Author: महेन्द्रनगर पोष्ट

दार्चुला: दार्चुलाको अपिहिमाल गाउँपालिका–२, दैभातका स्थानीयले दुर्गमका समस्या समाधानका लागि सरकारले ध्यान दिन नसकेको गुनासो गरेका छन्। सुन्दर हिमाली गाउँ दैभात पुग्न अपिहिमाल–५, मकरीगाडबाट छ घण्टा उकालो चढ्नुपर्छ। दैभातवासी शिक्षा, स्वास्थ्य, पुल, सडक, यातायात, विद्युत्लगायतका सुविधाबाट वञ्चित छन्।  दैभातका स्थानीय प्रकाशसिंह धामीले भने, “मकरीगाडबाट दैभात पुग्न सडक त टाढाको कुरा खच्चड हिँड्ने घोरेटो बाटोसमेत छैन। करिब एक दिन लाग्ने उकालो पैदलमार्ग मर्मत नगरिदिँदा खाद्यान्न र निर्माण सामग्री ढुवानी गर्न सास्ती भोग्नु परेको छ। भरियामार्फत प्रतिकेजी ६० रुपियाँ तिर्नुपर्ने बाध्यता छ।” “खाने नुन मकरीगाडमा ५० रुपैयाँ प्रतिकेजी पाइन्छ,” उनले भने, “६० रुपैयाँ ढुवानी भाडा तिरेर ११० प्रतिकेजी नुन खानुपर्ने दैभातवासीको बाध्यता…

Read More

काठमाडौँ: मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका डीआईजीद्वय बुद्धिराज गुरुङ र केदार ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई बढुवा गर्ने निर्णय गरेको हो। गुरुङ अख्तियार दुरुपयोग अनुसन्धान आयोग र ढकाल प्रहरी प्रधान कार्यालयस्थित प्रशासन विभागमा कार्यरत छन्।  कार्तिक १४ मा गृह मन्त्रालयका सचिव गोकर्णमणि दवाडी नेतृत्वको बढुवा समितिले उनीहरूलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको थियो।

Read More

काठमाडौं: सशस्त्र प्रहरी बल नेपालका ६ जना डीएसपी र ३२ जना इन्सपेक्टरहरुको सरुवा भएको छ। आज (बिहीबार) उनीहरूको काज सरुवा गरिएको हो। प्रधान कार्यालय हलचोकको मानवस्रोत शाखाले उनीहरूको सरुवा गरिएको जानकारी दिएको छ। जसमा सुदूरपश्चिमका पनि केही अधिकृतहरु परेका छन्। यसपछि अन्य सशस्त्र प्रहरी अधिकारीसहित जुनियर अफिसरको पनि सरुवा गरिने बताइएको छ। सूची

Read More

धनगढीः कैलालीमा पछिल्लो समय चोरी पैठारी तथा तस्करी बढेको पाइएको छ। जिल्लाका विभिन्न नाका क्षेत्रमा पछिल्लो समय तस्करी बढेको पाइएको छ। विशेषगरी धनगढीको जुगेडा, फुलबारी लगायत पूर्वी कैलालीको भजनी, कालाकुन्डा लगायतका नाकाबाट तस्करी गतिविधि बढेको बुझिएको छ। सीमामा तैनाथ सुरक्षाकर्मीको कमजोरीका कारण तस्करी मौलाएकोमा प्रहरीले नाका कटेर आएका तस्करीका सामन बेलाबखत बरामद गर्दै आएको छ। जस अन्तर्गत कैलालीबाट सशस्त्र प्रहरीले १८ लाख बढीको तस्करीको सामान बरामद गरेको छ। बुधवारमात्रै सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण कैलाली मातहतबाट परिचालित टोलीले अन्दाजी १८ लाख ६३ हजार ५ सय ८० मुल्य बरावरको तस्करीको सामान बरामद गरेको हो। जिल्लाको धनगढी उपमहानगरपालिका–१२ ए गाँउ स्थित…

Read More

कञ्चनपुर: स्पा (मसाज सेन्टर) भन्ने बित्तिकै गलत रुपमा लिने बुझाईलाई परिवर्तन गर्दै व्यवसायी नरेन्द्र शाहले परोपकारी कार्य थालेका छन्। कैलाली, कञ्चनपुरसहित देश्का विभिन्न स्थानम स्पा सञ्चालन गर्दै आएका शाहले परोपकारी काम थालेका हुन्। शाहले स्पामार्फत रक्तदान लगायत अन्य सामाजिक गतिविधि थालेको बताए। उनका अनुसार सामाजिक रुपमा प्रभावकारी गतिविधि गर्ने क्रममा महेन्द्रनगरबाट रक्तदान थालिएको छ। अस्तिमात्र उनको कोहिनुर स्पाको आयोजनामा महेन्द्रनगरमा युवा व्यवसायीहरूले रक्तदान गरेका थिए। सो कार्यक्रम धनगढी लगायत अन्यत्र पनि गरिने उनको भनाई छ। जसमा महेन्द्रनगरको बर्गर हाउसले पनि सहकार्य गरेको छ। युवा व्यवसायीहरूले अबकाे व्यवसाय नाफामुखी मात्र नभई समाजिक सेवामुखी पनि हुनुपर्ने कुरामा जोड दिएका छन्।

Read More

काठमाडौं: रातो पासपोर्टबाट बन्चित हुँदै आएका सुरक्षाकर्मीले अब त्यस्तो सुविधा पाउने भएका छन्। सरकारले राहदानी नियमावली संशोधन गर्दै नेपाली सेनाका दुई तारे जर्नेलसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको एआइजी दर्जाका कर्मचारीलाई समेत रातो पासपोर्ट दिने निर्णय गरेको हो। अस्ति आइतबारको क्याबिनेट बैठकले गरेको यो निर्णयपछि दुई दर्जन बढी जर्नेल, नेपाल प्रहरीका सात र सशस्त्रका तीन जना एआइजीले रातो पासपोर्टमा विदेश उड्न पाउने भएका छन्। एआइजीहरुले पहिलेबाटै पाउँदै आएको यो सुबिधा बीचमा काटिएको र अफिसियल राहदानी (नीलो पासपोर्ट) दिने गरिएको थियो।

Read More

बैतडी: दार्चुलाको छाङरुमा खानेपानी पुऱ्याउन प्राविधिक अध्ययन भएको छ। खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बैतडीको प्राविधिक टोली भारतको बाटो हुँदै स्थलगत अध्ययन सकेर फर्किएको हो। दार्चुलाको व्यास गाउँपालिका-१, छाङरुमा खानेपानी पुगाउनका लागि सम्भाव्यता अध्ययन भएको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले जनाएको छ। प्रदेश सरकारको आर्थिक सहयोगमा छाङरुमा रहेका करिब एक सय १० घरधुरीमा खानेपानी पुगाउने लक्ष्य रहेको छ। समुन्द्री सतहबाट ३ हजार २१५ मिटर उचाइमा रहेको छाङरुमा टिङ्कर खोलाको मुहानबाट सौर्य ऊर्जाबाट पानी तान्ने योजना अघि बढेको हो।

Read More

काठमाडौं: न्याय परिषद्ले उच्च र जिल्लाका अदालतका गरी १४ जना न्यायाधीशको सरुवा सिफारिस गरेको छ।  न्याय परिषद्को बिहीबार बसेको बैठकले उच्च अदालका ३ र जिल्ला अदालतका ११ गरी १४ न्यायाधीशको काज र सरुवा सिफारिस गरेको हो। उच्च अदालत जनकपुरका न्यायाधीश किरणकुमार पोखरेललाई उच्च अदालत बिराटनगरको इलाम इजलासमा काज सिफारिस गरिएको छ। त्यस्तै उच्च अदालत तुलसीपुरकी न्यायाधीश रेखा पाण्डेलाई उच्च अदाल बिराटनगरको इलाम इजलासमा काज सिफारिस गरिएको छ। उच्च अदालत सुर्खेत, जुम्ला इजलासका न्यायाधीश राजेन्द्र खरेललाई भने राष्ट्रिय न्यायिक प्रतिष्ठानमा कागजमा खटाउन सिफारिस भएको छ। सरुवा सिफारिस हुने जिल्ला न्यायाधीशहरुमा सोलुखुम्बु जिल्ला अदालतका न्यायाधीश शंकरबहादुर राई, जुम्ला जिल्ला अदालतका न्यायाधीश राजेशकुमार कटुवाल र काठमाडौँ…

Read More

कञ्चनपुर: प्रहरीले कञ्चनपुरबाट चरेससहित एक जनालाई पक्राउ गरेको छ। भीमदत्त नगरपालिका–१७ मझगाउँबाट २ किलो चरेससहित भीमदत्त नगरपालिका–५ वनगाउँका पिउठ बोहरालाई पक्राउ गरिएको हो। बोहराले गाईगोठमा भुसाभित्र लुकाइराखेको अवस्थामा उक्त चरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। बोहराले चरेसको कारोबार गर्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।

Read More

धनगढी: कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ७ बेली पुलमा सुदूरपश्चिम प्रदेश ०१-०११ प ७८९७ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर बुधबार पुलमा ठोक्किदा कैलारी गाउँपालिका ७ रतनपुरका ३४ वर्षीय मनोज चौधरीको मत्यु भएको हो। उनले आफैँ मोटरसाइकल चलाएका थिए। मोटरसाइकल पुलमा ठोक्किदा चौधरी गम्भिर घाइते भएका थिए। उनलाई उपचारको लागि निसर्ग अस्पताल धनगढी ल्याइएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

Read More