Author: महेन्द्रनगर पोष्ट

काठमाडौं: कोशी प्रदेशका प्रहरी प्रमुख डीआइजी चन्द्रकुबेर खापुङ छानबिनमा तानिएका छन्। प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले उनीसँग स्पष्टीकरण सोधेका छन्। मोरङका तत्कालीन एसपी नवराज कार्कीले अनलाइन जुवा तथा क्रिप्टोकारोबार गर्ने समूहलाई धम्काएर पैसा असुलेको आरोप छ। त्यससम्बन्धी डिल एसपीका घुमुवाले गरेका थिए। बदनाम रहेका ती घुमुवालाई हटाउन आइजीपीले डीआइजी खापुङलाई पहिले नै भनेका थिए। तर, मोरङमा खटाएको पाइएपछि आक्रोशित भएर आईजीपीले डीआईजी खापुङलाई स्पष्टीकरण मागेका हुन्। र, यो पनि: एसपी कार्कीले २२ लाख घुस लिएको इन्सपेक्टरको बयान, त्यसपछि हेडक्वाटर चलान

Read More

धनगढी: कैलालीमा लागूऔषधसहित चार जना पक्राउ परेका छन्। उनीहरूलाई ४७ ग्राम ७० मिलिग्राम खैरो हेरोइनसहितपक्राउ गरिएको हो। टीकापुर नगरपालिका-२ बिजयनगर बस्ने २३ वर्षीय मखन चौधरी, गोदावरी नगरपालिका-१ अत्तरियामा स्थित चुरे गाउँपालिका वडा नम्बर ३ बस्ने २१ वर्षीय निराजन शाह, धनगढीबाट बैतडी जान लागेको सु.प.प्र.०१ ००१ ज १४३४ नम्बरको जीपमा सवार डोटी जोरायल गाउँपालिका-२ भट्टेखोला बस्ने बर्ष २४ वर्षीय दीपक बिष्ट र २४ वर्षीय गोबिन्द बिष्टलाई पक्राउ गरिएको हो । बिष्ट दुबै जनालाई अस्थायी प्रहरी पोष्ट खानिडाडाबाट खटिगएको प्रहरी टोलीले चेकजाँच गर्दा पक्राउ गरेको हो ।दीपक बिष्टको गोजीबाट कालो पोलिथिनमा बाधेको दुई ग्राम ७९० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको छ।…

Read More

दार्चुलाः भिरबाट लडेर पूर्ववडासदस्यको मृत्यु भएको छ। बुधबार मेलामा घाँस काट्ने क्रममा भिरबाट लडेर उनको घटनास्थलमै मुत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार शैल्यशिखर नगरपालिका–६ का ५० वर्षीय तारासिंह डागाको भिरबाट लडेर मृत्यु भएको हो। डागा साविकको ग्वानी गाविस– ७ नम्बर वडाका २०५४ सालमा एमालेबाट निर्वाचित वडा सदस्य हुन्।

Read More

धनगढीः कैलालीबाट ८ जना जुवाडे पक्राउ परेका छन्। जिल्लाको गोदावरी नगरपालिका–३ मुक्ति शिबिर स्थित जंगलको खुल्ला चौरबाट गोदावरी नगरपालिका–३ मालाखेती बस्ने ४१ वर्षीय जगत सुनारसहित ८ जना पक्राउ परेका हुन्। उनीहरुलाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले नगद ३५ हजार ७७२ र २ गड्डी ताससहित पक्राउ गरी यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

Read More

धनगढीः ‘१२ गाउँ’ फिल्मका निर्देशक तथा नायक विराज भट्ट आज धनगढी आउँदै छन्। उनी ‘१२ गाउँ’ का नायक समेत रहेका छोरा समीर भट्टसँगै बिहीबार धनगढीको एसटिएस सिनेमा हलमा आउन लागेका हुन्। एसटिएस सिनेमा हलमा उनीहरु दुवै जना दर्शकसँगै १२ गाउँ हेर्नेछन्। भट्टले १२ गाउँ फिल्म र आफूलाई टिमलाई माया गर्ने दर्शकहरुलाई भेट्न धनगढी आउन लागेको बताए। सामाजिक संजाल फेसबुकमा भट्टले जन्मथलो धनगढीका दर्शकलाई १२ गाउँ फिल्मलाई माया र सर्पोट गरेकोमा धन्यवाद समेत दिएका छन्। फिल्म रिलिजको दोस्रो हप्तासम्म आइपुग्दा दर्शकको निकै ठूलो साथ र उत्साह पाएको उनको भनाई छ।

Read More

डडेल्धुरा: डडेल्धुराका व्यवसायी खेमसिंंह प्वाली मृत भेटिएका छन्। सोमबारदेखि बेपत्ता रहेका प्वाली बुधबार मृत भेटिएका हुन्। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार ५३ वर्षीय पालीको शव परशुराम नगरपालिका–६ करालीस्थित महाकाली नदीको किनारमा फेला परेको छ। सोमबारदेखि परिवारको सम्पर्कमा नआएपछि उनको खोजी कार्य सुरु गरिएको हो। सो क्रममा प्वालीले लगाएको कपडा परीगाउँस्थित महाकाली नदी किनारमा फेला परेको थियो। घटनास्थलको मुचुल्का उठाएर अनुसन्धान अगाडि बढाइएको डीएसपी श्रेष्ठले बताए।

Read More

धनगढीः सुदूरपश्चिम प्रदेश सरकारले विभिन्न कार्यालयका प्रमुखसहित कर्मचारीको सरुवा गरेको छ। बुधबार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले सचिवस्तरीय निर्णयबाट कर्मचारीको सरुवा गरेको हो। मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले दिएको जानकारीअनुसार इन्जिनियरङ सेवाका चार, वन सेवाका चार, स्वास्थ्य सेवाका एक, प्रशासन सेवातर्फ सातौं र आठौं तहका सात, प्रशासन सेवातर्फ चौथो, पाँचौ र छैठौं तहका २८ गरी ४४ जना कर्मचारीको सरुवा गरिएको हो। खानेपानी तथा सरसफाई डिभिजन कार्यालय डोटीका प्रमुख ग्रिष्म थापाको कैलाली डिभिजनमा सरुवा भएको छ। यस्तै, जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय दार्चुलाका प्रमुख डम्मरप्रसाद धितालको कैलाली डिभिजन, जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय कैलालीका प्रमुख अमरबहादुर पालको डडेल्धुरा, सोही कार्यालयको डडेल्धुरा…

Read More

धनगढीः कैलालीको टीकापुर क्षेत्रमा पछिल्लो समय तस्करी धन्दा मौलाएको बताइएको छ। प्रहरी प्रशासन लचिलो हुँदा टीकापुरका विभिन्न नाकाक्षेत्रमा तस्करी मौलाएको बताइन्छ। यद्यपि प्रहरीले भने तस्करी नियन्त्रणमा चनाखो भएर लागिरहेको दाबी गरेको छ। आजमात्र टीकापुरमा ४ लाख बढी मुल्यको अवैध सामानसहित ६ जना भारतीय नागरिक पक्राउ परेका छन्। जिल्लाको टीकापुर नगरपालिका–८ बटनपुरबाट भारतको लखिमपुर खिरी तिकुनिया गाउँका ३० वर्षीय गुल्ला सिह, ४५ वर्षीय इब्राहिम खान, २१ वर्षीय सुसिल कुमार, २६ वर्षीय अमिल खान, २५ वर्षीय समिर खान र २६ वर्षीय साहिल खानलाई अवैध सामानसहित पक्राउ गरेको प्रहरीले जनाएको छ। उनीहरुलाई ३ लाख ९० हजार ८५० मुल्य बराबरको सुर्तीजन्य पदार्थ, जुत्ता, चप्पल, माला,…

Read More

काठमाडाैं: सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले विपद् प्रतिकार्य कुनै एउटा संस्था वा व्यक्तिको प्रयासले मात्र सम्भव नभई सरोकारवाला निकायहरुको सक्रिय सहभागिता तथा सम्बन्धित सबैको योगदान भएमा मात्र सफल प्राप्त हुने बताएका छन्। २०८१ कार्तिक ७ गते सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारस्थित पृथ्वी हाईवे ट्रमा सेन्टरमा नागढुंङ्गा–मुग्लिङ्ग सडक खण्डमा अवस्थित अस्पतालहरुमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई लक्षित गरी संचालन गरिएको बेसिक लाइफ सपोर्ट एण्ड प्राइमरी ट्रमा केयर तालिम समापन कार्यक्रममा सो कुरा बताएका हुन्। महानिरीक्षक अर्यालले विपद्को समयमा सशस्त्र प्रहरी बल नेपालले राज्यको उपस्थितीलाई सुनिश्चित गर्दै जनताको भरोसाको केन्द्रमा आफूलाई उभ्याउन सफल भएको बताउनु हुँदै विपद् प्रतिकार्य तथा उद्धारमा खटिएका…

Read More

काठमाडौं: एक युवकले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख एआईजी दिपक थापाको नाम र फोटो प्रयोग गरी आतंक मच्चाएको बताइएको छ। फोटो दुरुपयोग गरेर अरुलाई धम्क्याएको आरोपमा एक युवक पक्राउ परेका छन्।  मोरङको विराटनगर महानगरपालिका–१, ठूलो मिल चोक बस्दै आएका ३० वर्षीय हेमकुमार खड्कालाई उक्त अभियोगमा प्रहरीले नियन्त्रणमा लिएको छ। उनले ट्रुकलर नामक एपमा सीआईबी प्रमुख थापाको नाम र फोटो प्रयोग गरी विभिन्न वित्तिय संस्था तथा व्यक्तिलाई आफू ब्युरोको कर्मचारी भन्दै फोनबाट धाकधम्की दिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ।  जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले उनलाई हिजो पक्राउ गरेको हो। खड्कामाथि आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको…

Read More