काठमाडौं: नवनियुक्त प्रहरी महानिरीक्षक दीपक थापाले नेपाल प्रहरी कर्मचारीले खाइपाई आएको सेवा सुविधा बढाउन अध्ययन गर्न समिति गठन गर्न प्रशासन महाशाखालाई निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयमा मंगलबार बसेको पोलिसी कोओर्डिनेशन कमिटी (पीसीसी) बैठकमा उनले नेपाल प्रहरीले खाइपाई आएको सेवा सुविधा बढाउन प्रशासन महाशाखाबाटै समिति बनाउने निर्देशन दिने पहिलो निर्णय गरेका हुन्। महाशाखाले गठन गरेको समितिको प्रतिवेदन तथा सिफारिसका आधारमा प्रहरी कर्मचारीको सुविधा बढाउने निर्णय भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिनेश आचार्यले बताए। यस्तै नेपाल प्रहरी कल्याण कोषबाट कर्मचारीलाई प्रदान गरिने ऋण रकममा ब्याजदर घटाउने विषयमा आवश्यक अध्ययन गर्नुका साथै प्रहरी कल्याण कोष सञ्चालन कार्यविधि, २०८० को…
Author: महेन्द्रनगर पोष्ट
काठमाडौं: नेपाल प्रहरीमा एक अतिरिक्त महानिरीक्षक (एआईजी) आईजीपीमा बढुवा र ५ एआईजी अनिवार्य अवकाशमा गएपछि ६ दरबन्दी रिक्त भएका छन्। सोमबार राति १२ बजेबाट एआईजीहरु टेकप्रसाद राई, दुर्गा सिंह, बुद्धिराज गुरुङ, कुवेर कडायत र जनक भट्टराई ३० वर्षे सेवा अवधिका कारण अवकाशमा गए। उनीहरु अवकाशमा गएपछि पाँच एआईजीको पद रिक्त भयो। उनीहरुसँगै प्रहरी महानिरीक्षक (आईजी) बसन्तबहादुर कुँवर पनि अवकाशमा गएका थिए। रिक्त आईजी पदमा एआईजी दीपक थापाको बढुवा भयो। थापाको ठाउँमा समेत एआईजी खाली भएसँगै प्रहरीमा रिक्त एआईजीको संख्या ६ पुगेको हो। प्रहरीमा जनपदतर्फ ८ एआईजीको दरबन्दी छ। जसमा अहिले दुई एआईजीमात्रै छन्। आईजीकै प्रतिस्पर्धामा रहेका टेकबहादुर तामाङले काठमाडौं उपत्यका…
काठमाडौं: काठमाडौँको टोखाबाट २५ करोडभन्दा बढी नेपाली रुपैयाँसहित पक्राउ परेका व्यक्तिलाई प्रहरीले सार्वजनिक गरेको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलन गरेर सिन्धुपाल्चोक घर भएका ४३ वर्षीय कुसान लामालाई सार्वजनिक गरेको हो। प्रहरीले बिहान टोखा नगरपालिका–१ स्थित झोर सडकखण्डबाट ना.७ख १६५२ नम्बरको ट्रकसहित चालकलाई नियन्त्रणमा लिएको थियो। ट्रकभित्र भेटिएको साढे २५ करोडभन्दा बढी नेपाली र विदेशी मुद्रा अवैध सुन खरिदको लागि चीनको केरुङतर्फ लैजान लागिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका लामा यसअघि पनि सात किलो सुन तस्करी प्रकरणमा पाँच वर्ष जेल बसेर ०७८ मा छुटेका थिए। बरामद रकम ओसारपोसारमा लामा भरिया मात्रै रहेको र मुख्य नाइकेको खोजी भइरहेको प्रहरीले…
धनगढी: डडेल्धुराको परशुराम नगरपालिका–६ तातापानी माइतीघर भएका रोहिता कठायत, दुरा थापा र मानमती कार्कीले आफ्नी आमाको किरिया गरेर परम्परागत सोचमा चुनौती प्रस्तुत गरेका छन्। उनीहरूका ७९ वर्षीय बुबा खड्कसिंह अपाङ्गता भएका व्यक्ति हुन् भने परिवारमा दाजुभाइ छैनन्। आमा राधादेवी खड्काको मृत्युपछि तीन दिदीबहिनीले किरिया गरेर छोरीहरू पनि छोरा सरह हुनसक्छन् भन्ने सन्देश दिएका छन्। चार दिदीबहिनीमध्ये जेठी बिर्मा बडूवाल महिनावारी भएका कारण किरियामा बस्न नसकेकी हुन्। आमाले मृत्युअघि नै छोरीहरूले किरिया गरिदिन अनुरोध गरेकाले उनीहरू तयार भएका थिए। हिन्दू परम्परामा छोरा वा पुरुष सदस्यहरूले किरिया गर्ने चलन भए पनि पछिल्लो समय महिलाहरूले पनि किरिया गर्ने परिपाटी बढ्दै गएको छ। यस…
धनगढी: धनगढीकाे ऐश्वर्य बहुमुखी क्याम्पसमा एक हजार चार सय तीन मत खसेकाे छ। स्ववियुकाे नयाँ नेतृत्व चयनका लागि मंगलबार बिहानदेखि भएकाे निर्वाचनमा एक हजार चार सय तीन मत खसेकाे निर्वाचन समितिले जनाएको छ। मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएपनि एक जना फर्जी मत हाल्न गएका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेकाे थियाे। सर्वदलीय बैठकपछि आजै मतगणना गर्ने तयारी रहेकाे निर्वाचन समितिले जनाएको छ। क्याम्पसमा फर्जी भाेट हाल्न मतदान केन्द्रमा पुगेका डाेटीकाे शिखर नगरपालिका-४ बस्ने २५ वर्षीय भाेजराज भट्टलाई प्रहरीले समातेको हो। उनी कैलाली बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत विद्यार्थी भएकाे खुलेकाे छ। उनी नेविसंघको पक्षमा फर्जी मत हाल्न मतदान केन्द्रमा पुगेपनि मत खसाल्न…
धनगढी: कैलालीको गोदावरी नगरपालिका-८ जमुनाभाणीकी ३७ वर्षीया पूर्ण अपाङ्गता भएकी अरुणा चौधरीले घरमै बसेर नेपाली नागरिकता प्राप्त गरेकी छन्। जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) गोगनबहादुर हमालसहितको टोली मंगलबार बिहान उनको घर पुगेर नागरिकता प्रदान गरेको हो। अरुणाका बाबु जीतबहादुर चौधरीका अनुसार उनी जन्मिँदा सामान्य थिइन्, तर पाँच-छ महिनाको उमेरमा गम्भीर बिरामी परेपछि पूर्ण रूपमा अपाङ्गता भइन्। उनी बोल्न, हिँड्न वा आफूले केही गर्न सक्दिनन्। बाबु-आमाले उनलाई उठाएर मात्र घरभित्र बाहिर गराउने गर्छन्। अरुणालाई नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालयसम्म लैजान परिवारलाई असम्भव भएकाले जीतबहादुरले केही दिनअघि आफ्नै नागरिकताको प्रतिलिपी लिन जाँदा प्रशासनका अधिकारीलाई समस्या सुनाएका थिए। यसपछि प्रमुख…
काठमाडौं: नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले दर्ज्यानी चिह्न लगाएका छन्। उनलाई गृह मन्त्रालयमा आयोजित एक समारोहमा गृहसचिव गोकर्णमणि दुवाडीले दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको हो। यससँगै उनले ३१औँ प्रहरी महानिरीक्षकको जिम्मेवारी पाएका हुन्। वसन्तबहादुर कुँवरले ३० वर्षे सेवा अवधिका कारण सोमबार अनिवार्य अवकास पाएका थिए। त्यसै दिन सरकारले थापालाई आईजीपी बनाएको हो। नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले प्रहरी संगठनमा पहुँच नभई पद्धतिको विकास गर्ने बताएका छन्। मंगलबार गृह मन्त्रालयमा गृह सचिवको हातबाट दर्ज्यानी चिन्ह लगाएपछि धन्यवाद ज्ञापन गर्ने क्रममा थापाले उच्च मनोबलका साथ निष्ठापूर्वक काम गर्ने बताएका हुन्। सम्बोधनका क्रममा थापा केही समय भावुक भएका थिए। आफ्नो परिवार र संगठनका सकल…
धनगढी: अछामको बाटुलासैन केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ६:३३ बजे अछामको बाटुलासैन आसपास केन्द्रबिन्दु भएर चार दशमलव तीन रेक्टर स्केलको भूकम्प गएको हो। यसअघि गत फागुन २४ गते बाग्लुङ जिल्लाको खुङखानी आसपास केन्द्रबिन्दु भएर चार दशमलव एक रेक्टर स्केलको भूकम्प गएको थियो। नेपालमा पछिल्लो समय भूकम्प जाने क्रम जारी छ। नेपाल हिमालय क्षेत्र भएका कारण भूकम्पको जोखिम क्षेत्रका रूपमा लिने गरिन्छ।
धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, मन्त्री, सांसद र कर्मचारीको तलब रोकिएको छ। प्रदेशमा कार्यरत लेखा अधिकृतहरु आन्दोलनमा उत्रिएपछि तलब रोकिएको हो। वृत्ति विकासको मागसहित आन्दोलनमा रहेका लेखा अधिकृतहरुले गत बुधबारदेखि भुक्तानी रोक्का गरेका थिए। प्रदेश लेखा नियन्त्रक बासुदेव जोशीले लेखा अधिकृतले काम गर्न छोडेपछि प्रदेशका मुख्यमन्त्री, मन्त्री, प्रदेशसभा सदस्यसंगै कर्मचारीको फागुन महिनाकाे तलब रोकिएको बताए। सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८१÷०८२ सुरु भएको ६३ दिनपछि अर्थात् ३१ भदौमा बजेट ल्याएको थियो। छ असोजमा मात्रै उक्त बजेट प्रदेशसभाबाट पारित भएको थियो। तत्कालीन दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले सदनबाट बजेट पारित गराउन नसकेपछि १ साउनदेखि प्रदेश बजेट शून्यता (बजेट होलिडे)को अवस्थामा पुगेको थियो।…
काठमाडौं: विराटनगरको रत्ना होटलको सम्राट क्यासिनोमा ‘ग्याङ फाइट’ भएको छ। आइतबार राति करिब १२ बजे क्यासिनो परिसरमा एमाले नेता किरण लामा र रोनाल कँडेलको समूहसँग कांग्रेस निकट अभिषेक गिरीसहितको समूहको ग्याङ फाइट भएको हो। क्यासिनोमा प्रवेश गर्न खोजेका लामा र कँडेलसँगको विवादपछि दुई समूहबीच कुटाकुट भएको प्रहरी स्रोत बताउँछ। आइतबार राति अभिषेक गिरी रत्ना होटलको क्यासिनोमा रहेका थिए। सोही बेला कँडेल र लामा क्यासिनोमा पुगेका थिए। उनीहरुलाई क्यासिनोमा प्रवेश गर्न बाउन्सरले रोके। त्यसपछि विवाद उत्पन्न हुँदा कुटाकुट भएको बताइएको छ। क्यासिनोमा नेपाली नागरिकलाई प्रवेश निषेध छ। तर, क्यासिनो प्रवेश गरेको समूहबीच विवाद हुँदा कुटाकुट भएको घटना बाहिरिएको हो। यता जिल्ला…