापना हुन सकेको छैन। आरक्ष पीडितलाई पुनःस्थापना गर्नका लागि सरकारले पटक–पटक गरी हालसम्म ३२ वटा आयोग गठन गरिसकेको छ तर विस्थापितको समस्या समाधान हुन भने सकेको छैन। सरकारले गत असोज २ गते विस्थापितको समस्या समाधानका लागि उच्च अदालतका पूर्वन्यायधीश जयानन्द पनेरुको संयोजकत्वमा ६ सदस्यीय अधिकार सम्पन्न न्यायिक आयोग गठन गरेको छ। तर विस्थापित आफूहरु पुनःस्थापना हुनेमा विश्वस्त भने छैनन्।  ढक्का शिविरमा बस्दै आएका सरेराम लोहारको रौतेली बिचवामा अढाइ बिघा जमिन थियो । विसं २०३८ मा बैतडीबाट बसाइँ सरी कञ्चनपुरको रौतेलीविचवा आएका लोहार विस्थापित भएपछि…

Read More

धनगढी: सांसद प्रेम आलेले आफूले नेकपा एकीकृत समाजवादी पार्टी छाडिसकेको बताएका छन्। नेकपा एस छाडिसकेको भन्दै अहिले आफू तटस्थ रहेको उनले बताए। आलेले भने, ‘म अहिले एमालेमा पनि जाँदिनँ, कांग्रेसमा पनि जाँदिनँ । नेकपा एस छाडिकेको छु।’

Read More

धनगढी । नेपाल प्रिमियर लिग (एनपीएल) का लागि फ्रेन्चाइज टिम सुदूरपश्चिम रोयल्सले पहिलो विदेशी खेलाडी अनुबन्ध गरेको छ।  सोमबार सुदूरपश्चिम रोयल्सले पहिलो विदेशी खेलाडीका रूपमा स्कटल्याण्डका ब्याटिङ अलराउन्डर ब्रान्डन म्याकमुलेनलाई टिममा भित्र्याएको जानकारी दिएको हो। २५ वर्षीय ब्रान्डनले टी-२० आईका १६ खेलमा ४९७ रन बनाएका छन्। २२ ओडीआई खेलमा ब्रान्डनले ७२१ रन जोडेका छन्।  २२ ओडीआई खेलमा ३० विकेट लिँदा टी-२० आईका १६ खेलमा २ विकेट लिएका छन्। ब्रान्डनले टी-२० आईमा सन् २०२३ जुलाई २० मा जर्मनीविरुद्ध डेब्यु गरेका थिए। सुदूरपश्चिम रोयल्सका मार्की खेलाडी नेपाली राष्ट्रिय टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरी हुन्। सुदूरपश्चिम रोयल्सले प्रशिक्षकमा भने नेपाली राष्ट्रिय टिमा पूर्वप्रशिक्षक जगत टमाटालाई…

Read More

बाजुरा: बडीमालिका नगरपालिकामा अरिङ्गालको टोकाइबाट गम्भीर घाइते एक जनाको उपचारका क्रम गएराति मृत्यु भएको छ। असोज २५ गते अरिङ्गालले टोकेर घाइते सोही नगरपालिका- ५ मनाका ६० वर्षीय डम्मबहादुर साउदको मृत्यु भएको हो। भारतको मुम्बइ सेन्टरस्थित नायर अस्पतालमा उपचारका क्रममा दश दिनपछि साउदको मृत्यु भएको आफन्त नरेन्द्र थापाले बताए। असोज २५ गते घरबाट करिब आधा घण्टाको दूरिमा पर्ने पान्लोटे भन्ने ठाउँमा रहेको भैँसी गोठ(छानो) नजिकै अरिङ्गालले बनाएको घार भत्काउन खोज्दा टोकेर उनी गम्भीर घाइते भएका थिए। उपचारका लागि जिल्ला अस्पताल बाजुरा हुँदै प्रादेशिक अस्पतालमा सम्भव नभएपछि उनलाई भारत लगिएको थियो।सोही घटनामा स्थानीय ६५ वर्षीय अङ्गे बडुवालको घटनास्थलमै मृत्यु भएको थियो।

Read More

घोडाघोडी: गत बुधबार बिहान कैलालीको जानकी गाउँपालिका–६ स्थित कैलाशेश्वर सामुदायिक वनभित्र पासोमा परेको अवस्थामा चितुवा फेला पर्‍यो। उद्धार टोलीलाई खबर पनि गरियो। टोली आइपुग्न ६ घण्टा लाग्यो। उद्धारको केही घण्टामै चितुवाको मृत्यु भयो।२०७८ चैत १७ मा घोडाघोडी नगरपालिका–१० तुल्सीपुर सामुदायिक वनमा पासोमा परेको चितुवाको उद्धार नहुँदै मृत्यु भयो। २०७६ वैशाख १५ मा घोडाघोडी नगरपालिका–३ नारायणपुरस्थित थाह्रा र मोहन्याल सामुदायिक वनको सिमानामा चितुवा पासोमा परेको अवस्थामा फेला पर्‍यो । डिभिजन वन कार्यालय नपुरसँग उद्धार गर्ने दक्ष जनशक्ति नभएपछि बर्दिया राष्ट्रिय निकुञ्जको उद्धार टोलीलाई खबर गरियो। उद्धार टोली घटनास्थल पुग्न नपाइ चितुवाको मृत्यु भयो। कैलालीमा पछिल्लो केही वर्षयता पासोमा परेर विश्वकै लोपोन्मुख…

Read More

धनगढी: सुदूरपश्चिम प्रदेशमा यस वर्ष हालसम्म एक हजार १३१ जनालाई ‘स्क्रब टाइफस’ को सङ्क्रमण भएको छ। प्रादेशिक स्वास्थ्य निर्देशनालयका अनुसार जनवरीदेखि अगस्तसम्म सो सङ्ख्यामा ‘स्क्रब टाइफस’ को सङ्क्रमण भएको हो। पछिल्ला दुई महिनामा मात्रै कुल सङ्क्रमितको आधाभन्दा बढी व्यक्तिलाई ‘स्क्रब टाइफस’ भएको निर्देशनालयले जनाएको छ। अगस्तमा सबैभन्दा बढी ३७१ जनालाई यो रोग लागेको थियो।  निर्देशनालयले दिएको जानकारी अनुसार डडेलधुरामा सबैभन्दा बढी ३४७ जना, अछाममा २४४, बैतडीमा १३३, कैलालीमा १२०, दार्चुलामा १०१ जनालाई ‘स्क्रब टाइफस’ सङ्क्रमण भएको छ। त्यस्तै डोटीमा ७४, बाजुरामा ५६, कञ्चनपुरमा ३४ र बझाङमा २२ जनालाई ‘स्क्रब टाइफस’ भएको छ।  जङ्गली मुसामा हुने किर्ना (माइट) को टोकाइबाट मान्छेलाई ‘स्क्रब टाइफस’…

Read More