Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शपथग्रहण गर्ने समारोहमा सहभागी हुने सिलसिलामा आज अपराह्न भारतको राजधानी नयाँदिल्ली पुगेका छन् । प्रधानमन्त्री दाहाललाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय सरकारका विशेष प्रतिनिधिले स्वागत गरेको दिल्लीस्थित विदेश मन्त्रालयले जनाएको छ । तेस्रो कार्यकालका लागि भारतीय जनता पार्टीका नेता मोदीले आज साँझ भारतको प्रधानमन्त्री पदको शपथ लिने कार्यक्रम छ । शपथ समारोहपछि प्रधानमन्त्री दाहाल र उनका समकक्षी मोदीबीच आजै साँझ भेटवार्ता हुने कार्यक्रम रहेको नयाँदिल्लीस्थित नेपाली राजदूतावासले जनाएको छ । प्रधानमन्त्री प्रचण्डका साथमा उनकी स्वकीय सचिव गङ्गा दाहाल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरी, परराष्ट्र सचिव सेवा लम्साललगायत…

Read More

काठमाडौं : सुनसहित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा मोरङ केराबारी गाउँपालिका–९ बस्ने ३१ वर्षीय सरोज कोइराला, रौतहट कटहरिया नगरपालिका–६ बस्ने २४ वर्षीय मोहम्मद इन्तेयाज आलम, सप्तरी सुरुङ्‍गा नगरपालिका–५ बस्ने २१ वर्षीय मोहमद अरमान र सप्तरी खडक गरपालिका–६ बस्ने ३७ वर्षीय ज्याउदिन मिया रहेका छन । उनीहरुलाई दुई फरक–फरक घटनामा प्रहरीले पक्राउ गरेको हो । भन्सार छली अवैध रूपमा संकलन गरी लैजान लागेको करिब २५ ग्राम सुनको सिक्रि, करिब ६९ ग्राम ९९ मिलिग्राम सुनको काँचो डल्लोसहित कोइराला र आलमलाई प्रहरीले पक्राउ गरेको हो । कतार एयर उडानद्वारा नेपाल आएका कोइरालाले भन्सार छली ल्याएको उक्त धातु…

Read More

काठमाडाैँ : दैलेख र अछामको सिमा क्षेत्रको झोलुङ्गे पुलमा करिब ४ घण्टादेखि अडकिएका १४ खच्चरमध्ये ८ खच्चरको सकुशल उद्धार भएको छ । अछामको पञ्चदेवल विनायक नगरपालिका ९ बाट दैलेखको आठबिस नगरपालिका ४ खिड्कीज्युला बजारमा दैनिक उपभोग्य वस्तु ढुवानी गर्न जाँदै गर्दा झोलुङ्गे पुलको लठ्ठा चुँडिदा पुलमै अडकिएका खच्चरमध्ये ८ वटाको उद्धार भएको हो ।  आइतबार बिहान करिब साढे नौ बजेदेखि अडकिएका ७ खच्चडलाई पुलको जाली काटेर खोलामा झारेर उद्धार गरिएको दैलेखका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए । ‘अडकिएकामध्ये एक खच्चरको बिहानै उद्धार भएको थियो । बाँकी १३ खच्चरमध्ये ७ खच्चरलाई पुलको एकातर्फको जाली काटेर खोलामा झारेर उद्धार गरेका…

Read More

काठमाडौं: नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीद्वारा एकिन्द्र कुँवर सम्मानित भएका छन्। उनलाई हिजो राजधानीमा आयोजित एमाले पर्यटन विभागको कार्यक्रममा सम्मान गरिएको हो। महाराजगञ्जस्थित अमेरिकी राजदूतावास नजिकैको रोयल दरबार रेष्ट्रोमा एमाले नेता भीम आचार्य प्रमुख रहेको पर्यटन विभागले पुस्तक विमोचन तथा सम्मान कार्यक्रम आयोजना गरेको थियो। सोही कार्यक्रममा कुँवरलाई ओलीले सम्मान गरेका हुन्। ओलीले मस्टो आउटडोर्स प्रालिका संचालकसमेत रहेका कुँवरलाई नेपालको राफ्टिङ पर्यटनमा महत्वपूर्ण योगदान गरिरहेको भन्दै सम्मान गरेका हुन्। सम्मानपछि कुँवरले प्रतिक्रिया दिदै आफ्नो फेसबुकमा-भ्रममा नपर्नुहोला फेसबुकमा ओली प्रवृतीको रचनात्मक आलोचना गरेबापत होइन, नेपालको राफ्टिङ पर्यटनमा महत्वपूर्ण योगदान गरिरहेको मस्टो आउटडोर्स प्रालिको संचालकका हैसियतले अध्यक्ष कम्रेड ओलीबाट सम्मान पत्र…

Read More

धनगढी : कर्णाली नदीमाथिको झोलुंगे पुलमा आइतबार बिहान फसेका खच्चडहरूको उद्धार कार्य जारी छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थानीय बासिन्दाको समेत सहयोगमा पुलमा फसेका खच्चड उद्धार गरिरहेका छन्। अछामबाट चामल लिन दैलेखको आठबीस नगरपालिकाको राकम बजार आउँदै गरेका १३ वटा खच्चर पुलमा फसेका थिए। अछामका निमित्त प्रमुख जिल्ला अधिकारी गणेश कोइरालाका अनुसार ती खच्चडहरू अछामबाट चामल लिन दैलेख आउँदै गर्दा पुलमा फसेका थिए। ‘नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई पुलमा फसेका खच्चड उद्धार गर्न परिचालन गरिएको छ,’ उनले भने, ‘विकट स्थान र घटनाबारे आज बिहान ११ बजेमात्रै खबर आइपुगेको थियो।’ अछामको पञ्चदेवल नगरपालिका र दैलेखको आठबीसलाई जोड्ने कर्णाली नदी…

Read More

काठमाडौं: नेपाली सेनाका एक जना पूर्व जर्नेलमाथि बलात्कारको आरोप लागेको छ।केही समयअघि मात्र अवकाश पाएका जर्नेल ईश्वरकुमार श्रेष्ठमाथि सो आरोप लागेको हो। श्रेष्ठले आफूमाथि पटकपटक जबरजस्ती करणी गरेको भन्दै पीडित उमादेवी खत्रीले प्रहरीमा जाहेरी पनि दिएको बताइएको छ। उनले जिल्ला प्रहरी परिसर, टेकुमा जाहेरी दिएको लामो समय बितिसक्दासमेत प्रहरीले उनलाई कारबाही नगरेको बताइन्। यस्तै उनले प्रहरी र जर्नेलविरुद्ध आज रिपोर्टर्स क्लबमा दिउँसो २ बजेदेखि पत्रकार सम्मेलन गर्ने पनि जनाएकी छन्। जर्नेल श्रेष्ठले कलाकार एवं निर्माण व्यवसायी खत्रीलाई अभिभावकत्व निर्वाह गर्ने भनेर शारीरिक सम्बन्ध राख्दै छोडेको बुझिएको छ। जर्नेलले गत कात्तिकमा उनले अन्तिम पटक जबरजस्ती करणी गरेको उनले बताएकी छन्।

Read More

काठमाडौं : नेपाली बजारमा सुनको मूल्य ह्रवातै घटेको छ । साताको पहिलो दिन आज सुन तोलामा ४ हजार रुपैयाँले घटेको हो ।  शुक्रबार प्रतितोला एक लाख ४५ हजारमा कारोबार भएको छापावाला सुनको मूल्य घटेर आज १ लाख ४१ हजार निर्धारण भएको छ । यस्तै तेजाबी सुन आज १ लाख ४० हजार ३ सय रुपैयाँ तोकिएको छ। चाँदीको मूल्य भने तोलामा ७५ रुपैयाँले बढेको छ। शुक्रबार एक हजार ९ सयमा कारोबार भएको चाँदी आज एक हजार ८सय २५मा बिक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

Read More

धनगढी: अछामको पञ्चदेवल नगरपालिका वडा नं ९ कालेकाँडा र दैलेखको आठवीस नगरपालिका वडा नं ४ खिड्कीजिउला जोड्ने पुल चुँडिएपछि आवतजावत अवरुद्ध भएको छ। आज (आइतबार) पुल चुँडिएकोमा आवतजावत अवरुद्ध भएको हो। प्रहरीका अनुसार पुलको लठ्ठा चुँडिएपछि ढुवानीको सामान बोकेका १४ वटा खच्चर पुलमा च्यापिएका छन् भने आवत जावत पनि पूर्ण रुपमा ठप्प छ। अहिले जिल्ला प्रशासन कार्यालय दैलेखले फसेका खच्चरहरूको उद्धारको तयारी थालेको जनाएको छ।

Read More

विराटनगर : मोरङको विराटनगरमा विद्यार्थीले सरकारी गाडी जलाइदिएका छन् । रङ्गेली नगरपालिकाका कार्यवाहक मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका विद्यार्थीको रिहाइको माग गर्दै आन्दोलनमा उत्रिएका विद्यार्थीहरूले प्रदेश योजना आयोगको गाडीमा आगजनी गरेका हुन । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पस अगाडिका विरोध प्रदर्शनमा उत्रिएका विद्यार्थीहरूले सडकमा गुडिरहेको प्रदेश योजना आयोगको को१झ ६४४ नम्बरको गाडीमा ढुंगामुडा गर्दै विद्यार्थीले आगजनी गरेका प्रहरीले जनाएको छ । प्रदेश योजना आयोगका उपाध्यक्ष डा राजेन्द्र अधिकारी चढेको को १ झ ६४४ नम्बरको स्कारपीयो गाडीमा विद्यार्थीहरूले आगजनी गरेका हुन् । केही दिन अगाडि निजी विद्यालयले कानुनविपरीत शुल्क लिइरहेको र शिक्षक छनोटमा मनपरी गरको भन्दै नगरपालिका पुगेका विद्यार्थीले…

Read More

काठमाडौं: युगान्डालाई ३९ रनमै अलआउट गर्दै वेस्ट इन्डिजले आइसिसी टी-२० विश्वकपमा लगातार दोस्रो जित हासिल गरेको छ। आइतबार बिहान सम्पन्न खेलमा वेस्ट इन्डिज १३४ रनले विजयी भएको हो । जितसँगै वेस्ट इन्डिजले समूह सी मा दुई खेलबाट चार अंक जोडेको छ। पहिलो खेलमा वेस्ट इन्डिजले पपुवा न्यूगिनीलाई पाँच विकेटले पराजित गरेको थियो। युगान्डाको यो दोस्रो हार हो। पहिलो खेलमा अफगानिस्तानसँग युगान्डा १२५ रनले पराजित भएको थियो। तर, दोस्रो खेलमा  पुनरागमन गर्दै पपुवा न्यूगिनीलाई तीन विकेटले पराजित गरेको थियो। युगान्डा दुई अंकसहित तेस्रो स्थानमा छ। वेस्ट इन्डिजले दिएको १७४ रनको लक्ष्य पछ्याएको युगान्डाले १२ ओभरमा सबै विकेट गुमाउँदै ३९ रनमात्रै बनाउन…

Read More