धनगढी: सुदूरपश्चिम प्रदेशका नवनियुक्त मन्त्री रामेश्वर चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेशको उद्योग पर्यटन वन तथा वातावरणमन्त्रीमा नियुक्त भएका नागरिक उन्मुक्ति पार्टी (नाउपा)का प्रदेशसभा सदस्य चौधरीलाई प्रदेश प्रमुख नजिर मियाँले पद तथा गोपनीयताको शपथ गराएका हुन्। रेशमलाल चौधरी संरक्षक रहेको नाउपाको प्रदेश संसदीय दलले अध्यक्ष रञ्जिता श्रेष्ठको निर्देशनविपरीत ३१ वैशाखमा चौधरीको नाम मन्त्रीका लागि मुख्यमन्त्री कमलबहादुर शाहलाई सिफारिस गरेको थियो। अध्यक्ष श्रेष्ठले कैलाश चौधरीलाई मन्त्री बनाउन संसदीय दल र मुख्यमन्त्री शाहलाई सिफारिस पत्र पठाएकी थिइन्। तर, संसदीय दलले रामेश्वरलाई मन्त्री बनाउन सिफारिस गरेको थियो। १६ चैतदेखि उक्त मन्त्रालय मन्त्रीविहीन थियो। आर्थिक लेनदेनको कान्डमा मुछिएपछि १६ चैतमा उद्योग, पर्यटन,…
Author: महेन्द्रनगर पोष्ट
अछाम: अछाम जिल्लाको चौरपाटी गाउँपालिका–१ का एक पुरुषलाई जबरजस्ती करणी (ज.ज.क.) को आरोपमा प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय अछामका अनुसार परिवर्तित नाम ६९ मंगलसैन ११७ ले मंगलसैनमा बसोबास गर्ने एक महिलामाथि विगत एक वर्षदेखि पटक–पटक जबरजस्ती करणी गर्दै आएका थिए। उनले मिति २०८२ साल वैशाख २८ गते बिहान करिब ११:३० बजे ती महिलालाई कुटपिट गरी डरधम्की देखाउँदै घरभित्र पसेर समेत जबरजस्ती करणी गरेको आरोप लागेको छ। पीडित महिलाले वैशाख अन्तिममा जिल्ला प्रहरी कार्यालय अछाममा जाहेरी दर्ता गराएकी थिइन्। सोही उजुरीका आधारमा प्रहरीको टोलीले जेठ ३ गते अभियुक्तलाई पक्राउ गरी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। हाल…
धनगढी: कञ्चनपुरमा होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। भीमदत्त नगरपालिका–४ स्थित महेन्द्रनगर बजार क्षेत्रमा रहेको पर्बत होटलमा जुवातास भइ रहेको गोप्य सूचनाका आधारमा प्रहरीले छापा मारेको छ। प्रहरी टोलीले होटल सञ्चालक ४० वर्षीय केशव राज जोशीसहित ८ जनालाई २३ हजार ८३५ नगदसहित पक्राउ गरेको जनाएको छ। उक्त छापा जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरबाट खटिएको टोलीले गरेको हो। हाल घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
धनगढी: सुदूरपश्चिम प्रदेश सरकार र आन्दोलनरत स्थानीय तहका कर्मचारीबीच पाँच बुँदे समझदारी भएको छ। सहमतीसँगै स्थानीय तहका कर्मचारीले आन्दोलनका कार्यक्रम स्थगीत गरेका छन्। प्रदेश सरकारले मन्त्रीपरिषद्बाट स्वीकृत भएर प्रदेश सभामा पेश भइसकेको सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विद्येयक अबिलम्ब जारी गर्ने प्रतिबद्धता जनाएको छ। सरकारकातर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका वार्ता समिति संयोजक सुरेन्द्र बहादुर पाल र स्थानीय तह कर्मचारी प्रदेश संघर्ष समितिका तर्फबाट संयोजक झलकबहादुर दौल्याल समेतका प्रतिनिधिबीच पाँच बुँदे सहमती भएको छ। सरकारले ११ जेठमा बस्ने प्रदेश सभाको बजेट अधिवेशनको पहिलो बैठकको कार्यसूचीमा पहिलो प्रस्ताव सुदूरपश्चिम प्रदेश स्थानीय सेवाको…
धनगढी: भारतको दिल्लीमा भएको ठूलो चोरी घटनामा संलग्न भएको आरोपमा पक्राउ परेका ८ जना रिहा भएका छन्। जसमध्ये एकजना हाजिरजमानीमा छुटेका हुन् भने सात जना धरौटीमा रिहा भएका हुन्। प्रहरी स्रोतले दिएको जानकारी अनुसार घटनाको थप अनुसन्धान भने जारी छ। अहिले कैलालीको अत्तरिया, सुखड र धनगढीक्षेत्र भ्याएर लम्कीतिर अनुसन्धान सोझिएको छ। नयाँ तथ्य र मानिस नसमातिएको अवस्थामा जिल्ला अदालत कैलालीले बिहीबार भएको थुनछेक बहसपछि धनगढीको रोविक सुनचाँदी पसलका सञ्चालक रोहित सिजापतीसहितका सात जनालाई धरौटीमा छाडेको थियो। सिजापती र गोदावरीका मिनबहादुर गुरुङ १२/१२ हजार धरौटी बुझाएर थुनामुक्त भएका हुन् भने धनगढीको एसके सुनचाँदी पसलका सञ्चालक सुरेश बर्मा, दिपेन्द्र सोप अछामको मेल्लेख…
धनगढी: नेकपा एमाले सुदूरपश्चिमभित्र दुई नेताको विषय निकै चर्चाको विषय बनेको छ। विषय हो, एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापा र केन्द्रीय सदस्य एवं वर्तमान सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीबीचको मतभेद। उसो त जानकारहरुले थापा र भण्डारीको समधुर सम्बन्ध पहिल्यैदेखि नभएको बताउँदै आएका छन्। तथापी केही समय अगाडि त्यो पुष्टि नै भएको छ। थापाले आफ्नै गृहजिल्ला बाजुराबाट भण्डारीमाथि आर्थिक अपचलनको आरोप लगाएपछि भण्डारीका समर्थकले पनि थापाविरुद्ध आगो ओकलेला छन् भने सामाजिक संजालमा चर्काचर्की परेको देखिन्छ। सोही क्रममा भण्डारीका समर्थकविरुद्ध थापापुत्र नरेन्द्र थापाले पनि आलोचनात्मक विषयवस्तु उठाएका छन्। त्यसो त अचेल थापाले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको…
बैतडी: बैतडीमा युवकद्वारा गरिएको खुकुरी प्रहारबाट दुई महिला घाइते भएका छन्। जिल्लाको पुर्चौंडी नगरपालिका–६, रपनाका २० वर्षीय धनवीर धानुकले शनिबार (जेठ ३) बिहान सोही स्थानका ७० वर्षीया बिखमती धानुक र ६८ वर्षीया दुरोपती धानुकमाथि खुकुरी प्रहार गरेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं इन्स्पेक्टर बलदेव बडूले जानकारी दिए। धनवीरले दुवैजनालाई खुकुरी प्रहार गरी घाइते बनाएका उनले बताए। घाइते बिखमतीको टाउको र दाहिने पाखुरामा चोट लागेको छ। दुरोपतीको बायाँ कानमा चोट लागेको प्रहरीले जनाएको छ। घाइते दुवैजनालाई उपचारनिम्ति डडेलधुरा अस्पताल पठाइएको बैतडी प्रहरी प्रवक्ता बडूले जानकारी दिए। खुकुरी प्रहार गर्ने धनवीरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनका अनुसार, बिखमतीका नाति दिनेश धानुकसँग धनवीरको…
धनगढी: कैलालीको गौरीगंगा नगरपालिका–६ कठौतीस्थित पूर्व–पश्चिम राजमार्गमा अबैध साल जातको काठ बरामद गरिएको छ। प्रहरीकाअनुसार शुक्रबार दिउँसो साढे १२ बजे से १ त ९५१७ नम्बरको ट्याक्टरको ट्रालीको चक्का निस्किएर बिग्रिएपछि सडकको दायाँ साइडमा रोकिएको अवस्थामा ट्रालीभित्र बालुवामा लुकाएर राखिएको साल जातको काठ फेला परेको हो। इलाका प्रहरी कार्यालय चौमला, कैलालीबाट खटिएको प्रहरी टोलीले ट्रालीभित्र लुकाइछिपाई राखिएको ६ थान गोलिया साल काठ (जम्मा ४९.०५ क्युफिट), अनुमानित मूल्य करिब ४९ हजार बराबरको काठ बरामद गरेको हो। बरामद गरिएको काठ र ट्रालीलाई आवश्यक कानुनी प्रक्रिया अनुसार सब डिभिजन बन कार्यालय चौमालामा बुझाइएको प्रहरीले जनाएको छ।
धनगढी: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अखण्ड सुदूरपश्चिमको नाराले डोटीमा भएको केन्द्रलाई कैलालीमा पुर्याएको बताएका छन्। मध्यपहाडी लोकमार्ग जनजागरण अभियानका क्रममा डोटीको दीपायलमा आयोजित सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। ‘सुदूरपश्चिम अखण्ड हुनुपर्छ भन्ने बहस चल्यो,’ उनले भने, ‘अखण्ड सुदूरपश्चिमको नाराले डोटीमा भएको केन्द्रलाई कैलालीमा पुर्याएको हो। अखण्ड भन्ने त राम्रो शब्द भयो, अखण्ड सुदूरपश्चिम भन्ने कुरा मिठो लाग्ने पनि भयो। तर, त्यो अखण्डले डोटीको औचित्य र अधिकारलाई कुण्ठित ग¥यो भन्ने बुझ्न जरुरी छ।’ उनले पछिल्लो कालखण्डमा पनि डोटी जिल्लाले आफ्नो अस्तित्व सिद्ध गर्दै आएको बताए।
कञ्चनपुर : पढाइको चाहना पूरा गर्न उमेर तगारो नहुँदोरहेछ। यही कुरालाई सत्य प्रमाणित गरिदिएकी छिन् लालझाडी गाउँपालिका–४ पर्सीयाकी डल्लीदेवी चौधरीले। ५२ वर्षको उमेरमा चौधरीले विद्यालयमा भर्ना भएर पढ्न थालेकी छन्। गाउँकै स्वतन्त्र माध्यमिक विद्यालयमा कक्षा १ मा भर्ना भएर उनले पढ्न थालेकी हुन्। चौधरी गाउँपालिका–४ को वडासदस्य हुन्। उनी पढ्नका लागि भर्ना भएको विद्यालय व्यवस्थापन समितिको सदस्य पनि हुन्। ‘सानैदेखिको विद्यालय गएर पढ्ने चाहना थियो’, उनले भनिन्, ‘पढ्नै पाइएन, सँगैका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका साथीहरूले हस्ताक्षर गर्नुहुन्छ, मैले औँठा लगाउनुपर्ने हुन्छ, यस्तो अवस्थामा मनभित्र हीनताबोध हुन्छ।’ पढ्न पाएको भए यस्तो हुँदैनथ्यो भन्ने कुरा मनभित्रै खेल्ने गरेकाले हिम्मत गरेर पढेर साक्षर बन्नका लागि…