धनगढी: कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक युवकलाई चार वर्षपछि जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कैलालीको गोदावरी नगरपालिका–५ का २७ वर्षीय उमेश नेपाली रहेका छन्। २०७८ साल माघ २ गते धनगढी उपमहानगरपालिका–११ मा प्रकाश नेपालीको मृत्यु प्रकरणमा उनको प्रतिवादीका रूपमा नाम आएका थिए। मृतक प्रकाश नेपाली सोही नगरपालिका–५ का बासिन्दा थिए। घटनापछि फरार रहेका उमेश नेपालीलाई जिल्ला प्रहरी कार्यालय कैलालीको अपराध अनुसन्धान शाखाबाट खटिएको टोलीले विशेष सूचनाका आधारमा पक्राउ गरेको हो। उनलाई कैलाली जिल्ला अदालतबाट म्याद थप गरी हिरासतमा राखिएको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उमेश नेपालीविरुद्ध मृतकका परिवारले किटानी…
Author: महेन्द्रनगर पोष्ट
धनगढी: कैलालीको टीकापुरमा सवारी दुर्घटनामा परेर घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ। टीकापुर नगरपालिका–७ को बटनपुरस्थित भित्री सडकखण्डमा २जेठको बिहान करिब १० बजे पैदल हिँडिरहेकी ४० वर्षीया दिपा चौधरीलाई १८ वर्षीय लोकेन्द्र साउँदले चलाएको से७ प६९८७ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। मोटरसाइकलको ठक्करबाट चौधरीको टाउको र भित्री अंगमा गम्भीर चोट लागेको थियो। घाइते चौधरीलाई तत्काल टिकापुर अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि कोहलपुर मेडिकल कलेज, बाँके रिफर गरिएको थियो। इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार उपचारकै क्रममा बिहीबार दिउँसो चौधरीको मृत्यु भएको जनाएको छ। यस्तै कैलालीमा पानीमा डुबेर बालकको मृत्यु भएको छ। गोदावरी नगरपालिका–४ हाडखोली खोलाको पानीमा डुबेर एक…
धनगढी: कैलालीमा ट्रक दुर्घटना भएको छ। पूर्वपश्चिम राजमार्ग अन्तरगत घोडाघोडी नगरपालिका १० को राधेराधे मन्दिर नजिकै लु प्र०१००१ ख ०४८१ नम्बरको ट्रक अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परेर ट्रक चालक कपिलवस्तुका सिताराम थारू चौधरी घाइते भएका छन्। उनको घोडाघोडी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। ट्रक धनगढीतर्फ आइरहेको थियो।
कञ्चनपुर: कञ्चनपुरमा तरकारीमा खानै नहुने मात्रामा विषादीको अवशेष पाइन थालेको छ। विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ कार्यालय अत्तरिया, कैलालीको टोलीले तरकारीको नमूना सङ्कलन गरी प्रयोगशालामा जाँच गर्दा तरकारीमा उपभोग गर्न नहुने मात्रामा विषादी फेला पारेको छ। एकाइ कार्यालयका नायब प्राविधिक सहायक राजेन्द्रप्रसाद भट्टका अनुसार बिहीबार शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा सञ्चालनमा रहेका छवटा पसलबाट सङ्कलन गरिएका १० वटा तरकारीका नमूनामध्ये तीतेकरेलामा उपभोग गर्नै नहुने मात्रामा विषादीको अवशेष पाइएको छ। करेलाको नमूना परीक्षण गर्दा कार्वामेट १४ दशमलव ८५७ र अर्गानोफस्फेट ६० दशमलव ५९९ प्रतिशत रहेको पाइएको छ। “तरकारीमा विषादीको मात्रा ३५ प्रतिशतभन्दा कम भए उपभोगयोग्य, ३५ प्रतिशतदेखि ४५ प्रतिशतसम्म विषादीको मात्रा…
डोटी : सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान, पुन्नामा नायब सुब्बा (नासु) पदमा कार्यरत पूर्णसिंह विष्टले झुटा शैक्षिक प्रमाणपत्र पेश गरी नियुक्ति लिएको उजुरीका आधारमा अनुसन्धानपछि विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार विष्टले भारतको उत्तर प्रदेशस्थित जीएनके इन्टरमीडियट कलेज, कानपुरबाट हाईस्कुल उत्तीर्ण भएको नक्कली प्रमाणपत्र पेश गरी स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, जावलाखेलमा कार्यालय सहायक पदमा नियुक्ति लिएका थिए। त्यसै आधारमा उनले पद, लाभ र सुविधा समेत प्राप्त गरेको आयोगले जनाएको छ। विष्टको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(१)…
धनगढी: धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा (बहुमत) निकट कम्युनिष्ट युवा संगठनका कार्यकर्ताले डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख रामबिचारी ठाकुरलाई कालोमोसो दलेका छन्। आज ठाकुरको कार्याकक्षमै पुगेर सो पार्टीका कार्यकर्ताले उनको शरीरमा मोसो खन्याएका हुन्। भ्रष्टाचारीसँग मिलेमतो गरेर वनसम्बन्धी योजनामा अनियमितता गरेको आरोप लगाइएको छ। जिल्ला प्रहरी कार्यालयले घटनाबारे बुझ्न केही बेरअघि प्रहरी टोली वन कार्यालयमा पठाए पनि बहुमतका कार्यकर्ताहरु भागिसकेको बुझिएको छ।
कञ्चनपुर: कञ्चनपुरको मझगाउँ विमानस्थलमा धावनमार्ग कालोपत्रेको काम सुरु भएको छ। विमानस्थलका लागि १५ सय २५ मिटर धावनमार्ग निर्माण हुनुपर्नेमा अहिले १३ सय मिटरमै कालोपत्रे भइरहेको हो। असारभित्रै कालोपत्रेको काम सक्ने लक्ष्य रहेको छ। फागुन पहिलो साता गृह मन्त्रालयमा भएको छलफलमा नेपाली सेनाले प्रयोग गरिरहेको छ बिघा जमिन विमानस्थल निर्माणका लागि छाड्ने र सेनाले बनाएका संरचना र खेल मैदान निकुञ्जकै जमिनमा निर्माण गर्ने सहमति भएको थियो। तर, हालसम्म उक्त सहमति कार्यान्वयन हुन सकेको छैन। पहिलो चरणको धावनमार्ग निर्माणको काम सकिएपछि नागरिक उड्डयन प्राधिकरणले दोस्रो चरणमा टर्मिनल भवन निर्माणका लागि तयारी गरिरहेको बताइएको छ। मझगाउँ विमानस्थल स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारको…
धनगढी: नागरिक उन्मुक्ति पार्टीका नेता तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुण चौधरीको घरमा चोरी भएको छ। कैलालीको लम्कीचुहा नगरपालिका–४ बलियामा रहेको चौधरीको घरमा सुनचाँदीसहित करिब २० लाख रुपैयाँ बराबरको धनमाल चोरी भएको बताइएको छ। चौधरीको घर विगत बैशाखदेखि बन्द रहेको र त्यस अवधिमा कोही बसोबास नगरेको जनाइएको छ। चोरी कहिले भएको भन्ने यकिन नभए पनि हिजोमात्रै घरमा पुग्दा चोरी भएको थाहा लागेको चौधरी पक्षको भनाइ छ। चोरले घरको ढोका फोडेर भित्र पसेर बहुमूल्य सुनचाँदीका गहना तथा नगद समेत लुटपाट गरेको प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे अनुसन्धान भइरहेको र प्रहरीले चोरीको प्रकृति तथा चोरको पहिचान गर्न खोजी तीव्र पारेको…
कञ्चनपुर: कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका–९ धनसिङ्हाका अभिषेक क्षेत्रीको भारतको गुजरात राज्यमा सवारी दुर्घटनामा परी मृत्यु भएको छ। १८ वर्षीय क्षेत्री गुजरातमा रोजगारीको सिलसिलामा बसेका थिए। केही दिन अघि भएको सवारी दुर्घटनापछि उनी अस्पतालमा उपचाररत थिए। उपचारको क्रममा उनको निधन भएको परिवार स्रोतले जनाएको छ। उनको परिवार पुनर्वास–९ मा बस्दछ। उनको असामयिक निधनले परिवार, आफन्तजन तथा समुदायलाई गहिरो शोकमा डुबाएको छ।
काठमाडौं: सगरमाथाको सफल आरोहण गरी फर्किएका सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) दन्त बहादुर छत्याल सशस्त्र प्रहरी नायव निरीक्षक (सई) मा बढुवा भएका छन्। सशस्त्र प्रहरी बलले उनी फर्किए लगतै बढुवा गर्ने निर्णय गरेको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए। छत्यालले जेठ ४ गते बिहान ९ः२० बजे सगरमाथाको चुचुरोमा ‘सगरमाथा सम्वाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराएका थिए। साहसिक कार्य गरेबापत सशस्त्र प्रहरी बल, नेपालले उनलाई सशस्त्र प्रहरी सहायक निरीक्षकबाट सशस्त्र प्रहरी नायव निरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको हो। छत्याल सगरमाथा आरोहणका लागि वैशाख १५ गते त्यसतर्फ प्रस्थान गरेका थिए। सगरमाथा सम्वादको सन्देशसहित विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी…