धनगढी : दार्चुलाको शैल्यशिखर नगरपालिकाका मेयर विजय सिंह धामीसहित ४ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । मेयर धामीसहित उनका छोरा पुष्कर सिंह धामीसहित चार जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जतीको मुद्दा दर्ता गरिएको हो। अधिवक्ता बीरभद्र जोशीद्वारा दायर उक्त मुद्दामा तीन वर्ष कैद सजायको माग गरिएको छ। अदालतले उनीहरूलाई २१ दिनभित्र हाजिर हुन आदेश दिएको छ। मुद्दामा आरोपित अन्य व्यक्तिहरूमा शैल्यशिखर नगरपालिकाका सवारी चालक सुरेश बिष्ट र लेखा शाखामा कार्यरत रामसिंह धामीसमेत छन्। फराद-पत्र अनुसार, अधिवक्ता जोशीले आफ्नो मानहानी भएको भन्दै उक्त मुद्दा दर्ता गरेका हुन्।
Author: महेन्द्रनगर पोष्ट
काठ्माडौं : नेपाली सेनाको सैन्य पदमा लोकसेवा आयोगद्धारा लिइएको लिखित परीक्षामा अनियमितता गर्ने चार परीक्षार्थी निलम्बनमा परेका छन् । सुरक्षा निकाय तथा संगठित संस्था महाशाखाअन्तर्गत परीक्षा सञ्चालन शाखाले उनीहरुको परीक्षा रद्द गरेको हो । परीक्षाको मर्यादाविपरीत गर्ने उनीहरुलाई एकदेखि दुई वर्षसम्म आयोगबाट सञ्चालन हुने कुनै पनि परीक्षामा सहभागी हुन नदिने निर्णय पनि भएको छ । आयोगका अनुसार बर्दियाका शैलेन्द्र यादव, जाजरकोटका कृष्णबहादुर थापा, सर्लाहीका जगदिशकुमार चौधरी र धनुषाका प्रवेज आलम शेष यस्तो कारबाहीमा परेका हुन् । शैलेन्द्रले परीक्षामा चिट चोरेको, कृष्णले प्रश्नपत्रसहित बाहिर गएर मोबाइलबाट उत्तर सारेको, जगदिशले मूल कापीको अन्तिम पाना रफ गर्न भनी च्यातेको र प्रवेजले क्यालकुलेटर प्रयोग…
काठमाडौं : गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक छिटो पारित गर्न आग्रह गरेका छन्। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै गृहमन्त्री लेखकले भ्रष्टाचार निवारण ऐन संशोधन विधेयक छिटो पारित गरिदिन आग्रह गरेका हुन् । गृहमन्त्री लेखकले विधेयकमा संशोधन गर्ने वा छलफल गर्ने कुरा पहिचान भइसकेको बताए । उनले अब टुङ्गोमा पुर्याउन समितिलाई आग्रह गरे। विधेयकमा दफावार छलफल गरेर छिटो निर्णयमा पुग्न जरुरी भएको गृहमन्त्री लेखकको तर्क छ । तर विधेयक पारित गर्ने या नगर्ने समितिको अधिकार भएको उनले बताए ।
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमन्त्री दिलेन्द्रप्रसाद बडूलाई चिन्दिन भनेको प्रसंगले अहिले चर्चा पाएको छ। हालै अस्ति साउन ३२ गते शुक्रबार बिहान १० बजे टिंकर सडक र मार्मा गाउँपालिकाका पहिरो विस्थापित परिवार पुनःस्थापनाको माग लिएर एक टोलीको साथमा बडू ओलीकोमा गएका थिए। सो टोलीमा कांग्रेस, एमाले र माओवादी केन्द्र तीनवटै पार्टीका जनप्रतिनिधि र नेताहरू थिए। मार्मा गाउँपालिका अध्यक्ष जमनसिंह धामीको संयोजनमा दार्चुलाको प्रतिनिधित्व गर्दै ३५ जना नेता र जनप्रतिनिधि बालुवाटार पुग्दा व्यवस्थापनले १० जनाले मात्रै प्रधानमन्त्रीलाई भेटेर माग राख्न सक्ने बताएपछि उनीहरू भित्र पसेका थिए। भित्र पसेका पूर्वमन्त्री एवं सांसद दिलेन्द्रप्रसाद बडू, एमाले नेता एवं पूर्वमन्त्री गणेशसिंह ठगुन्ना, माओवादी केन्द्रका…
काठमाडौं : काठमाडौंको अनामनगरस्थित नेपाल संगीत उद्योग संघको कार्यालयमा नेपाल प्रहरीको मानव बेचबिखन ब्यूरोले छापा मारेको छ । बुधबार दिउँसो पुगेको प्रहरी टोलीले संघको कार्यालयबाट केही कागजात र कम्प्युटर बरामद गरेको छ । नक्कली कागजात बनाएर मानिसहरुलाई विदेश पठाउने गरेको सूचना पाएपछि अनुसन्धानका लागि ती कागजात र कम्प्युटर बरामद गरेको ब्यूरोले जनाएको छ । संगीत उद्योग संघका पदाधिकारीको रोहबरमा छापा मारेको ब्यूरोका प्रमुख एसएसपी ओम रानाले जानकारी दिए ।
धनगढी : कैलालीको कैलारी गाउँपालिका ५ पुरानो मनिकापुर बस्तीमा कटैनी नदीको बहाव बढेपछि बस्ती डुबानमा परेको छ। लगातारको अविरल वर्षाले बस्तीमा बाढी पसेपछि २४ घरधुरी प्रभावित भएका छन् । जसमा ११६ जना सुरक्षित रूपमा आफ्नै घरको माथिल्लो तल्लामा र केही आफन्तको घरमा बसोबास गरिरहेका छन्। बाँकी ५ घरधुरीका १० जनालाई स्थानान्तरण गरी वडा नं. ५ को कार्यालयमा सुरक्षित रूपमा राखिएको छ। घटनास्थलमा सुरक्षाकर्मी परिचालन गरिएको छ। सीमा प्रहरी चौकी (बीओपी) खोनपुरबाट सशस्त्र प्रहरी नायब निरीक्षक गान्धिप राज स्याङताङको नेतृत्वमा ११ जनाको टोली र इलाका प्रहरी कार्यालय हसुलियाबाट प्रहरी निरीक्षक लोकेन्द्र बहादुर चन्दको नेतृत्वमा ७ जनाको टोली उद्धार र सुरक्षा कार्यमा…
धनगढी : अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी सोमबार दिउँसोसम्म १९० जनाको मृत्यु भएको छ । विपद्मा परी काठमाडौंमा ३, कोशी प्रदेशमा २७, मधेश प्रदेशमा ८, बागमती प्रदेशमा ३२, गण्डकी प्रदेशमा ५६, लुम्बिनी प्रदेशमा ३६, कर्णाली प्रदेशमा १३ र सुदूरपश्चिम प्रदेशमा १५ गरी १९० जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ । मंगलबार नेपाल प्रहरीले जारी गरेको तथ्यांकअनुसार काठमाण्डु उपत्यकामा ११, कोशी प्रदेशमा ३८, मधेश प्रदेशमा १२, बागमती प्रदेशमा २३, गण्डकी प्रदेशमा ४५, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा ५७ र सुदूरपश्चिम प्रदेशमा ३४ गरी २३८ जना घाइते भएका छन्…
धनगढी : भारतीय कम्पनी एनएचपीसीले पश्चिम सेती जलविद्युत आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार पार्न बोलपत्र आह्वान गरेको छ । एनएचपीसीको काठमाडौंस्थित शाखा कार्यालयले आज सार्वजनिक सूचना जारी गरी नेपाली कम्पनीहरुबाट सिलबन्दी बोलपत्र आह्वान गरेको हो । बोलपत्र पेस गर्ने म्याद आगामी सेप्टेम्बर ११ तारिख अर्थात् भदौ २६ गतेसम्म छ । जलाशययुक्त ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत आयोजना डोटी जिल्लामा बन्ने छ । चिनियाँ कम्पनी थ्री गर्जेजसँगको सम्झौता तोडिएपछि अलपत्र पारेको पश्चिम सेती आयोजना तत्कालीन शेरबहादुर देउवा नेतृत्वको सरकारले एनएचपीसी इण्डियालाई दिएको थियो । लगानी बोर्डले २०७९ सालको भदौ महिनामा ७५० मेगावाटको पश्चिम सेती जलविद्युत् आयोजना र ४५० मेगावाटको…
काठमाडौं : प्रहरी प्रधान कार्यालयले इन्सपेक्टरदेखि एसपीसम्मको सरुवा तयारी अघि बढाएको छ । एक वर्ष अवधि पुगेका कार्यालयमा इन्चार्जहरुको हेरफेर हुन लागेको हो । एसपी प्रमुख रहने करिब एक दर्जन जिल्ला हेरफेर हुँदैछ । जसमा कास्की, सुनसरी, कपिलवस्तु, सप्तरी र दाङ जानका लागि चर्को प्रतिस्पर्धा छ । गत चैतमा बढुवा भएका एसपीहरु अहिले जिल्ला जान दौडधुपमा छन् । एसपीहरु ढकेन्द्र खतिवडा, अंगुर जिसी, यादव ढकाल, सन्तोष तामाङ, श्यामबाबु ओलिया,नरन्जनदत्त भट्ट, राजन लिम्बू र विनोद घिमिरे चलखेलमा लागेका छन् । उनीहरुमध्ये एसपी सन्तोष तामाङ खर्च गरेरै तराईको जिल्ला जाने दाउमा लागेको स्रोत बताउँछ । यसअघि रसुवामा कार्यरत रहँदा सुन तस्करीमा समेत…
धनगढी : अछाममा ८ जना जुवाडे पक्राउ परेका छन । जिल्लाको कमलबजार नगरपालिका वडा नम्बर २ को एक घरबाट जुवा खेलीरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । कमलबजार नगरपालिका २ को एक घरमा बुधवार जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई ५१ हजार ९ सय ७५ नगद र २ गड्डी तास सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । जुवाखालबाट स्क्रिन टच मोबाईल ८ वटा र १ थान सादा मोवाईल समेत बरामद गरिएको छ । पक्राउ पर्नेमा कमलबजार ४ का ३७ वर्षका खड्क बिष्ट वर्ष ४५ का मन बहादुर चलाउने,वर्ष ४३ का नरेन्द्र ढकाल, वर्ष २६ का प्रेम नेपाली ,वर्ष ३०…