धनगढी: धनगढीमा नुहाउने क्रममा नदीमा डुबेर दुई किशोरको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–१९ फूलबारीमा मोहना नदीमा नुुहाउने क्रममा डुबेर सोही ठाउँका १५ वर्षीय दिनेश ओझा र १६ वर्षीय आशिष ओझाको मृत्यु भएको प्रहरीले जनाएको छ। नदीमा डुबेका उनीहरुलाई मृत अवस्थामा निकालिएको थियो। उनीहरुसँगै नदीमा नुहाउन गएका अन्य दुई किशोर पनि डुबेर घाइते भएका छन्। घाइते हुुनेमा फूलबारीकै १६ वर्षीय करन सिंह धामी र १५ वर्षीय अदर्श पुजारा रहेका छन्। दुवै जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं: पूर्वराजा ज्ञानेन्द्र शाहको भाञ्जाको भेषमा ठग्दै हिँडेको अभियोग लागेका अनुप सिंह कारागार चलान भएका छन्। ठगीसम्बन्धी मुद्दामा जिल्ला अदालत ललितपुरले मागेको धरौटी रकम तिर्न नसकेपछि उनलाई थुनामा पठाइएको बताइन्छ। सिंहमाथि आफूलाई पूर्वराजा शाहको भाञ्जाको परिचय दिएर अमेरिका पठाउने प्रलोभनमा विभिन्न व्यक्तिबाट संगठितरुपमा करोडौँ ठगेको आरोप छ। उक्त मुद्दामा जिल्ला अदालतले आज १२ लाख धरौटीमा छाड्न आदेश दिएको थियो। तर, धरौटी बुझाउन नसकेकाले सिंह नख्खु कारागार चलान भएका हुन्। यस प्रकरणमा सिंहसहित पक्राउ परेका सात जनाविरुद्ध मुद्दा चलेकोमा सचिन व्यञ्जनकार ६० हजार, राजकुमार केसी २५ हजार र अधिवक्ता दीपकराज खनाल एक लाख धरौटीमा छुटेका छन्। ठगीमा संलग्न रहेको आरोप लागेका…
धनगढी: सत्ता गठबन्धनको सुदूरपश्चिम प्रदेशस्तरीय राजनीतिक संयन्त्रको दोस्रो बैठक सम्पन्न भएको छ। पहिलो बैठक भएको झण्डै तीन महिनापछि भएको दोस्रो बैठकमा मुख्य तीन विषयमा छलफल भएको नेपाली काँग्रेस सुदूरपश्चिमका प्रवक्ता सुरत रावतले जानकारी दिए। ‘प्रदेश सरकारको कामलाई अझै प्रभावकारी बनाउँदै लैजाने र प्रदेश सरकारले गर्दै आएको राजनीतिक नियुक्ति समयमै सहमतिका आधारमा गर्ने विषयमा छलफल भएको छ,’ रावतले भने, ‘आगामी आर्थिक वर्षको बजेट निर्माणका विषयमा पनि छलफल भएको छ।’ काँग्रेसका प्रदेश सभापति बीरबहादुर बलायरका अनुसार बुधबारको बैठकमा सुदूरपश्चिम प्रदेश सरकारको प्रभावकारीता र समसामयिक राजनीतिक घटनाक्रमबारे पनि छलपल भएको थियो। यस्तै, बैठकले राजनीतिक नियुक्तिका लागि खाका तयार पार्न प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह…
काठमाडौं: नेपाल प्रहरीका दुई जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस भएका छन्। बुधबार साँझ बसेको बढुवा सिफारिस समितिको बैठकले रविन कार्की र ज्ञानेन्द्रबहादुर बस्नेतलाई एसपीमा बढुवा गर्न सिफारिस गरेको हो। बढुवा समितिका सदस्य सचिव एवम् एआईजी दुर्गा सिंहले कासमुका आधारमा अगाडी रहेकालाई बढुवा गरिएको बताइन्। एसपी श्याम राई र सञ्जय राउत चैत १ गतेदेखि अनिवार्य अवकास हुनेभएपछि कार्की र बस्नेतलाई उक्त स्थानमा बढुवा गर्न सिफारिस गरिएको हो। उनीहरु दुवै जना ३३० वर्षे सेवा अवधिका कारण अवकास हुन लागेका हुन्। एसपीमा सिफारिस कार्की काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा र बस्नेत राष्ट्रिय सुरक्षा परिषदको सचिवालयमा कार्यरत छन्।…
काठमाडौं: अवकाश पाएको दुई महिनामै पूर्व एआईजी भरतबहादुर बोहरा सरकारबाट नयाँ जिम्मेवारीमा नियुक्त भएका छन्। उनलाई सरकारले मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको सदस्य बनाएको हो। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा आयोग गठन गरेको हो। आयोगमा बोहरा सहित बद्रीप्रसाद भट्टराई सदस्यको रूपमा नियुक्त भएका छन्। बोहरा कांग्रेस सभापति शेरबहादुर देउवाका पूर्व पीएसओ हुन्। यसअघि पूर्व एआईजी पुष्कर कार्की र उत्तमराज सुवेदी पनि यस्तै आयोगमा संलग्न भइसकेका थिए।
काठमाडौँ: नेपाल प्रहरीको डीएसपी हुँ भन्दै ठगी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भक्तपुर सूर्यविनायक नगरपालिका–४ घर भई हाल काठमाडौँ महानगरपालिका–३ बस्ने ४७ वर्षीय राजु कर्मी श्रेष्ठ रहेका छन्। श्रेष्ठले आफू नेपाल प्रहरीको रिटायर्ड डीएसपी भएको, इन्टरपोलसम्बन्धी काम गर्ने तथा विभिन्न देशका उच्चपदस्थ अधिकारीहरूसँग निकट सम्बन्ध रहेको बताई विभिन्न प्रलोभन देखाएर ७ लाख ८७ हजार रुपैयाँ ठगी गरेको आरोप छ। उनले मनपरी देशमा पठाइदिने आश्वासन दिँदै पीडितहरूबाट रकम असुलेको खुलेको छ। प्रहरी वृत्त महाराजगन्जबाट खटिएको टोलीले अनुसन्धान गर्दै जाँदा श्रेष्ठको ठगी कार्यमा संलग्नता भेटिएपछि उनलाई पक्राउ गरेको हो। काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी…
धनगढी: नेपाली कांग्रेस डडेल्धुराका सभापति तथा निर्माण व्यवसायी भीमबहादुर साउँदको कम्पनी राजेन्द्र निर्माण सेवा कालोसूचीमा परेको छ। पुरातत्व विभागको सिफारिसमा प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले साउँदको कम्पनीसहित आठ निर्माण व्यवसायी फर्मलाई कालोसूचीमा राखेको हो। राजेन्द्र निर्माण सेवाले ललितपुरको शंखमुलस्थित जगत नारायण मन्दिर पुनर्निर्माणको ठेक्का लिएको थियो। तर पटकपटक म्याद थप्दा पनि काम सम्पन्न नगरेपछि पुरातत्व विभागको सिफारिसमा उक्त कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयकी कानुन अधिकृत संगीता महर्जनले जानकारी दिइन्। अनुगमन कार्यालयले बुधबार प्रकाशित सूचनामा अन्य सात निर्माण कम्पनी पनि कालोसूचीमा परेको उल्लेख गरेको छ। सार्वजनिक निकायसँग सम्झौता गरे पनि सन्तोषजनक रूपमा काम नगरेका…
धनगढी: स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) निर्वाचनअन्तर्गत सुदूरपश्चिमका ११ क्याम्पसमा निर्विरोध नेतृत्व चयन भएको छ। कतै विभिन्न विद्यार्थी संगठनबीच पद बाँडफाँट गरेर त कतै एकल उम्मेदवारी परेकाले प्रतिस्पर्धा बिना नै नेतृत्व चयन भएको हो। सुदूरपश्चिमका ११ क्याम्पसमध्ये ६ मा अनेरास्ववियु, ३ मा नेपाल विद्यार्थी संघ (नेविसंघ) र २ मा अखिल (क्रान्तिकारी) का उम्मेदवार निर्विरोध सभापति चुनिएका छन्। दार्चुलामा पाँच क्याम्पसमा भागबन्डा दार्चुलामा त्रिभुवन विश्वविद्यालयअन्तर्गतका सबै पाँच क्याम्पसमा विद्यार्थी संगठनहरूबीचको सहमतिअनुसार स्ववियू समिति निर्विरोध चयन गरिएको छ। अखिल, नेविसंघ र अखिल (क्रान्तिकारी) बीच भएको सहमतिअनुसार नेविसंघले दुई, अखिलले दुई, र अखिल (क्रान्तिकारी) ले एक क्याम्पसको नेतृत्व लिएका छन्। अखिलका जिल्ला अध्यक्ष नरेन्द्र…
काठमाडौं: काठमाडौँ जिल्लास्थित नेपालकै प्रमुख ऐतिहासिक, धार्मिक एवं पर्यटकीय तिर्थस्थल पशुपतिनाथको गजुर खसेको छ। आज मन्दिरको मूल सुनको गजुर खसेको हो। ज्ञाताहरुका अनुसार धार्मिक दृष्टिले यो अनिष्टको संकेतसमेत हो। यसैक्रममा मुलुकमा व्यवस्था परिवर्तनकै लागि पनि प्रयास भैरहेको देखिन्छ। राजावादीहरु सडक आन्दोलनमा उत्रिएका बेला भारतले पनि त्यसमा समर्थन जनाइरहेको र गणतन्त्रवादी दलहरु अत्तालिएको विषय सतहमा आइरहेका छन्। सोही क्रममै देशकै महत्वपूर्ण तिर्थ पीठमा यस्तो घटना घटेकाले त्यसलाई थप बल पुगेको हो। काठमाडौँ महानगरपालिकास्थित सो मन्दिर मन्दिर २४० हेक्टर जग्गामा फैलिएको छ। पशुपतिनाथको मन्दिर सांस्कृतिक सम्पदा अन्तर्गत युनेस्को विश्व सम्पदा क्षेत्रमा पनि पर्दछ। सन् १९७९मा युनेस्कोले पशुपतिनाथको मन्दिरलाई विश्व सम्पदा क्षेत्रमा सूचीकृत गरेको थियो। काठमाडौँ…
धनगढी: सुदूरपश्चिम प्रदेश नीति तथा योजना आयोगमा सदस्य संख्या थपिएको विषयलाई लिएर प्रतिपक्षी दलहरूले प्रदेश सभाको बैठक अवरूद्ध गरेका छन्। प्रदेश सरकारले अनावश्यक खर्च कटौती गर्नुपर्नेमा आयोगमा तीन सदस्यको ठाउँमा पाँच जना नियुक्त गरेको भन्दै प्रतिपक्षी सांसदहरूले कडा आपत्ति जनाएका हुन्। प्रतिपक्षी दलहरूको विरोध नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र सांसदहरूले बैठक सुरु हुनेबित्तिकै उभिएर विरोध जनाए। समाजवादी पार्टीका सांसद तथा पूर्व आर्थिक मामिला मन्त्री नरेशकुमार शाहीले आयोगमा उपाध्यक्ष र दुई जना सदस्य रहने व्यवस्था संशोधन गरी थप दुई सदस्य नियुक्त गरिएको खारेज गर्न माग गरे। उनले भने, “प्रदेश सरकारले अनावश्यक खर्च कटौती गर्नुपर्ने बेला…