धनगढी: सुदूरपश्चिम प्रदेश स्तरीय १५औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा कैलाली जिल्ला कुल ३५ स्वर्ण पदक सहित प्रथम भएको छ। धनगढी रंगशालामा सम्पन्न प्रतियोगितामा कैलालीले १२ रजत र १० कास्य पदक समेत जित्दै उत्कृष्ट प्रदर्शन गरेको हो। प्रतियोगितामा पहिलो स्थान हासिल गरेको कैलालीले नगद २५ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरेको छ। त्यस्तै, कञ्चनपुर जिल्ला १७ स्वर्ण, १२ रजत र ११ कास्य पदकसहित दोस्रो स्थानमा रह्यो। कञ्चनपुरले नगद १५ हजार रुपैयाँ पुरस्कारसँगै ट्रफी र मेडल प्राप्त गर्यो। ७ स्वर्ण, ४ रजत र ११ कास्य पदक जितेको बझाङ जिल्ला तेस्रो भयो। उसले नगद १० हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गर्यो।…
Author: महेन्द्रनगर पोष्ट
धनगढी: कैलालीको टिकापुर नगरपालिका–७ सत्तीमा प्रहरी र एक महिलाबीच भएको भनाभन र हात हालाहालको घटना अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा ट्रेन्डिङमा रहेको छ। शनिबार दिउँसो भएको उक्त घटनाको भिडिओ सार्वजनिक भएपछि प्रहरीको भूमिका र सर्वसाधारणको व्यवहारबारे समेत बहस सुरु भएको छ। घटनास्थलमा खिचिएको भिडिओमा राजकुमारी कुँवर शाह नाम गरेकी एक महिला स्कुटरको पछाडि बसेकी देखिन्छिन्। स्कुटर भने एक नाबालकले चलाइरहेका थिए। सुरुमा ती महिलालाई एक हवल्दारले रोकेका थिए भने विवाद भएपछि सादा पोशाकमा ड्युटीमा रहेका नेपाल प्रहरीका सई यज्ञराज पन्तले लाइसेन्स नभएको नाबालकले स्कुटर चलाएको देखेपछि उनीहरूलाई रोकेका थिए। त्यतिबेला महिला र प्रहरीबीच विवाद चर्किँदै गयो। भिडिओमा ती महिलाले प्रहरीलाई…
धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले बाजुराको बाम्का बजारका आगलागी पीडितलाई ४० लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। आइतवार बिहान बसेको मन्त्री परिषद्को बैठकले बाम्का बजारका आगलागी पीडितलाई राहत स्वरुप तत्काल ४० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो। त्यस्तै प्रदेश सरकारले आगलागीबाट पीडितहरुलाई आर्थिक सहयोगसँगै जिन्सी १५ वटा ठूलो टेन्ट, ३४ वटा कम्बल र ३४ वटा त्रिपाल उपलब्ध गराउने निर्णय गरेको छ। मुख्यमन्त्री कमलबहादुर शाहले मानविय सहायता स्वरुप तत्काललाई प्रदेश सरकारले सम्बन्धित पालिकालाई सो रकम उपलब्ध गराउने बताएका छन्। उनले पालिकाले मापदण्ड तयार गरेर आगलागी पीडितलाई रकम उपलब्ध गराउने निर्णय गरेको बताए। शुक्रवार बाम्का बजारमा रहेको नवदुर्गा होटलमा सिलिण्डर…
धनगढी: विपद् पूर्वाभ्यासको क्रममा सप्तकोशी नदीमा बेपत्ता भएका सशस्त्र प्रहरीका गोताखोर डोटीका सुरज साउदको शव आइतबार बिहान भेला परेको छ। कोशी ब्यारेजको ५५ नम्बर ढोका नजिकबाट उनको शव निकालिएको हो। कुरिनटारबाट खटिएका डिएसपी पुरुषोत्तम भण्डारीको टोलीले उनको शव निकालेको सशस्त्र प्रहरीका सहप्रवक्ता डिएसपी शैलेन्दै थापाले जानकारी दिए। सप्तरी जिल्लामा गत बिहीबार विपद् पूर्वाभ्यासको क्रममा साउद र हरदेव राजवंशी बेपत्ता भएका थिए। राजवंशीको शव शुक्रबार भेटिएको थियो।
धनगढी: धनगढीमा स्कुटर दुर्घटना हुँदा चालककाे मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–१३ मोहनपुरस्थित धनगढी–अत्तरिया सडकखण्डमा आइतबार बिहान साढे ६ बजे अत्तरियातर्फ जाँदै गरेको सुपप्र०१०१२प ४६४८ नम्बरको स्कुटर अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा स्कुटर चालक धनगढी-७ मनेहरा बस्ने ३५ वर्षीय छोटेलाल चौधरीको मृत्युु भएको कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) राजकुमार सिंहले पुष्टि गरे। उनकाअनुसार स्कुटर अनियन्त्रित भई सडकको डिभाइडरमा ठोकिँदा दुर्घटना भएको हो। टाउकोमा गम्भीर चोट लागेकाले उपचारको लागि माया मेट्रो अस्पताल धनगढी लगिएको थियो। तर चिकित्सकले उनलाई मृत घोषित गरेकाे सिंहले बताए। उनकाअनुसार स्कुटर पछाडि सवार धनगढी-१२ बस्ने ३२ वर्षीया सिता कुस्मी घाइते भएकी छन् ।उनकाे पनि माया…
कञ्चनपुरः बजेट अभावले कञ्चनपुरमा दुईवटा पुल निर्माणको काम प्रभावित भएको छ। कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका भुली–पर्सिया जोड्ने दोदा नदीको पुल र बेदकोट नगरपालिका–७ स्थित मुसेपानी खोला पुलको काम बजेट अभावले प्रभावित बनेको महेन्द्रनगरस्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर हरिशप्रसाद जोशीले जानकारी दिए। दोदा नदीमा पुल निर्माणका लागि २०७२ पुसमा लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभीसँग २४ करोड २२ लाख ५७ हजारमा ठेक्का सम्झौता भएको थियो। सम्झौताअनुसार पुल निर्माणको काम २०७५ पुससम्म सम्पन्न गर्नुपर्ने भए पनि सम्झौता भएको नौ वर्षपछि पुल निर्माण हुन लागेको छ। “पुल निर्माणको काम ७५ प्रतिशत सम्पन्न भएको छ”, सूचना अधिकारी जोशीले भने, “बजेट अभावले काम प्रभावित भएको…
धनगढी: सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रदेशसभा सदस्यहरूलाई घुमाउरो बाटोबाट बजेट विनियोजन गर्ने तयारी गरेको छ। सरकारले प्रत्यक्ष निर्वाचित सांसदलाई ५ करोड र समानुपातिक सांसदलाई ३ करोड रुपैयाँका दरले बजेट उपलब्ध गराउने योजना बनाएको हो। ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा ३२ जना प्रत्यक्ष निर्वाचित र २१ जना समानुपातिक सांसद छन्। सांसदहरूको संख्याका आधारमा सरकारले झण्डै २ अर्ब २३ करोड रुपैयाँ सांसदहरूका लागि छुट्याउन लागेको स्रोतले जनाएको छ। यसअघि चालु आर्थिक वर्ष २०८१/८२ मा पनि सरकारद्वारा प्रत्यक्ष सांसदलाई ४ करोड र समानुपातिक सांसदलाई २ करोडका दरले बजेट दिइएको थियो। त्यसअनुसार अघोषित रूपमा १ अर्ब ७० करोड रुपैयाँ सांसदहरूकै…
धनगढी: कैलालीमा अटाे दुर्घटनामा बालककाे मृत्यु भएको छ। लम्कीचुहा नगरपालिका-१ भुरुवामा भित्रि सडक खण्डमा सुपप्र०१–००१ ह ५१४८ नम्बरको इबी अटोरिक्सा अनियन्त्रित भएर दुर्घटना हुँदा १० महिनाको आयुष साउँदको मृत्यु भएको प्रहरीले जनाएको छ। उनी अटाे चालक सोही ठाउँ बस्ने ४१ वर्षीय भरत साउँदका नाति हुन्। बालकलाई उपचारका लागि टीकापुर अस्पताल लगिएकोमा साँझ साढे चार बजे चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। सोही अटोमा सवार लम्कीचुहा बस्ने ४२ वर्षका प्रकाश गिरी र १३ को टेकराज साउँद घाईते भएका छन्। घाइते दुवै जनाको लालरत्न अस्पताल लम्कीमा उपचार भइरहेको छ।
धनगढीः धनगढीमा नवजात शिशुलाई नालामा छाड्ने एक महिला पक्राउ परेकी छन्। धनगढी–१४ एच गाउँस्थित साइनोचोक नजिकै बेवारिसे शिशु छाडेकी उनलाई इलाका प्रहरी कार्यालय बौलियाले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय कैलालीमा बुझाइएको जनाइएको छ। पक्राउ परेकी नवजात शिशुकी आमालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। गत जेठ १२ गते स्थानीयले रोइरहेको अवस्थामा शिशुलाई देखेपछि इलाका प्रहरी कार्यालय बहुलियालाई खबर गरेका थिए। प्रहरीले शिशुलाई सकुशल उद्धार गरी सोही दिन सेती प्रादेशिक अस्पताल धनगढी पठाएको थियो। अहिले उक्त शिशुलाई धनगढीस्थित सेफहाउसमा राखिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
धनगढी: कैलालीको टीकापुरस्थित सत्ती प्रहरी चौकीका इन्चार्ज सई यज्ञराज पन्तलाई विवादमा तान्ने प्रयास भएको छ। सत्ती प्रहरी बिटमा भएको विवादको कुरालाई लिएर उनलाई छानबिनमा तान्न खोजिएको हो। उनले नियमित ड्युटी गरिरहेकै अवस्थामा उनलाई जिल्ला प्रहरी कार्यालयले तानेर अफिसमा राखेको छ भने छानबिन समिति पनि गठन गरिएको छ। उसो त टीकापुर नगरपालिकाकी राजकुमारी कुँवर शाहले आफूलाई शुक्रवार अपरान्ह साढे चार बजेतिर कुटपिट गरेको आरोप लगाएकी छन्। घटनाक्रम अनुसार एक १७ वर्षीय किशोरले उनलाई स्कुटीमा राखेर अत्यधिक तीव्र गतिमा चलाएर धनगढीबाट हुलाकी मार्ग हुँदै टीकापुर गैरहेको थियो।त्यहीँ क्रममा बिटनेर प्रहरीसँग उनले विवाद गरेकी थिइन्। जसक्रममा उनले पहिले प्रहरी हवल्दार सुरेन्द्र बोहरासँग विवाद…