Author: महेन्द्रनगर पोष्ट

धनगढी: धनगढीको रारा होटलमा यौनधन्दा हुने गरेको पाइएको छ। धनगढी उपमहानगरपालिका २ मिलनचोकस्थित रारा होटलमा धन्दा हुने गरेको हो। हिजो (शुक्रवार) मात्र सो होटलमा वडा प्रहरी कार्यालय धनगढीका प्रमुख इन्सपेक्टर जनक राज ढुङ्गानाको कमाण्डमा खटिएको टोलीले छापा हान्दा १ जोडी समातिएको थियो। सो होटलबाट अनैतिक क्रियाकलापमा संलग्न होटल साहु कञ्चनपुर कृष्णपुर नगरपालिका ४ का ३३ वर्षीय नरेश ऐर र डडेल्धुरा अमरगढी नगरपालिका घए भएकी वर्ष २५ की गिता केसीलाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ। सो सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Read More

काठमाडौं : नेपाल प्रहरीका २९३ जना प्रहरी जवानहरु सहायक हवल्दारमा बढुवा सिफारिस भएकाम छन् । शुक्रबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका जवानहरुलाई सहायक हवल्दारमा बढुवाका लागि सिफारिस गरेको हो । बढुवाका सिफारिस सूची प्रहरी नियमावली,२०७१ (संशोधन सहित)को नियम २७ को उप-नियम (४) अनुसार प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बढुवा हुनेहरुमा उदय बहादुर सारु, नरेन्द्र यादव, बिनोद अधिकारी, रवि कुमार श्रेष्ठ , अमर बहादुर दरै र सुजन पुलामी मगर लगायतका व्यक्तिहरु रहेका छन् । ahc_7709Download

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले मुख्यमन्त्री नियुक्त भएको ५२ दिनसम्म पनि सरकारलाई पूर्णता दिन सकेका छैनन् । वैशाख ६ गते मुख्यमन्त्रीमा नियुक्त भएको सोडारीले सोही दिन नागरिक उन्मुक्ति पार्टीका कैलाश चौधरीलाई भौतिक पूर्वाधार विकास मन्त्रालयमा र एक सातापछि नाउपाकै टीका थापालाई भूमि व्यवस्था कृषि तथा सहरकारी मन्त्रालयमा नियुक्त गरेका थिए । त्यसपछि मुख्यमन्त्री सोडारीले अहिलेसम्म अन्य कुनै पनि मन्त्रालयमा कुनै पनि सांसदलाई जिम्मेवारी दिएका छैनन् । केन्द्रका मन्त्रालयको भागबन्डा नहुँदा र एमालेले सरकारमा सहभागी नहुने नीति लिँदा मुख्यमन्त्री सोडारीलाई सरकार विस्तारमा सकस भएको हो । एमाले, माओवादी, नेकपा एकीकृत समाजवादी, नाउपा रन्जिता पक्ष र स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री…

Read More

धनगढी : बझाङ बाट एक सुत्केरीको उद्धार गरिएको छ। बित्थडचिर गाउँपालिका ६ की २१ वर्षीया बसन्ती धामीलाई हेलिकप्टरमार्फत उद्धार गरी सुर्खेत लगिएको छ । जिल्ला अस्पताल बझाङका अनुसार जेठ २६ गते बिहान १ बजे सुत्केरी व्यथा लागेर अस्पताल आएकी धामीले ४ बजे तीर शल्यक्रिया गरी बच्चा जन्माएकी थिइन । उनले ३ वर्ष पहिले पनि शल्यक्रिया गरेर बच्चा जन्माएकी आफन्तले बताएका छन् । पहिलेको शल्यक्रियाको समयमा पाठेघर र पिसाब थैली एकै ठाउँमा च्यापिएको रहेछ । यो पटक शल्यक्रिया गर्दा जटिलता देखिएको र रक्तस्राव पनि भए पछि उपचारको लागी राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत सुत्केरी महिला उद्धार कार्यक्रमबाट धामीको उद्धार गरिएको हो…

Read More

काठमाडौँ : आईसीसी टी-२० विश्वकपमा अफगानिस्तानले न्युजिल्यान्डलाई हराएको छ। शनिबार न्युयोर्कमा भएको खेलमा अफगानिस्तालने न्युजिल्यान्डलाई ८४ रनले हराएको हो। जितका लागि न्युजिल्यान्डले १६० रनको लक्ष्य पाएको थियो तर ऊ ७५ रन बनाएर १५.२ ओभरमै अलआउट भएको हो। न्युजिल्यान्डका कप्तान केन विलियम्सनले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए। यसपछि अफगानिस्तानले ६ विकेट गुमाएर १५९ रन बनाएको थियो। अफगानिस्तानका लागि रहमानुल्लाह गुरबाजले ८० र इब्राहिम जद्रानले ४४ रन बनाए।

Read More

धनगढी : सुदूरपश्चिम विश्वविद्यालयले पनि आफू मातहतको आङ्गिक क्याम्पसको अतिक्रमित सयौंँ बिघा जमिन खाली गराउन पहल थालेको छ । सार्वजनिक जग्गा तथा सम्पत्ति संरक्षणलाई तीव्रता दिएसँगै विश्वविद्यालयले आङ्गिक क्याम्पसअन्तर्गतका अतिक्रमित जमिन खाली गराउन पहल थालेको हो । कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालयले टीकापुरमा रहेको टीकापुर बहुमुखी क्याम्पसको तीन सय बिघा जग्गा अतिक्रमण हटाउन पटकपटक अनुरोध गर्दा पनि सुनुवाइ नभएको जनाएको छ । विसं २०६२ मा तत्कालीन टीकापुर विकास समितिले क्याम्पसको स्थापनाका लागि तीन सय ८० बिघा जग्गा उपलब्ध गराएको थियो । सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा.हेमराज पन्तले सार्वजनिक जग्गा एवं सम्पत्तिको संरक्षण र अतिक्रमण खाली गराउने अभियान सञ्चालन भइरहेकाले सरोकार भएका…

Read More

धनगढी : संयुक्त प्रहरी टोलीले सर्लाहीबाट ठूलो परिमाणमा गाँजा बरामद गरेको छ। मधेस प्रदेश प्रहरी कार्यालय, लागू औषध नियन्त्रण व्यूरो जनकपुर, जिल्ला प्रहरी कार्यालय सर्लाही, इलाका प्रहरी कार्यालय लालबन्दी र सशस्त्र प्रहरी बल, नम्बर १० गण सर्लाहीको संयुक्त टोलीले सर्लाहीको लालबन्दी नगरपालिकाक वडा नम्बर-१४ स्थित लंगुर डाँडा भन्ने ठाउँबाट १६ क्विन्टल १२ किलो ८ सय ५० ग्राम गाँजा बरामद गरेको हो। मान्छे नबस्ने गरेको घरमा भन्डारण गरेको अवस्थामा ठूलो परिणाममा गाँजा बरामद गरिएको जिज्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दिपक श्रेष्ठले जानकारी दिए। दुई तले काठको घरमा ठूला ठूला १६ वटा ड्रम र बोरामा भण्डारण गरेर राखेको अवस्थामा गाँजा बरामद गरिएको…

Read More

काठमाडौँ : भारतीय लोकसभा (संसद्‌)मा अल्पमतमा रहे पनि नयाँ सरकारमा भारतीय जनता पार्टी (भाजपा) को पुरानो हैसियत कायम रहनेछ। सत्ता गठबन्धन एनडीएका घटक दलहरूको बैठकबाट यस्तै संकेत प्राप्त भएको भारतीय अनलाइन पत्रिकाले जनाएको छ। भाजपा अध्यक्ष जेपी नड्डाको निवासमा वरिष्ठ नेता अमित शाहको उपस्थितिमा भएको एनडीए बैठकमा टीडीपीलाई तीन, जेडीयूलाई दुई र एलजेपी, एनसीपी, शिवसेना, जनतालाई एकरएक मन्त्री पद दिने सहमति भएको छ। शाहले प्रमुख दलका शीर्ष नेताहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए। जेडीयूसँग भएको बैठकमा बिहारका मुख्यमन्त्री नितिश कुमारका अलावा सञ्जय झा र ललन सिंह पनि उपस्थित थिए। चन्द्रबाबु नायडूसँग दुई सांसद पनि थिए भने अजित पवारसँगै प्रफुल्ल पटेल पनि…

Read More

धनगढी : कञ्चनपुरकाे दक्षिणी क्षेत्रमा सकेट बम फेला परेको छ । बेलौरी नगरपालिका-३ पडाउस्थित स्थानीय भजन रानाको घरको जग खन्ने क्रममा बम फेला परेको हो । रानाको घरको जग खन्ने क्रममा १२ भन्दाबढी सकेट बम फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । द्वन्द्वकालमा माओवादीहरुले राखेको हुनसक्ने बताइएको छ । नेपाली सेनाको डिस्पोजल टोलीले हिजो साँझनै बम निष्क्रिय पारेको छ । सोही क्षेत्रमा केहि दिन अगाडि मात्रै हुलाकी सडकमा बम विस्फोट भएको थियो ।

Read More

काठमाडौं: भारतको उत्तराखण्ड राज्य, जो नेपाल नजिकै छ। नेपालको सीमानाका विभिन्न क्षेत्रबाट जोडिएको यो भारतीय राज्यमा मुख्यमन्त्री (सीएम) छन्, पुष्कर सिंह धामी। धामी उनै मुख्यमन्त्री हुन्, जसको चर्चा अहिले उत्तराखण्डमा मात्र होइन, सारा भारत देशभर छ। चर्चाको कारण हाललाई लोकसभा चुनावी नतिजा र धामीको प्रचारमा पाइएको बढ्दो डिमाण्ड भएपनी उनले उत्तराखण्डमा निकै ठूला र लोकप्रिय कामहरु गरेका छन्। पछिल्लो पटक धामीले आफू आवद्ध भारतीय जनता पार्टीको देशव्यापी चुनावी क्याम्पियन चलाएका थिए। सो चुनावमा भाजपाले स्टार प्रचारकको रुपमा प्रयोग गरेका धामी भारतभर गएर चुनावमा खटिए। उनले देशभर अढाइ सय बढी सभा सम्मेलन गरेको रिपोर्ट छ। उनै पपुलर र सरल मुख्यमन्त्रीको क्षेत्रमा…

Read More