Author: महेन्द्रनगर पोष्ट

धनगढी: डडेल्धुरामा खोलामा बगेर एक छात्राको मृत्यु भएको छ। शुक्रबार विहान जिल्लाको पर्शुराम नगरपालिका–८ धनुचेकी करिब १५ वर्षीया छात्रा प्रतिभा धामीको खोलामा बगेर मृत्यु भएको हो। श्री बैजनाथ माध्यमिक विद्यालयमा ट्यूसन पढ्न जाने क्रममा सोही स्थानको जम्रानी खोला तर्ने क्रममा खोलाले बगाएर उनको मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै उता डोटीमा खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छन्। जिल्लाको केआईसिंह गाउँपालिका–४ कार्कीगाँउकी महामति चन्दकी ८ वर्षीय छोरी निर्मला चन्द बेपत्ता भएकी हुन्। गाउँको बायल बजारमा दूध बेच्न जाने क्रममा बालिकालाई बन्ने खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। त्यस्तै डोटीमा पहिरोले च्यापिएर श्रीमान–श्रीमती घाइते भएका छन्। जिल्लाको बड्डीकेदार गाउँपालिका–४…

Read More

काठमाडौं: भलिबलकी कविता भट्टले पिपल्स च्वाइस अवार्ड जितेकी छन्। क्रिकेटका गुल्सन झा, कबड्डीकी मानमति विष्ट, फुटबलकी प्रीति राई र रग्बीका श्रीराम श्रेष्ठलाई उछिन्दै उनले यो अवार्ड जितेकी हुन्। नेपाल खेलकुद पत्रकार मञ्चको पल्सर स्पोर्टस् अवार्ड अन्तरगत पिपल्स च्वाइसको विजेता खेलपत्रकार, राष्ट्रिय प्रशिक्षक, समर्थक र ई-सेवाको भोटिङका आधारमा चयन गरिएको थियो। सुदूरपश्चिमकी भट्टले ५६ प्रतिशत मत पाइन्। कबड्डीकी मानमति दोस्रो, फुटबलकी प्रिति तेस्रो स्थानमा रहे। कविता डडेल्धुराको गन्यापधुरा गाउँपालिका-१ भात्काडाकि हुन्।

Read More

कञ्चनपुरः सुदूरपश्चिम विश्वविद्यालयका प्रशासकीय अधिकृतको करेन्ट लागेर मृत्यु भएको छ। सुदूरपश्चिम विश्वविद्यालयका प्रशासकीय अधिकृत ५८ वर्षीय कृष्णदत्त जोशीको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ। जोशीलाई आज विद्यालयमा करेन्ट लागेको थियो। करेन्ट लागेर घाइते भएका उनको उपचारका क्रममा महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको हो। उनी कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ का बासिन्दा हुन्। उनले ईन्टरनेटको तार काट्ने क्रममा करेन्ट लागेको थियो।

Read More

धनगढी: कैलालीमा लागुऔषध (खैरो हेरोइन) सहित पाँचजना पक्राउ पक्राउ परेका छन्। बिहीबार साँझ ईलाका प्रहरी कार्यालय सडकपुरबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा बर्दगोरिया गाउँपालिका–२, बौनियागाउँ निवासी ४० वर्षीय रामबहादुर चौधरीको घरमा खानतलासी गर्दा लागुऔषधसहित पाँच जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ४० वर्षीय रामबहादुर चौधरी, २९ वर्षीय राधेश्याम डगौरा, २६ वर्षीय रतिराम चौधरी, २४ वर्षीय ज्ञानेन्द्र बिक, र ३० वर्षीय जनक बडुवाल रहेका छन्। उनीहरुको साथबाट ४ ग्राम २१० मिलिग्राम खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ, चारवटा मोबाइल, सादा मोबाइल, डिजिटल तराजु, कैची र नगद ७ हजार ५५० रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। उनीहरूलाई इलाका…

Read More

धनगढी: निरन्तरको वर्षाका कारण पहिरो खस्दा भीमदत्त राजमार्गसहित डडेलधुराका विभिन्न राजमार्ग र ग्रामीण सडक अवरुद्ध भएका छन्। तराईका जिल्लासँग सुदूरपश्चिमका सात पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग र डडेल्धुरा–डोटी जोड्ने केआइसिंह राजमार्ग अवरुद्ध भएका हुन्। जिल्ला प्रहरी कार्यालयका अनुसार भीमदत्त राजमार्गको साहुखर्कमा पहिरो खसेका कारण भीमदत्त राजमार्ग र डडेल्धुराको गन्यापधुरामा पहिरो खसेपछि केआइसिंह राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका हुन्। डोटीको बुडरबाट जोगबुढासम्म पुग्ने सडक पनि पूर्ण रूपमा बन्द छ। आलिताल गाउँपालिकाको सुनखोलामा पहिरो खसेपछि यो सडक अवरुद्ध भएको हो। जिल्ला प्रहरी कार्यालयले सूचना जारी गर्दै पहिरो खस्ने र वर्षा हुने क्रम नरोकिएकाले सुरक्षित रूपमा यात्रा गर्न आग्रह गरेको छ। गए रातिदेखि…

Read More

काठमाडौं: नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर) र सहायक निरीक्षक (असई) सहित ३२० जनाको आवेदन माग गरेको छ। प्रहरी प्रधान कार्यालय मानवस्रोत विभाग, वृत्ति विकास महाशाखा, भर्ना छनौट शाखाले भर्नाका लागि दर्खास्त आह्वान गरेको हो। समावेशी आधारमा मागिएको आवेदनमा ६४ जना प्रहरी निरीक्षक २५६ जना सहायक निरीक्षकको माग गरिएको छ। सूचनामा उल्लेख भएअनुसार योग्य उम्मेदवारले भदौ ३० गते देखि असोज ३० गतेभित्र आवेदन दिन सक्ने नेपाल प्रहरी भर्ना छनौट शाखाले जनाएको छ।

Read More

काठमाडौं: बलात्कारको अभियोग लागेका इन्सपेक्टर विदुर शिवाकोटी धरौटीमा छुटेका छन्। उच्च अदालत, पाटनले उनलाई बिहीबार तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। धरौटी बुझाएर उनी छुटेका छन्। यसअघि जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि कारागार चलान गरेको थियो। आफ्नै घरमा काम गर्न राखेकी बालिकाले इन्सपेक्टर शिवाकोटीमाथि बलात्कारको उजुरी दिएकी थिइन्। ती बालिकालाई काठमाडौं महानगरपालिकाको बाल कल्याण समितिले गत जेठमा उद्धार गरेको थियो। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका कार्यरत रहेका शिवाकोटीले भने अभियोग अस्वीकार गरेका थिए।

Read More

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वसांसद ढाका कुमार श्रेष्ठ लागुऔषध मुद्दामा पक्राउ परेका छन्। कास्की प्रहरीले उनलाई बिहीबार पक्राउ गरेको हो। श्रेष्ठले सञ्चालन गरेको पोखराको दिया फार्मेसीबाट लागु औषध बिक्रि भएको खुलेपछि कास्की प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो। यस अगाडि दुर्गा प्रसाईसँग पैसा मागेको अडियो सार्वजनिक भएपछि उनलाई रास्वपाले सांसदबाट हटाएको थियो।

Read More

धनगढीः कैलालीको गोदावरीमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका–८ बस्ने टेकबहादुर बोहराको ५ वर्षीय छोरा रितिक बोहराको करेन्ट लागेर आज (बिहीवार) बिहान मृत्यु भएको हो। घरमा खेल्ने क्रममा नाङ्गो तारबाट करेन्ट लागेर गम्भीर घाइते भएका बालकको निसर्ग अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

Read More

काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका इन्सपेक्टरविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले प्रहरीको साइबर ब्यूरोका तत्कालीन इन्सपेक्टर बुद्धिप्रसाद सुवेदीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो। साइबर ब्यूरोमा कार्यरत हुँदा सुवेदीले मुद्दा मिलाइदिन्छु भन्दै ९९ हजार घुस लिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए। सुवेदीविरुद्ध आज विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। साइबर अपराध मुद्दाका प्रतिवादीको मुद्दा मिलाइदिन्छु भनेर उनको दाजुसँग ९९ हजार रुपैयाँ लिएको पुष्टि भएको अख्तियारका प्रवक्ता घिमिरेले बताए।

Read More