Author: महेन्द्रनगर पोष्ट

धनगढी: ऐश्वर्य बहुमुखी क्याम्पसकाे स्ववियु निर्वाचनमा माैन अवधीका बेला क्याम्पस प्रशासनले गम्भीर चलखेल गरेकाे आराेप लागेकाे छ। शनिबार राति १२ बजेदेखि माैन अवधि सुरू भएपनि क्याम्पस प्रशासन र निर्वाचन अधिकृत समेत रहेका पब्लिक प्राध्यापक संघका अध्यक्ष खेम पन्तले आचारसंहिता विपरीत गतिविधि गरेकाे आराेप लागेकाे छ। अनेरास्ववियु कैलालीले पन्तले माैन अवधीमा विद्यार्थीका व्यक्तिगत विवरण अमुख संगठनलाई उपलब्ध गराउन भूमिका खेलेकाे आराेप छ। स्ववियु सभापति समेत रहेका अनेरास्ववियु कैलालीका अध्यक्ष कुबेर खड्काले निर्वाचन अधिकृत र क्याम्पस प्रशासनले ज्यादती गरेकाे आराेप लगाए। खड्काले निर्वाचन अधिकृतले माैन अवधिमा विद्यार्थीकाे व्यक्तिगत विवरण सार्वजनिक गर्ने, कांग्रेस निकट प्राध्यापकमार्फत विद्यार्थीलाई जिताउन भन्दै अभिभावकमार्फत फाेन गर्न लगाउने जस्ता…

Read More

काठमाडौं: नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापा नेपाल प्रहरीको ३१ औं महानिरीक्षक बन्ने भएका छन्। हालका महानिरीक्षक बसन्त बहादुर कुँवर अवकाशमा जाने भएपछि सोमबारदेखि प्रहरी महानिरीक्षक पद रिक्त हुँदैछ। त्यसलगत्तै सोमबार बस्ने मन्त्रिपरिषद् बैठकले थापालाई महानिरीक्षक नियुक्त गर्न लागेको स्रोतले जनाएको छ।स्रोतका अनुसार आज रातभर कुनै थप चलखेल नभएको अवस्थामा अन्य दुई प्रतिस्पर्धीलाई पछि पार्दै थापा प्रहरी प्रमुख बन्ने पक्का भएको छ। यसैक्रममा नेपाल प्रहरीका महानिरीक्षक (आईजी) कुँवरलाई सशस्त्र प्रहरी बलले आज बिदाई गरेको छ। सशस्त्र मुख्यालय हल्चोकमा आज आइतबार एक कार्यक्रमकाबीच सशस्त्र आईजी राजु अर्यालले कुँवरलाई बिदाई गरेका थिए। कुँवर प्रहरीको ३० वर्षे सेवा अवधिका कारण भोलि…

Read More

काठमाडौं: नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरको आज बिदाई गरिएको छ। चैत ५ गतेबाट उनी अनिवार्य अवकाशमा जाने भएपछि उनको बिदाई भएको हो। यसैक्रममा अवकाशपूर्व निकटस्थ अधिकृतलाई काज सरुवाबाट विभिन्न युनिटको इन्चार्ज बनाउने प्रहरी महानिरीक्षक (आईजी) कुँवरको आदेश गृह मन्त्रालयले रद्ध गरेको छ। शुक्रबार ललितपुरको चापागाउँस्थित प्रहरी बृत्त प्रमुखमा डीएसपी यामकुमार श्रेष्ठ र जिल्ला ट्राफिक प्रहरी कार्यालय, दाङमा इन्स्पेक्टर सन्तोष न्यौपानेलाई खटाउने गरी आईजी कुँवरले आदेश दिएका थिए। तर, जिल्ला ट्राफिक दाङको हकमा भएको काज आदेश शुक्रबार राति नै आईजीको आदेशलाई गृहसचिव गोकर्णमणि दवाडीले रोकिदिएका छन्। प्रहरी प्रधान कार्यालयस्रोतका अनुसार आइतबार रवाना बुझाउने गरी काज आदेशबमोजिमको पत्र बनिसकेको अवस्थामा इन्स्पेक्टर…

Read More

धनगढी: धनगढी उपमहानगरपालिका–१ मा एक युवकले श्रीमतीसँगको विवादपछि आफ्नै नाडीमा ब्लेड चलाएका छन्। गौरीगंगा नगरपालिका–१०, मसुरिया घर भई धनगढीमा बसोबास गर्दै आएका २३ वर्षीय रोहन परियारले श्रीमती रितुसँगको विवादपछि ब्लेडले नाडी काटेका हुन्। जिल्ला प्रहरी कार्यालयका अनुसार परियारको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले उनको अवस्था सामान्य रहेको जनाएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।

Read More

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका–११ मा एक महिलाको रहस्यमय मृत्यु भएको छ। महाकाली नदीको बगरबाट बालुवा छानेर घर फर्केकी ५५ वर्षीय कसी सुनारको शुक्रवार राति मृत्यु भएको हो। स्थानीय तथा आफन्तहरूले यो घटना आत्महत्या नभई हत्या भएको आरोप लगाएका छन्। मृतककी बुहारीका अनुसार कान्छी श्रीमती मिरा देवी सुनार, श्रीमान गोपाल सुनार र कान्छी पत्नीका छोरा अर्जुन सुनार मिलेर घाँटी अठ्याएर कसी सुनारको हत्या गरेका हुन्। घटनापछि प्रहरीले मिरा देवी, गोपाल र अर्जुनलाई नियन्त्रणमा लिएको छ। मृतककी बुहारीले लामो समयदेखि कसी सुनारलाई घर छोड्न दबाब दिँदै गालीगलौज र कुटपिट गर्दै आएको आरोप लगाएकी छन्। बहुविवाहपछि भएको तनावकरिब ३० वर्षअघि गोपाल सुनारले दुई…

Read More

धनगढी: धनगढीको ऐश्वर्य बहुमुुखी क्याम्पसको ५ चैतमा हुने स्ववियु निर्वाचनमा तीन वटा विद्यार्थी संगठनबीच प्रतिस्पर्धा हुने भएको छ। नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ(नेविसंघ), एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन(अनेरास्ववियु) र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीबीच प्रतिस्पर्धा हुने भएको छ। यद्यपि एमाले निकट अनेरास्ववियुले आफ्नै उम्मेदवारले जित्ने दाबी गरेको छ। नेविसंघले अध्यक्षमा दिपक भट्टलाई उम्मेदवार बनाएको छ भने अनेरास्ववियुले दिपेन्द्र भट्ट(दिपेन) लाई अध्यक्षको उम्मेदवार बनाएको छ। अखिल क्रान्तिकारीले भने विकास भट्टलाई उम्मेदवार बनाएको छ। अनेरास्ववियुका भट्टसँग स्ववियुको सचिव भएर काम गरेको अनुभव छ भने उनको नेतृत्वमा बलियो प्यानल खडा गरेका कारण फेरि योपटक पनि अनेरास्ववियुुले नै बाजी मार्ने चर्चा…

Read More

धनगढी: धनगढीमा नुहाउने क्रममा नदीमा डुबेर दुई किशोरको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–१९ फूलबारीमा मोहना नदीमा नुुहाउने क्रममा डुबेर सोही ठाउँका १५ वर्षीय दिनेश ओझा र १६ वर्षीय आशिष ओझाको मृत्यु भएको प्रहरीले जनाएको छ। नदीमा डुबेका उनीहरुलाई मृत अवस्थामा निकालिएको थियो। उनीहरुसँगै नदीमा नुहाउन गएका अन्य दुई किशोर पनि डुबेर घाइते भएका छन्। घाइते हुुनेमा फूलबारीकै १६ वर्षीय करन सिंह धामी र १५ वर्षीय अदर्श पुजारा रहेका छन्। दुवै जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

Read More

काठमाडौं: पूर्वराजा ज्ञानेन्द्र शाहको भाञ्जाको भेषमा ठग्दै हिँडेको अभियोग लागेका अनुप सिंह कारागार चलान भएका छन्। ठगीसम्बन्धी मुद्दामा जिल्ला अदालत ललितपुरले मागेको धरौटी रकम तिर्न नसकेपछि उनलाई थुनामा पठाइएको बताइन्छ।  सिंहमाथि आफूलाई पूर्वराजा शाहको भाञ्जाको परिचय दिएर अमेरिका पठाउने प्रलोभनमा विभिन्न व्यक्तिबाट संगठितरुपमा करोडौँ ठगेको आरोप छ। उक्त मुद्दामा जिल्ला अदालतले आज १२ लाख धरौटीमा छाड्न आदेश दिएको थियो। तर, धरौटी बुझाउन नसकेकाले सिंह नख्खु कारागार चलान भएका हुन्। यस प्रकरणमा सिंहसहित पक्राउ परेका सात जनाविरुद्ध मुद्दा चलेकोमा सचिन व्यञ्जनकार ६० हजार, राजकुमार केसी २५ हजार र अधिवक्ता दीपकराज खनाल एक लाख धरौटीमा छुटेका छन्। ठगीमा संलग्न रहेको आरोप लागेका…

Read More

धनगढी: सत्ता गठबन्धनको सुदूरपश्चिम प्रदेशस्तरीय राजनीतिक संयन्त्रको दोस्रो बैठक सम्पन्न भएको छ।  पहिलो बैठक भएको झण्डै तीन महिनापछि भएको दोस्रो बैठकमा मुख्य तीन विषयमा छलफल भएको नेपाली काँग्रेस सुदूरपश्चिमका प्रवक्ता सुरत रावतले जानकारी दिए। ‘प्रदेश सरकारको कामलाई अझै प्रभावकारी बनाउँदै लैजाने र प्रदेश सरकारले गर्दै आएको राजनीतिक नियुक्ति समयमै सहमतिका आधारमा गर्ने विषयमा छलफल भएको छ,’ रावतले भने, ‘आगामी आर्थिक वर्षको बजेट निर्माणका विषयमा पनि छलफल भएको छ।’ काँग्रेसका प्रदेश सभापति बीरबहादुर बलायरका अनुसार बुधबारको बैठकमा सुदूरपश्चिम प्रदेश सरकारको प्रभावकारीता र समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलपल भएको थियो। यस्तै, बैठकले राजनीतिक नियुक्तिका लागि खाका तयार पार्न प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह…

Read More

काठमाडौं: नेपाल प्रहरीका दुई जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस भएका छन्।  बुधबार साँझ बसेको बढुवा सिफारिस समितिको बैठकले रविन कार्की र ज्ञानेन्द्रबहादुर बस्नेतलाई एसपीमा बढुवा गर्न सिफारिस गरेको हो। बढुवा समितिका सदस्य सचिव एवम् एआईजी दुर्गा सिंहले कासमुका आधारमा अगाडी रहेकालाई बढुवा गरिएको बताइन्। एसपी श्याम राई र सञ्जय राउत चैत १ गतेदेखि अनिवार्य अवकास हुनेभएपछि कार्की र बस्नेतलाई उक्त स्थानमा बढुवा गर्न सिफारिस गरिएको हो। उनीहरु दुवै जना ३३० वर्षे सेवा अवधिका कारण अवकास हुन लागेका हुन्। एसपीमा सिफारिस कार्की काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा र बस्नेत राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा कार्यरत छन्।…

Read More