Author: महेन्द्रनगर पोष्ट

धनगढी : बझाङको बित्थडचिर गाउँपालिकाका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । हिजो ३१ गते वडा नम्बर ६ का वडाध्यक्ष हरिष खड्काले गाउँपालिका शिक्षा शाखा प्रमुख नरबहादुर धामीलाई धम्क्याएको भन्दै कर्मचारीहरुले आज पेन डाउन गरेका हुन् । पालिकामा कार्यरत कर्मचारीहरुले संयुक्त विज्ञप्ती जारी गर्दै जनप्रतिनिधीबाट ज्यान मार्ने धम्की र दुव्र्यवहारको विरोधमा शुक्रबार पेन डाउन गरेको जनाएका छन् । साथै घटनाको छानबिन गरी वडाध्यक्षलाई कानुनी दायरामा ल्याउनुपर्ने र आफुहरुको सुरक्षाको ग्यारन्टी हुनुपर्ने माग राखेका छन् । यस्तै सम्बन्धीत निकायले मुखदर्शक भएका सामुहिक रुपमा प्रतिकारमा उत्रिने बताएका छन् । के हो लफडा ? केदारस्युँ गाउँपालिकाको एक विद्यालयमा कार्यरत शिक्षक कमल स्याँडाको सरुवाको बिषयमा लिएर…

Read More

काठमाडौँ । नेपालगञ्जबाट काठमाडौं गइरहेको बस त्रिशुली किनारमा खसेको छ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजार नजिक आज बिहान दुईवटा सवारीसाधन एकापसमा ठोक्किँदा २० जना घाइते भएका छन् भने पाँचजनाको अवस्था गम्भीर रहेको छ । नेपालगञ्जबाट काठमाडौँतर्फ गइरहेको भे१ख ४०६० नम्बरको यात्रीबस त्रिशूली नदी किनारमा खसेको प्रहरीले जनाएको छ । काठमाडौँबाट मुग्लिनतर्फ गइरहेको बागमती प्रदेश ०२–०३९च ३७२० नम्बरको कार र बस  कापसमा ठोक्किँदा बस नदी किनारमा खसेको हो ।  बसमा करिब ४५ जना यात्री रहेको प्रहरीले बताएको छ । 

Read More

धनगढीः धनगढी उपमहानगरपालिकाले असार २ गते सार्वजनिक बिदा दिएको छ । उपमहानगरले गंगा दशहराको अवसरमा आइतबार सार्वजनिक बिदा दिएको हो । आफ्नो क्षेत्रभित्रका सम्पुर्ण सरकारी कार्यालयहरु, शिक्षण संस्थाहरु एबं  संघ संस्थाहरुलाई एक दिन सार्वजनिक बिदा दिएको छ। यही असार २ गते बिदा दिएको उपमहानगरपालिकाद्धारा जारी सूचनामा उल्लेख गरिएको छ। गंगा दशहरालाई यस क्षेत्रका सबै समुदायले ऐतिहासिक पर्वका रुपमा मनाउँदै आएका छन्।

Read More

काठमाडौं : चितवनमा बस र कार ठोक्किँदा १७ जना घाइते भएका छन्। नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको भे १ ख ४०६२ नम्बरको बस र काठमाडौंबाट चितवन तर्फ जाँदै गरेको प्र-१-०२९ च ३७२० नम्बरको कार चितवनको फिस्लिङमा ठोक्किँदा १७ जना घाइते भएको चितवन प्रहरीले जनाएको छ। कारमा सवार ५ जना र बसका १२ यात्रुको उद्धार गरी चितवनका विभिन्न अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय मुग्लिङले जनाएको छ। दुर्घटनामा घाइते मध्ये केहीको अवस्था गम्भीर छ।

Read More

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ। बैठकमा विनियोजन विधेयक २०८१ को विभिन्न शीर्षकहरूमाथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ । यस्तै वन तथा वातावरण मन्त्रालय, खानेपानी मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुनेछ। यी मन्त्रालयको खर्च घटाउन सांसदले प्रस्ताव पेश गर्नेछन्। ती प्रस्तावलाई पनि शुक्रबार नै निर्णयार्थ प्रस्तुत गर्ने संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा उल्लेख छ।

Read More

काठमाडौँ : श्रीलंका जारी टी-२० विश्वकपबाट बाहिरिएको छ । गएराती सम्पन्न समुह डी अन्तर्गतको खेलमा बंगलादेशले नेदरल्याण्डसलाई पराजित गरेसँगै श्रीलंका सुपर आठको दौडबाट बाहिरिएको हो । यस खेलमा बंगलादेशले नेदरल्याण्डसलाई २५ रनले पराजित गरेको थियो । बंगलादेशले दिएको १६० रनको लक्ष्य पछाएको नेदरल्याण्डस २० ओभरमा ८ विकेट गुमाउदै १३४ रन बनाएपछि बंगलादेश २५ रनले विजयी भएको थियो । यस अघि बंगलादेशले पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाएर १५९ रन बनाएको थियो । यो खेलपछि समुह डी मा बंगलादेशक ३ खेलमा २ जित र एक हारसँगै ४ अंक भएको छ र दोस्रो स्थानमा रहेको छ । त्यस्तै नेदरल्याण्डसको ३…

Read More

विराटनगर : ताप्लेजुङमा पहिरोले घर बगाउँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ ।फक्तालुङ गाउँपालिका उपाध्यक्ष रवीन साम्रा लिम्बुको घर बगाएको हो । मृत्यु हुनेमा ७१ वर्षीय रामबहादुर साम्रा लिम्बु, उनकी श्रीमती जसमाया साम्रा र जुम्ल्याहा छोरी १२ वर्षीया गंगा र जमुना साम्रा लिम्बु रहेको गाउँपालिका अध्यक्ष राजन लिम्बुले जानकारी दिए । गाउँपालिका अध्यक्ष लिम्बुका अनुसार पहिरोमा परी मृत्यु भएका उनीहरु उपाध्यक्ष रविनका बुबा र कान्छी आमा र २ बहिनी हुन् । उनले मध्यरात करिब २ बजेको समयमा आएको पहिरोले घर बगाएको बताए । पहिरोमा परि दुई जना घाइते भएका छ ।

Read More

धनगढीः कैलालीबाट लागूऔषध र बहुबिबाह मुद्दाका दुई जना फरार दोषी पक्राउ परेका छन्। जिल्ला अदालत कैलालीको फैसलाले लागूऔषध मुद्दामा १ दिन कैद तोकिई फरार रहेको जानकी गाउाँपालिका-३ का ३९ वर्षीय अमित शाह पक्राउ परेका छन्। अमितलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले बिहीवार पक्राउ गरेको जनाएको छ। यस्तै बहु बिबाह मुद्दामा ११ महिना २८ दिन कैद सजाय र १० हजार जरिवाना तोकिई फरार रहेको गोदावरी नगरपालिका-५ का ५१ वर्षीय सुरेश शाह पक्राउ परेका छन्। सुरेशलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका-४ बोराडाडीबाट बिहीवार पक्राउ गरेको बताएको छ।

Read More

धनगढी: नेपाल प्रहरीको प्रहरी उपरीक्षक (एसपी) बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएकाहरुको पदस्थापन भएको छ। नेपाल प्रहरी प्रधान कार्यालयले चार जना एसएसपीको पदस्थापना गरेको हो। पदस्थापन हुनेमा एसएसपीहरु श्याम कृष्ण अधिकारी, रविन्द्र रेग्मी, भिमबहादुर दाहाल र नान्तीराज गुरुङ रहेका छन्। एसएसपीहरु क्रमश श्याम कृष्ण अधिकारी सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा धनगढी, रविन्द्र रेग्मी गण्डकी प्रदेश शान्ति सुरक्षा महाशाखा पोखरामा सरूवा भएको छ। त्यस्तै, भिमबहादुर दाहाल कोशी प्रदेश प्रहरी कार्यालय अपराध नियन्त्रण तथा अनुसन्धान महाशाखा र नान्तीराज गुरुङको कर्णाली प्रदेश प्रहरी कार्यालय शान्ति सुरक्षा महाशाखा बिरेन्द्रनगरमा सरूवा भएको छ।

Read More

धनगढी: कर्णालीको पुलको लट्ठा चुँडिएपछि पुलको बिच भागमा अड्किएका खच्चडको उद्धार गरेको भन्दै प्रहरी सहायक निरीक्षक रामसिंह फराल र हवल्दार गंगाराम चौधरी पुरस्कृत भएका छन्। उनीहरुलाई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले अभिलेखमा जनिने गरी नगदसहित पुरस्कृत गरेको हो। जेठ २७ गते जिल्ला अछाम, पञ्चदेवल नगरपालिका, वडा नं. ९ चिल्तडास्थित कर्णाली नदीमा रहेको झोलुंगे पुलको रसी चुडिन गई १३ वटा खच्चड उक्त पुलको बिच भागमा अड्किएका थिए। असई फरालको अगुवाइमा करिब पाँच घण्टा पछि खच्चडको उद्धार गरिएको थियो। पुलको जालीमा अड्किएका १३ मध्ये ११ खच्चडको उद्धार गरेपनि दुई वटा खच्चड पुलबाट खसेर मरेका थिए। सो घटनामा खच्चडहरुलाई उद्धार गर्ने कार्यमा अदम्य साहसका…

Read More