Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : अस्ट्रेलिया जारी टी-२० विश्वकपको सुपर ८ मा पुगेको छ । समुह बी अन्तर्गतको बुधबार बिहान सम्पन्न खेलमा अस्ट्रेलियाले नामिबियालाई पराजति गरेसँगै विश्वकपको सुपर ८ मा पुगेको हो । नामिबियाले दिएको केवल ७३ रनको लक्ष्य पछाएको अस्ट्रेलियाले ५.४ ओभरमा एक विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । यस अघि नामिबिया ले पहिला ब्याटिंग गर्दै १७ ओभरमा अल आउट भएर केवल ७२ रन बनाएको थियो । नामिबियाका लागि कप्तान गेर्हार्ड इरासमसले सर्बाधिक ३६ रन बनाए भने माइकल भान लिनगेनले १० रन बनाएका थिए । नामिबियाको ब्याटिंग धरासायी बनाउने क्रममा अस्ट्रेलियाका बलर एडम जाम्पाले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिएका थिए…

Read More

जनकपुरधाम : महोत्तरीमा बोक्सी आरोपमा एक महिलामाथि कुटपीट भएको छ। भंगहा नगरपालिका-१ कविलासीकी ४० वर्षीया जगतारन देवी साहमाथि बाक्सी आरोपमा कुटपीट भएको हो। कुटपिटबाट घाइते जगतारन देवीको उपचार जनकपुरधाम स्थित काव्या अस्पतालमा भइरहेको छ। गत सोमबार दिउँसो २ बजे टुनामुना लगाएको आरोपसहित अभद्र गालीगलोज गर्दै छिमेक ५० वर्षीय राजेश साहले घरमै पसेर आफूमाथि कुटपीट गरेको उनको आरोप छ। महोत्तरी प्रहरीले भने घटनाका बारेमा अनुसन्धान थालिएको जनाएको छ।

Read More

काठमाडौं : रूपन्देहीमा बस दुर्घटना हुँदा ४३ जना घाइते भएका छन्। दाङबाट काठमाडौं आउँदै गरेको रा१ख २७८३ नम्बरको बस गएराति ११:५० बजे रूपन्देहीको सैनामैना नगरपालिका-१० सालझन्डी बजारस्थित पुलमा बिग्रेर राखेको लु१ख ६८७ नम्बरको बालुवा बोकेको ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो। दुर्घटनामा बस चालक र यात्रुसहित ४३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी डिएसपी मनोहर प्रसाद भट्टले बताए। घाइतेलाई चौराहा हस्पिटल बुटवल, एडमनसिटि हस्पिटल बुटवल र हिराचन्द्र हस्पिटल सालझण्डीमा उपचारका लागि लगिएकोमा आइतबार बिहानसम्म १९ जना डिस्चार्ज भइसकेका छन्। अन्य २४ जनाको उपचार जारी छ। बसका सहचालक गम्भीर घाइते छन्। उनको पहिचान खुल्न सकेको छैन।

Read More

काठमाडौँ : राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई दिइएको छ ।  राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ अधिवेशनमा सहभागी हुन तथा सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणका सिलसिलमा मंगलबार जेनेभा प्रस्थान गरेकाले उनको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य उपराष्ट्रपतिले गर्नेछन् । नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम राष्ट्रपतिले उक्त जिम्मेवारी उपराष्ट्रपतिले सम्पादन गर्नेगरी तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ । 

Read More

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ । आजको बैठकमा विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकहरुमाथिको छलफल जारी रहने छ । प्रतिनिधिसभामा हिजोबाट मन्त्रालयगत शीर्षकमा छलफल सुरु भएको हो । आज सहरी विकास, रक्षा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका विभिन्न शीर्षकहरुमाथि छलफल हुने कार्यसूची रहेको छ । बैठकमा सांसदहरु प्रेम सुवाल, अमरेश कुमार सिंह, अजयकुमार चौरसिया, राजेन्द्रकुमार केसी, सुरेन्द्रराज आचार्य र जीवन परियारले विनियोजन विधेयक, २०८१ अन्तर्गत विभिन्न मन्त्रालयका शीर्षकको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने छन् ।

Read More

काठमाडौं : आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत नेपाल र श्रीलंकाबीचको खेल वर्षाका कारण रद्द भएको छ। अमेरिकाको फ्लोरिडास्थित सेन्ट्रल ब्रोवार्ड रंगशाला क्षेत्रमा दिनभर वर्षा भएको थियो। विहादेखि सुरू भएको ७:४५ मा भने रोकिए पनि सवा आठ बजेदेखि फेरि वर्षा भएको थियो। मैदानको आउटफिल्डमा पानी जमेको थियो। मुख्य पीच छोपिए पनि रनिङ क्षेत्र वर्षातका कारण भिजेको थियो। यससँगै नेपाल र श्रीलंकाले एक-एक अंक पाएका छन्। लगातार दुई खेलमा पराजित श्रीलंका भने बाहिरिएको संघारमा पुगेको छ। अब नेपालले सेन्ट भिसेन्टमा दक्षिण अफ्रिका र बंगलादेशसँग खेल्नेछ। दुवै टिमलाई हराए मात्र नेपाल सुपर-८ मा पुग्नेछ। खेल हेर्नका लागि अमेरिकाभर तथा अरू देशबाट फ्लोडिडा आइपुगेका हजारौं दर्शकका लागि पनि…

Read More

काठमाडौं : आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत नेपालले आफ्नो दोस्रो खेल अमेरिकाको स्थानीय समयअनुसार मंगलबार राति ७:३० बजे (नेपाली समयअनुसार बुधबार बिहान सवा ५ बजे) श्रीलंकासँग खेल्दैछ। खेल सुरु हुनुभन्दा आधा घन्टाअघि टस हुन पर्नेमा ढिलाइ भएको छ। अहिले मैदानमा सिमसिम पानी परेको छ। आइसिसीका अनुसार अहिलेसम्म मैदानको निरिक्षण भइरहेको छ। समूह ‘डी’ मा पहिलो जितको खोजीमा रहेका दुवै टोलीलाई अमेरिका फ्लोरिडास्थित ब्रोवार्ड काउन्टीको मौसमले चिन्ता बढाएको छ। सेन्ट्रल ब्रोवार्ड रंगशाला क्षेत्रमा दिनभर वर्षा भएको थियो। विहादेखि सुरू भएको वर्षा साँझसम्म रोकिएको छैन। मैदानको आउटफिल्डमा पानी जमेको छ। मुख्य पीच छोपिए पनि रनिङ क्षेत्र वर्षातका कारण भिजेको छ। आइसिसीका अनुसार…

Read More

धनगढी : नेकपा माओवादी केन्द्रका प्रदेश सभा सदस्य ओम विक्रम भाट (सरल) सुदूरपश्चि प्रदेश सरकारको सामाजिक विकास मन्त्री बनेका छन्। हिजो (सोमबार) मात्रै सरल सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रीको रुपमा उनले सपथ लिएका हुन्। उनले सपथपछि कार्यभार सम्हाल्दै प्रदेशमा व्याप्त जातीय छुवाछुत र महिला हिंसा नियन्त्रणका लागि आचारसंहिता निर्माण गर्ने पहिलो नीतिगत निर्णय गरेका छन्। उनले सार्वजनिक निकायहरुमा अझै पनि जातीय छुवाछुत तथा महिलाहरुमाथि विभेद र यौनजन्य हिंसा भइरहेकाले सो नियन्त्रण गर्न आचारसंहिता बनाउने निर्णय गरेका हुन्। खासगरी प्रदेशका शिक्षा, स्वास्थ्य लगायतका सरकारी कार्यालय र सबै सार्वजनिक स्थललाई जातीय भेदभाव तथा छुवाछुतमुक्त र महिलामाथि हुने विभिन्न प्रकारका हिंसा र विभेदजन्य…

Read More

धनगढी : कैलालीमा पढाउँदै आएका एक शिक्षक अवैध रुपमा विस्फोटक पदार्थ बनाउने काममा संलग्न रहेको खुलेको छ । कञ्चनपुरको वेदकोट नगरपालिका–२ घर भएर कैलालीको लम्कीको आर्दश नमुना माध्यमिक विद्यालय र बसन्त मुरारी माध्यमिक विद्यालयमा पढाउदै आएका शिक्षक हरेन्द्र भण्डारी यस्तो काममा लागेको पाइएको हो । भण्डारीका छिमेकी समेत रहेका विद्यार्थी रुपेश धामीलाई बिस्फोटक पदार्थ बनाउन प्रयोग गर्दै आएका थिए । विस्फोटक पदार्थ बनाउने बेला धामी घाइते भएपछि शिक्षक भण्डारीको कर्तुत पर्दाफास भएको हो । घाइते विद्यार्थी बैजनाथ माध्यमिक विद्यालयमा १० कक्षामा अध्ययन गर्दै आएका थिए । शिक्षक भण्डारीले बिस्फोटक पदार्थ बनाउन प्रयोग गर्दा पड्किएर धामी गम्भिर घाईते भएको पारीवारिक स्रोतले…

Read More

धनगढी : नागरिक उन्मुक्ति पार्टीलाई सरकारमा भित्र्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ तयारी गरिरहेका छन् । मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । आफूलाई विश्वासको मत दिएका दलहरूलाई सरकारमा समेट्नेगरी प्रधानमन्त्रीले गृहकार्य बढाएपनि सत्ता गठबन्धनमा आबद्ध दलहरूबीच कुरा नमिल्दा ढिलाइ भएको छ । नाउपा र जनमतलाई सरकारमा ल्याउने विषयमा प्रधानमन्त्रीले शीर्ष तहमा छलफल गरिरहेको माओवादी केन्द्रका सचिव दिनानाथ शर्माले बताए । मन्त्रिपरिषद् पुनर्गठनमा छलफल भइरहेको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए । जनमत र नाउपालाई सरकारमा ल्याउन प्रधानमन्त्री प्रचण्डले एमालेसँग एक/एक मन्त्री फिर्ता बोलाउनेगरी ओलीसँग राखेको प्रस्ताव अस्वीकार गरेको बताइन्छ । एमाले तयार नभएपछि प्रचण्डले माओवादीबाटै दुई मन्त्री फिर्ता बोलाउने विकल्पमा…

Read More