Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : बाल यौन दुर्व्यवहारको आरोपमा एक जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) लाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत इन्स्पेक्टर विदुर शिवाकोटीलाई प्रहरीले समातेको हो । उनलाई छानबिनका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर, टेकुका प्रहरी उपरीक्षक (एसपी) नवराज अधिकारीले बताए ।  ‘उहाँलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो । अहिले छानबिन भइरहेको छ । उहाँ प्रहरी वृत्त, स्वयम्भूको हिरासतमा हुनुहुन्छ’ हाल शिवाकोटी प्रहरी वृत्त, स्वयम्भूको हिरासतमा रहेको उनले जानकारी दिए । ‘उहाँलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो । अहिले छानबिन भइरहेको छ । उहाँ प्रहरी वृत्त, स्वयम्भूको हिरासतमा हुनुहुन्छ’, उनले भने ।  शिवाकोटीमाथि आफ्नो घरमा काम…

Read More

धनगढी : तिब्बतसँग सिमाना जोडिएको उरै नाकामा सशस्त्र प्रहरी बलसहितको सरकारी टोलीले निरीक्षण गरेको छ । कोरोना महामारीपछि नेपाली सुरक्षाकर्मीको टोली पहिलोपटकचीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उरै पुगेको हो । सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब उपरीक्षक जनकराज पन्त, साइपाल गाउँपालिकाका उपाध्यक्ष डोल्मा तामाङसहितको टोलीले उरैस्थित नाग्ना डाँडामा रहेको दुई नम्बर सहायक सीमा स्तम्भलगायत पुलान वरपरको भूभागको निरीक्षण गरेका छन् । टोलीमा छ जना सरकारी कर्मचारी, साइपालको काँडा र धुली प्रहरी चौकीबाट पाँच जना नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीसहित १८ जना सहभागी थिए । आगामी असार १६ गतेदेखि उरै नाका पूर्णरूपमा सञ्चालनमा हुनेछ ।

Read More

काठमाडौं : आइसिसी टी-२० विश्वकपमा भारतले विजयी सुरूवात गरेको छ। बुधबार न्युयोर्कमा आयरल्याण्डलाई ८ विकेटले पराजित गर्दै भारतले विश्वकपमा सुखद सुरूवात गरेको हो। आयरल्याण्डले दिएको ९७ रनको लक्ष्य भारतले १२.२ ओभरमा २ विकेट मात्रै गुमाएर पूरा गरेको हो। यस्तै समूह बी अन्तरगत आफ्नो पहिलो खेलमा अस्ट्रेलियाले ओमानलाई ३९ रनले पराजित गरेको छ । १ सय ६५ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाएर १ सय २५ रन मात्र बनाउन सक्यो ।

Read More

धनगढी : कैलालीमा हावाहुरीले ढलेको रुखले च्यापिएर एक किशोरीको मृत्यु भएको छ । टीकापुर नगरपालिका–१ विशालनगर बस्ने १५ वर्षीया प्याउरी बिकको हावाहुरीले ढलेको रुखले च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार राति करिब ८ बजे घर नजिकैको साजको रुख घरको आगनमा ढलेको थियो । गर्धनमा हाँगाले लागेर च्यापिएकी बिकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार राति कैलाली र कञ्चनपुरसहित सुदूरपश्चिममा हावाहुरीसँगै सामान्य वर्षा भएको थियो ।

Read More

धनगढीः नेपाल दूरसञ्चार प्राधिकरणले विनोद चौधरीको सिजी कम्युनिकेसन्स लिमिटेडको अनुमतिपत्र खारेज गरेको छ। तत्कालीन एसटिएस टेलिकम सञ्चार प्रालिको अनुमतिपत्र नम्बर आरटिएस इडिआर ०१ नवीकरणका लागि तोकिएको समयभित्र आवेदन नपरेकाले खारेज गरिएको बताइएको छ। चौधरीको कम्पनी सिजीले यसअघि २१ नोभेम्बर,२००३ मा प्राप्त ग्रामीण दूरसञ्चार सेवाको अनुमतिपत्र नवीकरणका लागि गत पुषमा आवेदन गरेको थियो। तर, प्राधिकरणले उक्त आवेदन दूरसञ्चार नियमावली २०५४ को नियम १२ बमोजिम तोकिएको अवधिभित्र नवीकरण दस्तुरसहित निवेदन पेश नगरेकोले उक्त सेवा प्रदायकलाई प्रदान गरिएको अनुमतिपत्र गत मंसिर १६ गतेदेखि स्वतः रद्द गरिएको जानकारी दिएको छ। आज सार्वजनिक सूचना प्रकाशित गरेर चौधरीको कम्पनी सिजी कम्युनिकेसन्स लिमिटेड, सानेपालाई उक्त जानकारी दिइएको…

Read More

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भाजपा नेता नरेन्द्र मोदीको प्रधानमन्त्री पदको शपथ ग्रहण समारोहमा सहभागी हुन नयाँदिल्ली जाने तयारी गरेका छन् । मोदी लगातार तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त हुने निश्चित भएकाले उनको शपथ ग्रहण समारोहमा प्रधानमन्त्री प्रचण्ड पनि सहभागी हुने तयारीमा छन् । लोक सभा निर्वाचन परिणामपछि मोदीले बुधबार राजीनामा दिँदै मन्त्रिपरिषद भंग गरेका थिए । अब नयाँ मन्त्रिपरिषद गठनको तयारीमा उनी छन् । बुधबार बसेको गठबन्धनको बैठकले सर्वसम्मतीले मोदीलाई नेता चुन्दै तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा अघि सार्ने निर्णय गरेको थियो । राष्ट्रपतिबाट उनको नियुक्ति हुन र शपथ ग्रहण समारोहको दिन निश्चित हुन भने बाँकी नै छ ।…

Read More

काठमाडौं : फिफा विश्वकप २०२६ अन्तर्गतको छनोट खेलमा आज नेपाल र यूएई भिड्दै छन् । खेल नेपाली समयअनुसार बेलुका पौने १० बजे साउदी अरबको दम्माममा प्रिन्स मोहमद विन फहद स्टेडियममा शुरु हुनेछ । दशरथ रंगशालामा विश्वकप छनोटका खेल हुन अयोग्य भन्दै दुबै खेल साउदी अरबमा हुने भएको हो । नेपाल र यमन बीचको खेल पनि यही स्टेडियममा हुँदैछ । समूह एच मा रहेको नेपालले यसअघि चारै खेलमा पराजय भोगेको थियो ।

Read More

धनगढीः कर्णाली नदिमा नुहाउने क्रममा डुबेर एक जना बेपत्ता भएका छन्। कैलालीको मोहन्याल गाउँपालिका–४ स्थित प्युठानको स्वर्गद्वारी नगरपालिका–१ जिमरी घर भई हाल कैलालीको मोहन्याल गाउँपालिका–४ कठ्युर मोहन्याल सामुदायीक वनमा खोटो निकाल्ने काम गर्ने ४१ वर्षीय धनबहादुर पुन बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। पुन कर्णाली नदिमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको खबर पाएपछि ईलाका प्रहरी कार्यालय पण्डौन कैलालीबाट प्रहरी टोली खटिई खोजतलास भईरहेको छ। उनको हालसम्म लाश फेला नपरेको प्रहरीले बताएको छ। उनको खोजतलास तथा अनुसन्धान गरिरहेको कैलाली प्रहरीले जनाएको छ।

Read More

धनगढीः कैलाली र कञ्चनपुरबाट एकैदिन ८ लाख बढीका सामान बरामद गरिएको छ। धनगढीको नेपाल भारत सिमाना नजिक र त्रिबेणीघाटबाट अवैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ७ लाख ५० हजार ४२० मूल्यको सामान बरामद गरिएको हो। उक्त मूल्य राबरको प्याज, चिनी, बिडी, सुर्ती, प्लाष्टिक झिल्ली, मोबाईलका बिभिन्न पार्ट पुर्जा लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलालीबाट बुधवार खटिएको प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको जनाएको छ। उता कञ्चनपुरको बिभिन्न स्थान बेलौरी नगरपालिका १ फटैया र पुनर्वास नगरपालिका-४ हनुमान चोकबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ७० हजार ६ सय मूल्य बराबरको सामान बरामद गरिएको छ। कञ्चनपुरबाट मैदा,…

Read More

काठमाडौँ: नेपाल प्रहरीका इन्स्पेक्टर विदुर शिवाकोटीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत उनीबारे अनुसन्धान गर्नुपर्ने भएकोले उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। स्रोतका अनुसार उनीबिरुद्ध बालयौन दुरुपयोग गरेको आरोप छ। शिवाकोटीलाई प्रहरी वृत्त स्वयम्भूमा राखिएको बताइएको छ। प्रहरी वृत्त सोह्रखुट्टेबाट केही दिनअघि मात्र अपराध अनुसन्धान कार्यालयमा सरुवा भएका उनी इन्जेलिजेन्स शाखामा कार्यरत छन्।

Read More