धनगढी : कञ्चनपुरमा एक जनाको डुबेर मृत्यु भएको छ। जिल्लाको शुक्लाफाटा नगरपालिका–१२ दुवाहाका ५२ वर्षीय करन सिंह महराको डुबेर मृत्यु भएको हो। महरा सोही ठाउँको कलभर्टमा डुबेको अवस्थामा मङ्गलवार दिउँसो मृत फेला परेका हुन्।
Author: महेन्द्रनगर पोष्ट
काठमाडौँ : बंगलादेशको ‘बांग्लादेश पुलिस सर्भिस एसोसिएसन’ (बीपीएसए) ले देशका प्रत्येक प्रहरीको सुरक्षा सुनिश्चित नभएसम्म प्रहरी हडतालमा रहने घोषणा गरेको छ। बीबीसीका अनुसार बीपीएसएले प्रहरीले नचाहँदा नचाहँदै पनि आन्दोलनकारीमाथि गोली चलाउन बाध्य भएको जनाएको छ। बिपीएसएले प्रहरीलाई जनतासामु खलनायकका रूपमा प्रस्तुत गर्ने अधिकारीलाई जिम्मेवार ठहर गरेको छ। बीपीएसएले भनेको छ, ‘देशले कानुन बनाउँछ, हामीले त त्यो लागू गर्ने मात्र हो। हामीले हाम्रा उच्च अधिकारीहरूको आदेश मान्नुपर्छ, चाहे त्यो कानुनी होस् वा गैरकानुनी।’ शेख हसिनाले सोमबार प्रधानमन्त्री पदबाट राजीनामा दिँदै देश छाडेपछि देशभरका ४०० भन्दा बढी प्रहरी चौकीमा आक्रमण भएको प्रहरीले जनाएको छ। बंगलादेशमा भएको प्रदर्शनमा धेरै प्रहरीको पनि मृत्यु भएको…
धनगढी : बैतडी घर भएका एक युवकको भारतमा मृत्यु भएको छ। जिल्लाको सुर्नया गाउँपालिका–४ नोडालेक घर भएका २१ वर्षीय सोनु महराको मृत्यु भएको स्थानीय प्रिन्स महराले बताएका छन्। भारतको पानीपथमा काम गर्दै आएका महराको आइतवार राति मृत्यु भएको हो। महराको शव रेलको लिकमा फेला परेको थियो।
धनगढी : सुदूरपश्चिम प्रदेशमा रात्रिकालीन यातायात बन्द गरिएको छ । गृह मन्त्रालयको निर्देशन अनुसार तीन दिन पहाडी जिल्लाको रात्रिकालीन यातायात सेवा बन्द गरिएको हो। सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा वर्षा हुने र वर्षाका कारण सार्वजनिक यातायातमा क्षति तथा मानवीय क्षति हुन सक्ने भन्दै गृह मन्त्रालयले तीन दिन रात्रिकालीन यातायात बन्द गरेको छ। पहाडी जिल्लामा रातिको समयमा आउने पहिरोले क्षति गर्ने अनुमानसहित यातायात बन्द गरिएको हो। राति ८ देखि बिहान ४ बजेसम्म सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लाको यातायात सेवा तीन दिन बन्द गरिएको छ। काठमाडौँ, धनगढी, महेन्द्रनगर, टीकापुर लगाएतका क्षेत्रबाट पहाडी जिल्ला र पहाडी जिल्लाबाट तराइ आउने रात्रिकालीन सवारीका साधनहरू तीन दिन…
काठमाडौँ : इरानलाई सोझो सेटमा हराउँदै नेपाल काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ। दुई पटकको च्याम्पियन नेपाल काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ। मंगलबार भएको दोस्रो सेमिफाइनलमा इरानमाथि सोझो सेटको जित निकाल्दै घरेलु टोली नेपाल उपाधि नजिक पुगेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा मंगलबार इरानलाई २५–२१ , २८–२६ र २५–२० को जित निकाल्दै नेपाल फाइनलमा पुगेको हो। दोस्रो सेटमा नेपाल २१–२४ ले पछि परेको नेपालले २८–२६ को रोमाञ्चक जित निकालेको हो। पहिलो सेटमा सहज जित निकालेको नेपालका लागि दोस्रो सेट भने केही प्रतिस्पर्धात्मक बन्यो। योसँगै नेपालले इरानसँग लिग चरणमा भोगेको हारको बदला समेत…
धनगढी: नेकपा (एमाले) को लम्की चुहा नगरपालिका वडा नम्बर १ को दोस्रो अधिवेशन केन्द्रीय सदस्य कमला ओलीका कारण लम्बिएको छ। २० गते ओलीले वडा अधिवेशन उद्घाटन गरेकी थिइन्। तर तीन दिन पुग्दासम्म पनि नयाँ कमिटी बन्न सकेको छैन। कैलाली क्षेत्र नम्बर २ की इन्चार्ज समेत रहेकी ओलीले आफ्ना ज्वाईं बलबहादुर भण्डारीलाई वडा कमिटीको अध्यक्ष बनाउन खोजेपछि अधिवेशन लम्बिएको बताइएको छ। ओलीलेजस्तै लम्कीका पूर्व मेयर महादेव बजगाईले पनि आफ्ना ज्वाईं भरत खनाललाई बनाउन खोजेका छन्। त्यहाँ व्यवसायी सूर्यबहादुर थापाले पनि आफ्ना निकटका डिल्ली गडतोलालाई वडा कमिटीको अध्यक्ष बनाउन खोजेका छन्। ओली, बजगाई र थापा एमाले भित्र एउटै समूहका हुन्। तर, स्रोतका अनुसार…
धनगढी: सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री कमलबहादुर शाहले बजेट शून्यताको अवस्था चाडै अन्त्य गर्ने बताएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदभार ग्रहण गर्दै शाहले हिजो बजेट शून्यताको अवस्थालाई छिट्टै अन्त्य गरेर राजश्व संकलन र दैनिक खर्चको विषयमा निकाश दिने बताएका हुन्। ‘आज सरकार गठनको प्रक्रियालाई हेरेपछि यो सरकार तिव्रताका साथ काम गर्छ भन्ने सन्देश गएको छ। हामी सचिव ज्यूहरुसँग बसेर राजश्व र दैनिक खर्चको कुरामा एक÷दुई दिनभित्र निकास दिन्छौँ,’ उनले भने। शाहले राजश्व र दैनिक खर्चको विषय व्यवस्थाप भइसकेपछि प्रदेश सभाको बैठक बोलाएर पूर्ण बजेट निर्माणको प्रक्रियालाई समेत अघि बढाइने बताएका छन्। दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त भएका नेपाली कांग्रेसका शाहले ६ जना…
काठमाडौँ : प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का प्रमुख एआईजी श्यामलाल ज्ञवालीलाई सरुवा गर्न प्रस्ताव गरिएको छ । गृहमन्त्री रमेश लेखकले ज्ञवालीसहित ३ जना एआईजीहरुको सरुवा प्रस्ताव मन्त्रिपरिषद्मा लगेका हुन् । मंगलबार बस्ने मन्त्रिपरिषद्ले त्यसबारे निर्णय गर्नेछ । सीआईबी प्रमुख ज्ञवालीलाई पाँच महिनामा नै त्यहाँबाट सरुवा गर्न प्रस्ताव गरिएको छ । उनी २०८० चैत २ मा मन्त्रिपरिषद्को निर्णय अनुसार सीआईबीमा गएका हुन् । ब्युरोमा एआईजी दीपक थापालाई पठाउन प्रस्ताव गरिएको छ । थापा अहिले उपत्यका प्रहरी कार्यालय, रानीपोखरीको प्रमुख हुन् । उपत्यका प्रहरी कार्यालयमा एआईजी किरण बज्राचार्यलाई सरुवा गर्न प्रस्ताव गरिएको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले बताए । अहिले प्रहरी प्रधान…
धनगढीः धनगढी उपमहानगरपालिकाले भोलि सार्वजनिक बिदा दिएको छ। धनगढी उपमहानगरपालिकाले भोलि सार्वजनिक बिदा दिएको छ। उपमहानगरले २१ गते सोमवार गरेको निर्णय अनुसार श्रावण शुक्ल तृतीयाका दिन राना समुदायले मनाउने तिज पर्वको अवसरमा भोलि (२३ गते बुधवार) सार्वजनिक बिदा दिन सूचना जारी गरेको छ।
धनगढी : बैतडीमा महिलामाथि जबरजस्तीकरणी आरोपमा प्रधानाध्यापक पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको डिलाशैनी गाउँपालिका-१ भवानीश्वरी आधारभूत विद्यालय झलेका प्रधानाध्यापक गोविन्द खडायत रहेका छन्। उनलाई महिलामाथि जबरजस्तीकरणी आरोपमा प्रहरीले पक्राउ गरेको हो। स्थानीय ४० बर्षीया महिलामाथि जबरजस्तीकरणी उद्योग गरेको आरोपमा खडायत पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए। पीडितका तर्फबाट साउन १९ गते जबरजस्तीकरणी उद्योगको जाहेरी दर्ता भएपछि जबरजस्तीकरणी उद्योग कसुर सम्बन्धी मुद्दामा प्रधानाध्यापक खडायतलाई पक्राउ गरेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेयले बताए। जिल्ला अदालत बैतडीबाट सातदिनको म्याद थपेर प्रधानाध्यापक खडायतमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।