धनगढीः कैलालीको टीकापुर क्षेत्रमा पछिल्लो समय तस्करी धन्दा मौलाएको बताइएको छ। प्रहरी प्रशासन लचिलो हुँदा टीकापुरका विभिन्न नाकाक्षेत्रमा तस्करी मौलाएको बताइन्छ। यद्यपि प्रहरीले भने तस्करी नियन्त्रणमा चनाखो भएर लागिरहेको दाबी गरेको छ। आजमात्र टीकापुरमा ४ लाख बढी मुल्यको अवैध सामानसहित ६ जना भारतीय नागरिक पक्राउ परेका छन्।
जिल्लाको टीकापुर नगरपालिका–८ बटनपुरबाट भारतको लखिमपुर खिरी तिकुनिया गाउँका ३० वर्षीय गुल्ला सिह, ४५ वर्षीय इब्राहिम खान, २१ वर्षीय सुसिल कुमार, २६ वर्षीय अमिल खान, २५ वर्षीय समिर खान र २६ वर्षीय साहिल खानलाई अवैध सामानसहित पक्राउ गरेको प्रहरीले जनाएको छ।
उनीहरुलाई ३ लाख ९० हजार ८५० मुल्य बराबरको सुर्तीजन्य पदार्थ, जुत्ता, चप्पल, माला, साईकलसहित पक्राउ गरेको हो। यस्तै धनगढी उप– महानगरपालिका–४, १२ र १५ बाट अन्दाजी ७४ हजार ९८० मुल्य बराबरको कपडा, किरानाका सामान र बच्चाका खेलौना बरामद गरिएको छ।
बरामद गरेको भन्सार छलिको सामान र पक्राउ परेकालाई कारबाहीका लागि भन्सार कार्यालय पठाइएको छ।