Author: महेन्द्रनगर पोष्ट

बैतडी:   तीन दिनदेखि बेपत्ता बैतडीको पाटन नगरपालिका –६ का वीरभान सिंह बिष्टको शव फेला परेको छ । ५१ वर्षीय बिष्टको सोही वडाको पाटन पञ्चेश्वर सडकखण्डअन्तर्गत पर्ने घानल खोलामा सोमबार दिउँसो सवा दुई बजे शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख डीएसपी दीपक गिरीले जानकारी दिए । हत्या गरी काँचले बेरेर फालेको अवस्थामा शव फेला परेको उनले बताए । असार १ गते शनिबार उनी सम्पर्कविहीन थिए । उनलाई बेपत्ता पारेको भन्दै बिष्टका आफन्तले सोमबार इलाका प्रहरी कार्यालय पाटनमा सोही वडाकै २६ वर्षीय महिला भागरथी बिष्टको नाममा उजुरी दिएका थिए । त्यसपछि लगत्तै उनलाई प्रहरीले घरबाटै नियन्त्रणमा लिएको थियो ।…

Read More

अछाम : पहिरोले सडक पुर्दा साँफे–मार्तडी सडक खण्ड अवरुद्ध भएको छ। सोमबार राति साँफेबगर नगरपालिका–१३ इग्रीखोला नजिकै पहिरो खस्दा सडक अवरुद्ध भएको हो। अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले स्थानीय तहसँगको समन्वयमा अवरुद्ध भएको सडक खुलाउने पहल भइरहेको बताए। सडक अवरुद्ध भए लगत्तै राती नै घुगुरकोट प्रहरी चौकीबाट प्रहरी खटिए पनि जेसिबीले पहिरो पन्छाउनु पर्ने भएकोले राति सम्भव नभएको उनको भनाइ छ। सडक अवरुद्ध भएपछि बाजुरा जिल्ला जाने र बाजुराबाट अन्य जिल्ला जाने यातायात अवरुद्ध भएका छन्।

Read More

काठमाडौँ : आज प्रतिनिधि सभाको बैठक आज बस्दै छ । बैठकमा आज विनियोजन विधेयकका विभिन्न शिर्षक माथिको छलफल जारी रहने छ ।बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । आज तीन मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरुमाथि छलफल हुने ।का विभिन्न शिर्षकमा छलफल हुने संघीय संसद सचिवालयले जनाएको छ । जसमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय रहेका छन् । त्यस्तै आज विनियोजन विधेयकमाथिको छलफल जारी रहने छ । सांसद डा. अमरेश कुमार सिंहले “विनियोजन विधेयक, २०८१ अर्न्तगत गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय…

Read More

काठमाडौं : आज ज्येष्ठ शुक्ल एकादशी अर्थात निर्जला एकादशी, घर–घरमा तुलसीको बीउ राखिँदै छ। वैदिक सनातन धर्मावलम्बीले आ–आफ्नो घरको मठमा आज रोपेको बीउ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन रोपिन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ। यसलाई तुलसी हुकाई बढाई दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ । यो चार महिनालाई चतुर्मास भनिन्छ। चतुर्मासमा स्नान, पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ। निर्जला एकादशीसमेत भनिने भएकाले यसदिन पानीसमेत नपिइ व्रत गर्नाले अभिष्ट फल पाइने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी…

Read More

काठमाडौँ : हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा  पूर्ण बदली तथा बाँकी भूभागमा आंशिक बदली देखि मुख्यतया मौसम सफा रहेको छ। कोशी, मधेस प्रदेश , बागमती र गण्डकी प्रदेशका केही  स्थानहरूमा चट्याङ्ग हित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही  तथा मधेस प्रदेश लगायत बाँकी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम…

Read More

 काठमाडौँ : नेपाल पेट्रोलियम ट्यांकर चालक संघ र सरकारबीच सहमति जुटेको छ। सिंहदरबारस्थित उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पेट्रोलियम ट्यांकर चालक संघ, निगम र मन्त्रालयका पदाधिकारीबीच छलफल भएको थियो।  छलफलपछि १५ दिनभित्र मागहरू पूरा गर्नेगरी ४ बुँदे सहमति जुटेको हो। १५ दिनभित्र प्रतिवेदन पेस गर्नका लागि नेपाल आयल निगमका कार्यकारी निर्देशक (बजार व्यवस्था) को संयोजकत्वमा उद्योग मन्त्रालयका प्रतिनिधि तथा नेपाल पेट्रोलियम ट्यांकर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर र अखिल नेपाल पेट्रोलियम तथा ग्यास श्रमिक संघका प्रतिनिधित्व हुनेगरी उपसमिति बनाइएको छ। १५ दिनभित्र मागहरू पूरा गर्ने सहमति भएसँगै आइतबारदेखि जारी अवरुद्ध अन्त्य हुने जनाइएको छ। छलफलपछि आयोजित पत्रकार सम्मेलनमा आजैबाट बन्द…

Read More

धनगढीः बैतडीमा एक जना पुरुषको हत्या गरेको शिक्षिकाले स्विकार गरेकी छन्। २६ वर्षीया भागरथी विष्टले पुरुषको हत्या गरेको स्वीकार गरेकी हुन्। भागरथीले ती पुरुषको हत्या गरेर शव व्यवस्थापन गर्न एक अटो चालकलाई जिम्मा दिएको बयान समेत दिएकी छन्। उनी पाटन नगरपालिका–६ का ५१ वर्षीय विरभानसिंह बिष्टको हत्या आरोपमा पक्राउ परेकी छन्। भागरथी सहस्त्रलिङ्ग प्राविमा राहत शिक्षिकाको रुपमा कार्यरत छन्। एकल महिला समेत रहेकी उनको बयानपछि प्रहरी टोली शव व्यवस्थापन गर्ने ती अटो चालकको खोजीमा लागेको हो। शव भने नजिकैको खोल्सामा फेला परेको बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले बताए। हत्या गरिएका भनिएका विष्टको शव फेला परेको छ। विष्ट शनिबारदेखि परिवारको…

Read More

बैतडी : बैतडीको पाटन नगरपालिका-६ मा एक पुरुषको हत्या आरोपमा शिक्षिकालाइ प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले करिब ५१ बार्षिय बिरभान सिह बिष्टलाई शिक्षिकाले हत्या गराएको आरोपमा पक्राउ गरि अनुसन्धान गरिरहेको छ । गाडी चालक बिष्ट शनिबारदेखी परिवारको सम्पर्कमा नभएको आफ्न्तले बताएका छ्न । बिहान स्थानीयले महिलाको घरबाट खेतको आली हुँदै ५ सय मिटर तल सडकसम्म गिसारेर रगताम्य जमिन देखेपछि प्रहरीलाई खबर गरेका थिए । सुरक्षाकर्मी प्ररिचालन गरेर खोजी कार्य भइरहेको छ । ती शिक्षिकाले केही पुरुषको समुह प्रयोग गरेर हत्या गरेको आफ्न्तको आरोप छ । महिलाले केहीको नाम प्रहरीलाई बताएपपछि प्रहरीले फरार रहेका पुरुषहरुलाई पक्राउ गर्न खटीएको स्रोतले बताएको छ…

Read More

काठमाडौं : प्रहरी प्रधान कार्यालयले प्रहरी सहायक हवल्दारहरुको बढुवा तथा पदस्थापन गरेको छ । प्रधान कार्यालयको मानवस्रोत विकास विभागका अनुसार प्रहरी जवानबाट प्रहरी सहायक हवल्दारमा बढुवा सिफारिस भएका २९३ जनालाई बढुवा तथा पदस्थापन गरेको हो ।बढुवा सूचीः Download

Read More

काठमाडौं : करिब ६ किलो सुन र ४८ लाख रूपैयाँ नगदसहित चिनियाँ नागरिक पक्राउ परेका छन्। गएराति काठमाडौंको कपनबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले चिनियाँ नागरिकलाई सुन र नगदसहित पक्राउ गरेको हो। बरामद गरिएको सुन अन्दाजी ६ किलो रहेको र नापजाँच बाँकी नै रहेको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ। सुनको नापजाँच बाँकी रहेकाले सिआइबीले सुन र पक्राउ परेका व्यक्तिबारे प्रहरीले केही खुलाएको छैन।

Read More